वी.पी. कोईराला जयन्ती मनाउन जाँदा

- कृष्णादेवी शर्मा (श्रेष्ठ)

प्रत्येक वर्ष भाद्र महिनाको २४ गते वी.पी. जयन्ती मनाईन्छ । जननायक वी.पी. कोईरालालाई सम्झदा मात्र पनि आँखा रसाउँछन् , हृदय ढकमक्क हुन्छ । कता कता यिनको नेपाल र नेपाली प्रतिको स्नेहले झुकेको अनुहार हेरिरहन मन लाग्दछ । त्यसमा पनि म त वी.पी. लाई कहिल्यै भुल्न सक्दिन ।
वि.सं. २०७४ भाद्र महिनाको २२ गतेका दिन बिहान ३.३० बजे नै आँखाका ढकनी खुलेका थिए । क्रान्तीकारी नेपाली नेता स्व विश्वेश्वरप्रसाद कोईरालाको १०३ औ जन्म जयन्तिको अवसरमा वी.पी. कोईराला स्मृतिट्रष्ट नेपाल र नेपाली लेखक संघ केन्द्रिय कार्यलय काठमाण्डौले पोखरामा राखेको काय्र्रक्रममा म आफू पनि आमन्त्रीत थिए । यो कार्यक्रमको संयोजन गर्ने डा. कुसुमाकर न्यौपाने (नेपाली लेखक संघ केन्द्रिय उपाध्यक्ष) हुनुन्थ्यो । करिब दुई महिना पहिले नै डा. न्यौपानेले मलाई फोन गरेर मेरो “क्रान्किारी विश्वेश्वर” महाकाव्य सहित मेरो वायोडाटा पनि लिइसक्नु भएको थियो। पछि नारीसाहित्य समाजका आजीवन सदस्य नवलपरासीका द्धय नारी स्रष्टा श्री लीलाराना मास्की र टीका सापकोटा लगायत म समेतका तीन जना यो कार्यक्रममा सहभागी हुन पोखरा जाने यही भाद्र २२ गते थियो । हामीले २१ गते नै पोखरा जाने माईक्रोको व्यवस्था गरिसकेका थियौ । कारण हामी तीनै जनालाई यो कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।
हामी २२ गते बिहान ६ बजे नै माईक्रो चढेर पोखरा तर्फ लागेका थियौ । महामानव वी.पी. को १०३ औँ जन्म जयन्ती भव्यताका साथ मनाउने सपना मनभरी संगालेर हामी नवलपरासी का तीन नारी स्रष्टा सात बज्दा नबज्दा नारायणघाटबाट मुग्लिन तर्फ अगाडि बढेका थियौ । बाटो जामको समस्यालाई झेल्न परेपनि घडीले ठीक ११ बजेको संकेत गर्दा हामीहरु मुग्लिन पुल पारी पुगेका थियौ।
“डाँडै फुर्के सल्लो मायाको गाँउत चिने घर चिन्न सकिन वल्लो हो कि पल्लो।”
भन्ने बोलको लोकगीत घन्काउँदै माईक्रोले आफ्नो गति अगाडि बढाईरहेको थियो । यसरी हामीहरु ११ः३० बजेको समयमा सत्रसय फाँटमा पुगेका थियौ । मन अतिनैै आल्हादित भएको अवस्था थियो । नेपाली लेखक संघ र वी.पी. ट्रष्टको यो कार्यक्रममा भाग लिन पाउँदा म आफूलाई त महामानव वी.पी. लाई भेट्नै हिडे जस्तो अनुभूति भैरहेको थियो । यो अनुभूतिसंगै मैले वी.पी. लाई स्मरण गर्दै चार श्लोक कविता यसरी रचना गरे ः

विश्वेश्वर त आँखा हुन्, हृदय भाव वेगका,
सदा सजल हुन् हाम्रा, पारखी दूर दृष्टिका ।
वी.पी. उज्वल भै बाच्छन्, यो नेपाली धरासित
खोल्दछन् स्वर्गको द्धार, हेर्न नेपालको हित ।
नेपाल धरती पुत्र, दोस्रो बुद्ध यिनै त हुन्
गर्वका साथ वी.पी.को सम्झना सब गर्दछन् ।
आज एक सयौ तेस्रो, जन्मजयन्तीको घडी,
अर्पन्छु शब्दका थुङ्गा चढाँऊ अब के बढी ।
(अनुष्टुप्)
लगभग आधा घण्टामा सत्रसय फाँटको एउटा होटलमा स्वादिष्ट खाना खाएर हामी कार्यक्रम स्थल पोखराको लागि अगाडि बढेका थियौ ।
अति सानदार तरिकाले माईक्रो अगाडि बढेको थियो । लगभग दिनको २ बजेको समयमा हामी पोखरा पुगेका थियौ । पोखरा पृथ्वी चोकमा माईक्रोबाट झरेर हामीले कार्यक्रमका संयोजक आदरणीय नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष कुसुमाकरज्यूलाई फोन सम्पर्क ग¥यौ । उहाँले हामीलाई अर्को माईक्रोमा चढाएर लेकसाइडको होटल स्तूपामा पठाई दिनुभयो । अधिराज्यबाट आउने पाउनाहरुलाई बस्नको लागि होटल कान्तिपुर र स्तूपामा आयोजकहरुले बुकिङ गर्नु भएको रहेछ । हामी भाद्र २२ गते र २३ गते होटल स्तूपाको रुम नं. १०७ मा बस्यौ । अति सुन्दर प्रकृतिक स्थल फेवातालको किनारमा अवस्थीत होटल स्तुपाको स्वादिष्ट भोजन ग्रहण गरेर हामी आरामले रमाईलो गर्दै गजल र कविता वाचन गरी राति ११ बजे मात्र निदाएका थियौ ।
भोलिपल्ट भाद्र २३ गते महामानव वी.पी.को स्मरण गर्दै देशका विभिन्न प्रदेशबाट आउनुभएका वरिष्ट साहित्यकारहरुबाट रचना वाचन गर्ने कार्यक्रम थियो । दिनको ठीक १ बजेबाट कार्यक्रम शरु हुने सूचना अनुसार हामीले बिहानको समयलाई पोखराका केही दर्शनीय स्थानहरु अवलोकन गर्ने योजना बनायौ। नेपाली लेखकसंघ केन्द्रिय समितिका अध्यक्ष श्री श्रवण मुकारु र पश्चिमाञ्चल ५ नं. क्षेत्र धनगढी कैलालीका नेपाली लेखकसंघका उपाध्यक्ष तथा वरिष्ठ कथाकार श्री रामलाल जोशी पनि होटेल स्तुपाको १०९ नं. कोठामा बस्नु भयो । उहाँहरु मध्य रामलालजीले २३ गते बिहानको समय सदुपयोग गर्ने विचार व्यक्त गर्नु भएकाले यसरी बिहान ८ बजे तिर लीला मास्की, टीका सापकोटा अरुना छोरी र कृष्णादेबी समेतका पाँच जना मिलेर एउटा ट्याक्सी रिजर्भ गरी पोखराको सराङ्कोट तर्फ उकालो लाग्यौ ।मीठा मीठा साहित्यिक प्रसङ्गहरु चालाउँदै हामी करिब आधा घण्टामा कास्कीको सराङकोट टाकुरामा पुगेका थियौ । पोखरा शहर र फेवातालको अनुपम सुन्दर दृश्य अवलोकन गरी केही तस्वीरहरु मोबाईलमा कैद गरेर लगभग १० बजेको समयमा हामी विन्दवासीनी देवीको दर्शनाथ मन्दिर परिसरमा आईपुगेका थियौ । यो यात्रा अतिनैआनन्ददायी र स्मरणीय बनेको थियो । त्यस पश्चात् हामी विन्दवासीनी देवीको दर्शन गरी फूल– प्रसाद लिएर सामूहिक र सिङ्गल फोटाहरु मोबाईलमा अटसमटस पारेर फेरि होटल स्तुपामा भिड्कियौ खाना खान । होटल स्तूपामा स्वादिष्ट भोजन ग्रहण गरेर हामीहरु आज कार्यक्रम हुने स्थल जनप्रीय क्यम्पस पोखरा जानको लागि तयार भयौ । त्यसबेला दिनको १२ः३० बजेको थियो । हामीलाई लिन आएको बसले हर्न बजाईरहेको थियो । हामी एक एक गरी होटल स्तूपाबाट बाहिरिदै थियौ फेरि बेलुका त्यही नै फर्कने जानकारी लिदै । यो समय सम्म नेपाली लेखक संघ केन्दिय समिति काठमाण्डौ र वी.पी. स्मृतिट्रष्टको संयुक्त आयोजनामा मनाउन गैरहेको महामानव विश्वेश्वर प्रसाद काईरालाको १०३ औ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी विश्वेश्वर महाकाव्य लेखे वापत म सम्मानित हुदैछु भन्ने कुरा कार्यक्रम संयोजक नेपाली लेखकसंघका केन्दिय उपाध्यक्ष डा. कुसुमाकर न्यौपानेज्यूले उद्घोष गरिसक्नु भएको थियो । त्यसैले मैले आफूलाई त्यो समारोहमा अरु भन्दा भिन्दै सहभागीको रुपमा आफूलाई अनुभूत गरिरहेकी थिए । म अत्यन्त हर्षित थिए ।
वि.सं. २०७४ भाद्र २३ गते हुने सिर्जना वाचन तथा लोक साङ्गीतिक कार्यक्रम स्थल जनप्रीय क्यम्पस पोखरामा थियो । अब झण्डै दिनको १ बज्न आटेको थियो । प्रमुख अतिथि डा. सशाङ्क कोईराला (माननीय सांसद तथा नेपाली काग्रेसका महामन्त्री) रहनु भएको यो कार्यक्रम अत्यन्तै शोभनीय तथा गरिमायुक्त कार्यक्रम प्रतित भैरहेको थियो । नेपालका चर्चित साहित्यकार तथा कलाकारहरुको गरिमामय उपस्थितिले कार्यक्रमको महत्व बढाईरहेको थियो । ६० जिल्लामा गठन भएको नेपाली लेखकसंघबाट प्रतिनिधित्व गर्ने कार्य प्रायः भएको देखिन्थ्यो । धनगढीबाट रामलाल जोशी, विराटनगरबाट विवस पोखरेल, नेपाली लेखक संघका पूर्व अध्यक्ष डा. तुलसी भट्टराई प्राज्ञ ज्ञानु पाण्डे, रत्नमणी नेपाल, विशेष अतिथि पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल र हर्ष कोईराला (वी.पी.का सुपुत्र) रहनु भएको यो कार्यक्रममा प्रा.डा. यज्ञ प्रसाद अधिकारी, डा. शुरेस मल्ल, बलदेव मजगैया, केशवराज चालिसे जस्ता प्रजातन्त्रवादी विद्धान् व्यक्तिको उपस्थिति भैसकेको थियो ।
कास्की, स्याङ्जा, पर्वत, नवलपरासी र चितवनबाट प्रायः धेरै साहित्यिक स्रष्टाहरुको उपस्थिति रहेको थियो । जनप्रिय क्याम्पसको सुन्दर हल खचाखच भएको उपस्थितिमा धेरैले वी.पी.का विषयमा रचना गरेका कविताहरु वाचन गर्नुभएको थियो भने कतिपयले वी.पीलाई समर्पण गरी अन्य समसामयिक विषयमा रचना गरिएका रचनाहरु वाचन गर्नु भएको थियो । वी.पी.लाई स्मरण गर्दै कलाकारहरुले प्रस्तुत गरेका दोहोरी गीतले सबैका आँखा रसाएका थिए । त्यसबेला मलाई पनि यो गित सुनाउन मन लाग्यो ः
राष्ट्रियता, प्रजातन्त्र समाजवादसित
चन्द्र सूर्य रहेसम्म वी.पी. जिवित ।
यसरी महामानव वी.पी.को १०३ औ जन्मजयन्तीको पहिलो दिन २३ भदौ भव्यता र सौहाद्र्रताका साथ कविता वाचन र संगीतको धूनसंगै मनाईएको थियो । त्यसदिनको कार्यक्रम समापन गरे पश्चात् हामी फेरि कार्यक्रम आयोजक समितिले व्यवस्था गरेको बस चढेर होटल स्तूपा तर्फ लागेका थियौ । त्यो दिन भरिनै साहित्यलाई अत्यन्त मन पराउने नानी अरुणा हामी साथै थिईन् । २४ भाद्रको आफ्नो परीक्षालाई समेत वेवास्ता गरेर वी.पी. र साहित्य प्रति आर्कर्षित नानी अरुणा २३ गतेको साझ कार्यक्रम सकेर आफ्नै घर बगर तर्फ लागेकी थिईन ।
दोस्रो दिन भाद्र २४।२०७४ मा अति नै महत्वपूर्ण कार्यक्रम रहेको थियो । बिहान ८ बजे नै देशका विभिन्न प्रदेश र क्षेत्रबाट आएका साहित्यिक, राजनैतिक, सामाजिक तह र तप्काबाट उपस्थित जनसमूहको भेला भएको थियो वी.पी. चोक चिप्ले ढुङ्गा पोखरामा ।
यसरी पोखरा सभाहलको प्रङ्गणमा एकचित्त भई पोखरासभा गृह देखि सिर्जनाचोक हुँदै ह्वाईट हाउस पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको जन समूह समुन्द्रमा छाल जस्तै उर्लेको देखिन्थ्यो । खाना खानको लागि होटल स्तूपामा नै जानु पर्ने थियो ।
अहिले सम्म विहानको ९ः३० बजिसकेको थियो । यो कार्यक्रममा मुख्य उद्घोषकको रुपमा रत्नमणि नेपाल हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा डा. शशांक सांसद तथा नेपाली कांग्रेसका महामन्त्री नै हुनुहुन्थ्यो । डा. मिनेद्र रिजाल तथा श्री हर्ष कोईरालाको विशेष अतिथ्यतामा सम्पन्न भएको यो कार्यक्रमा क्रान्तिकारी विश्वेश्वर, महा काव्यकी लेखिका तथा महाकाव्यकार कृष्णादेवी शर्मा (नवलपरासी) र बासुदेव भण्डारी लाई सम्मान गरिएको थियो ।
केशवराज चालिसेद्धारा वी.पी. का बारेमा लेखिएका विविध पुस्तकहरुको विमोचन सहित मन्तव्य प्रस्तुत गरिएको थियो । यसबेला दिनको १२ बजिसकेको हुनाले खाना खानको लागि फेरि बस चढेर हामी सबै पाहुनाहरु होटल स्तूपा तर्फ लागेका थियौ ।
खाना खाएर दिनको १ बजे सम्पूर्ण सहभागीहरु फेरि ह्वाईट हाउस पार्टी प्यालेस सिर्जना चोक पोखरामा उपस्थित भएका थियौ ।
अब भने कार्यक्रम अन्तिम चरणमा आईसकेको थियो । नेपाली कांग्रेसका भुक्तभोगी वरिष्ठ कार्यकर्ताहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम प्रस्तोता र कार्यपत्र या गोष्ठीपत्रका शीर्षकहरु यसरी थिए यो कार्यक्रममा नेपाली लेखकसंघका केन्द्रिय उपाध्यक्ष डा. कुसुमाकर न्यौपानेले नै कुशल उद्घोषकको कार्य गरिरहनु भएको थियो ।
१. डा. यज्ञप्रसाद अधिकारीले वी.पी. कोईराला र वर्तमान राजनैतिक परिवेश बारे अत्यन्त शालिन र सभ्य भाषामा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
२. “वी.पी. कोईरालाको निर्वासन र नेपालको प्रजातान्त्रिक आन्दोलन” भन्ने विषयमा गरिएको डा. तुलसी भट्टराईको प्रस्तुती अतिनै मार्मीक र घतलाग्दो थियो ।
३. “वी.पी. कोईराला र समावेसीता” शीर्षकको कार्यपत्रमा वी.पी.ले आज चर्चा चलिरहेको समावेसीतालाई त्यो बेला नै प्रयोगमा ल्याएका थिए भन्ने कुराको पुष्टि दिदैं अति सरल तवरले बुझएका थिए प्रा.पदम शरण रेग्मीले ।
४. डा. मिनेन्द्र रिजालले “वी.पी. र नेपालको अर्थ राजनिति” बारे प्रष्छ्याएका थिए ।
५. डा. ज्ञानु पाण्डेले प्रस्तुत गरेको आत्मिक ईश्वरको सच्चा पुजारी वी.पी. कोईराला शीर्षकको कार्यपत्र अनौठो सुन्दर थियो । यो कार्यपत्रले वी.पी.को ईश्वर प्रतिको धरणालाई प्रष्टयाइएको थियो ।
६. वकिलका रुपमा वी.पी. कोईराला नामक शीर्षकको कार्यपत्र प्रस्तुत गर्ने डा. विपिन अधिकारीले वी.पी. सर्वज्ञ हुन् भन्ने विषयमा अत्यन्त गहन तरिकाले पुिष्ट गरेका थिए ।
७. डा. लक्ष्मीशरण अधिकारीले प्रस्तुत गर्नुभएको कार्य पत्रको शीर्षक थियो कोईरालाका आख्यान ः उत्तर आधुनिक पर्यवेक्षण, यो कार्यपत्रले वी.पी. को साहित्यिक गरिमामाथि प्रकाश पारेको थियो ।
८. “विश्वेश्वर प्रसाद कोईरालाका उपन्यासमा लोक संस्कृति” शीर्षकको कार्यपत्र प्रस्तुत गरेर डा. कुसुमाकर न्यौपानेले विश्वेश्वर र लोकसंस्कृतिबारे रहेको प्रगाढ सम्बन्धलाई उजागर गरेका थिए ।
९. ूँयचष्नल एयष्अिथ ब्मयउतभम द्यथ द्य।ए। प्यष्चबबि शीर्षक को कार्यपत्र प्रस्तुत गरेर डा. सुरेश मल्लले वी.पी. ले कसरी विदेश नीतिको प्रतिपादन गरेका थिए भन्ने गहन विषयमा चर्चा गरेका थिए ।
१०। ँककगभद या ष्मभलतष्तथ ष्ल पयष्चबबिुक लयखभकि शीर्षको कार्यपत्रमा डा. केशवराज चालिसे वी.पी. कोईरालाका उपन्यासमा उठेका सवालहरु माथि टिप्पणी गर्नु भएकोथियो । यसरी १० वटा कार्यपत्रको प्रस्तुती सकिए पश्चात् आयोजकले धन्यवाद ज्ञापन गरिसकेपछि यो गरिमामय सभाको विसर्जन गर्नुभएको थियो लेखक संघका केन्द्रिय अध्यक्ष श्रवण मुकारुँले ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु