गजल

- कोमल भट्ट

प्रीत टाढियो यो प्रवासले
मीत टाढियो यो प्रवासले

डस्छ यादले जन्मभूमिको
रीत टाढियो यो प्रवासले

रोज थुप्रिए हारका कथा
जीत टाढियो यो प्रवासले

जल्छ जिन्दगी रापमा सधैँ
शीत टाढियो यो प्रवासले

खाक भैसके सोख चाहना
धीत टाढियो यो प्रवासले

स्वर खुम्चियो ताल भाँडियो
गीत टाढियो यो प्रवासले
छन्द :- द्रुता
SIS ISS ISI S
५ मा विश्राम

चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ ,पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु