मौनताको अर्थ

- केशरी अम्गाईं

‘अङ्कल, तपाईं डराउनु भएको हो ?’ अबोध बालकको प्रश्नमा ऊ फिस्स हाँस्यो । हैन भन्ने कि हो भन्ने ऊ द्धिविधामा परेको थियो । त्यस उमेरको बालक न त ठट्टाको भाषा बुझ्थ्यो न त इन्कारीमा विश्वस्त हुन नै सक्थ्यो । त्यसैले ऊ बाल हृदयको अनुमानित विश्लेषणलाई निराश पार्न चाहदैनथ्यो । बालकहरू फुटो बोल्दैनन् । अनुहारमा डरको भव दृखिएको थियो कि वा मौनतालाई डरको रुपमा विश्लेषण गर्दै डराएको हो कि हैन भनेर अबोध बालहृदयले जान्न खोजेको थियो.... ? इन्कारीमा अबोध बालहृदयलाई विश्वस्त पार्न नसक्ने देखेपछि उसले स्वीकृतिको टाउको हल्लायो ।
एउटा आगो बन्दा अर्को पानी बन्नुपर्छ, दुईटै आगो बन्ने हो भने लङ्का जल्न बेर लाग्दैन– उसले राम्रोसँग बुफेको छ । त्यसैले आजभोलि आफ्नो व्यवहारमा थोरै परिवर्तन ल्याउन खोजेको छ । आगो बल्न खोजेको बेला ऊ पानी बनिदिन्छ, विवाद र पंतिकारको मार्गभन्दा मौनताको मार्गलाई समात्ने प्रयास गर्छ अनि पानी पानी भएको बेला आवश्यकता अनुसार आगो बन्छ । ‘आगाको बिऊ ठूलो चाहिदैन’ उसले उखानलाई राम्रैसँग हेक्का राखेको छ । त्यसैले विवाद गरेर आगोको बिज रोप्न चाहँदैन । हुन त ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने भनाइ पनि नचलेको हैन तर आजभोलि यो उखान विस्तारै कमजोर बन्दै गएको उसको ठहर छ । आपूmलाई भाग्यको भरमा छाड्ने युग र मात्र आश्रिता भएर बाँच्नुपर्ने युगमा सायद यो उखान सोह्रै आना ठीक थियो । तर आजभोलि बढ्दो विच्छेदका घटनाहरूले यसलाई खिल्ली उडाइरहेको ठम्याइ छ उसको । त्यसैले सम्बन्धलाई अब परालको आगोको रुपमा आत्मसम्मानको दाहसंस्कार गर्नुभन्दा आपसी समझदारी र आत्मसम्मानको उच्च आदर्श स्थापनाका रुपमा परिभाषित गर्नुपर्ने मान्यता बोकेको छ उसले ।
तर कहिलेकाहीँ ऊ आफ्नो मान्यताको विपरित विचलनको दोसाँधमा उभिने गर्छ, विशेष गरी आत्मसम्मानमा ठेस लागेको अनुभूति गर्दा । हो आज उसले आफ्नो आत्मसम्मानमा ठेस लागेको अनुभूति गरेको छ, दोषारोपणका ठुङमाराइहरूले । कुरो जटिल थिएन, न त नौलो नै तर त्यही सोनो कुरोलाई कारक बनाएर विवादलाई सार्वजनिकिकरण गरिनु उसको चित्त दुखाइ थियो ।
ठट्टाको रुपमा भनिएका भए कुरो अर्कै हुन्थ्यो । ठट्टाकै रुपमा गम्भीर कुराहरू पनि अभिव्यक्त हुन्छन् । सुन्नेले जे सोचे पनि त्यसले मनलाई हलुङ्गो बनाउने गरेको अनुभव ऊसँग छ । तर आज कुनै ठट्टा थिएन । अत्यन्त निराश र दिक्दारीका साथ ठूलै अपराध गरिए झैं दोषरोपण गरिएको थियो ।
निराशा र दिक्दारीको भाव किन जन्मियो उसले केही बुझ्न सकेन । उनको मलिन अनुहारले धुमिल सङ्केतमात्र गर्दथ्यो, प्रष्ट खाका दिदैनथ्यो । स्वस्थ्यको कारण पनि हुन सक्थ्यो वा चिन्ताको कारण पनि । उनको आर्थिक चिन्ताको पीडालाई उसले अनुमान लगाइरहेको थियो । त्यसो त ऊ आफैं पनि आज कम चिन्तित थिएन । उसले आजै व्यवहारिक सहजताको लागि आपूmसँग भएको भन्दा बढी पैसा खर्च गरेको थियो । आम्दानीभन्दा खर्च बढी हँुदै गरेको सन्दर्भमा अबको हप्तादिनभित्र गरिनु पर्ने खर्च रकम जुटाउने चिन्तामा ऊ चिन्तित थियो । यो सँगै उनीभित्रको अव्यक्त व्यवहाििरक चिन्ताले पनि उसको मनमा हिस्सा ग्रहण गरेको थियो । सायद यिनै कारणहरूले पनि हुनसक्छ उनको आकस्मिक वाक आक्रमणमा उसलाई झनक्क रिस उठेको ।
उनको अभिव्यक्तिको अन्तरवस्तुमा रिसाउनु पर्ने कारण थियो कि थिएन उसलाई थाहा छैन तर उसले रिसलाई अभिव्यक्त हुन दिएन । विषय दाषरोपण गर्दै आक्रमक बन्नु पर्ने थियो भन्ने उसलाई लाग्दैन । त्यस कार्यको सङ्केत पहिलेदेखि नै गर्दै आएको हो उसले । अन्तिम किस्ता सँगै धरौटी रकमको समायोजनले झण्डै दुई किस्ताको रकम चुक्ता हुने यथार्थलाई उसले बारम्वार भन्दै आएको थियो । सुविधा कटौती नगर्दा धरौटी फिर्ता नहुने र किस्ता चुक्तापछि विना धरौटी सुविधा लिन सकिने वास्तविकतालाई उसले बुझेको थियो । पन्ध्र दिन सुविधा नलिदैमा के नै जहाज डुब्छ र ! त्यही ठाँनेर सुविधा कटौती गर्न लगाएको थियो उसले । तर त्यही निहुँमा आगो बल्छ भन्ने थाहा पाएको भए उसले त्सो गर्ने थिएन ।
त्यसो त आउनासाथ सुविधा कटौतीको फर्म भरेर आएकाृ सूचना उसले दिएको थियो ।
‘तिर्नुभो ?’ उनको प्रश्न थियो ।
‘अँ, तिरेँ । तर समस्या प¥यो पनि ।’ उसको जवाफ थियो ।
‘के मिल्यो त ?’ उनको समस्याप्रतिको चासो देखिएन ।
‘अहँ मिलेन । शुल्क भुक्तानी नगरी मिल्दो रहेनछ । त्यसैले सबै तिरेँ अनि सुािधा कटौतीको फर्म भरेर आएँ । आउने महिनाको शुल्कमा धरौटीको रकम समायोजन भएर आउनेछ ।’ उसले जवाफ दिएको थियो ।
‘अर्को महिना पो, अहिले नहुने रे !’
‘हो । त्यसैले सबै तिर्नु प¥यो । त्यही कारण आर्थिक समस्या पर्ने भयो, केही थपिदिनु प¥यो ।’
‘भोलि दिउँला नि ।’
‘अनि आजको समस्या ?’
‘आज जसरी हुन्छ चलाउनु ।’
यी थिए मध्यान्हका सम्वादहरू तर सन्ध्याकालमा यी जानकारीहरूलाई बिर्सिएर उनीमा आगो बल्यो । त्यसको चित्तबुझ्दो जवास थियो ऊसँग तर चुप लाग्यो । रिसको अग्नीज्वालामा अर्ति पनि गाली हुन्छ, अमृत पनि विष हुन्छ । उपयुक्त कुराहरूमा पनि अनावश्यक प्रतिवादले विवादका सम्वादहरू जन्मन्छन् । द्धिपक्षीय विवादलाई त्रिपक्षीय कठघरामा किन प्रस्तुत गर्ने– ऊ यही सोचेर चुप लाग्यो । ऊ आफैंभित्र पनि रिसको आगो बलिरहेको थियो । रिसमा अभिव्यक्ति गर्दा सहज र स्वभाविक कुरा पनि असज रुपमा प्रस्तुत हुने डर थियो उसको मनमा । प्रतिवादले न त सुविधा फिर्ता हुन्थ्यो न त उनको रिसलाई शान्त पार्न नै । बरु आगोमा घिउ थपिने सम्भावना उसले देखेको थियो । हजार रुपैयाँ सामान्य वर्गका लागि सानो रकम होइन । त्यति कमाउन कति दुखः गर्नुपर्छ उनलनई पनि थाहा छ । अनि त्यो विना कारण अरुलाई किन बुझाउने ?उसले यही सोचेर काम गरेको हो ।
‘के सुविधा नभएको हो ?’ एउटाले प्रश्न ग¥यो ।
उनले परिक्षण गरिन् । वास्तवमा सुविधा कटौती गरिएको थियो ।
‘भेजा फुस्कियो कि क्या हो ?’ आक्रोसित अनुहार बनाएर हाउभाउ सहित शब्द वाण प्रहार गरिन् । उसको हृदयमा त्यो प्रश्न नराम्ररी बिझ्न पुग्यो र झनक्क रिस उठ्यो । ‘के अपराध नै गरेको हो त ?’ उसले आफैंलाई सोध्यो ।
‘अहिले गएर काट्न लगाएर आएको ?’ उनले अर्को प्रश्नवाण तेस्र्याइन् ।
ऊ मौन थियो । ‘के यतिखेरसम्म कार्यालय खुल्ल हुन्छ ?’ उसले मनमनै प्रश्न ग¥यो । उसको मनमा उठेको रिसले प्रतिकृयाहरू जन्माइरहेका थिए तर अभिव्यक्त हुन दिएन । हाँसेरमात्र बसिरह्यो निरीह पात्र झैं ।
‘किन काट्न लगाएको ?’
अब किन भन्ने ! जसको कारण धेरै अघिदेखि भन्दै आएको छ । दिउँसोमात्र दिएको जानकारीप्रति वास्ता नगरेकोमा उसलाई टिठ पनि लग्यो तर रिसभन्दा बढी उसको मनमा रिसको ज्वाला बलेको थियो । ‘के त्यसको जानकारी पहिला नै दिएको हैन ? के एक हप्ता दश दिन सुविधा नभएर सर्वस्व हुन्छ ? के एक हजार सस्तो हो ?’ –जस्ता प्रश्नका बाढीहरू उसको मनभित्र उर्लिरहेका थिए तर क्रोधपूर्ण मनको आवेशमा अभिव्यक्त गरिने कुराले विवाद जन्माउला भनेर उसले आपूmलाई नियन्त्रण ग¥यो रिसको आवेगमा मौनता नै श्रेयष्कर हुने ठानेर ।शान्त अवस्थामा कुरा राम्रोसँग बुझाउन सकिन्छ तर रिसको आवेगमा चित्त दुखाउने कुराहरूको अभिव्यक्ति पनि हुन सक्छ । उसको मौनताको अर्थ पहिलो अनावश्यक भित्र दुखाइको कुरा अभिव्यक्त नगर्ने र दोस्रो विवादलाई सार्वजनिकीकरण नगर्ने ध्ययबाट प्ररित थियो ।
‘रिस खा आपूm, गुण खा अरु’ यस उक्तिलाई उसले बिर्सेको छैन । तेस्रो पक्षले एकछिन मननोरञ्जन लेलान् तर रिसको अभिव्यक्तिले अन्ततः आफैंलाई हानी पस¥याउने कमसरामा उयm सचेत थियो । त्यसैले विवादको विजारोपण वा सार्वजनिकीकरण गर्नुभन्दा निरिह बनेरै भए पनि मौनता सँधेर विवादको विज नै नरोप्न उचित लाग्यो उसलाई । समय सधैं उही रहँदैन । समय आफैं समाधान बन्ने विश्वासमा तेस्रो पक्षलाई मनोरञ्जन प्रदान नगर्ने निष्कर्षमा पुग्यो ऊ । उसलाई थाहा छैन बालकले लगाएको मौनताको अर्थमा ऊ र उनी कति नजिक र टाढा थिए । तर उसलाई अलि सहज बन्न बालकको त्यो अनुमानित अर्थ अभिव्यक्तिले केही सहयोग भने गरेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 पौष, 2074

लेखकका अन्य रचनाहरु