राजनीतिक र सामाजिक विकृतिका लघुकथा

- प्रा. डा. कपिल लामिछाने

साहित्यकार सीताराम नेपाल (२०१२ साउन ५, सिन्धुपाल्चोक) यो उही कथा ९२०६४०, आदर्शको अवसान ९२०६६० र रगतको साइनो ९२०६९० जस्ता कथासङ्ग्रहपछि रातो डायरी ९२०७४० लघुकथासङ्ग्रह लिएर पुनः आख्यानकै फाँटमा देखापरेका छन् । यसबाट उनको आख्यानप्रतिको प्रतिबद्धता प्रकट भएको छ । लघुकथा आख्यानको छोटोछरितो, चोटिलो र आफैँमा पूर्ण स्वतन्त्र प्रविधा हो । यता आएर लघुकथा लेखन र गतिविधिमा सक्रियता बढेको छ । लघुकथा कथाभन्दा छोटो मात्र होइन, यसको इतिहास पनि कथाको भन्दा छोटो छ । यस अर्थमा यो नयाँ र प्रभावकारी पनि छ । छोटै समयमा यसले लोकप्रियता आर्जन गरेको छ । नेपाली लघुकथाले यस्तो लोकप्रियता पाउनुमा सयौँ स्रष्टाको योगदान छ । यही लाममा सीताराम नेपाल पनि सहभागी हुन आइपुगेका छन्, रातो डायरी लिएर ।
मुख्यतः समकालीन राजनीतिक–सामाजिक विकृति–विसङ्गतिलाई कथ्यविषय बनाई यी लघुकथाको रचना गरिएको छ । भ्रष्टाचार, दुराचार, अनैतिकता, धोकाधडी, दाउपेच आदि राजनीतिक यथार्थ यी लघुकथाका विषय रहेका छन् । ‘पत्रे अस्त्र’, ‘प्रभाव’, ‘प्रतिस्पर्धा’, ‘नेतापुत्र’, ‘राजनीतिक रङ’, ‘रातो डायरी’, ‘ठूलो चोर’, ‘योग्यताको कदर’, ‘जिद्दी’, ‘कलहको थलो’, ‘खै त खै’, ‘नशा’, ‘नयाँ पुस्तक प्रेमी’, ‘निर्देशन’, ‘बेलाको बोली’, ‘व्यर्थको दौडधुप’, ‘भविष्यवाणी’, ‘भित्ताको तस्वीर’, ‘भोटको नातो’, ‘असल मान्छेको खोजी’, ‘अवरोध’, ‘अभियान’ र ‘आदेश’ आदि अधिकांश लघुकथा यस्तै राजनीतिसँग जोडिएका छन् ।
यी लघुकथामा देश र जनताको सेवा गर्न भनी राजनीतिमा लागेको नेतृत्व वर्गले गर्ने भ्रष्टाचार र दुराचारलाई उदाङ्गो पारिएको छ भने चुनिएर गएपछि जनतासमक्ष फर्केर नजाने, चुनावमा अनेक आश्वासन बाड्ने तर पूरा नगर्ने, कार्यकर्तालाई दास सम्झने, देश र जनताको काममा भन्दा व्यक्तिगत स्वार्थमा लागिरहने, इमानदार कार्यकर्तालाई भन्दा दल बदली आएका नयाँ कार्यकर्तालाई प्रोत्साहन गर्ने, पार्टी प्रवेशका नाममा भ्रष्ट गुन्डा र तस्करलाई लागेका मुद्दा फिर्ता लिई पार्टीमा प्रवेश गराउने र तिनबाटै निर्देशित हुनुपर्ने, विदेशीलाई नेपाली नागरिकता दिन बाध्य पार्ने जस्ता नेतृत्व वर्गका कमजोरीलाई यहाँ धज्जी उडाइएको छ ।
यस्तै यहाँ, नेतृत्व वर्ग कार्यकर्तालाई कठोर परिश्रम गर्न लगाई आफू ऐसआराम र विलासी जीवन बिताउने तथा यस्तो कुराको विरोध गरे विरोध गर्नेलाई पदबाट हटाउने, आफ्नो गाउँमा आउन लागेको शिक्षालयलाई आर्थिक प्रलोभनमा परी अन्यत्र लैजान सघाउने जस्ता प्रवृत्तिलाई बडो सूक्ष्म ढङ्गबाट प्रस्तुत गरिएको छ । नेता वा मन्त्री पुस्तक चोरीमा समेत संलग्न छन् । ‘नयाँ पुस्तक प्रेमी’बाट प्रस्ट हुन्छ । ‘भित्ताको तस्वीर’मा सहिद परिवारको दुर्दशा देखाइएको छ । ‘भोटको नातो’मा चुनाउपछि मतदाताले मन्त्रीलाई भेट्नसम्म नपाउने अवस्थाको चित्रण छ । लेखक नेपाल प्रत्यक्षतः राजनीतिमा संलग्न नरहे पनि प्रशासनिक कर्मचारीका हैसियतले उनले राजनीतिलाई नजिकबाट बुझ्ने र अनुभूत गर्ने अवसर भने पाएकै हुन् । त्यसैले यी विषयमा कल्पना होइन, यथार्थको रङ बढी टड्कारो देखिन्छ । अधिकांश लघुकथाले नेपालको समसामयिक राजनीतिक यथार्थको खोलुवा प्रस्तुत गरेका छन् ।
राजनीति भ्रष्ट छ भने समाज पनि चोखो छैन । यी लघुकथामा राजनीतिक विषयपछि सामाजिक विषयले बढी ठाउँ ओगटेको छ । राजनीतिले समाजलाई विकृत पारेको छ । नेतापुत्रहरूमा भविष्यमा के बन्ने भन्ने बारेमा बडाबडा कुरा भएको ‘राजनीतिक पीडित’मा देखाइएको छ । समाजमा छुवाछुत प्रथा छ, तर नयाँ पुस्ता त्यसको पछाडि नभएको कुरा ‘समाधान’ लघुकथामा दलित र गैरदलितबीच भएको अदालती प्रेमविवाह देखाएबाट प्रस्ट हुन्छ । ‘सम्झौता’मा दलित एकल महिलासँग विवाह गरेको देखाइएको छ । ‘मापन’मा धर्मपरिवर्तन देखाइएको छ । ‘नक्कल’मा बालबालिकामा टेलिभिजनको अन्धानुकरण ९प्रभाव० बढेको देखाइएको छ । ‘बन्धन’मा कथित बालअधिकारकर्मीको ढाँेग, आडम्बर र भित्री यथार्थको खोलुवा दिइएको छ । ‘बोझ’मा लैङ्गिक विभेदका कारण बालिकामा परेको प्रभाव देखाइएको छ । ‘चाँदनी हराई’मा सत्ताको आडमा हुने गरेका मानव ९चेलीबेटी० बेचबिखनको यथार्थ औँल्याइएको छ । ‘एघारौँ अवतार’मा धार्मिक क्षेत्रमा भएका भ्रष्टाचारको भन्डाफोर गरिएको छ । ‘आधुनिकता’मा पश्चिमा संस्कृतिको नक्कल गर्ने नयाँ पुस्ता र आफ्नोपनप्रति सम्मोहित पुराना पुस्ताका बीचको अन्तर र द्वन्द्वलाई देखाइएको छ । ‘वचन’मा जीवित छँदा बाबुलाई उपेक्षा गरेको तर मृत्यु हुँदा रोएको, कसैले सम्झाउँदा पनि नमानेको तर आफ्नो छोराले कानमा गएर म तपाईंले झैँ आफ्ना बाबालाई हेलाँ गर्दिन भनेपछि समालिएको मार्मिक प्रसङ्ग छ । ‘वादविवाद’मा बाबुआमाको झगडा भएको बेलामा सानो छोराले सुल्ट्याइदिएको देखाइएको छ । समग्रमा समाज पनि विकृत भइरहेको छ भने यहाँ त्यस समाजको ह्रासोन्मुख मानवीय मूल्यलाई देखाइएको छ ।
साहित्यकार नेपालले लामो समयसम्म प्रशासनमा रहेर काम गरे भने प्रशासनिक दाउपेच, त्यसभित्रका विकृति र विसङ्गतिलाई सूक्ष्म रूपमा बुझ्ने अवसर पाए । यहाँ त्यसको प्रतिबिम्ब पाइन्छ । यस दृष्टिले ‘परीक्षा’, ‘राजनीतिक रङ’, ‘रमिता’, ‘योग्यताको कदर’, ‘जार हाकिम’, ‘खै त खै रु’, ‘कुन्नि के थाहा’, ‘नयाँ तरिका’, ‘निर्देशन’, ‘भगवान् भरोसा’, ‘विरोधको विरोध’ लघुकथाहरू उल्लेख्य छन् ।
‘परीक्षा’मा पुरानो कमान्डरले नयाँ कमान्डरको संवेगात्मक परीक्षा लिएको, ‘राजनीतिक रङ’मा नामुद जुवाडेलाई थुनामुक्त गर्नुहुँदैन भनी प्रहरी चौकी घेराउ गर्न पुगेका महिलाहरूलाई नै माथि ९गृहमन्त्री० ले काममा वाधा दिएको भनी सार्वजनिक अपराधमा सख्त कार्यवाही गर्नू भनी आदेश दिएको देखाइएको छ । ‘रमिता’मा गासबास खोज्ने सुकुम्बासीलाई प्रहरीले दमन गरेको देखाइएको छ । ‘योग्यताको कदर’मा नेताले सिफारिस नगरी योग्यताको भरमा जागिर खान नपाइने अवस्थाको चित्रण गरिएको छ । ‘जार हाकिम’मा उपल्लो तहका कर्मचारीले तल्ला तहकी कर्मचारीकी राम्री पत्नी उडाउने, उसलाई सधैँ अपायक ठाउँमा सरुवा गरिदिने र मन्त्रीकोमा गुनासो राखेर न्याय पाउँला भन्दा झन् आफ्नो काम छाडेर पटकपटक मन्त्रालयमा आई काममा बाधा पु¥याएको भनी स्पष्टीकरणको पत्र थमाएको मार्मिक घटना प्रस्तुत गरिएको छ । ‘खोट’मा जागिर लगाइदिने भन्दै यौनदुराचार गरेको तथा ‘कुन्नि के थाहा’मा प्रहरी प्रशासनद्वारा हुनेगरेका यौनदुराचारको रहस्योद्घाटन गरिएको छ ।
‘नयाँ तरिका’मा प्रहरी प्रशासनको आलोचना होइन, कौशल देखाइएको छ । होलीमा उच्छृङ्खल व्यवहार प्रदर्शन गर्ने युवा जमातलाई अघिल्लै दिन सिँगारिएका युवतीहरू छाडेर तिनीहरूउपर दुव्र्यवहार गर्न खनिएजति उच्छृङ्खलहरूलाई च्याप्प समातेकोे, मोबाइल खोसेर राखिदिएको र यसले गर्दा होली संयमित हुन गएको देखाइएको छ । ‘निर्देशन’मा प्रशासनमा राजनीतिक हस्तक्षेप भएकाले सेवाग्राही सेवाबाट वञ्चित भएको देखाइएको छ । ‘विरोधको विरोध’मा सुविधापेक्षी कर्मचारीको मनपरीतन्त्र देखाइएको छ ।
लघुकथाकार नेपाल वातावरणीय सन्तुलनप्रति सचेत छन् । त्यसैले उनले कतिपय लघुकथामा वातावरणीय प्रदूषणको यथार्थ चित्र उतारेका छन् । ‘बसाइँ सर्ने मोह’ र ‘देवत्व बृद्धि’मा स्वैरकल्पनाको सहायताबाट पोखरी, हिमाल, नदी, तालतलैया, कुण्डहरू तथा धार्मिक क्षेत्रमा मानवीय अतिक्रमण र प्रदूषण बढेको देखाइएको छ ।
केही लघुकथा प्रणयाश्रित छन् । ‘रहस्य’मा प्रेमी–प्रेमिकाका बीचमा अवरोध देखापरेपछि प्रेमीले डेरा सरेको, ‘समाधान’ र ‘सम्झौता’मा प्रेम–विवाहको चित्रण गरिएको छ ।
यसरी लघुकथाको प्रतिपाद्य वा विषयवस्तु समकालीन यथार्थ रहेको छ । वर्तमानमा देश राजनीतिबाट बढी आक्रान्त छ र यहाँ पनि त्यसले बढी स्थान पाएको छ । सामाजिक विकृति, विसङ्गति, वातावरण प्रदूषण, प्रेम, मानवाधिकार, धर्म र संस्कारमा आएको विचलन आदि विषयले पनि ठाउँ लिएका छन् ।
यस सङ्ग्रहका यी लघुकथा छोटाछरिता अर्थात् आयाम वा आकारका दृष्टिले औसत खालका छन् । अति छोटा र लामा हुनबाट बचेर यी औसत लघुकथाको आयाममा प्रकट भएका छन् । छोटोछरितोपना लघुकथाको स्थूल मापदण्ड मात्र हो । त्यहीँ विषयवस्तुको उठान भई भावको परिपाकमा पुगी एउटा प्रभावकारी अन्तसहित कथान्त हुन्छ । त्यस्ता लघुकथामात्र चोटिला र चिरप्रभावी हुन सक्दछन् । यस दृष्टिले ‘परीक्षा’, ‘रहस्य’, ‘राजनीतिक रङ’, ‘रातो डायरी’, ‘समाधान’, ‘जार हाकिम’, ‘अभियान’, ‘वचन’ आदि केही उल्लेख्य त्यस्ता लघुकथा हुन् ।
केही लघुकथाको आरम्भ राम्रै भए पनि अन्त हतारमा गरिएको, विचार नपु¥याइएको देखिन्छ । उदाहरणार्थ ‘एघारौँ अवतार’, ‘आधुनिकता’, ‘असल मान्छेको खोजी’, ‘अवरोध’ जस्ता लघुकथालाई लिन सकिन्छ । यहाँ विषयवस्तुको चयन र उठान जति सशक्त छ, त्यसको प्रस्तुति त्यत्तिकै सबल बन्न सकेको छैन । विषयवस्तु मात्र लघुकथा होइन । सशक्त विषयवस्तुले त्यत्तिकै सशक्त प्रस्तुतीकरणको अपेक्षा गर्दछ । कतिपय लघुकथाको अन्त प्रभावकारी बन्न सकेको देखिँदैन । नेपाललाई विषयवस्तुको कमी रहेको पाइँदैन, तर लघुकथामा शब्द–शब्दसित खेल्दै अघि बढ्ने सीपको भने आवश्यकता देखिन्छ ।
सीताराम नेपालका अधिकांश लघुकथामा विषयवस्तु अत्यन्त सशक्त छ । उनले लघुकथाको आयाममा संयम अँगालेका छन् । उनमा थोरै शब्दमा धेरै भन्ने खुबी छ । उनका लघुकथा चुटुक्कका छन् । चुटकिला हुनबाट बचेका पनि छन् । केही लघुकथामा खोट पाइए पनि अधिकांश लघुकथा अत्यन्त घतलाग्दा, चोटिला र प्रभावकारी छन् । अब भने उनले लघुकथाको सङ्ख्यामा भन्दा गुणात्मक वृद्धितर्फ प्रवृत्त हुनु आवश्यक छ ।
(०(


))))))))))))))))))))))))))))))))))))))))
कृतिसमीक्षा
राजनीतिक र सामाजिक विकृतिका लघुकथा
प्रा.डा. कपिलदेव लामिछाने

साहित्यकार सीताराम नेपाल (२०१२ साउन ५, सिन्धुपाल्चोक) यो उही कथा (२०६४), आदर्शको अवसान (२०६६) र रगतको साइनो (२०६९) जस्ता कथासङ्ग्रहपछि रातो डायरी (२०७४) लघुकथासङ्ग्रह लिएर पुनः आख्यानकै फाँटमा देखापरेका छन् । यसबाट उनको आख्यानप्रतिको प्रतिबद्धता प्रकट भएको छ । लघुकथा आख्यानको छोटोछरितो, चोटिलो र आफैँमा पूर्ण स्वतन्त्र प्रविधा हो । यता आएर लघुकथा लेखन र गतिविधिमा सक्रियता बढेको छ । लघुकथा कथाभन्दा छोटो मात्र होइन, यसको इतिहास पनि कथाको भन्दा छोटो छ । यस अर्थमा यो नयाँ र प्रभावकारी पनि छ । छोटै समयमा यसले लोकप्रियता आर्जन गरेको छ । नेपाली लघुकथाले यस्तो लोकप्रियता पाउनुमा सयौँ स्रष्टाको योगदान छ । यही लाममा सीताराम नेपाल पनि सहभागी हुन आइपुगेका छन्, रातो डायरी लिएर ।
मुख्यतः समकालीन राजनीतिक–सामाजिक विकृति–विसङ्गतिलाई कथ्यविषय बनाई यी लघुकथाको रचना गरिएको छ । भ्रष्टाचार, दुराचार, अनैतिकता, धोकाधडी, दाउपेच आदि राजनीतिक यथार्थ यी लघुकथाका विषय रहेका छन् । ‘पत्रे अस्त्र’, ‘प्रभाव’, ‘प्रतिस्पर्धा’, ‘नेतापुत्र’, ‘राजनीतिक रङ’, ‘रातो डायरी’, ‘ठूलो चोर’, ‘योग्यताको कदर’, ‘जिद्दी’, ‘कलहको थलो’, ‘खै त खै’, ‘नशा’, ‘नयाँ पुस्तक प्रेमी’, ‘निर्देशन’, ‘बेलाको बोली’, ‘व्यर्थको दौडधुप’, ‘भविष्यवाणी’, ‘भित्ताको तस्वीर’, ‘भोटको नातो’, ‘असल मान्छेको खोजी’, ‘अवरोध’, ‘अभियान’ र ‘आदेश’ आदि अधिकांश लघुकथा यस्तै राजनीतिसँग जोडिएका छन् ।
यी लघुकथामा देश र जनताको सेवा गर्न भनी राजनीतिमा लागेको नेतृत्व वर्गले गर्ने भ्रष्टाचार र दुराचारलाई उदाङ्गो पारिएको छ भने चुनिएर गएपछि जनतासमक्ष फर्केर नजाने, चुनावमा अनेक आश्वासन बाड्ने तर पूरा नगर्ने, कार्यकर्तालाई दास सम्झने, देश र जनताको काममा भन्दा व्यक्तिगत स्वार्थमा लागिरहने, इमानदार कार्यकर्तालाई भन्दा दल बदली आएका नयाँ कार्यकर्तालाई प्रोत्साहन गर्ने, पार्टी प्रवेशका नाममा भ्रष्ट गुन्डा र तस्करलाई लागेका मुद्दा फिर्ता लिई पार्टीमा प्रवेश गराउने र तिनबाटै निर्देशित हुनुपर्ने, विदेशीलाई नेपाली नागरिकता दिन बाध्य पार्ने जस्ता नेतृत्व वर्गका कमजोरीलाई यहाँ धज्जी उडाइएको छ ।
यस्तै यहाँ, नेतृत्व वर्ग कार्यकर्तालाई कठोर परिश्रम गर्न लगाई आफू ऐसआराम र विलासी जीवन बिताउने तथा यस्तो कुराको विरोध गरे विरोध गर्नेलाई पदबाट हटाउने, आफ्नो गाउँमा आउन लागेको शिक्षालयलाई आर्थिक प्रलोभनमा परी अन्यत्र लैजान सघाउने जस्ता प्रवृत्तिलाई बडो सूक्ष्म ढङ्गबाट प्रस्तुत गरिएको छ । नेता वा मन्त्री पुस्तक चोरीमा समेत संलग्न छन् । ‘नयाँ पुस्तक प्रेमी’बाट प्रस्ट हुन्छ । ‘भित्ताको तस्वीर’मा सहिद परिवारको दुर्दशा देखाइएको छ । ‘भोटको नातो’मा चुनाउपछि मतदाताले मन्त्रीलाई भेट्नसम्म नपाउने अवस्थाको चित्रण छ । लेखक नेपाल प्रत्यक्षतः राजनीतिमा संलग्न नरहे पनि प्रशासनिक कर्मचारीका हैसियतले उनले राजनीतिलाई नजिकबाट बुझ्ने र अनुभूत गर्ने अवसर भने पाएकै हुन् । त्यसैले यी विषयमा कल्पना होइन, यथार्थको रङ बढी टड्कारो देखिन्छ । अधिकांश लघुकथाले नेपालको समसामयिक राजनीतिक यथार्थको खोलुवा प्रस्तुत गरेका छन् ।
राजनीति भ्रष्ट छ भने समाज पनि चोखो छैन । यी लघुकथामा राजनीतिक विषयपछि सामाजिक विषयले बढी ठाउँ ओगटेको छ । राजनीतिले समाजलाई विकृत पारेको छ । नेतापुत्रहरूमा भविष्यमा के बन्ने भन्ने बारेमा बडाबडा कुरा भएको ‘राजनीतिक पीडित’मा देखाइएको छ । समाजमा छुवाछुत प्रथा छ, तर नयाँ पुस्ता त्यसको पछाडि नभएको कुरा ‘समाधान’ लघुकथामा दलित र गैरदलितबीच भएको अदालती प्रेमविवाह देखाएबाट प्रस्ट हुन्छ । ‘सम्झौता’मा दलित एकल महिलासँग विवाह गरेको देखाइएको छ । ‘मापन’मा धर्मपरिवर्तन देखाइएको छ । ‘नक्कल’मा बालबालिकामा टेलिभिजनको अन्धानुकरण (प्रभाव) बढेको देखाइएको छ । ‘बन्धन’मा कथित बालअधिकारकर्मीको ढाँेग, आडम्बर र भित्री यथार्थको खोलुवा दिइएको छ । ‘बोझ’मा लैङ्गिक विभेदका कारण बालिकामा परेको प्रभाव देखाइएको छ । ‘चाँदनी हराई’मा सत्ताको आडमा हुने गरेका मानव (चेलीबेटी) बेचबिखनको यथार्थ औँल्याइएको छ । ‘एघारौँ अवतार’मा धार्मिक क्षेत्रमा भएका भ्रष्टाचारको भन्डाफोर गरिएको छ । ‘आधुनिकता’मा पश्चिमा संस्कृतिको नक्कल गर्ने नयाँ पुस्ता र आफ्नोपनप्रति सम्मोहित पुराना पुस्ताका बीचको अन्तर र द्वन्द्वलाई देखाइएको छ । ‘वचन’मा जीवित छँदा बाबुलाई उपेक्षा गरेको तर मृत्यु हुँदा रोएको, कसैले सम्झाउँदा पनि नमानेको तर आफ्नो छोराले कानमा गएर म तपाईंले झैँ आफ्ना बाबालाई हेलाँ गर्दिन भनेपछि समालिएको मार्मिक प्रसङ्ग छ । ‘वादविवाद’मा बाबुआमाको झगडा भएको बेलामा सानो छोराले सुल्ट्याइदिएको देखाइएको छ । समग्रमा समाज पनि विकृत भइरहेको छ भने यहाँ त्यस समाजको ह्रासोन्मुख मानवीय मूल्यलाई देखाइएको छ ।
साहित्यकार नेपालले लामो समयसम्म प्रशासनमा रहेर काम गरे भने प्रशासनिक दाउपेच, त्यसभित्रका विकृति र विसङ्गतिलाई सूक्ष्म रूपमा बुझ्ने अवसर पाए । यहाँ त्यसको प्रतिबिम्ब पाइन्छ । यस दृष्टिले ‘परीक्षा’, ‘राजनीतिक रङ’, ‘रमिता’, ‘योग्यताको कदर’, ‘जार हाकिम’, ‘खै त खै ?’, ‘कुन्नि के थाहा’, ‘नयाँ तरिका’, ‘निर्देशन’, ‘भगवान् भरोसा’, ‘विरोधको विरोध’ लघुकथाहरू उल्लेख्य छन् ।
‘परीक्षा’मा पुरानो कमान्डरले नयाँ कमान्डरको संवेगात्मक परीक्षा लिएको, ‘राजनीतिक रङ’मा नामुद जुवाडेलाई थुनामुक्त गर्नुहुँदैन भनी प्रहरी चौकी घेराउ गर्न पुगेका महिलाहरूलाई नै माथि (गृहमन्त्री) ले काममा वाधा दिएको भनी सार्वजनिक अपराधमा सख्त कार्यवाही गर्नू भनी आदेश दिएको देखाइएको छ । ‘रमिता’मा गासबास खोज्ने सुकुम्बासीलाई प्रहरीले दमन गरेको देखाइएको छ । ‘योग्यताको कदर’मा नेताले सिफारिस नगरी योग्यताको भरमा जागिर खान नपाइने अवस्थाको चित्रण गरिएको छ । ‘जार हाकिम’मा उपल्लो तहका कर्मचारीले तल्ला तहकी कर्मचारीकी राम्री पत्नी उडाउने, उसलाई सधैँ अपायक ठाउँमा सरुवा गरिदिने र मन्त्रीकोमा गुनासो राखेर न्याय पाउँला भन्दा झन् आफ्नो काम छाडेर पटकपटक मन्त्रालयमा आई काममा बाधा पु¥याएको भनी स्पष्टीकरणको पत्र थमाएको मार्मिक घटना प्रस्तुत गरिएको छ । ‘खोट’मा जागिर लगाइदिने भन्दै यौनदुराचार गरेको तथा ‘कुन्नि के थाहा’मा प्रहरी प्रशासनद्वारा हुनेगरेका यौनदुराचारको रहस्योद्घाटन गरिएको छ ।
‘नयाँ तरिका’मा प्रहरी प्रशासनको आलोचना होइन, कौशल देखाइएको छ । होलीमा उच्छृङ्खल व्यवहार प्रदर्शन गर्ने युवा जमातलाई अघिल्लै दिन सिँगारिएका युवतीहरू छाडेर तिनीहरूउपर दुव्र्यवहार गर्न खनिएजति उच्छृङ्खलहरूलाई च्याप्प समातेकोे, मोबाइल खोसेर राखिदिएको र यसले गर्दा होली संयमित हुन गएको देखाइएको छ । ‘निर्देशन’मा प्रशासनमा राजनीतिक हस्तक्षेप भएकाले सेवाग्राही सेवाबाट वञ्चित भएको देखाइएको छ । ‘विरोधको विरोध’मा सुविधापेक्षी कर्मचारीको मनपरीतन्त्र देखाइएको छ ।
लघुकथाकार नेपाल वातावरणीय सन्तुलनप्रति सचेत छन् । त्यसैले उनले कतिपय लघुकथामा वातावरणीय प्रदूषणको यथार्थ चित्र उतारेका छन् । ‘बसाइँ सर्ने मोह’ र ‘देवत्व बृद्धि’मा स्वैरकल्पनाको सहायताबाट पोखरी, हिमाल, नदी, तालतलैया, कुण्डहरू तथा धार्मिक क्षेत्रमा मानवीय अतिक्रमण र प्रदूषण बढेको देखाइएको छ ।
केही लघुकथा प्रणयाश्रित छन् । ‘रहस्य’मा प्रेमी–प्रेमिकाका बीचमा अवरोध देखापरेपछि प्रेमीले डेरा सरेको, ‘समाधान’ र ‘सम्झौता’मा प्रेम–विवाहको चित्रण गरिएको छ ।
यसरी लघुकथाको प्रतिपाद्य वा विषयवस्तु समकालीन यथार्थ रहेको छ । वर्तमानमा देश राजनीतिबाट बढी आक्रान्त छ र यहाँ पनि त्यसले बढी स्थान पाएको छ । सामाजिक विकृति, विसङ्गति, वातावरण प्रदूषण, प्रेम, मानवाधिकार, धर्म र संस्कारमा आएको विचलन आदि विषयले पनि ठाउँ लिएका छन् ।
यस सङ्ग्रहका यी लघुकथा छोटाछरिता अर्थात् आयाम वा आकारका दृष्टिले औसत खालका छन् । अति छोटा र लामा हुनबाट बचेर यी औसत लघुकथाको आयाममा प्रकट भएका छन् । छोटोछरितोपना लघुकथाको स्थूल मापदण्ड मात्र हो । त्यहीँ विषयवस्तुको उठान भई भावको परिपाकमा पुगी एउटा प्रभावकारी अन्तसहित कथान्त हुन्छ । त्यस्ता लघुकथामात्र चोटिला र चिरप्रभावी हुन सक्दछन् । यस दृष्टिले ‘परीक्षा’, ‘रहस्य’, ‘राजनीतिक रङ’, ‘रातो डायरी’, ‘समाधान’, ‘जार हाकिम’, ‘अभियान’, ‘वचन’ आदि केही उल्लेख्य त्यस्ता लघुकथा हुन् ।
केही लघुकथाको आरम्भ राम्रै भए पनि अन्त हतारमा गरिएको, विचार नपु¥याइएको देखिन्छ । उदाहरणार्थ ‘एघारौँ अवतार’, ‘आधुनिकता’, ‘असल मान्छेको खोजी’, ‘अवरोध’ जस्ता लघुकथालाई लिन सकिन्छ । यहाँ विषयवस्तुको चयन र उठान जति सशक्त छ, त्यसको प्रस्तुति त्यत्तिकै सबल बन्न सकेको छैन । विषयवस्तु मात्र लघुकथा होइन । सशक्त विषयवस्तुले त्यत्तिकै सशक्त प्रस्तुतीकरणको अपेक्षा गर्दछ । कतिपय लघुकथाको अन्त प्रभावकारी बन्न सकेको देखिँदैन । नेपाललाई विषयवस्तुको कमी रहेको पाइँदैन, तर लघुकथामा शब्द–शब्दसित खेल्दै अघि बढ्ने सीपको भने आवश्यकता देखिन्छ ।
सीताराम नेपालका अधिकांश लघुकथामा विषयवस्तु अत्यन्त सशक्त छ । उनले लघुकथाको आयाममा संयम अँगालेका छन् । उनमा थोरै शब्दमा धेरै भन्ने खुबी छ । उनका लघुकथा चुटुक्कका छन् । चुटकिला हुनबाट बचेका पनि छन् । केही लघुकथामा खोट पाइए पनि अधिकांश लघुकथा अत्यन्त घतलाग्दा, चोटिला र प्रभावकारी छन् । अब भने उनले लघुकथाको सङ्ख्यामा भन्दा गुणात्मक वृद्धितर्फ प्रवृत्त हुनु आवश्यक छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु