बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु

- इन्द्रकुमार श्रेष्ठ सरित्

सम्झना गर्दिन भन्दा पनि अतीत पटकपटक उसको अ“ाखाअगाडि उभिन आइपुग्छ । फुल्न खोज्ने सपनाहरु, पखेटा फिंजाएर उड्न खोज्ने मनका रहरहरु र बादलको माथिमाथि उड्ने एउटा सङ्लो मनको धमिलो आकृति अगाडि आइपुग्छ र समयले गतिकासाथ हिंड्नेक्रममा उडाएको धूलोले छोपिएका पुराना सपनाहरु, चाहनाहरु र रहरहरुलाई एकपटक फेरि खोज्न आग्रह गर्दछ । उसलाई थाहा छ, मुटु चिरिने यो आग्रहका थुपै्रथुपै्र अर्थ छन् । तर समयले दिएको चोट शनैःशनैः खाटामा परिवर्तन हुन लागिरहेको बेलामा जानाजान त्यो खाटालाई कोट्याएर उसलाई फेरि दुखाई भोग्नु छैन ।
परिवर्तनका सपना, समानताको चाहना, विचारले समाजलाई बदल्ने तीब्रआकांक्षा र जनयुद्धका ती रापिला दिनहरु सम्झिंदा अहिले त्यो सपना हो कि विपना हो भैंm लाग्छ । आपूmभन्दा अग्लो बन्दुक बोकेर माओद्धांरालिखित रातो किताब घोक्दै सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणका लागि लडेको यथार्थलाई अ“ाखाले देख्दै र जीवनले भोग्दै अगाडि बढ्ने क्रममा कतिखेर ऊ घाइते भएर अब जीवनभरि हिंड्न नसक्ने असहाय भए“ भनेर उसैले थाहा पाएन । यो यथार्थरुपी घनले उसको चेतनालाई डङडङ पिटेपछिको पीडाले गर्दा छातीबाट उठ्ने हिक्कालाई उसले नियन्त्रण गर्न सकेन । पुरानो सत्ताका सिपाहीहरुबाट गाउ“ र जङ्गलमा बच्दै बच्दै, ज“घारको के कुरा पहाडनाध्दै हिंड्ने उसका गोडा पुरानो सत्ताको तावेदारको गोलीले अपाङ्ग भएको झट्ट उसले विश्वास नै गर्न सकेन । तर विश्वास गर्न सके पनि नसके पनि यो कटुसत्य अब उसको जीवनभरि ऊसंगै ह्ड्निंका लागि कटिबद्ध थियो ।
चेतनामुलक अनि क्रान्तिकारी गीतहरुमा उसका गोडाले सङ्गीतको तालमा छमछम गर्दा उसको प्रशंसा नगर्ने कोही हुन्थेनन् । तर आज विजुलीको गतिमा नाच्ने तिनै गोडा ऊस“ंग छैनन् । आपूmलाई हेर्दामात्र होइन, आप्mनो वर्तमान र भविष्यलाई विचार गर्दामात्रै होइन बम र बारुदसंग खेल्ने उसको तन हिजोआज बादल गर्जिंदा पनि उसलाई कहाली लाग्छ । कुस्तुर हुन्छ एउटा मनुवाको मन । तर हिजो उसलाई यस्तो लाग्दैन थियो बरु देश र जनताका लागि केही योगदान गर्न पाएकोमा ऊ खुशी थियो । आपूm मरेर भए पनि जनता हसाउ“न पाए, देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने उसको चाहना कताकती पुरा भएको होकि लिएको बैचारिक बाटोमा आपूm पनि एक कदम भए पनि हिंड्न सकेकोमा उसलाई कसोकसो मनको कुनै कुनामा अरुले थाहै नपाई सुटुक्क गर्वानुभूति हुथ्यो ।
हेर्दाहेर्र्दै दशबर्षे जनयुद्ध र त्यसपछिको जनआन्दोलनले पार्टीले हतियार बिसाएर शान्ति प्रकृयामा आएपछि अब के हुन्छ ? अब के हुन्छ ? भन्ने प्रश्नले उसलाई पनि छटपटी गराइरहेको थियो । तर पार्टी शान्ति प्रकृयामा आइसकेपछि देशमा ठुलै राजनीतिक परिवर्तन भए । देशमा लोकतन्त्रपछि गणतन्त्रको स्थापना भयो । बिना रक्तपातकै अढाईसय बर्षभन्दा पुरानो परम्पराको अन्त्यसहित राजाले राजगद्धी छाड्नुप¥यो । अब भर्खरै प्राप्त भएको गणतन्त्रलाई संस्थागतगर्ने जिम्मेवारी जनताका प्रतिनिधिहरुको क“ाधमा आइलागेको थियो ।
संविधानसभाको चुनावमा अन्य पार्टीहरुको तुलनामा सबैभन्दा बढी सिट जितेर आप्mनो पार्टीले सत्ताको बागडोर सम्हालेको थियो । ऊ खुशी थियो । हिजो आपूmसंगै जनयुद्ध लडेका कमरेडहरु सभासद भएका छन्, मन्त्री भएका छन् । कोही कुनै संस्थामा सरकारी नियुक्ति पाएर अध्यक्ष भएका छन् त कोही महाप्रवन्धक भएका छन् । उच्च ओहोदामा पुगेका कमरेडहरुले कसो मलाई नसम्झेलान् त ? नय“ापुराना सप्पै साथीहरुले आपूmलाई सम्झनेछन् भन्ने कुरामा ऊ ढुक्क थियो । त्यसमा उसलाई तीलबराबर पनि शङ्का थिएन । तर दिन बिते...दिन बिते...दिन .बिते......अहो ¤ हप्ता, महिना गर्दागर्दै दिन कति बिते कति बिते । तर उसलाई सम्झेर कोही आएनन् । नय“ापुराना कोही साथीभाइ आएनन् । उसको चित्त दुखिरह्यो, उसको दुखेको चित्त नदुखाऊ भन्दै नतः सभासद नतः मन्त्री, नतः प्रधानमन्त्री कोही आएनन्, तर दिनदिनै उसले बाटो हेरिरह्यो । तर उसलाई भृट्न आउनैपर्नेहरु कोही आएनन् । तैपनि संसार बदल्ने एउटै विचार बोकेर दश दश बर्षसम्म एउटै घामपानी, दुःखकष्ट सह“दै स“गस“गै जनयुद्ध लडेका साथीहरुले कसो एक न एक दिन नसम्झेलान भनेर आपैmलाई सान्त्वना दिंदै उसले आशाको डोरी चु“डिन दिएन ।
उसलाई पनि नेपाल आर्मीमा गएर अभैm देशको सेवागर्ने रहर थियो । तर शारीरिक कारणले उसलेृ आप्mनो रहरलाई मनमै दबायो । उसले सन्तोषको श्वास फे¥यो, म जान नपाएर के भो त ? उसकी पत्नी रश्मिला त जान सक्छिन् । सरकारको आव्हान अनुसार रश्मिलाले पनि आर्मीमा छनौटका लागि निवेदन दिइन् । तर निवेदन दिएकै दिनदेखि रश्मिला कह“ा गइन् उसलाई अत्तोपत्तो छैन । उसको बुताले भ्याएसम्म उसले सोध्यो÷खोज्यो । साथीभाइ लगाएर खोजतलाश ग¥यो । तर केही पत्ता लागेन । कह“ा गइन् त रश्मिला ? उसले केही पत्ता लाउन सकेन । अरुको सहारामा घिस्रिंदै भए पनि ऊ क्यान्टोनमेनसम्म पुग्यो । आपूm आउनुको कारण खोलेर निवेदन दियो । अनि प्रहरी चौकीसम्म गएर पनि उसले रश्मिला हराएको रिपार्ट लेखायो । तर रश्मिलाको केही पत्ता लागेन, कतै पत्ता लागेन । अब त उसले आश पनि मारिसक्यो । त्यसैले रश्मिलाको सम्झना आउनासाथ उसले रश्मिलाले लेखेको पत्र हेर्छ र प्रत्येकपटक नय“ा पत्र पढेभैंm ऊ पत्र पढ्न थाल्छ .......’‘कमरेड जयन्त,... अब मलाई बिर्सिंदेऊ........’’....प्रत्येक पटक पत्र पढिसकेपछि . बादलभैंm बर्सिन खोज्ने अ“ाखालाई ऊ बलैले खबरदारी गर्छ र काटीकुटी आमाको झल्को दिने चार बर्षिया छोरी कीर्तिकालाई एकोहोरो हेरिरहन्छ ।
उसको जीवन कष्टकर त थियो नै अब झन पीडादायी पनि बनेको छ । बिपनीमा नखोजे पनि निदरीमा छोरीले आमा खोज्छे । त्यसबेला उसलाई आप्,mनो शारीरिक अशक्तताले झन बढी चिमोट्छ । उसलाई लाग्छ, मैले जत्ति नै छोरीलाई माया गरे तापनि म त बाबु हु“ । म आमा बन्न कहिल्यै सक्दिन“ । हरे ¤ आमा र बाबु दुबै भएर पनि मेरी छोरी टुहुरी हुने भई । मनमा परेको पीडाको ग“ाठोलाई ऊ मुड्कीले पिट्दै समनगर्ने प्रयत्न गर्छ ।

प“ाच छ बर्ष जनयुद्धकै क्रममा एकपटक लामै समय सेल्टर लिएर बसेको घरमा त्यस घरका हजुरबासंग उसले डोकोथुन्से बुन्न सिकेको थियो । त्यसबेला उसलाई के थाहा र...........,¤ कुनै दिनको त्यो सिकाई उसका लागि आजीवन पेशा हुनेछ भनेर । यही पेशाले उसले चारपैसा कमाएको छ । नत्र आप्mनै पार्टी सत्तासिन भएको बेलामा जनयुद्धका घाइते र अपाङ्गहरुले धेरै सहयोग पाएको उसले सुनेको हो । तर ऊ त हिंड्न सक्दैन । कसलाई भनेर कह“ाबाट त्यो सहयोग लिने हो त्यो पनि उसलाई थाहा छैन । कसैले मद्धत गरिदिए उसले पनि सरकारले दिने सहयोग पाउथ्यो कि ? जनयुद्धका समकालीन साथीहरु जत्ति जम्मै शहर पसिहाले । अरु कसले उसलाई सहयोग गथ्र्यो र ?
एकै ठाउ“ बसेर काम गरिहनु उसलाई गाह्रो थिएन । किनभने उसका दुई हात सद्धे नै थिए । तर भातभान्साको काम गर्नु उसका लागि जनयुद्ध लडेभन्दा पनि गाह्रो थियो । त्यही चार बर्षिया छोरी कीर्तिकाको भरमा उसले जसोतसो एकमुठी जाउलो बाबुछोरीका लागि पकाउने गरेको छ ।
सुत्नु अगाडि प्रत्येक रात कीर्तिकाले आमा कहिले आउछिन् भनेर सोध्छे र प्रत्येक चोटि कीर्तिकाका लागि उसले नय“ा बहाना बनाउ“छ । तर आपूmले रगत पसिना बहाएको पार्टीका सहयोद्धा कमरेडहरु महाप्रवन्धक, अध्यक्ष, सभासद, मन्त्री र प्रधानमन्त्री बन्दा पनि किन उसलाई भेट्न आएनन् त ? ऊसं“ग नतः यसको उत्तर छ नतः बहाना नै । डोको बुन्दाबुन्द्रै उसका अ“ाखाहरु टाढा क्षितिजसम्म पुगेर ठोक्किन्छन् । एकोहोरो क्षितिजलाई हेर्दाहेर्दा उसका अ“ाखा टट्याउ“छन् । उसलाई केही बोलु“बोलु“ लाग्छ । तर को छ र उसको नजीक, उसको कुरा सुनिदिने ? टोलाएर क्षितिजलाई हेर्दाहेर्दै उसले छोरीले थोपाथोपा गरेर भरेको गाग्रीको पानी जम्मै डोकोमा खन्यायो । खै, डोकोमा पानी अडिएन त ? पानीले भिजेर चिसो भएको बुनिनसकेको डोकोलाई उसले सुम्सुम्यायो । क्षणभरका लागि हत्केला भिज्यो तर चर्को घामले गर्दा मिलिक्क्रै सुकिहाल्यो । मन चञ्चल भए पनि अनमन्यस्क भावले फेरि उसले अधुरो डोको बुनिरह्यो..............................................। उसकी चार बर्षिया छोरीले उसको यो कृयाकलाप वालसुलभ उत्सुकताका साथ हेरिरहेकी थिई .................।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु