गजल

- गोपाल दीन

मलाई भूल्ने नभूल्ने तिम्रो खुशी हो
मनमा हुल्ने नहुल्ने तिम्रो खुशी हो

निशानी मेटाई मायाको सबै नै
यादमा झूल्ने नझुल्ने तिम्रो खुशी हो

बटुवा झैं आँए बास माग्न मनमा
ढोका खुल्ने नखुल्ने तिम्रो खुशी हो

यात्रा शुरू भो एकै जग्गा साथमा
सँगै डुल्ने नडुल्ने तिम्रो खुशी हो

उद्धारोमा लियौ तिम्ले सबको माया
अब सुल्ने नसुल्ने तिम्रो खुशी हो

भारत, गान्तोक,
पूर्व सिक्किम

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु