मेरो सानु साथी

- इन्दिरा दीक्षित

सातदिन जति बाहिर घुमेर घरभित्र पस्ने बित्तिकै डौडिँदै म आफ्नो कोठाभित्र पस्छु, सिरानी नगिचैको झ्याल बाहिर मेरो सानों साथी ढुुक्रुक्क बसिराखेको रहेछ । सायद मेरै यादमा मलाई कुरेर बसेको होला ! मैले झ्याल ठक्ठक्याएँ, उ जुरुक्क उठ्यो, मलाई देख्नेबित्तिकै पखेटा फडफडाएर नाचेझै गर्न थाल्यो । उ खुसि भएझै फुरफुरियो, म दँग परेर हाँसे ।
लण्डन आएको पनि चारमैना पुरा भइसकेछ, आएकै पन्द्रदिन पछि होला सायद यो रातो रँगको सुगा मेरो नगिचै आएर बस्न थालेको थियो । हल्का गुलाफी रँगको मझौला खाले यो सुगाको घाँटि वरिपरि निख्खर रातो देखिन्थ्यो । यसको हात जस्तो लाग्ने गोडाको रँग र कुप्रो परेको ठुँडोको रँग उस्तै खैरो खाले थियो ।
सुगा झट्टहेर्दा राम्रो थियो, पहिलोपल्ट यसको अनुहार देख्दा त मलाई उति आकर्षित लागेन, एउटा सुगा न हो, अरु जस्तो यो पनि उस्तै, कताबाट एकक्षण आउँछ, फेरि गैहाल्छ, यस्तो सोचेर उति वास्ता गरेकी थिइन । तर खै किन हो यो त दिनहँुजसो मेरो झ्यल नजिक आएर बस्न थाल्यो । मलाई पनि यसलाई हेरेर बस्न रमाइलो लाग्न थाल्यो ।
बेलायत बसेकी छोरीले घुम्न बोलाइन्, खुसि हुदै यताआएँ ! बिदेशको ठाउँ, चिनेजानेको कोहि थिएन, छोरीले घुमाउँन लान्थीन, घुमुन्जेल रमाइलो जस्तो हुन्थ्यो, घर ण्mर्के पछि ण्mेरी उस्तै न हो, बिदेशमा काँम नगरी को बस्छ र, उँनी पनि दिनभरी काममा जान्थिन्, अनि घरमा म एक्लै हुन्थेँ । हराउँने डरले हो अथवा किनहो कुनि छोरीले घर बाहिर ननिस्कनु है भन्थिन, उनको निर्देशनलाई मानेर म घरभित्रै बसिरहन्थेँ । कैेलेकाहिँ अलि पट्यारलागे झ्यालको पर्दा उठाएर एसो बाहिर हेर्ने गर्थँे, यसै शिलशिलामा यो सुगासँग साक्षतकार भएको थियो ।
सुरुमा त मलाई आश्चर्य लाग्थ्यो, मैले नेपालमा यस्तो रँगको सुगा कैले देखेकी थिइन, उत्सुकतावस् हेरिरहन्थेँ, जँगलतिर हुन्थ्यो होला कि ! म त्यता कैले गइन, सुगाबारे अनभिज्ञ भएकोले जिज्ञाशा पनि लागेल, खोजिगर्ने आवस्यकता पनि परेन । नेपालतिर कतैकतै हरीयो रँगको सुगा पिंजडामा बन्द गरेर पालेको र त्यसले रटेको मान्छेकै जस्तो बोलि “गोपीकृष्णको” अलावा अरु पनि केहि बोलेको सुनेको थिएँ, रामै्र लागेर म हेरिरहन्थेँ । अरुले पालेको देख्दा राम्रो लागे पनि मलाई कैल्यै सुगा पाल्न मन लागेन, आकाशमा विचरण गर्ने पन्छीलाई कसरी पिंजडामा बन्दगर्नु ? मेरो भित्रि मनले यस्तो काँमलाई कैले स्वीकारेन । ऐले पनि मैले खोजि गरेको त हैन, खै किनहो यो मेरो नजिक आएर बस्न थाल्यो, नजानिदो किसिमले यसको निकटता मलाई पनि मनपर्न थालेछ । यसको सन्मोहन गर्ने खाले बाँगो किसिमको हेराइमा पत्तै नपाइ म पनि लठ्ठ परेझै हुनथालेछु । सुगाको र मेरो एकटंकारको आँखा जुधाइमा कति समय बित्थ्यो पत्तोनै हुन्थेन । मैले त यो पनि बिर्सेको थिएँ कि हामीबिचमा बाधाहाल्ने झ्यालको सीसा छ नि ! ण्mेरि पनि किनहो उ सँगसँगै बसेजस्तै लाग्थ्यो । यो त हाम्रो दैनिकिनै बनेको थियो ।
आज किनहो किन यो सुगा देख्दा मन एकतमासको भएर सोच्न थालेको छ, रुखको टोड्कामा आफ्नै समुहमा रमाउँने र बडेमानको आकाशमा पखेटा ण्mड्ण्mडाएर उड्ने प्राणी पनि के मान्छेसँग यति नजिकिन सक्छन् र ? उसको सन्सार त आकाश हो, जसमा कुनै सीमाना कोरिएको हुदैन, मान्छेजस्तै परिधिभित्र उसलाई बस्नु पर्दैन, जता जाउ जे खाउ उ स्वतन्त्र छ, ण्mेरि पनि उ किन मेरो नगिचमा बस्न रुचाउँछ होला ? मैले बल्यकालमा सुनेको परीको कथामा परिहरुको पनि पखेटा हुन्थ्यो अनि आकाशमा उँडेर जता पनि पुग्थे रे ! साच्चै आज पनि परिको जस्तै मेरो नि पखेटा भएको भए म पनि यो सुगासँगै आकाशमा उँड्थेँहोला ! यो रमाइलो दुनियाँ आकाशबाट कति राम्रो देखिन्छ होला ! नानाभाति सोच्न पुगेको तान्द्रा सुगाको ण्mड्ण्mडाहटले भँग हुन्छ । किनकिन सुगाले मलाई बाहिर बोलाइ रहेझै लाग्न थाल्छ ।
सुगाले मलाई हेरिरहेको देखेर बिस्तारै म बाहिर निस्कन थालेँ, कम्पाउण्ड भएको घरको भित्रिभागमा बगैँचा र केहि खालि जमीन थियो, मेरो कोठाको झ्याल बाहिर पट्टि पर्ने हरीयो दुबो उम्रिएको तो ठाउँ सुगाको र मेरो दिन बिताउँने ठाउँ बन्यो । सुरुसुरुमा सुगा म भन्दा अल्लि परपरै बस्थ्यो, मलाई पनि उसको लामो ठुँडो र गोडाका नग्रादेखि डर लाग्थ्यो । बिस्तारै बिस्तारै उ मसँग नजिकिन थाल्यो, मलाई पनि उसको घुम्रिएको बाँगो ठुँडो राम्रो लाग्न थाल्यो, हामीदुइको दुरी घट्दै गयो, म घरभित्र भएको खानेकुरा लगिदिन्थेँ उ हातैमा आएर खान्थ्यो, म दँग परेर हेरिरहन्थेँ, उ खुसिभएर मेरो आँग माथिमाथि चढ्नथाल्थ्यो । उसको त्यो डरलाग्दो नङग्राले पहिलो पटक टेक्दा त मेरो सरिर सिरिङग भयो, काउकुति लागेजस्तो, ण्mेरी बिस्तारै मलाई यसको बानी परेछ क्यार, कताकता रमाइलो लाग्नथाल्योे । म प्रयत्न गरिरहन्थेँ सुगा मसँग यत्ति धेरै रत्तियोस् कि मेरो काखमा बसिरहोस्, मेरै सरिरमाथि चढोस्, अझ टाउको माथि बसेर नाचोस् । मैले बिस्तारै समात्दा पनि किनहो चल्मलाएर निस्कन खोज्थ्यो, मेरो खुसिले मात्र हुन्थेन, उ कुन मुडमा छ मैले बिचार गरेर मात्रै उसलाई सुमसुम्याउँन पर्थो ।
मेरोे हात छुडाएर अल्लि पर पुगेपछि फुर्रफुर्र नाच्न थाल्थ्यो, मानौं मलाई जिस्क्याए जस्तो गरेर दुबै पखेटा ण्mड्ण्mडाउँथ्यो । ण्mेरि अलि पर पुगेर केहि टुक्राटाक्रि उसका औंलाजस्ता गोडाले समातेर ल्यउँथ्यो र मेरो अगाडि राखिदिन्थ्यो । मैले नसमाए सम्म हेरिरहन्थ्यो, मैले समाते पछि दँग परे जस्तै गरेर फेरी अर्को लिन डौडन्थ्यो । कैले मेरो लुगा समात्थ्यो, कैले हात समात्थ्यो, कैले त गोडाका औंला टोकेर हैरान पाथ्र्यो, काउकुति लागेर उधुम हुन्थ्यो, फेरी पनि उसको सबै कृयाकलाप मलाई खुब मन पथ्र्यो । म मरिमेटेर हास्थेँ, सायद उ दँग परे जस्तै गरेर मेरो हाँसो हेरिरहन्थ्यो ।
कैलेकाँहि मसँग गण्m गरेजस्तै क¥याङ कुरुङ उसैको भाषा बोल्थ्यो, त्यो कैल्यै नसुनेको उसको एकलौटि भाषा म कसरी बुझौँ र ! नबुझे पनि बुझेजस्तै गरेर दँग परेर हास्थेँ, म पनि उ सँग आफ्नै पाराले गण्m गर्न थाल्थ,ेँ उ बुझेजस्तै गरेर मेरो मुखमा हेरिरहन्थ्यो । मनमा लाग्थ्यो, म पनि पँछी बिषेशज्ञ भएकोभए यसले बोलेको सबै बुझ्थेँ होला ! ण्mेरि मन बदलिन्थ्यो यसको भाषा नबुझेर के भयो र उसको कृयाकलाप र हाउभाउले बुझेकैछु नि, उ म सँग रत्तिएको छ, यत्तिभए त पुगिहाल्यो नि ।
कैलेकाँहि म एक्लै सोच्न थाल्थेँ, मेरो एक्लोपनाको साथी यसको घर कता होला ? हेर्दा बयस्क जस्तै देखिने यो सुगाको परिवार पनि त होला ! यसरी कसरी यो दिनभर मसँग बस्न सक्छ होला ? रात परेपछि भुर्र उँडेर जान्छ, कता जान्छ होला ? अनि बिहान सबेरै टुप्लुक्क आइपुग्छ, यसको अन्त कतै जाने ठाउँ रहेन छ कि ? अथवा पैलेदेखिनै यतै आउँथ्यो कि ? तर म यता आएको पन्द्रदिन सम्म त मैले देखेकी थिइन, कसरी पैलेदेखिनै आउँथ्यो भनुँ र ! यसको बारेमा अनभिज्ञ म कसरी जानौ र यो सबै के हो ? खोजिपस्नुको औचित्य पनि के हो र ?
अरु जेजे भए ता पनि यो विरानो मूलुकमा मलाई सधैं साथ दिने यो मेरो पृय साँनु साथी हो, कैलेकाँहि खुसिका कुराले आनन्दित भएर मलाई हाँस्न मन लाग्दा, कैलेकाँहि मन उदास भएर रुन मन लाग्दा, अनि दिनभरी बोल्ने मान्छे कोहि नहुँदा मनको बह पोख्ने र दुखसुखको कुरा सुनाउँने यहि मेरो साथी बनेको छ । यो लम्बेतान चार महिना भन्दा बढि समय यसले साथ नदिएको भए मैले कसरी बिताउँथेँ होला ! सोच्दा पनि अत्यास लाग्छ ।
बेलायत त म घुम्न आएकी, सधैं यता बस्नमिल्दैन, आफ्नै घर ण्mकर्नुपर्छ, अब त ण्mर्कने समय पनि निकट आइसक्यो, मैले यसलाई छोडेर कसरी जानें होला ! दुनियाँको नजरमा यो साधारण पन्छी सुगा, तर मेरो लागि त यो मेरो एक्लोपनको साथी हो । जानेर हो या नजानेर जे भए पनि म एक्लै भएको बुझेर मेरो नजिक आएर बस्न थाल्यो । सम्वेदना हराउँदै गएको मूलुका मान्छे कसैले पनि म एक्लिएको कुरा बुझेन, आफ्नै छोरीले पनि बाहिर जानुहुन्न भनिन्, उनको आशँका पनि जायज नै थियो, नचिनेको नजानेको ठाउँमा के होला कसो होला ! चिन्ता त उनलाई लाग्नेनै भयो, यो कुरा पनि मैले नबुझेको हैन ण्mेरि पनि म मान्छे न हुँ, एक्लै कसरी दिन बिताउँने ? सम्झदा पनि उच्चाट लाग्छ, यो साँनो साथी नभएको भए यत्तिकादिन मैले कसरी बिताउँथँें होला !
कल्पना गर्दा पनि मन एकतमासको हुन्छ, म यसलाई छोडेर एक्लै कसरी ण्mर्कनु ! साथै लान पनि त सक्दिन । पहिलोपल्ट देख्दा डरलाग्दो र रिसउठ्दो लाग्ने यसको अनुहार अब त जति हे¥यो उति हेरिरहुँ जस्तो मायाँलागेर आउँछ । यसले पनि मलाई उत्तिकै मायाँ गरे जस्तो लाग्छ, बिहान सबेरैदेखि मसँगै लुटपुटिन आउँछ । के म बिना एक्लै बस्न सक्छ होला त ?
यो खुल्ला आकाश, आकाशमुनिको सुरम्य शहर, चारैतिर छाएको हरीयाली, अनि जतासुकै एथेष्ट उसका खानेकुरा ण्mलेकाछन्, बस् टिपेर खाने जाँगर मात्र भए पुग्छ, यतिराम्रो बेलायती दुनियाँमा रमाएको पन्छी, म बिना दुखि होला र ? म विना एक्लो महसुश भए, यो घुमन्ते पन्छीले म जस्तै अर्काे साथी खोजिहाल्छ होला नि, सायद उसले बनाउँने नयाँ साथिले मैलेभन्दा पनि बढि मायाँ गर्छन् होला ! यसको र मेरो चिनाजान भएको भर्खरै त हो, के जान्नु म भन्दा अगाडि अरु कुनै घनिष्ट साथी पो बनाएको थियो कि ?
म सोच्दैछु, यो पँछी भन्दा म पो एक्लो हुन्छुहोला ! यो ठुँडेले मलाई पो बिगारेर छोड्यो जस्तो लाग्छ । छोरी बिदेशिए पछि नेपालमा पनि एक्लै बस्ने गरेकी थिएँ, सुरुसुरुमा एक्लो जीवन काट्न अति मुस्किल भएको थियो, उपाय केहि नभएपछि आफ्नोँ मन आण्mैले बुझाउँन थालेकी थिएँ । दुनियाँमा म जस्ता अरु पनि त एक्लै बाँचेका होलन ! मेरी आमाले यो सन्सार चिनाउँदा म एक्लै त थिएँ, पछिपछि बिचमा जोडिएका मेरा आफ्ना पृयजनहरु देख्दा मलाई लाग्थ्यो मेरो दुनियाँ यहि त हो । बिस्तारै बिस्तारै सबै टाढा हुँदै गए, आण्mैले जन्माएका सन्तान पनि साथै नभएको बेलामा अर्काको के आशा भयो र मेरोलागि आण्mन्त भन्नुनै ब्यर्थ जस्तै भएको बेलामा ब्यथै यो सुगा किन जोडिन आयोहोला ! हिजो पनि म एक्लै अनि भोलि पनि म एक्लै, ब्यर्थैको दुइदिने मायाँमोहमा यसले डुबाएर जाने भयो ।
बाच्नको लागि साथी पनि चाहिन्छ भन्ने कुरा कैल्यो नबुझेकी अनि बिस्तारै एक्लिएकी मलाई बेलायतले नयाँ साथी दिलायो । कैले साथिको अनुभव नगरेको यो मेरो सुख्खा र बाँझो मनमा यो ठुँडे सुगासँग खेल्दाखेल्दै कताकता रसिलो मूल पलाए जस्तो भएछ । डरलाग्छ यो मूल बर्खे बाडि बनेर कतैै मलाई नै बगाउँने पो हो कि ? आजै मलाई अनुभव हुदैछ कि बिछोडको पीडा सम्झिदा पनि यति गाह्रो हुँदोरहेछ भने सधैंकोलागि यसलाई छोडेर कसरी जानेहोला !
यो कस्तोखाले रोग लाग्यो अचेल मलाई ! खादाहोस्, बस्दाहोस्, निन्द्रामा होस् जुनैबेला पनि यसैको याद आइरहन्छ । हेर्दा एकपाउ मासु नभएको यो साधारण सुगा, मेरोलागि किन यति पृय बन्दैछ ? जुरुक्क उठेर झ्यालबाट सुगालाई नहेरी र उसको अनरुपिको स्वर सुनेबिनाको दिनचर्या सोच्न पनि नसक्ने बन्दैछु, साच्चै यो बिना म कसरी जीवन काटौँला ? यसले पनि मैले जस्तै मेरो याद गर्छहोला ? यो झ्यालको छेउमा यसरी कतिदिन कुरेर बस्छहोला ? मैले कसरी थाहापाउँनुर, सोध्न पनि त मिलेन, यो सुगा र मेरो बिचको शम्बन्ध कसैलाई थाहाछैन, भन्न पनि भएन, कसैले सुने पनि कसरी पत्याउँछन् र ! एउटा साधारण पन्छी सुगा र मान्छे बिचमा पनि यति गाढा मायाँ बस्नसक्दो रहेछ भनेर । सायद कसैले सुनेभने जगहँसाइको बिषय बन्छहोला ! दुनियाँले जेजे भने पनि म कसरी नकार्न सक्छु र ? पक्का यहि हो भनेर घोषणा गर्न मुश्किल भए ता पनि सुगाको र मेरो बिचमा आखिर केहि त थियो नि जसले हामीलाई यति नजिक बनाएको थियो ।
जीवन हो जीउँनैपर्छ, म बिना यो सुगाले पनि बाच्नैपर्छ, मैले पनि आफ्नै दुनियाँमा ण्mर्कनै पर्छ, तर पनि यो धराधाममा रहुन्जेल यसले देखाएको स्नेह र अपन्वत्वलाई मैले कसरी बिर्सिन्छु होला र ? सुगाले मलाई सम्झन्छ या बिर्सन्छ त्यो उसको कुरा हो, मैले त यो ठुँडेलाई कैले पनि बिर्सन्नहोला !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु