आमा

- विमल गिरी

मनका बेगहरु
मौका बेमौकामा
अवसरको रहरहरुलाई
तुहुन नदिन
सपना बुन्दै
मिठा बहनाहरु
अर्थहिन जिज्ञासाहरु र
रङ्गिन भ्रमहरु पालेर
बिरक्ती साझमा
एकलासमा
नतमष्तक हुन्छु
म कसरी ब्यक्त गरौ
माटोको माया
म कसरी बर्णन गरौ
आमाको माया
आमा,
निरर्थक
पलायन सङ्गै
सम्झनाका मुठाहरुलाई
मनका लहराहरुले कस्तै
दैनिकीका नाम्लो
थाप्लोमा बोक्तै
सियालमा बिसाउन
आईपुगेको छु
युरोप
आमा, ,
तर यहाँ पनि
सियाल त कहाँ रहेछ र ?
जताततै कोलाहल
चिसा घामका तापहरु
घामपानी झेल्दै
भित्र पोल्ने रापहरु
अनगिन्ती अप्ठ्याराहरु
सडकको लम्बाई नाप्न
सजिलो छ भन्थे सवै
सियाल छ भन्थे
सितल सुनाउथे
मुटु निचोर्ने हातहरु
हुन्न भन्थे
सजिलै झ्याङ्गिन
सकिन्छ भन्थे सङ्गिहरु
तर होइन रहेछ
छाया त कल्पनामात्र रहेछ
परबाट हेर्दा,पारिबाट हेर्दा
हरियो हराभरा
नजिक हुँदा उजाड रहेछ
मात्र,कल्पना त
रङ्गिन हुदोरहेछ
सपना सपनानै हुदोरहेछ
आमा ,
त्यसैले मत आए
मेरो पहिचान खोज्दै
मेरो देश आए
म त फर्की आए
मुग्लान
कहिल्यै नफर्किने गरी
आमा
मेरै स्वदेश फर्की आए ।

चारपाने झापा, हाल: ब्रसेल्स

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 भाद्र, 2074

लेखकका अन्य रचनाहरु