कुमारीको जीवनयात्रा

- इन्द्रेणी शर्मा जलद

जीवनका आफ्नै रंग हुन्छ सामाजिक जीवनमा भेटिएका कैयौ कुराले मानिसलाई अत्यन्त प्रभाव पार्दो रहेछ | हो म आज त्यहि कुरालाई बताउदैछु |
गत साल नेपाल गएको बखत मेरो पुरानो साथी कमलपतिलाइ भेटे | हाम्रोरमाइलो बाल्यकाल संगसंगै बितेको थियो | हामी दौतरी साथी थियौ, बाल्य जीवनका हरेक मोडमा उनीसंग धेरै हेलमेल थियो | हेर्दा जस्तो सुकै सोझा देखिए पनि प्रेमको बिषयमा अत्यन्त चलाख थिए ,उनका किशोर जीवनमा थुप्रै,युवतीको नाम आइ रहन्थें कमला उर्मिला सरिता बिमला निर्मला शिला सबैले कमल्पतिलाई हुरुक्कै गर्थे मिठो मोहनी बोलीमा नयाँ पुराना जो कोही किशोरी ,युवतीहरु पनि मुसुक्क मसक्क हुन्थे | सबै भन्दा यो रोचक काहनी सुन्दा अचम्म लाग्छ | उनकै घरबाट ३ मिनेटको बाटो पर्ने गाउले नाताले मामा पर्ने छिमेकी कि छोरी हुन् | उनको नाम कुमारी हो र उनी बहुत सुन्दरी थिइन् | उनले आफ्नो बाल्यकालको काहनी बिस्तारै भन्दै गए उनलाईदुइ बर्ष अघि मालिकाको तिज मेलामा भेटेको थिए मेला हेर्न कमलपति उनकी दिदी सर्मिला र कुमारी अरु पनि आएका थिए |
कमलपति मलाइ देखेर म तिर आए उनीहरु मालिकामाइको दर्शन गर्न थाले ! हामी सल्लाघारीको छेउमै शितल हावामा गफ गर्दै थियौं उनले आफ्नो अतित सुनाउदै गए म सुन्दै गएँ ! जीवनमा आफुले भोगेका दुख शुख आदि कुराको बारेमा जे जस्ता थिए रिठ्ठो नबिराई बताए
कुमारी अत्यन्त सुशील आनीबानीकी थिईन | उनको घरायसी आर्थिक स्थिति एकदमै कम्जोर थियो | अत्यन्त फरासिली र मिठो बोलीबचनले जो कोही प्रभावित हुन्थे | हाम्रो हिमचिम दिनप्रतिदिन बढ्दै थियो | एकान्त पायो कि जीवनका सपना बुन्न थाल्थ्यौ | असाध्यै मोहित हुन्थे म उनको कुराले हाम्रो प्रेमको संसार बिस्तारै रमाउदै थियो | कुमारीको बाबाले हाम्रो कुरा थाहा पाए पनि नपाए जस्तो गर्नु भएको थियो | हाम्रो बाबा संग पनि राम्रो सम्बन्ध थियो | गाउले नाताले मामा नाताले बोलाउथे मलाइ भान्जा बाबु भनेर बोलाउनु हुन्थ्यो सानो तिनो पुजापाठ हुदा पनि मलाई बोलाइ टिकाटालो गर्दा पैसा दिनुहुन्थ्यो म खुशी हुदै भन्थे --"कुमारी हेर त तिम्रो भन्दा धेरै" उ मस्किदै मेरो नजिक आएर जिस्किन्थी म भाबुक हुन्थे किशोर कालका यी सुन्दर समय कति मार्मिक र रोमान्चकारी थिए ?म अझै सम्झी रहन्छु | कुमारीकी आमा भने बडो कडा थिईन | मलाइ देख्ने बित्तिकै हान्ने साढेको अनुहार जस्तो हुन्थ्यो | समय बित्दै गयो हाम्रो स्कुल जीवनको यात्रा सिध्दियो हामी करिब करिब भेट हुन सम्भव भएन म पोखरा तिर लागे | ६ /७ महिनाको अन्तरालमा के के भयो भयो | ,उ गाउकै उच्च माविमा पढ्दै गइ हाम्रो सम्पर्क हुन छोड्यो | हामीले आफ्ना कुरा व्यक्त गर्न पाएनौ | गौरीले सारा कुरा सुनाए पछि म छाँगाबाट खसें | एकदिन उसले सुनी , उसका आफ़न्तिले यौटा अपाङ्ग संग बिबाह गराउने कुरा सुने पछि ऊ पागल बनिन्छ र उ संगै हाइ हेलो थियो उसले आफ्नो कुरा राखे पछि नाइँ नास्ती गरेनछ दुवै बाग्लुङ्ग कालिमाइ को मन्दिरमा बिबाह गरि आफ्नो घर तिर लागेछन कमलपतिले सम्झाउदै भने --", हेर मदन जीवनको यथार्थ अत्यन्त भिन्न हुदो रहेछ कुमारी आखिरी रातामाटाको युवकसंग बिबाह गरेर गइ एकपल्ट पनि आफ्नो मनको कुरा व्यक्त नगरी ऊ मबाट सधैको निम्ति अलग भई कम्ति दुख लागेन नारीको मनलाई चिन्न साहरी कठिन हुदो रहेछ आफ्नो श्रीमानसंग पोर्तुगल पुगेकी छ भन्ने सुनेको छु उसले धोकादिए पछि मैले पनि बिबाह गरें जीवन जीवन जस्तो भएन तिमीसंग बिताएका स्कुल जीवनका याद आउछन |
कमलपति कुमारीको जिवन्त काहनी सुनाए कता कता मेरो बाल्यकाल एकदमै एकल भएको अनुभूति गरें
मैले धेरै बर्ष पछि निर्मलाको बारेमा जानकारी लिएँ उनको बारेमा धेरै कुरा सुने मलाइ डर लाग्यो उनका दाइभाइ सबै बिदेशमा थिए कहिले काही उनकी दिदीले बोलाएको बेला उनको घरमा पुग्थें उनको अनुहार हेर्न पनि ,मलाइ डर लाग्थ्योकतै उनका बाबासंग जम्काभेट त् हुने होइन ? उनका बाबाले हामीलाई दुइ बर्ष पढाएका पनि हुन् मालिका निवाबिमा हाम्रो चुलबुले आनिबानिले हामीले बेला बेलामा दण्ड सजाँय भोगी रहेका हुन्थ्यौं |
अस्ति भर्खर सुने कुमारीको श्रीमान र उनका धेरै साथी पोर्तुगलको जेलमा परेकोनिर्मलाबाट सुने | साच्ची पोर्तुगलको रेसिडेन्सी कार्डले गर्दा हजारौ नेपालीहरु युवायुवती हाम फालेका छन | लाखौ रकम बैदेशिक रोजगार दाता कम्पनि एजेन्टलाइ बुझाएर जीवनको परिक्षा गर्नुको पिडा पनि एक हो यो | नेपालीहरुको गद्दारीपनले धेरै युवा युवतीले दुख पाएका छन | जहाँ पनि नेपालीले नेपालीलाई नै सहयोगको नाममा पेलेको नै हुदो रहेछ शुरुका दिन जस्ता आज छैन पोर्तुगलमा १९९५ तिर मात्र नेपालीको आगमन भएको पाइन्छ | समाजिक राजनैतिक तथा सांस्कृतिक कार्यक्रमले नेपालीलाई आपसमा बाडेको थियो छ पनि समय बित्दै गयो पुराना नेपालीहरु अरु देशमा गए | आज ज - जसको कारोबार छ उनीहरु पोर्तुगललाइ छोड्न सकेका छैनन् | कुमारी आएको एक बर्ष नपुग्दै साथीको लैलैमा खेतीको लागि मान्छे सप्लाई गर्ने कमिशन खाने कुरा चल्यो | लगानी पनि धेरै गर्नु नपर्ने बिस्तारै आफै आफ्नो कम्पनी दर्ता पनि गर्ने नेपालबाट मानिस झिकाएमा पैसा पनि आउने खेतमा पनि सस्त्तो दरमा काम लगाउने कुरा भयो | कुमारी र सन्दीप आन्जुसमा बसेका थिए त्यहा बाग्लुङ्ग तिरका मान्छे पनि थिए | कुमारीले पोर्तुगिस रेस्टुरेन्टमा वैटरको काम गर्थी उसको श्रीमान् अरु साथीको खेतीमा चाहिने खाध्यान जिन्सी सप्लाई गर्थ्यो जे होस् आफ्नो कामदाम चलेको थियो | धेरै पल्ट कुमारीले सम्झाएकी पनि हो अटेर गरेर उ आफ्नो कुरा पुरा गर्न व्यस्त थियो | बिरोजगारीले पिडित नेपालीहरु सन्दीपलाई भेट्न थाले शुरुमा आफन्ती भन्दा नजिक मान्दै गए सन्दीपले पनि आफ्नो स्वार्थ पुरा गर्न थाल्यो समय बित्दै गयो आफुले नै राखेका नेपालीले नै बिभिन्न आरोप लगाई पोर्तुगिस प्रसासनमा मुद्दा हालेछन | नेपालीको वास्तविकता बुझ्न पोर्तुगल होइन देशका कुनै पनि ठाउमा भेट्न सकिन्छ शायद यो बियोगान्तक काहनीको जीवन्त पाटो थियो |
कुमारीको जीवनमा सोच्दै नसोचिने मोड आयो | ऊ आफ्नो लोग्नेले मानब तस्करी तथा श्रम शोषणको दण्ड पाए पछि कति बर्ष उसलाई पर्खेर बस्ने ?
उ आत्तीन थाली | अरु नेपाली बाट तिरस्कृत हुनु भन्दा अफ्रिकन युवक तिर लागिछ | निर्मलाले सारा कुरा सुनाएकी थिइन ऊ अब नेपाल कहिल्यै नफर्कने भई |
आज सम्झिन्छु यसरी डायास्पारिक जीवन बिताउने युवायुवतीको बारेमा कस्ले कुरा उठाउने ?
कमलपतिले मेरो अनुहारमा हेरी रहे | आज कुमारीको सम्झनाले बिगतलाई धमिलो बनायो प्रेमको समाजको र धन्सम्पतिको कारणले गर्दा जीवनले केके सास्ती भोग्नु पर्दो रहेछ कुमारी जस्ता हजारौ युवतीको मार्मिक जिवन्त काहनी हो यो | धिक्कार छ यो समाजलाई जसले गर्दा होनहार युवावर्ग हरु परदेशको भूमिमा तातो भुङ्ग्रोमा परेको माछा झैँ बाच्नु परेको छ |
भाबुक हुदै कमलपति सोधे ---" तिम्ले यत्रो बर्ष किन बिदेशमै पलायन भएको नि ? म यसको उत्तर दिन सकेको छैन "
आज पर्यन्त सम्म कुमारी कमलापति र सन्दीपको बीचको भुमरी सम्झेर आफुलाई घुमाइ रहेको छु निर्मलाले सुनाएका यथार्थ आज वास्तविक सम्झेर आफ्नो देश जाने निर्णय लिएको छु | सम्झना केवल सम्झनामा कुमारी र उसको अफ्रिकन अमिगो (अफ्रिकी साथी ) भेट्ने चाहना छ |

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु