चेतनाको नवालोक छायो

- मोहन सिटौला

भए सोमराजी, अहा ! सूर्य हाँसे
नवीना पथैमा सवै अन्ध नाशे
सुवर्षा सुधाको छताछुल्ल पारे
फिंजाए उज्यालो जुनेलीप्रभाले !

उज्यालो भयो लौ दुरदृष्टि लम्के
नयाँ जोस, उत्साहका मार्ग चम्के
लिए दण्ड लामो र झण्डा, पताका
जहाँ छन् स्वदेशी सवै एकताका
सवै फर्फराए स्वदेशै, दुरैका
फिंजिन् विश्वमा व्याप्त नेपालमाता !

भुजङ्गप्रयातै छटा छन्दवाली
भुजङ्गादि चाला चली शक्तिशाली
लिई नागबेली पथै विश्व सारा
घुमी चेतनामा बले ज्योतिधारा ।

सँगाालेर आभा सुनौलो उषाको
हटाएर कालो कटूता निशाको
हँसीलो उषाका प्रभा भाष्करैले
उज्यालो फिंजाए खुलेका दिवाले ) ।

उज्याला बगैंचा, पियारा सवैका,
सुनौला गलैंचा, जगैका, मनैका
प्रभाका, कलाका उज्याला सितारा
सवै बालि नित्यै भए चम्चमैका !

रसीला दिलैका मिठा दिव्य धारा
वहाए , फिंजाए सुख शान्ति सारा
फिंजाए सुनौला, मृदु कल्पनाका
सुस्वप्ना र जप्ना, नव बल्लरीका

फुली फूल नौला सवै फल्न लाग्न्
फलैका पियारा मृदु विप्न झल्कुन् !
बनुन् जीवनी झल्झलाकार झम्क्युन्
रम्की सवै क्षेत्र , प्रदेश चम्क्युन् !
नयपाली सारा हितवक्षका छन् !

रसीला, हँसीला, सुकीला मनैका
दिवाकाकरैका, निशाकाकरैका
सुधाका रसैले भरेका दिलैका
प्रभा फैलिएकी नि नेपालमाता !
शशाङ्क औ सूर्य ध्वजा पताका !

जसै धार लाए करूणा सुधाको
सवैमा पुग्यो पुष्टि मीठामृतैको
दिलैमा भयो तुष्टि पूरा, पियारो
बले दीप नौला, हटाए अँध्यारो ।

नविर्सी अतीतै, खुनी तुच्छताको
अठोठै लिए फाल्नको तुच्छता त्यो
नयाँ काल आयो नयाँ जागृतैको
समाएर बाटो नयाँ दक्षताको ।

नविर्सी अतीतै बडो दीर्घकाल
स्वतन्त्रै रही बिघ्न फारेर जाल ।
नविर्सी अतीतै महावीरताको
हटाएर दाशत्व औ लोभ कालो !

परालम्ब त्यागी बने स्वावलम्बी
नयाँ पुङ्गवी, शूर औ वीर जङ्गी
जुटे ती , कटुता , विध्व्ांशै अफाली
छुटे ती, हटे दूर—नजीक पापी

हटे दीनपन्थी र हटे उग्रपन्थी
‘नसक्ने भयौं लौ ! ’ भनी हार मान्दै
‘नयपाली जागे अब नव्य बन्दै
अभूत्पूर्व नाना नव चेत बुन्दै ’ !

नयाँ चिन्तना देशका निम्ति खाश
उठाएर सम्मान औ गर्व—चेत
निकाले नवीना तरक्की र तारा
उदाए प्रशस्तै सकारेर पारा
वहाए रसैको सुखी, शान्ति धारा ।

जसै ब्यूँझिए नीदका मस्त, गाढा
तसै तम्सिए चेतना जागृतैका
यता पन्पिए नव्य निर्मााणवाला
उता तर्सिए दुष्ट नजीक, टाढा !

व्यथाले पुरानो नव पृष्ट भर्दा
सँगै लाम लागे नि जन्ता र नेता
सवैमा तराना नयाँ सल्बलाए
तरङ्गै विराना सवै जम्जमाए ।

प्रधानमंत्री मृदु दैन्यहन्त्री
कल्याणमा नित्य बढुन् सुमंत्री
वली बली बत्ति बलेर बालुन्
सिपी सरी स्वच्छ भएर चम्कुन्
नयाँ नवीना नतिजा निकालुन् !

श्री सत्य सौन्दर्य शिवत्व सान
समाइ, ठम्याइ, ममत्व मान
उमङ्गमा उत्तम अग्रगामी
भई विकाशैतिर नित्य गामी
लिई हिंडुन् उन्नतिमार्गकामी

सँँधैनै उदाउन् यहाँ घाम जून
बनैमा , मनैमा ,तनैमा , जनैमा
नेपाल धर्ती—नभ चेतनामा
श्री सूर्य औ चन्द ध्वजापतामा

कता छ गारो ? र सुगम्य छानी
सबाल साझा सुख हुन्छ जानी
लम्केर टाढा, नजीकै सबैमा
श्री उत्तरी, दक्षिण, पूर्व, पश्चिम
पुगी हठाउन् जनदुःख, धामा
उठी, उठाउन् जनता तमाम ।

फुले फूल नौला सवै फल्न लागे
फलेका पियारा मृदु विप्न झल्के !
भयो जीवनी झल्झलाकार झम्के
ररम्के सवै क्षेत्र , प्रदेश चम्के !
गगम्के सवै एक आबद्ध झम्के !
(अप्रकाशित नवालोक खण्डकाव्य संग्रहबाट— लेखक)

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु