‘हाम्री फुपू’ महाकाव्य–परिचय

- जीवनाथ सुवेदी

विषय परिचय
झापा चन्द्रगढी निवासी हरिप्रसाद न्यौपानेद्वारा रचित तथा न्यौपाने बन्धुका तर्पmबाट परमेश न्यौपानेद्वारा वि.सं.२०७४ मा प्रकाशित हाम्री फुपू सामाजिक विषयवस्तुमा आधारित महाकाव्य हो । त्यसैले यो काव्यको विषयवस्तु कुनै पुराणेतिहाससँग सम्बन्धित प्रसिद्ध विषय नभएर उत्पाद्य सामाजिक कथामा आधारित छ । काव्य नायिका बाला कुमारी फुपूमा समर्पण गरिएको यस काव्यका सम्बन्धमा परमेश न्यौपानेले प्रकाशीय, साहित्यकार चूडामणि रेग्मीले शुभकामना, कविराज न्यौपाने र कृष्ण अधिकारीले भूमिका तथा कवि हरिप्रसाद न्यौपानेले आफ्ना कुरा लेख्नुभएको छ ।
कथावस्तु ः
वि.सं. १९६९ मा भोजपुरको गोगनेमा पुण्यप्रसाद र निर्मला न्यौपानेकी दोस्री छोरी भएर जन्मेकी बाला कुमारीको सात वर्षको उमेरमा खोटाङ खुटाका कोइरालासँग विवाह हुन्छ । विवाहमा आएका ज्योतिषी नरनाथ काकाले दुलाहाको सात दिनमा मृत्यु हुन्छ भन्ने भविष्यवाणी सुनाउँदा धर्मसंकटमा परेर विवाह गरी पठाइन्छ र ज्वरो आएर सातै दिनमा दुलाहाको मृत्यु हुन्छ । काजव्रिmयामा संलग्न भई एक वर्षसम्म घरमा बिताएर माइत फर्केपछि बाला कुमारी माइतमै बस्ने निधो हुन्छ । समय व्रmममा पिताको मृत्यु हुन्छ । भदा एक वर्षको हुँदा भाइको पनि मृत्यु हुन्छ अनि आपूm, आमा र बुहारी विधवा र भदाको परिवारको अभिभारा समालेर व्यवहार थामेर माइतमा बस्छिन् । दाजु दामोदर पनि त्यही परिवारमा सम्मिलित हुन्छन् । दाजु र भाइका छोरा परमेश र हरिलाई हुर्काउँदै आमा र बुहारीको सहारा बन्दै आपूm अक्षरारम्भ गरी शिक्षित हुन्छिन् र भदालाई पनि शिक्षारम्भ गराउँछिन् । भदाहरु पढ्दै जान्छन् । आमाको मृत्यु हुन्छ । भदा हुर्किन्छन् । विवाह गरेर बुहारी भिœयाइन्छन् । दिदी नेपाल र भारतका तीर्थहरु भ्रमण गर्छिन् । व्यवहार जिम्मा लगाएर सन्यास लिई आश्रममा बस्नका लागि बिदा लिन्छिन् र दिङ्लाभन्दा उत्तरतर्पmको मनकामना आश्रमको कुटीमा सत्संग गरी भक्तिपूर्वक ईश्वरमा समर्पित भई बस्न थाल्छिन् । केही समयपछि माइती र इष्टमित्रका साथ भारतको उत्तराखण्डका बद्री केदार आदि चारधामको यात्रा गर्छिन् र अन्त्यमा मनकामना आश्रममा तपस्या गरी बस्ताबस्तै २०४६ सालमा यस नश्वर चोला त्यागी ब्रह्मलीन हुन्छिन् ।
यस मूल कथाका साथमा उपाख्यानका रूपमा न्यौपाने वंश, तीर्थहरु आदिको प्रासङ्गिक वर्णन छ ।
पात्रविधान
बाला कुमारी, पुण्यप्रसाद, निर्मला, बुहारी, उनका दाजुभाइ, भदाहरु, उनकी विधवा साधुनी साथी (हरिप्रिया पौडेल) भागवती दिदी, पं. खगेश्वर न्यौपाने आदि यस काव्यका पात्र हुन् । यस काव्यमा प्रत्यक्ष पात्र थोरै र वर्णित पात्र धेरै छन् ।
बाला कुमारी
बालकुमारी यस काव्यकी मुख्य पात्र वा नायिका अनि म पात्र वा कविकी फुपू हुन् । उनकै जीवनचर्यामा काव्य केन्द्रित र संरचित छ । त्यसैले कविद्वारा हाम्री फुपू भनेर काव्यको नामकरण गरिएको छ । बाला कुमारी तत्कालीन संस्कारवश सातै वर्षमा विवाह भई बिरानो ठाउँमा पठाइएकी र त्यसको सातै दिनमा विधवा भएर काजव्रिmयाको कहाली लाग्दो समस्या बेहोरेर वर्ष दिनसम्म कठिन अवस्था गुजार्न बाध्य भई जन्मघर फर्किई त्यहीं सव्रिmयता र जिम्मेवारीपूर्ण ढङ्गले जीवन बिताएकी नारी हुन् । बालकैमा विषम र कठोर परिस्थिति झेलेर वयस्क हुँदै गएपछि कर्तव्यबोधपूर्वक निर्वाह गरेको जिम्मेवारीले सबैकी आदरणीया बन्न पुगेकी सह्दया, परोपकारी, माता नबने पनि मातृत्व र पितृत्वको भूमिका सफल रूपमा निर्वाह गरेकी धीरा नारी हुन् बाला कुमारी । तीर्थ यात्राका माध्यमबाट घरभन्दा बाहिरको संसार हेरेर अन्त्यमा सांसारिक आकर्षणबाट मुक्त भएर जीवन बिताएकी पूज्या नारी हुन् उनी । यिनी यस काव्यकी धीरोद्दात्ता नायिका हुन् । विषम परिस्थितिका अनेक चपेटामा पनि नआत्तिई दृढ भएर समस्यासँग लड्ने यिनी वीराङ्गना, आदरणीया नारी हुन् ।
यीबाहेकका यस काव्यका मञ्चीय चरित्र सामान्य छन् भने वर्णित चरित्रमा नायिकका पुर्खाहरु पराव्रmमी, न्यायप्रेमी, विद्वान् थिए भनिएको छ ।
संरचना
२३१ पृष्ठ, १९ सर्ग र १४३६ श्लोकको बाह्य संरचना भएको यस महाकाव्यमा पहिलो सर्गमा आशीर्वादात्मक तथा वस्तुनिर्देशात्मक मंगलाचरण, कथा संकेत र उद्देश्य कथन छ । दोस्रोमा नायिकाको जन्मस्थलको परिवेश र तेस्रोदेखि कथावस्तु सुरु गरिएको छ । चौथोमा नायिकाको विवाह र पाचौँमा दुलाहाको मृत्यु प्रसंग तथा छैटौँमा नायिका वा न्यौपाने वंश वर्णन छ । सातौँमा नायिकाको माइत आगमन, भदाको जन्म र भाइको मृत्युको प्रसंग छ । आठौँमा दाजु दामोदरको आगमन र अर्को भदाको जन्म प्रसंग छ । नवौँ, दसौँ, एघारौँ, तेरौँ र सत्रौँमा नायिकाको तीर्थाटनको वर्णन छ । बारौँमा आपूmले व्यवहार समाल्दै शिक्षा आर्जन गरेको र भदाको शिक्षादीक्षापछि वयस्क भएकाले व्यवहारमा पालो पाउने आशाको प्रस्तुति छ । चौधौँमा नायिकाले सन्यास लिएको र पन्ध्रौँमा मनकामना आश्रमको तथा सोरौँमा माइत आगमन र पुनः आश्रम गमनको वर्णन छ । अठारौँमा मनकामना आश्रममा नायिका भक्तिपूर्वक वृद्धावस्था व्यतीत गरेर अन्त्यमा ब्रह्मलीन भएको कुरा र उन्नाइसौँमा सारगर्भित अभिव्यक्तिका साथ उपसंहार गरिएको छ । अब यसलाई अलि खोलेर भन्नुपर्दा यस प्रकार काव्यको संरचना रहेको छ ः
पहिलो सर्ग ः शारदालाई सम्बोधन गरी आशीर्वादात्मक र वस्तुनिर्देशात्मक मंगलाचरण तथा उद्देश्य कथनबाट काव्य सुरु गरिएको छ । लेकबेंसी गरी दुःखमा जीवन गुजारेको कहानी लेख्ने, कवि व्यक्ति मन, समाज र देशमा शान्तिको कामनाका साथ सरस्वतीसँग चेतना, ज्ञान र रसिलो काव्य सृजना शक्ति प्राप्त होस् भनी आशीर्वाद मागिएको छ ।
दोस्रो सर्ग ः ट्याम्के, सोल्मे, गोगने, पखुवा, सिक्तेल आदिको प्राकृतिक, सांस्कृतिक, भौगोलिक पक्ष, नेउपानेको बिर्ता÷बस्ती, नेउपाने वंशका मुखिया हरिवंशका सन्तान पुण्यप्रसाद र निर्मलाका सन्तान दामोदर आदि आठ सन्तानमध्ये बालाकुमारीको विशेष वर्णन छ । यसमा मातृत्व र पितृत्वको महिमामय मार्मिक वर्णनसँगै सात वर्षमा विवाह र सात दिनमा विधवा भएर दुःखान्त हुने (श्लोक,४८) कथाको संकेत गरिएको छ ।
तेस्रो सर्ग ः नारीको मर्म, महिमा, सृजनशीलता, वीरता रक्षात्मकता, दुष्टप्रति विजय, प्राकृतिक तथा मानसिक विभिन्नता आदिको वर्णन गरिएको छ । नारी र आमाको वात्सल्य तथा ममतापूर्ण भूमिका, सृजनाकी प्रतिरूप, प्रसव पीडा र आनन्द, पशुपक्षीमा नभएको लि¨भेद मान्छेमा रहेको, कठोर बुहार्तन खप्नुपर्ने, नारीप्रति नारी र पुरुषमा नै उपेक्षापूर्ण व्यवहार रहेको, पुरुष प्रधान संस्कारको वर्णन छ । ४१÷४२ श्लोकदेखि कथावस्तु भेटिन्छ भने संशय, प्रश्न आदि अलंकार, सूक्ति तथा व्यंग्यमय अभिव्यक्तिसँगै नारीलाई दिइने अर्ती आदिको वर्णन छ ।
चौथो सर्ग ः सूर्योदयको वर्णनबाट सुरु गरी कथा अघि बढाउने व्रmममा लेखक वा म पात्रकी फुपू दिदी बाला कुमारीको सातै वर्षको उमेरमा खुटा घर भएका कोइराला थरका दुलहासँग विवाह हुन लाग्दा नरनाथ ज्योतिषी काकाले दुलाहा सात दिनमा मर्ने लक्षण भएको बताएर विवाह नगर्ने सल्लाह दिन्छन् । निकै तर्कवितर्क, विचारविमर्श पछि विवाह गरी घर पठाइन्छ । यहाँ कथावस्तुमा प्रथम संकटावस्था उत्पन्न हुन्छ ।
पाँचौँ सर्ग ः सात वर्षकी कन्याको विवाह गरेर बिदाइ गर्दाको कारुणिक अवस्था, विदाइ भएर जाँदा सात वर्षकी बालिकाको अन्योलता, प्रश्न, तर्कवितर्क, एक्लोपन, बालविवाहिता बालिकाले नौलो घरमा गरेको अत्यास लाग्दो अनुभूतिको सटीक वर्णन छ । ज्योतिषीको भनाइ अनुसार दुर्योगवश ज्वरो आएर विवाहको सात दिनमा दुलाहाको मृत्यु, संस्कारवशात् बाध्यताले आफ्नो मान्छेको नाता, उसको मृत्युले उत्पन्न माया र पीडामा छटपटिनुपर्ने अवस्थाको वर्णन छ । माइतमा पश्चाताप, विलाप, ईश्वरलाई प्रश्न, व्यंग्य प्रकट हुन्छ । बालविधवाले पतिको व्रिmयामा बेहोर्नुपरेको सास्ती, पतिवियोगको एक वर्षसम्म बाबुआमालाई हेर्नु नहुने कुसंस्कारले गर्दा चाडपर्व आदि अवसरमा अरुको आवतजावत हेर्दै तड्पेर वर्ष दिन बिताएको अवस्था र प्रसंगात् दसैँ, तिहार, तिज आदिको वर्णन छ ।
छैटौं सर्ग ः न्यौपाने बन्धु वा कवि तथा नायिका बालाकुमारीको वंश परम्पराको वर्णन छ । न्यौपाने थरको उत्पत्ति, जुम्लाका सदानन्दबाट वंश परम्परा अघि बढेको र सदानन्दबाट गंगाधर, नारायण, महिपति, त्रिलोचन, विश्वनाथ, कृष्णानन्द, तुलसी लक्ष्मीकान्त, कृष्णदत्त, नरनाथ आदि शाखा सन्तान पैmलिएको कुराको वर्णन छ । जुम्लाबाट गोरखा, लम्जुङ, दाङ हुँदै पूर्वतिर पैmलिएकाहरुमध्ये भोजपुरको गोगनेमा बसोवास गर्ने पुण्यप्रसाद र निर्मलाकी माहिली छोरी हुन् काव्य नायिका । यस व्रmममा पुर्खाहरुको पराव्रmम, स्वाभिमान, न्यायप्रियता, राष्ट्रसेवाका प्रसंगको चर्चा गरिएको छ । डिट्ठा लक्ष्मीपतिको साजस्वको रकम लुटिँदा तिर्नुपरेपछि जागिर त्यागेको कुरा व्यक्त छ । त्यस्तै मुद्दाबाट पराजित भएर बिर्ता गएको र त्यस ठाउँमा उन्नति नहोस् भनी श्राप दिएको आदि प्रसंगका माध्यमबाट मानवीय जयपराजय, बदलाको भावना आदि विविध पक्षको अभिव्यक्ति छ ।
सातौँ सर्ग ः बालविधवा छोरी वर्ष दिनपछिको भेटमा अत्यन्त कारुणिक अवस्था, आमाको विलौना, विधुरले विवाह गर्न हुने तर विधवाले विवाह गर्न नमिल्ने संस्कारमा लिङ्गभेद रहेको आदि तर्क गर्दै वैधव्य स्वीकृति र माइतै बस्ने निर्णय, बाबाको मृत्युपश्चात् माइतीको व्यवहारमा आमालाई सहयोग तथा जिम्मेवारी, डोको नाम्लो, लेकबेँसी, घाँसदाउरा, गोठखेत बुहारीसँगै सहभागी र अगुवाइ भदा प्राप्तिपश्चात् प्रसन्नता र भदा हुर्काकाउनु, २००५ सालमा भाइ पं.विश्वनाथको मृत्यु, आमा पुत्रशोक र बुहारी वैधव्यमा डुब्नु, आमा, आपूm र बुहारी विधवा तथा एक बालक भएको. अवस्थामा सारा जिम्मेवारी आपूmले लिएको, पारिवारिक अभिभारा समालेको कुरा उल्लेख छ । आमाको स्वभावका माध्यमबाट पारिवारिक तथा सामाजिक सद्भाव राख्नुपर्ने विचार व्यक्त छ ।
आठौँ सर्ग ः बालाकुमारीले परिवारको भार लिएको घोषणा, विश्वनाथका दाजु दामोदर पनि त्यसै परिवारमा सम्मिलित, आठवटी छोरीपछि २००७ साउन चारमा पुत्रलाभ, प्रशस्त छोरी भए पनि छोराको चाहना भएको र त्यो पुरा भएको, इच्छा अनुकूल भए दैव दाहिनु भएको र विपरीत भए दैव निन्दा गर्ने मानव प्रवृत्तिको चर्चा गरिएको छ । बालाकुमारीको आमा, दाजु, भाउजू, बुहारी दुइवटा भदा र आपूm समेतको परिवारको भार उठाएर सव्रिmयतापूर्वक उकाली ओराली दैनिक कार्यमा निरन्तरता रहेको कुराको वर्णन छ ।
नवौँ सर्ग ः छरछिमेकसहित बालकुमारीको तीर्थाटन, बराहक्षेत्र, हलेसी, जनकपुरको यात्रा । बराह अवतारबारे पौराणिक वर्णन, हलेँसी महादेवका सम्बन्धमा भस्मासुरको कथा, महादेव भागेर हलेसीमा गुफा बनाएर बसेको प्रसंग, जनकपुर यात्रामा धरानबाट जोगबनी हुँदै रेलयात्रा गर्नुपर्ने अवस्था, नेपालका तीर्थ भ्रमण गर्नुमा नेपाली राष्ट्रिय गौरवको अभिव्यक्ति, बराहक्षेत्र र हलेँसी क्षेत्रको प्राकृतिक दृश्यको वर्णन छ ।
दसौं सर्ग ः बालकुमारीको नेपाल÷काठमाडौं यात्रावर्णन, बाटो कटिलो घुमाउरो धेरै पैदल हिँड्नुपर्ने गाडाीका लागि भारत पुगेर घुमाउरो गरी जानुपर्ने, कुम्लो कुटुरो बोकेर पैदल यात्रा गर्नुपर्ने, पशुपतिनाथ मन्दिर, बालाचतुर्दशी, शिवारात्री आदिमा लाग्ने मेला, शंकरसती विवाहको प्रसंग, दक्षको इच्छाविरुद्ध छोरी सतीको शिवसँग विवाह भएको, यज्ञमा सबैलाई डाकेर शिवसतीलाई नडाकेको, सती आपैंm यज्ञमा पुगेकी पति शिवको निन्दा सुन्न नसकी यज्ञकुण्डमा हाम फालेर शिवले दक्षको यज्ञ र दक्षलाई नाश गरेको, सतीको शरीर बोकेर शिवले हिँड्दा गलेका शरीरका अंगहरु झरेका ठाउँमा तीर्थ भएका गुह्य अंग झरेका ठाउँमा गुह्येश्वरी भनिएको प्रसंगको वर्णन छ । पशुपति, गुह्येश्वरी, स्वयम्भू, महाबौद्ध, बुढानीलकण्ठ, पाटनको कृष्ण मन्दिर आदिको भ्रमणको वर्णन छ । काठमाडौं देशको राजधानी र देवस्थल भएकोकुरा उल्लेख छ ।
एघारौँ सर्ग ः मुक्तिक्षेत्रको यात्राका व्रmममा देवघाट, मनकामना, पोखरा, बेनी, कुस्मा, गलेश्वर शिवालय, मुस्ताङ, कागवेनी, हिमालपारि, मक्तिनाथ, स्वर्गद्वारीको यात्रा र प्रत्येक ठाउँको बाटो, धर्मशाला,मन्दिर, प्राकृतिक बनोट, विकटता, प्राकृतिक सौन्दर्य÷रमणीयता, तालतलैया, गण्डकी, शालिग्राम, मन्दिर दर्शन, पितृतर्पण, त्यहाँको जनजीवन, सांस्कृतिक र राष्ट्रिय महŒव आदिको वर्णन छ । सूक्तिमयता र उपमा, उत्प्रेक्षा आदि अलंकारले सुन्दर अभिव्यक्ति भएको छ ।
बारौँ सर्ग ः जीवनका उकाली ओराली, रचने, भिर्नागीका उकाली ओरालीको एक साथ वर्णन छ । यी ठाउँ एकडेढ कोश टाडा रहेका र त्यहाँ खेतबारी, गोठ रहेकाले दैनिक धाउनुपर्ने, बाहिरी भोगाइ र आन्तरिक अनुभूतिको एकसाथ कलात्मक वर्णन, दैनन्दिनीको प्रभावकारी प्रस्तुति, नारी शिक्षाको अभावको भएकाले बाला फुपूले बुढेसकालमा अक्षर चिनेर पुस्तक पढेकी र भदाहरुलाई आपैmँले शिक्षारम्भ गराएकी, भदाहरु सीताराम र शिवहरिको शिक्षादीक्षा र उनीहरुको कुशलताको वर्णन, भदाको विवाह, व्यवहारमा पालो पाउने आशा, भदाभन्दा टाडा लाग्ने भएकाले भाइ भनेर पुत्रवत् वा सहोदर भाइझैँ व्यवहार गरेकी, आमाको मृत्यु, मान्छेको प्रवृत्तिको अनुप्रास, उपमा, उत्प्रेक्षायुक्त सूक्तिमय वर्णन, सृष्टि र रहस्यप्रति जिज्ञासा आदिको सुन्दर वर्णन छ ।
तेरौँ सर्ग ः उपमा, दृष्टान्त आदि अलंकारयुक्त अभिव्यक्तिबाट फुपूको संघर्षमय जीवन सफलता र भारततर्पmको तीर्थयात्राको चर्चा छ । त्यस व्रmममा कामाक्षा, पर्शुराम कुण्ड, मथुरा, वृन्दावन, काशी, जगन्नाथपुरी, गंगा सागर आदि र उक्त तीर्थको पौराणिक उक्ति अनुसार वर्णन तथा आधुनिक युगमा नयाँ सहर र घर निर्माण, तटबन्ध आदि संरक्षणको अभावमा पुराना धरोहरहरु र प्रकृति विनाश भएकाले किताबको वर्णन र यथार्थमा भिन्नता भएको उल्लेख छ । विभिन्न ठाउँका तीर्थस्थल र बाटाघाटा, नदी, कुण्डहरुको प्राकृतिक दृश्य, मानवजीवन, संसार सृष्टि र विनाश, ईश्वरप्रतिको आशा, आस्था र अप्राप्तिको रहस्य, मान्छेले अल्छी नभई कर्मशील भएर जीवन सार्थक पार्नुपर्ने विचारको सूक्तिमय प्रस्तुति छ । स्वार्थी नेताले गर्दा देशमा शान्ति र विकास हुन नसकेको धारणा, चिन्ता गरेर र नेतालाई सरापेर मात्र केही नहुने, देशवासी र देशका सन्तानले स्वार्थी नेताविरुद्ध संघर्ष गरी देशमा सुशासन ल्याउनुपर्ने, नेता नसुध्रे देश नसुध्रने तर शुद्ध नेता नभेटिने धारणा व्यक्त छ । मान्छेमा अनेकता भएकाले राजामात्र होइन पार्टीका स्वार्थी नेता नै राजा भएर देश खाएको र नेपाल आमालाई रुवाएको हुँदा सचेत र एक जुट भई देश बचाउनुपर्ने विचार व्यक्त छ । मान्छेको मन नयाँ कुरा खोज्ने स्वाभावको भएकाले बाला फुपू पनि व्यवहार छोडी तीर्थयात्रा र त्यो छोडी समाज र देशको भलोतर्पm लागेकी भन्ने कुरा व्यक्त छ ।
चौधौँ सर्ग ःः प्रश्न र उपमा (१०७) युक्त सूक्तिमय सारगर्भित भनाइ भएको मार्मिक संवाद छ । बाला फुपूले अन्त्यमा बुहारी र भाइ (भदा) सँग आपूmबाट भएका त्रुटिप्रति क्षमा माग्दै सन्यास लिएर तप गर्न जान विदा मागेकी, त्यस व्रmममा गृहस्थको कर्तव्य, देश र समाजप्रति सद्भाव कायम गर्नुपर्ने सन्देशात्मक उपदेश दिइएको, बुहारी र भदाले आजन्म स्नेहसाथ बाबाआमाको जिम्मेवारी लिएर अन्त्यमा घर नछाड्ने अनुरोध गर्दै घरमै वा घरछेउमै मन्दिर निर्माण गरी तप गर्ने आग्रह गरिएको, भाइले वियोग खप्न नसक्ने बताउँदा अन्त्यमा वियोग नभई छाड्दैन, त्यसैले गृहस्थ उमेर भएकाले भाइले गृहस्थीको जिम्मेवारी समाल्नुपर्ने र आफ्नो अवस्था सन्यासको हुँदा त्यसै गर्ने भनी बिदा मागेर हिँडेकी, माया सम्झेर फिर्ने भनिएको करुणिक अभिव्यक्ति,छ ।
पन्ध्रौँ सर्ग ः घरपरिवार, समाज, देश÷राष्ट्र, मानव जाति तथा सबै प्राणीको भलो चिताउँदै सबै सुकर्ममा प्रवृत्त हुन्, कसैको मनमा दुर्भावना र व्यवहारमा दुराचरण नहोस्, आफ्नो मनमा लोभ, मोह, दुर्भावना नहोस् र ईश्वरमा मन लागोस् भन्दै घरको मोह त्यागेर ईश्वर सम्झँदै नदी, भिर, गोगने, बानुवा, दावाँ, तेर्से, फालिकोट, अरुण गडतिर हुँदै दिङलातर्पmको यात्राको चर्चा छ । दिङला षडानन्दको आश्रम, संस्कृत विद्यालय, कैलाश, भन्ज्याङ त्यहाँको सुन्दर प्रकृति, उर्वरा भूमि, वारिपारिको वर्णन गरिएको छ । कोही नभएकी एउटी विधवा साथी लिएर दिङलाको उत्तरी भेगमा रहेको मनकामना भन्ने ठाउँमा साधुनीहरुका आश्रममा ध्यान, जप, पूजा गरी समय बिताएकी र लेकको आश्रम हिउँदको वातावरणको चित्रण छ । मन चञ्चल भएर साधुसँग बिदा मागी घरतिर लागेको उल्लेख छ ।
सोरौँ सर्ग ः आश्रमबाट केही समयका लागि बिदा भएर माइतघर फर्केको, माइतमा दिदीलाई पाएर खुसी भएका, पूर्वस्मृति, भेटघाट, भलाकुसारी, सत्संगका कुरा, घरवरिपरिको परिवेशप्रति स्नेह, एक महिना घुमफिर र भेटघाट गरी आश्रम जाने तरखर, जेजे चाहिन्छ माइतबाट लान र आश्रममा खाँचो परे सामान घरबाट झिकाउँन भाइहरुको अनुरोध, पुरानो थलो रमणीय रहेको तर त्यसलाई छोडेर बसाइँ सरेको कुरा र जीवन मरणशील भएकाले संसार जति रमणीय भएपनि छोड्नुपर्ने स्थिति, रित्तो आएर रित्तै जानु छ तापनि स्वार्थी सत्ताधारीहरु आफ्नो पुस्तौँको भलोका लागि जनता र देशको हितविरुद्ध लागेका, संसारमा समभावको अभाव र विषमताको व्यापकता देखिएकामा आश्चर्ययुक्त प्रश्न आदिको उत्प्रेक्षा, उपमा, दृष्टान्तयुक्त सूक्तिमय वर्णन गरिएको छ । मर्ने चिन्ता रहित भएर लोभ र अभिमानमा मान्छे अन्धो भएर सारा भोगविलासका साधन आपैmँ मात्र भोग गरुँ भन्छ तर यो भुल हो । खोलाहरु गंगामा र नदीहरु सागरमा समाहित भएभैmँ मान्छे÷जीव÷आत्मा परमात्मामा समर्पित हुन सके मात्र शान्ति हुन्छ र ईष्र्याले अशान्ति हुने सारा युद्धको कारण ईष्र्या रहेको, कुरुवंशको नाश पनि ईष्र्याले नै भएको, चन्द्रसूर्यको उदय अस्त भैmँ सुख र दुःख पनि आउजाउ गर्छन् । विश्वविधाता त शून्यमा लुकेको छ भने मान्छे के के न गरेँ भनेर घमण्ड गर्छ । मान्छेमा गुण र दोष हुने भएकाले दोषलाई चिनेर त्यसबाट अलग रही ईश्वरमा समर्पित हुनु नै श्रेयस्कर छ । मान्छेको चित्त चञ्चल छ त्यसलाई स्थिर गर्न सद्गुरुको शरण÷संगतमा जानुपर्छ तर त्यस्ता सद्गुरु दुर्लभ छन् । यस्तो संसारको अवस्था बुझेर, अनुभव गरेर, भोगेर बाला फुपूदिदी सन्यास लिई आश्रमवास गरी सत्संगमा लागिन्, भक्तिपूर्वक ईश्वरमा समर्पित भइन् ।
सत्रौँ सर्ग ः घरपरिवारमा रहँदा घेरै तीर्थ घुमे पनि दिदीको उत्तराखण्ड चार धाम घुम्ने इच्छा बाँकी भएकाले माइतमा आई इच्छा सुनाएपछि भाइ पं. खगेश्वर तथा परिवारका अन्य सदस्य लगायत मधेस पहाडका गरी चालिसभन्दा बढीको समूह यात्रामा निक्लेर गया, विष्णुको पाउ, वटवृक्ष, काशी मनिकर्णिका ब्रह्मकपाली आदिमा श्राद्ध गरी ऋषीकेश, लक्ष्मण झुला, कुञ्जा देवी, देवप्रयाग, जोशीमठ, विष्णुप्रयाग, लक्ष्मीमठ, कुखीमठ, लक्ष्मीकुण्ड, तातोपानी यमुनोत्री, केदार, गंगोत्री, बद्रीनाथ, गुप्तकाशी, तप्तकुण्ड, नरनारायणको तपस्थलको दर्शन, वसुधारा पुगेर यात्रुटोली घर फि¥यो । २०४० सालमा गाडी रिजर्भ नगरी चालिस जनाको समूहको सुरुदेखि अन्त्यसम्म साथी हराउने भययुक्त रेलयात्रा, सानो गाडीमा पहाडी अप्ठ्यारो बाटोको यात्रा, पैदल यात्रा, हिमालयको चिसो वातावरण तातोपानी, केदार, बद्री, ब्रह्मकपाली आदिको पौराणिक भनाइ अनुसारको परिचय, बद्रीमा बस्ने न्यौपानेकै चेली (दिदी) भागवतीसँगको भेट, भलाकुसारी, खुसी अनुभव, बद्रीमा मान्छेको घुइँचोे, श्राद्धको रातमा पितृ तरेको सपना, शरीर वृद्ध र घुमफिर पनि भएर ईश्वरको नाम जप्तै दिदी मनकामनाको कुटीमै रहन थालेको कुराको उपमायुक्त सूक्तिक्तिमय सटीक वर्णन छ ।
अठारौँ सर्ग ः मनकामना आश्रम, धर्म, कर्तव्य, आत्मा, परमात्मा, सांसारिक तथा पारमार्थिक कुराको रहस्यमयता, भ्रम, मायामोह, मानव दृष्टि÷प्रवृत्ति, संसार सत्य माने सत्य र असत्य माने असत्य हो आदि बारे उपमायुक्त वर्णन छ । मान्छे आशा, त्रास, सुख, दुःख, लोभ, मोह, वासना, अहंकार आदिमा सपनामाभैmँ भ्रममा रुमल्लिएको हुन्छ, यी सबै गराउने ब्रह्म हुन् । शरीरमा नारी पुरुष आदि भेद भए पनि आत्मा, चेतना, जीव सबै एकै हो भेद छैन, शरीर नश्वर छ, आत्मा अमर छ सुृख दुःख जीवनका साथी हुन्, एकपछि अर्को आउँछ जान्छ, सही मार्गदर्शन गर्ने सद्गुरु हुन्छन्, त्यस्ता गुृरु पाउन गारो छ, चेतना ब्रह्मलीन हुन्छ भन्ने बुझेर ईश्वरमा समर्पित हुनु नै श्रेयस्कर छ । यस्ता ज्ञानका कुरा आश्रममा सुनेर गुनेर, बुझेर आपूmलाई ईश्वरमा अर्पेर फुपूको २०४६ सालमा देहान्त हुन्छ र अरुण तीरमा समाधिस्थ गरिन्छ ।
उन्नाइसौँ सर्ग ः मान्छेका इच्छा अनन्त हुन्छन्, कति पुरा हुन्छन् कति हुँदैनन् । त्यस्तै फुपूका धेरै इच्छा थिए पूर्ण त भएनन् तर समाजमा आपूm नदबिई आदरणीय बनेर बिदा भइन् । बालविवाह, बालवैधव्य, कठिन अवस्था पार गरी धैर्यपूर्वक सत्यताका साथ जिम्मेवारी समालेर माइतमा रहिन् र अन्त्यमा ब्रह्मलीन भइन् भन्दै मानव कर्तव्यबोधका सारगर्भित अभिव्यक्तिसाथ काव्य टुङ्ग्याइएको छ ।
यसरी बालविवाह, बालवैधव्य, पीडा र संघर्षमय नारीजीवन, अनेक विषम परिस्थितिमा नलत्रिई आत्मीयजन र आपूmले समालिल्याएको व्यवहारलाई प्रेमपूर्वक त्याग गरी जीवनलाई उच्चतापूर्ण सफल बनाएको कुरा यस काव्यमा व्यक्त छ । पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक भूमिका खेलेर जीवनको अनुभव र बोध गरेपछि त्यसलाई प्रेमपूर्वक त्याग गर्न सक्नुपर्ने कुराको सन्देशलाई काव्यात्मक तथा आख्यानात्मक रूपमा प्रस्तुत गरिएको छ ।
परिवेश
स्थानगत परवेश ः भोजपुरको गोगने, ट्याम्के, रचने, सोल्मे, पखुवा, सिक्तेल, भिर्नागी, दिङला, मनकामना, अरुण वारिपरि, खुटा, गाउँघर, वनपाखा, खेतबारी, लेकबेँसी आदि भौगोलिक तथा प्राकृतिक परिवेशमा यो काव्य आधारित छ । त्यस्तै खोटाङको हलेसी, जनकपुर, मुस्ताङको मुक्तिनाथ, स्वर्गद्वारी, बहाहक्षेत्र, काठमाडौँ, भक्तपुर, पाटन, गोरखाको मनकामना आदि नेपालका तीर्थस्थल र ती ती ठाउँमा जाँदाको बाटाघाटाको सटीक वर्णन छ । त्यसै गरी गया, काशी, कामाक्षा, पर्शुराम कुण्ड, जगन्नाथ पुरी, वृन्दावन, मथुरा, द्वारका, हरिद्वार, गंगोत्तरी, यमुनोत्तरी, केदार, बद्री आदि भारतका तीर्थस्थलहरु र ती ती ठाउँमा जाँदाका बाटाघाटाको दृश्य प्रत्यक्ष रूपमाभैmँ उपस्थित छन् भने न्यौपाने बन्धुको उद्गमस्थल जुम्ला, गोरखा, दाङ आदिको पनि उल्लेख गरिएको छ ।
समयगत परिवेश ः वि.सं.१९७६ अर्थात् बाला कुमारीको विवाहदेखि २०४६ सम्मको सत्तरी वर्ष यस काव्यको खास समय हो । यसमा नायिकाका पुर्खाको वर्णनमा आएको समय भने निकै लामो छ । त्यस समयको रहनसहन, रीतिरिवाज, यातायातको अवस्था प्राकृतिक तथा भौगोलिक अवस्था आदिको वर्णन पनि निकै प्रभावकारी रहेको छ ।
परिस्थितिगत परिवेश ः घाँसदाउरा, खेताला, गोठाला, पुरानो संस्कार, धार्मिक तथा साँस्कृतिक मान्यता आदिको चित्रण छ भने बालविवाहको प्रचलनले गर्दा बालकैदेखि नारीहरुले त्रसित र कहाली लाग्दो जीवन बिताउनुपर्ने अवस्था रहेको छ । दुर्योगका कारण कसैले त लामै समय वैधव्यमा बाँच्नुपर्ने युग थियो, विधवा विवाह निषिद्ध थियो । नारीहरुले संस्कारका नाममा अनेक कुसंस्कारगत अमानवीय कठिन परिस्थिति झेल्नु तथा उपेक्षित हुनुपरेको थियो । नारी शिक्षाको अभाव, बुहार्तन खप्नुपर्ने, स्वास्थ्यको ख्याल नगरी कडा परिश्रम गर्नुपर्ने आदि दुर्दिनको चित्रण छ । तीर्थब्रत, दसैँतिहार आदिको वर्णन, किंवदन्ती र पौराणिक कहानीमा आधारित धर्मकर्म र संस्कारका कुरा व्यक्त छन् । नारीपुरुष बिचमा भेदभावको व्यवहार पनि देखिन्छ । घरव्यवहार र यात्रा जहाँ भए पनि जीवन कष्टकर रहेको कुरा पनि तत्कालीन यथार्थ नै हो । यहाँ सञ्चार, बाटाघाटाको विकास–निर्माण तथा यातायातको व्यवस्थाको अभावको अवस्थाको तीर्थयात्राको वर्णन अत्यन्त यथार्थ ढंगको छ । काव्यमा प्रसंगानुसार सूर्योदय, प्राकृतिक दृश्य, सन्तान प्राप्तिको खुसीयाली आदिको पनि वर्णन छ । त्यस्तै मृत्युको पीडा, फुपूले सन्यास लिएर बिदा माग्दाको कारुणिक प्रसंग पनि निकै प्रभावकारी रूपमा आएका छन् । साधुनीहरु बस्ने आश्रम, जपध्यान, सत्संग आदिको प्रस्तुति निकै यथार्थपरक छ । यसरी पुरानो रहनसहन, चालचलन आदि पनि यस काव्यको परिवेश भएर आएका छन् ।
वर्णन, संवाद र भाषाशैली र लयविधान
यस काव्यमा परिवेश, घटना, यात्रा आदिको वर्णन निकै सटीक छ । छन्दमा सहज वर्णन गर्नु सितिमिति कार्य होइन । काव्य अध्ययन गर्दा सम्बन्धित परिस्थिति, स्थान र समयमा पाठक पुगिरहेको अनुभव गर्छ, कविको यो वर्णन कौशल सराहनीय छ । त्यस्तै छन्दोबद्ध संवादात्मक अभिव्यक्तिमा पनि कविमा सहजता र सफलता पाइन्छ । छन्द, भाव र भाषाका बराबरका तिन पोया मिलाएर व्यञ्जना, रस, अलंकारले सेपेर वा खिपेर खिरिलो काव्य दाम्लो बाट्ने कालिगढीमा यस काव्यका कवि सफल देखिन्छन् ।
सरल, काव्यात्मक तथा लयात्मक भाषामा छन्दोबद्ध महाकाव्य सिर्जना गरिएको छ । छन्दोबद्ध भाषा भएकाले यदाकदा व्याकरणात्मक व्रmम भङ्ग तथा वर्णविन्यासमा विचलन पाइन्छन् नै । कवितामा यसलाई स्वाभाविक मानिन्छ । वर्णमात्रिक छन्दको लयविधान छ र यसमा कविको सफलता पाइन्छ किनभने कतै पनि सायास छन्दोभङ्ग भेटिँदैन । यहाँ विविध छन्द उपयोगका साथ सर्गान्तमा भिन्न छन्दको प्रयोग गरी भावी सर्गको कथासंकेत गरिएको छ भने लगभग विषयप्रसंगानुरूप छन्दप्रयोगको प्रयास गरिएको पनि महसुस हुन्छ । यस काव्यमा वसन्ततिलका, मालिनी, अनुष्टुप, उपजाति, मन्दाव्रmान्ता, तोटक, शार्दूलविव्रmीडित, स्रग्धरा, वियोगिनी, शालिनी, शिखरिणी र भुजङ्गप्रयात आदि दर्जनभन्दा बढी छन्दको सफलतापूर्वक प्रयोग गरिएको छ ।
अलंकार विधान
यस काव्यमा सहज रूपमा अनुप्रास, उपमा, उत्प्रेक्षा, सन्देह, प्रश्न, दृष्टान्तजस्ता अलंकारको सफलतापूर्वक प्रयोग भएको पाइन्छ । अनुप्रास र उपमाको उदाहरण ः
मजेत्रो फाटेभैmँ तन जब चिरा पर्छ जनको
सबै तृष्णा छुट्छन् रहर सब घट्नेछ मनको
झरेको पत्ताभैmँ फुरुरु बनिदै झर्दछ तन
बहेको हावा भैmँ हुरुरु बनिदै उड्दछ मन ३७÷१८
थिइन् एक नारी बनिन् मर्द जस्तै,
कुदिन् लेक बेँसी सहिन् विघ्न उस्तै
सकेनन् कसैले घटाएर बोल्न,
झुकाइन् समाजै थिइन् पूज्य मान्य २÷१९
ब्रह्मपुत्र यहीँ बग्छन् धेरै शान्त स्वरूपमा

रस विधान
यो काव्य रस तथा भावमय भएर प्रस्तुत भएको छ । यस काव्यको अध्ययन गर्दा भावकमा धेरै जसो प्रसंगमा सम तथा वैराग्य भाव, धेरै जसो प्रसंगमा आँखा रसाउने वा मन पग्लने करुण भाव तथा कतिपय अवस्थामा उत्साह भाव उत्पन्न हुने प्रसंगहरु प्नि रहेका छन् । खास गरी काव्य नायिका आलम्बन, उनको जीवनमा आइपरेको विषम परिस्थिति उद्दीपन, उनले भोगेको व्रिmयाकलाप अनुभाव तथा समय समयमा देखापर्ने विभिन्न भावहरु सञ्चारीका रूपमा आएर भावकलाई साधारणीकरण गर्ने अवस्थाहरु यत्रतत्र पाइन्छन् । यस काव्यमा मुख्य रूपमा शान्त, करुण र वीर रसको अभिव्यक्ति भएको छ ।
शान्त रस
शान्त रस यस काव्यको अंगी रस हो । जीवनका अनेक अप्ठ्यारा र सजिला खुट्किला टेक्तै पारिवारिक तथा सामाजिक जीवन भोग्दा उत्पन्न रागलाई बोधपूर्वक त्यागेर सांसारिक सुखदुःख, लौकिक आफन्त पराय सबैमा समभाव राखी वैराग्य नै उत्तम मार्ग हो भन्ने पुष्टि गरिएकाले यसमा शान्त रस परिपुष्ट रूपमा अभिव्यक्त छ ।
करुण रस
यसमा करुण रस पनि उत्तिकै परिपुष्ट छ । सात वर्षकी अबोध बालिकाको विवाह, बिरानो ठाउँमा पठाइनु, विवाह भएको सात दिनमा विधवा हुनु, एक वर्षसम्म आमाबाबासँग भेट्न नपाउनु र मृत्यु संस्कारका कहाली लाग्दा झमेलामा त्रसित भएर रुमल्लिनु, एक वर्षपछिको आमाबाबासँगको भेटको विलाप, बाबा, भाइ र आमासँगको वियोग, घरबाट बिदा भएर सन्यास लिने प्रसंग तथा अन्त्यमा देह त्याग गर्दाको प्रसंगमा करुण रसको सफल प्रस्तुति छ ।
वीर रस
माइतीमा आइपरेको विपत्तिलाई झेलेर सारा अभिभारा काँधमा लिई व्यवहार उकास्नु, तीर्थयात्रा गर्नु, सन्यास धारण गरी आश्रममा बस्नु, अरुसँग नदब्नु, आपूmलाई हेप्न खोज्ने दुष्टहरुलाई दबाउनु आदि सबै उत्साह वा वीरताकै उदाहरण भएकाले यस काव्यमा वीर रसको पनि महŒवपूर्ण अभिव्यक्ति भएको छ ।
व्यञ्जना÷व्यंग्य÷ध्वनि
यस काव्यमा वस्तु ध्वनि, अलंकार ध्वनि र रसध्वनिको अभिव्यक्त भएको पाइन्छ । पारिवारिक वस्तुको अभिधात्मक प्रस्तुतिबाट कलात्मक तथा व्यञ्जनात्मक ढंगले सामाजिक व्यापक पक्षको अभिव्यक्ति हुनु वस्तु ध्वनि हो । उपर्युल्लिखित उपमा, उत्प्रेक्षा आदि आलंकारिक अभिव्यक्तिका माध्यमबाट सामाजिक पक्षको व्यञ्जनात्मक प्रस्तुति भएकाले अलंकार ध्वनि व्यक्त छ । त्यसै गरी शान्त, करुण, वीरजस्ता रसात्मक अभिव्यक्तिका माध्यमबाट नितान्त निजी स्वार्थपूर्ण मानव प्रवृत्ति, सामाजिक, संस्कार, राजनीति, तथा धार्मिक पक्षका विडम्बनाप्रति व्यंग्य गरिएको हुँदा उत्कृष्ट ढंगको रसध्वनि अभिव्यक्त भएको पाइन्छ ।
सूक्तिमय सारगर्भित अभिव्यक्ति
यस काव्यमा निकै सारगर्भित सूक्तिमय प्रस्ुतति पाइन्छ । यसका केही उदाहरणहरु निम्नानुसार छन् ः
धर्ती यौटै विजन छ उही काम उस्तै गरेको,
माटो भित्रै जमिन बिचमै एक साथै छरेको
लाग्छन् बाला अति रहरिला छैन क्यै दाग काहीँ,
भेट्छौँ हामी फल रहितको बाट रित्तो छ काहीँ ७÷३
चारो भर्छछन् मुख द्वय मिली ख्वाउँछन् ती मजाले
भाले पोथी फरक नगरी खान दिन्छन् मजाले
देख्छौँ हामी सरल मनले गर्दछन् प्रेम सच्चा
खोज्दैनन् ती तनय तनया पाल्दछन् बालबच्चा ३०÷३
परम्परा भनौँ यद्वा देखे क्वै विज्ञले कतै
स्वर्गको मार्गले बाँध्यो बने छोरी दुखी सधैँ ४६÷३
आमा बाबु पुगे स्वर्ग छोरी विपत्तिमा परे
बने अन्ध सबै मान्छे झरे तल गिरे पर ४७÷३
मान्छे नै गुणदोष जान्दछ सबै आत्मा परात्मा पनि
भित्रैदेखि छ चेतना गजबको हो श्रेष्ठ प्राणी पनि
आफ्नो त्यो गुण बिर्सिएर कहिले लाछी यही बन्दछ
फस्तै लोभ र मोहमा गजबका खेला यही गर्दछ ४८÷१६
को हो कताको कति ठाउँ पुग्छ,
उद्देश्य के के कति साथ मिल्छ,
यो रम्य संसार घुमौं भनेर,
दौडिन्छ मान्छे बटुवा बनेर ३÷१७
म नारी कहाँ सक्छु यो काम गर्न,
सबै मर्दको काम हो गर्छ कर्म,
भनी भाग्न खोज्ने समाजै अगाडि,
बनिन् एक तारा हटाई पछाडि ९÷१९
सफा चित्त राखौँ नहोस् व्रmोध साथ,
दुखी हाँस्न पाऊन् रही सुख्ख साथ,
यहाँ छैन कोही यगौँ बाँच्न सक्ने,
यहाँ छैन केही मरी लान सक्ने १८÷१९
गरे कीर्ति बस्नेछ यो लोकभित्र,
त्यही बन्न जाला सफा शुद्ध मित्र,
नहौँ आज बैरी निजी स्वार्थ बोकी,
नहाँसून् अरूले कुनै काम देखी १९÷१९


सन्देश
आदरणीया फुपूदिदीले भोग्नुपरेको पीडा, उहाँबाट प्राप्त आत्मीयताप्रति अनुगृहीत बनेर उहाँको स्मृतिकाव्यका माध्यमबाट सम्पूर्ण माताहरुमा आदरको भाव उत्पन्न गराइको छ । नारी या पुरुष जे भए पनि शारीरिक वा प्राकृतिक भेद मात्र हो त्यसैले लिङ्गभेदबाट नारीलाई परेको समस्या पुरुषको पनि समस्या हो भन्ने बुझ्नुपर्नेमा पुराना संस्कार र प्रचलनले नारीमाथि अन्याय गरेको कुराको चित्रण गरी लिङ्गभेद विरुद्धको चेतना जगाउने काम यस काव्यले गरेको छ । मान्छे सामाजिक प्राणी भएकाले समाजमा रहेका रीतिरिवाज, मानव तथा प्राकृतिक प्रकोपको सिकार भएर दुःख भोग्नु परे पनि त्यसबाट हार र हरेस नखाई परिवार, समाज र देशका लागि आपूmले सकेको सेवा गर्न चुक्नु हुँदैन भन्ने सामाजिक सन्देश यस काव्यमा रहेको छ । त्यस्तै जीवन दुःख र सुखको यात्रा हो । दुःखका हरेक उकाला र आरालाको कष्टमय यात्रा गर्नुपर्ने हुन्छ भने सुखको केही तेर्सो यात्रा पनि गर्न पाइन्छ । दुःखको अन्त्य छैन भने सुखबाट कहिल्यै सन्तुष्टि मिल्दैन । त्यसैले यस काव्यमा सुख र दुःखलाई समान रूपले बोधपूर्वक स्विकारेर सर्वे भवन्तुु सुखिनः को भावना साथ संसारलाई साक्षी भावले लिएर आपूmलाई परम अस्तित्वमा समर्पण गर्न सक्नु नै जीवनको सार्थकता हो भन्ने आध्यात्मिक सन्देश नै यस काव्यको मूल सन्देश रहेको छ ।
निष्कर्ष
सामाजिक विषयवस्तुमा आधारित भई कविले आफ्नी फुपूलाई काव्य नायिका बनाएर उत्कृष्ट महाकाव्य सिर्जना गरी आफ्नो महाकवित्व सिद्ध गरेका छन् भने यस काव्यका माध्यमबाट समाजका यस्ता कति फुपूदिदीहरु छन् तिनलाई उच्च काव्यासनमा विराजमान गराई उनीहरुको मर्र्म र अस्तित्वलाई ओझेलबाट प्रकाशमा ल्याउने स्तुत्य काम गरेका छन् । भौतिक र आध्यात्मिक दुवै पक्षलाई उत्तिकै महŒव दिँदै भौतिक पक्ष आधार भएकाले त्यसलाई प्रेमपूर्वक आदर गर्नुपर्छ तर यसमा पूर्ण सन्तोष र सीमा नहुने भएकाले परम अस्तित्वलाई स्विकारेर समर्पित भई तनावरहित हुन वा मुक्त हुन आध्यात्मिक पक्ष नै आधार हुने कुरा कविको मान्यता देखिन्छ । यसरी भौतिक र आध्यात्मिक पक्षको समन्वयात्मक अभिव्यक्ति यस काव्यमा निकै महŒपूर्ण रूपमा रहेको छ । यसका साथै यस पुस्तक प्रकाशनले नेपाली साहित्यको महाकाव्य फाँटमा एउटा ललित महाकाव्य थपिएको हुँदा कविलाई साधुवाद भन्दै कविबाट अझ अरु काव्यको रसास्वादन गर्न पाउँ भन्ने आशाका साथ शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

कनकाई—४, सुरुङ्गा, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु