के म पनि मान्छे नै हो त ?

- इन्दिरा दीक्षित

आज पनि फेरि उन्ले उहि प्रश्न दोहोर्याएर ! “तपाईंलाई मन पर्ने कुरा चाँहि के हो त ? फेरि पनि म उस्तै तरिकाले अलमल्ल पर्छु कि मलाइ मनपर्ने कुरा के हो त“? सोच्दासोच्दै निकै समय बिते पनि दिमागमा केहि आएन, उन्ले भने “अब भोली सोचेर भन्नुहोला“ हस् हुन्छ त भनें तर पनि के कुरा हो त मलाई मन पर्ने ? सोच्दा सोच्दै निकै रात बितेछ, तै पनि मलाई केहि सुझेन, मेरो मन पर्ने कुरा के हो र ?

उनी मेरा फेसबुके साथी, उस्तै उमेर हाहारारी होला तर भेटघाट कैले पनि भएको छैन, निकै टाढा बस्छन्, फेरि पनि कैलेका‘ंही म सँग गफिन खोज्छन् । उन्को कुरा गराइमा लाग्छ निकै बिध्वान मान्छे होलान्, फेसबुकको तस्विर हेर्दा जीवनकालका आधा बसन्त पार गरेता पनि जवान नै हुन कि भनेजस्ता देखिन्छन् ।

दुनिया‘ं देखेका उनी, धेरैजसो ज्ञानगुणका र उन्कै जीवनमा घटेका आश्चर्य लाग्दा र नितान्त बेग्लै खाले कुरा, मेरो सोचाइमन्दा निकै परको मेरालागि जान्न र बुझ्न आवस्यक र उपयोगि हुने खालका कुराहरुका बारेमा मलाइ सुनाउँछन्, म निकै उत्सुक र चाखमान्दै सुन्छु । निकै लामो कुरा गराइमा मेरो काम धेरै जसो सुन्ने र उनको कुराको सहि थाप्ने मै सिमित हुन्छ, निकै बेरको कुराकानी पछि एक पटक सोधेकै हुन्छन् । “तपाईं को मनपर्ने कुरा के हो“?

त्यतिबेला म अकमक्क पर्छु खासै मेरो मनपर्ने कुरा के हो र ?

प्रसँगबस एक दिन उनीसँगको गफ गराइमा राजनैतिक कुराहरु धेरै भए । “तपाईँको मनपर्ने पाटी कुन हो“? उन्को सोधाइमा म अकमकीएँ ! जवाफ नआएपछि फेरि सोधे “अघिल्लो पटको चुनावमा भोट कुन पाटीलाई हाल्नु भो र तपाईँले“?

त्यत्ति त मलाइ याद थियो भोट कुन पाटीलाई हाँले तर मर परेर हालें अथवा किन हाँले त्यो चाँही थाहै भएन, हावा हुरी र घरको माहौलले जस्लाई भन्छन् उसैलाई हालेको थिएँ ।

मैले जवाफ त दिएँ एउटा पाटीको नाम लिएर त्यसमा पनि उन्ले प्रश्न तेर्स्याए “तपाँईंले नेता मन परेर भोट हालेको कि पाटी मन परेर“ ? अब भने मलाई जवाफ दिन झन् गारो भयो । नेता मन परेको भनौ भने कसैलाई चिनेको छैन, को हुन्, के हुन्, का‘ं बाट आएँ, केही थाहा छैन, अनि पाटी मन पर्यो भनौ भने च्याउ उम्रे सरिका पाटीहरु नया‘ं त के पुरानाका बारेमा पनि कैले केहि चासो भएन । कुन् पाटी कस्को हो ! कस्तो पाटीले के कस्तो का‘ंमहरु गर्छ यस बिषयमा कैले पनि वास्ता गरीन । मेरो मौनतामा अब उन्ले भने “कस्तो मान्छे तपाईं त ? आफ्नै देशमा के के हुन्छ यसको बारेमा जानकारी राख्नु पर्दैन त“ ! म जिल्ल परें, यो सबै कुराको मलाई ध्यानै थिएन ! कसैले पनि यसबारेमा पैला कैले भनेकै थिएन, उन्को कुराको भेउ पाउन मलाई निकै कठिन भयो, म चुपैलागे । अनि फेरि उनैले भने “तपाईंलाई मनपर्ने कुरा चा‘ंहि के हो त“?

अर्को दिन फेरि उन्को र मेरो गफ चल्यो माध्यम त उहि हो इन्टरनेट । त्यो दिन पनि धेरै कुरा भए खै किन हो उनिसँग गफिन मलाई पनि निकै रमाइलो लाग्न थालेको थियो । गफको शिलशिलामा खानेकुराको प्रसँग चल्यो, उन्ले “सोधे तपाईं के के खानुहुन्छ“? मैले भनें “मेरो घरमा पाकेको र खान हुने चीज सबैथोक खान्छु“ “मन परेको र मीठो लाग्ने कुरा चै के हो त“? अब फेरि मलाई आपत पर्यो ! मीठो र मन परेको खानेकुरा चाँही के हो त ? सबै त मलाई मीठो लाग्छ ! नमीठो केहि लाग्दैन । मैले भने “मलाई सबैचीज मीठै लाग्छ, आफ्नो घरमा बनिएका चिजहरु सबै त खान्छु अब यस्मा मीठो नमिठो मनपर्नु न पर्नुको कुरा के हो र“? फेरि मेरा मित्रले प्रश्न गरे “के तपाईंको घरमा बनिएका सबै चीज परिवारका सबै सदस्लाई मीठो लाग्छ त“ ? अब भने सोच्न थालें, मैले अनकनाएको थाहा पाएर मित्रले भने “सोचेर भन्नुस् है त, म पछि कुरा गर्छु“ हस् भनेर फोन बन्द गरें ।

अब फेरि मेरा मित्रले मलाई सोचमा पारे ! हो त ! मेरो छोराछोरीदेखि अरु परिवारका सदस्यले सबै चीज काँहा खान्छन् त ? कसैलाई नुन चर्को चाँहिन्छ त कसैलाई बिलनु, कसैलाई झोल चाँहिन्छ त कसैलाई चोक्टा, कसैलाई साग मनपर्छ त कसैलाई आलु मात्रै, कोहि मासु खान्छन् त कोही खादैनन्, कसैलाईं चट्ट तारेको मासु चाँहिन्छ तकोही झोल भन्छन्, कसैलाई गुलीयो मीठाइ मनपर्छ त कसैलाई नुनीलो परिकार चाहिन्छ, घरभरिको मान्छेको चाहा फरक फरक छ अनि ति सबैको बिचार गरेर मैले खाना बनाउँदा थरीथरी बनाउँछु । अझ कैलेकाहिँ घरमा आएका पाहुँना पनि सबैथोक खानेखाले हुँदैनन्, उनको रुचीको पनि ध्यानमा राखेर म खाना बनाउँछु तर आफ्नो रुची चै के कुरामा छ मेरो ध्यान त्यतापट्टि कैले पनि गएर । म कस्तो मान्छे ? मेरो पनि मनपर्ने नपर्ने परिकार हुनुपर्ने तर खै यस बारेमा त कैले सोचीन ! तर मेरा मित्रले मलाई यस बिषयमा किन् सोधेहोलान् मलाई अचम्म लागिरह्यो ।

अर्को दिन फेरि उनैको फोन आयो औपचारिकता को आँदान प्रदान पछि फेरी उहि कुरा “तपाईंको मनपर्ने कुरा के हो“? म हैरान भैसकें अब उन्को कुराको मसँग केहि जवाफ हुन्थेन फेरिपनि उनि सोध्न छोड्दैन थे । आज उनले अलि प्रसँग बदलेर सोधे “तमाईं कस्तो लुगा मन पराउनु हुन्छ“? यो पनि मैले ध्यान दिएकै छैन, कस्तो लुगा मलाईँ मनपर्छ भनेर, प्राय कुर्थासुरुवालमा सधैँजसो बसेकी हुन्छु, कैलेका‘ंही औपचारिक कतै जानपरे सारी चोलीमा पनि सजिन्छु, तर यै मनपर्ने भन्ने त छैन, अरुले चट्ट परेको लुगालगाउँदा सारै राम्रो लाग्छ तर आफुले कैले लगाइन, अब उन्को कुराको जवाफ के दिउँ कि मलाइ कस्तो लुगा मनपर्छ भनेर ! फेरि म अल्मलिएको देखेर उन्लेभने “लुगाको तरिका थाहा नभए पनि रँग त मनपर्ने हुन्छ होला नि ! कस्तो रँगको लुगा मनपर्छ तपाईँलाई“?

त्यो पनि मलाई थाहा भएन जस्तो रँगको आइमिल्यो त्यस्तै लगाएँ । चित्तबुऋदो जवाफ नआएपछि उन्ले कडिकिदै भने “तपाईं कस्तो मान्छे ? अर्काको बारेमा सबै कुरा चाँहि याद राख्ने तर आफ्नो बारेमा चाँहि केहि वास्तै छैन ? अब राम्ररी ऐनामा उभ्बिएर हेर्नुस् त तपाई निकै राम्रीपनि त हुनुहुन्छ“

उन्को यो शब्दले मलाई ब्यँग गरेझै लाग्यो, म बयस्क सन्तानकी आमा अनि राम्री नराम्री को के मत्लव हो र ? आजसम्म मलाई “तिमी राम्री छ्यौ“ भनेर कसैले भनेको छैन र मैले सुनेको पनि छैन । मैलेपनि कैले ध्यान दिइन कि म राम्री पनि छु भनेर ! तर उन्को नजरले मलाई किन राम्री देख्दै छ ? के म साच्चै राम्री पनि छु त ? उनि किन बारबार मलाई यसो भन्दैछन् । फेसबुके साथी, उन्को र मेरो परिचयको माध्यम फेसबुक, न लेना न देना !

म यस्सो काम नपाएर केहि टुक्रा टाक्री कविता लेखेर फेसबुकमा पोष्ट गरेको र उन्ले पढेकै भरमा मलाई कति चीने र यस्त कुरा गरेका हुन् त ? कुरा गर्दा त निकै बुध्दिमानी र भलाद्मी जस्ता छन् फेरि पटकपटक एउटै कुरा किन दोहोर्याउँछन् ? “तपाईँलाई मनपर्ने कुरा के हो“ ?

उन्को कुराले मलाई निकै सोचनीय बनायो । साच्चै मैले आफ्नो बारेमा कैले सोचें त खै ?

जन्मे देखि आजसम्म मेरो मनपर्ने कुरा केहो त ? सधैं अरुले जे भन्छन् त्यै गर्दैगएँ नाँइ त केहि भएन सधै हस् मात्रै , आफ्नै छोराछोरीले सधैं यो हैन त्यो चाहिन्छ भन्थे, जिध्दि गर्थे सकेसम्म उन्ले भनेको पुर्याएकै हो , अनि आफ्नालागि चाँहि यो चाहिन्छ भनेर कैले बिचार भएन ! साच्चै म मान्छे नै हो त ?

बचपनमा घरमा लुगा सिलाउने मान्छे टन्न आउँथे, बर्षको २र३ पटक, अनि तिन्ले सिलाए मध्देको एउटा नया‘ं जामा चाहि अति मनपरेको थ्यो, कति राम्रो लाग्थ्यो , फुर्फुर्रिएर तलमाथि गरेको अलि अलि याद छ, सायद त्यो रातो रंगको बुट्टेदार थियो क्यारे । त्यसपछि मलाइ लुगाको बारेमा केहि मत्लब भएन के मिल्छ त्यै लगायो बस् ।

खाना पनि त्यस्तै हो जता जे मिल्छ, जस्तो मिल्छ खायो, पेट भरिए त भैगो मीठो नमीठो मनपर्नु नपर्नु केहि था भएन, मानौ म मान्छे नभएर एउटा कठपुतली जस्तो ।

अब घरका अरु सदस्यका बारेमा सोच्न थाले, मान्छे पिच्च्छेको खानेकुरा त मैलेनै बनाएको हो नि, उन्लाइ चाहि किन होला मलाई जस्तै जे पनि मीठो लागेन ! सबैको आआफ्नै तरिकाको रुची हुने रहेछ, मलाइ पनि त केहि मीठो लाग्ने चीज हुनुपर्ने त्यता तिर किन ध्यान गएन ! म कस्तो खाले मान्छे ? मान्छे भए पछि मान्छे जस्तै गुण त हुनुपर्छ नि !

घर भरिका मान्छेले थरिथरि र जातजातका लुगाको बिषयमा कुरा गर्छन्, मैले सुन्ने का‘ंम मात्र गरें, यो जात यो रँग को यस्तो लुगा मन पर्यो भनेर किनेर लगाएको दिन मलाई था भएन । के अचम्म त मैले पनि अरुले जस्तै किन त्यसो गरिन ? मेरै सँगैको उमेरका मान्छे साता पन्द्र दिनमा फेसयल गर्न पुगेका हुन्छ, मलाइ पनि त मन लाग्नुपर्ने राम्री हुन ! अझ कसैले राम्री भन्यो भने त चारहात पर उफ्रेर भाग्ने म कस्तो मान्छे ? आफ्नो बारेमा आफै अनभिज्ञ, बैक्ज्ञानिकले बनाएको रोवोट जस्तै साच्चै म मान्छे नै हो त ?

मैले बुझे अनुसार मेरा मित्रलाई म प्रति दया लागेको हुनु पर्छ कुराकानिको शिलशिलामा या मेरा केहि लेख पढेर मेरा बारेमा निकै कुरा जाने होलान् ! आखिर उनि त ठुला लेखक हुन् । दुनिया‘ंको बारेमा बेखवर र आफैप्रति अनभिज्ञ एउटी अबला नारी । प्रतेक दिन उनी मलाई बुझाउन खोज्दाहुन्, सुतेको मनलाई घच्घच्याएर बिउँझाउन खोज्दाहुन् “तिमी पनि अरु जस्तै सुन्दर मान्छेनै हौ, बुद्धिमान र बिवेकशील छ्यौ, अरुको जस्तै हाड, छाला, रगत, मासुले, बनेको सरिर तिम्रो पनि हो, अरुको जस्तै तिम्रो पनि सरिर भित्र सानो मन हुन्छ अनि मन भित्र इच्छा, आका‘ंक्षा र सम्बेदना पनि हुन्छ । तिमीले त्यो कैले बुझिनौ, या भनौ बुझ्नै खोजिनौ, अझैपनि केहि बिग्रेको छैन बुझ्ने कोशिस गर, म बुझाउछु ।

तिमीले नजानेका कुरा म सिकाउँछु, मेरा औला समात म दुनिया‘ं देखाउँछु, तिमी कता हरायौ म खोजेर ल्याउछु, बस् यत्ति कुरा बुझ म तिम्रो असल मित्र हुँ, मात्र मेरो बिस्वास गर, म यौटै मात्र कुरा भन्छु तिमी मान्छे हौ अनि मान्छेनै भएर बाँच“

अब मलाई मेरा टाठाका मित्र प्रति गाढा बिश्वास लाग्दैछ, अरुको त के कुरा भयो र ! मेरा जन्मदाता देखि सहयात्री अनि आफ्नै सन्तानले पनि मलाई कैले चिनेनन् । भिडमा हराएकी एक्ली नारी, आफ्नो अस्तित्व बिहिन भएर बा‘ंचेकी, “दिन बिताउनु काल पर्खनु“ भने जस्तै मेरो दिन चर्या अनि अर्काको लागि बा‘ंचेकी म, उन्ले मलाई कसरी चीने, कुन रुपमा देखे यो उनै जानुन् ।

भगवानलाई कसैले पनि देखेको हुँदैन, नबोल्ने मुर्तिमा भगवान कसरी भेटिन्छ र ? म एक्लै कल्पना गर्छु सायद मेरालागि ईश्वरले पठाएका कुनै भगवान या देवदूत उनै होलान् जुन मेरो जीवनको लक्ष तिरको मार्ग निर्देशन् गर्दैछन्, चारैतिर स्वार्थले घेरीएको दुनिया‘ंमा आसाको किरण भएझै यस्ता निस्वार्थी मान्छे पनि हुँदा रहेछन् , अँध्यारोमा हराएकी मलाई उज्यालो तिर डोहोर्याउन खोज्दैछन् । आखिर उन्लाई नपुग्दो केहि छैन, म बाट केहि आसा पनि छैन, फेरिपनि खै किनहो कुन्नि मलाई नितान्त सहृदयि मित्र मान्छन् । राधाकृष्णको जस्तो निर्मल प्रेम उन्ले देखाए पनि उनीप्रति मेरो मीरा भक्ति अटुट रहने छ । दुनिया‘ंले जे सुकै भने ता पनि म उन्को सहृदयी मित्र बन्न सकुँ, म माथि उन्को अगाध स्नेह सँदा बर्षि रहोस् । इस्वर सँग यहि प्राथना छ टाठा भए पनि उन्को साथ कैले नछुटोस् !

अधिर भएको मनको कुनाले खोज्दै छ, ससरिर उन्क सामु उपस्थित भएर सोध्न मन लागेको छ, हजुरले देखेको र महसुस् गरेको मान्छेको स्वरुप भएकी म एउटी अबला, कुनै सिल्पकारको कठपुतली जस्ती, नर्तकीको औंलाले जता नचाउँन खोज्यो डोरिले उतै तानिएर नाचेकी जस्ती आफ्नो अस्तित्व केहि नभएकी, स्वास फेरे पनि निर्जीव जस्ति, आफन्तको बिचमा रहेर पनि नितान्त एक्ली जस्ती आइमाई, “ के म पनि साच्चै मन्छे नै हो त “?

अनि हजुरले चीनेको मान्छेको साकार रुप म मा बिध्यमान छ त ? म माथिको यत्तिको गाढा स्नेहको औचित्य के ?

विशालनगर, काठमाण्डौं

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु