आचार्यका केही कृतिः केही धारणा

- गोविन्दप्रसाद आचार्य

१. शान्तिको आत्मकथा
विजयराज आचार्यको बालकथा शान्तिको आत्मकथा शीर्षकको कथा पढ्दा मलाई धेरै परिस्थितिको स्मरण भयो । मैले म त नामको कामरेड भन्ने शीर्षकको कथा आजभन्दा धेरै वर्षअघि भास्कर पाण्डेको पिचासको कसौडी कथासङ्ग्रहमा पढेको थिए“ । आज मलाई शान्तिको आत्मकथा पढ्दा उक्त कथाका केही परिस्थितिहरू मेरो मस्तिष्कमा कुन–कुनमा थिए कुन्नि ती झलझल्ती देखा पर्न आइपुगे । त्यो र यो कथाका बीच भिन्नता यस अर्थमा देख्न सकिन्छ – यो बालकथा हो । त्यो कथामा भने घरेलु परिवेशको द्वन्द्व सिर्जना गर्ने र त्यसबाट देखिएका परिणामहरूले घरलाई लथालिङ्ग अवस्थामा पुगेको देखाइएको छ । यसको र त्यसको यो परिस्थिति मिल्दोजुल्दो छ, त्यस कथाका कामरेड र यस कथाका मास्टरको स्थिति समान छ ।
यस कथामा सामन्त र गरिबका बीच देखापर्ने वर्ग अन्तर यहा“ प्रष्ट रूपमा देखाइएको छ । मलाई यस कथाको पात्र बसन्तीको चरित्रको स्मरण गर्दा के याद आउ“छ भने उसको जीवन भोलि कहा“ पुग्ने हो, त्यो टु·ो छैन । तर बसन्तीको अज्ञानताको फाइदा उठाएर उसको गरिबीलाई शोषण गर्दै पढाइलेखाइप्रति घृणा जगाउनुबाट मालिक्नीले लामो समयसम्म कामको फाइदा लिन्छे । अरूलाई गाली गर्न सिकाउ“छ । ठीक यही परिस्थिति गाडीमा काम गर्ने साना खलासीले प्रस्तुत गर्छन् । यो तिनीहरूको मनबाट स्वतस्पूmर्त रूपमा उत्पन्न भएको होइन । यो मालिकले सिकाएर दुनिया“को मानवीय भावनाको हत्या गर्नाका साथै कसलाई आदर गर्नुपर्छ, यो मान्छे हो भन्ने व्यवहार तिनीहरूले गर्दैन । पैसा यसरी उठाउ“छन् कि यो गाडी सधै“ मेरो हो । यो सधै“ मैले मोज गरिरहन्छ । भन्ने तरिका खलासीमा विकास गराएका हुन्छन् । उसलाई यो थाहा हुन्न कि साहुले मेरो जुत्ता, मोजा र गोजी खोलेर पैसा लैजान्छ । ठिक यस कथाको पात्र बसन्ती यस्तै प्रकारकी छ । मलाई कामरेड कथाको परिस्थिति मिल्दोजुल्दो लाग्यो । अन्तर यति छ कि कामरेडले केटाकेटीहरूलाई सफा गरिदिने, नुहाइदिने भै“सीलाई घा“स हालिदिने, भकारो सोरिदिने जस्तै काम गरेर ससुरा बुहारीको द्वन्द्वलाई मेल एवम् हार्दिकतामा रूपान्तरण गरेको छ ।
ठिक यस कथामा पनि मास्टर अथवा काकाले शान्तिको जीवनमा आमूल परिवर्तन ल्याएका छन् । यस कथाको उद्देश्य यो रहेको छ कि क्षमताको दृष्टिले धनी र गरिबको बीच कुनै अन्तर हुन्न । यसमा अन्तर देखाउने कारण नै आर्थिक अवस्था हो । धनीले आप्mनो क्षमता पैसाको कारणबाट सहज रूपमा प्रस्तुत गर्नसक्छ । पैसाको कारणबाट गरिबलाई त्यो मुस्किल पर्छ । क्षमतावान बालबालिकाहरू आप्mनो इच्छा र चाहनालाई भा“चेर बा“च्ने उद्देश्यले सामन्तको घरमा दास हुनु परिरहेको परिस्थिति यहा“ देखाइएको छ । यसका साथै आन्तरिक रूपबाट जीवनलाई सङ्घर्षशील हो भन्ने कुरा स्वीकारिएको छ । छोटो कथामा गरिबीको यथार्थ चित्रण गर्दै घरपरिवार एवम् बालबालिकाको मर्मस्पर्शी भावना यहा“ प्रस्तुत गरिएको छ । यसका साथै गरिब र धनीका बीच ठूलो खाडल देखाइएको छ । सामन्तहरूको क्रूरता यहा“ राम्ररी प्रष्टाइएको छ । अवसरबाट वञ्चित बालबालिकाहरूलाई अवसर दिनुपर्छ भन्ने यस कथाको उद्देश्य रहेको छ । सरल भाषा सरल शैली, सरल शब्द, सरल प्रस्तुति, छोटा नामका पात्रको प्रयोगबाट यो कथा सुन्दर र वैचारिक बनेको छ ।
विजयराज आचार्यले झमककुमारीस“ग लिएको अन्तरवार्ताभित्र विशेष प्रकृतिका मानिसहरू जो समाजबाट अपहेलित छन्, यहा“सम्म कि त्यस्ता व्यक्तिŒवहरू जन्माउने आमाहरू समेत घर परिवारबाट अपमानित र समाजबाट तिरस्कृत हुनुपरेको यथार्थ झमककुमारीको जीवनीमा प्रस्तुत गरिएको छ । यस जीवनीमा आपूmलाई सबलाङ्ग भएको गौरव गर्दै सधै“ यस्तै रहन्छु कुनै घटना परिस्थितिले अपाङ्ग हुन्न भन्ने दम्भ बोकेका बच्चा मानसिकताको सोचाइ यस जीवनीमा चर्चा गरिएको छ । जीवनी झमककुमारीको हो । भोगाइ झमककुमारीको हो तर पीडा सम्पूर्ण अपाङ्गको हो । यस जीवनीमा बालकहरूलाई प्रेरणा दि“दै झमककुमारीका समस्यास“ग आपूmलाई गा“स्नुपर्दाको पीडा सङ्घर्ष गर्न सिक्नुपर्छ । यस जीवनीमा झमककुमारीको मिहिनेत र साधनाले प्रायले हातले गर्नुपर्ने खुट्टाले गरेकी छन् । यसका लागि उनले कति दुःख गरेकी छन् । त्यस प्रकारको कारुणिक अवस्था यहा“ प्रस्तुत गरी बालकहरूलाई मिहिनेत र साधनाबाट सफल जीवन प्राप्त हुन्छ भन्ने प्रेरणा दिएको छ । यस पुस्तकमा समाज के भन्छ, व्यक्ति के भन्छन्, भन्नुभन्दा म के भन्छु भन्ने सोच नै जीवनको सफल यात्रा हो भन्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । झमककुमारीलाई परिवारले गरेका अपमान र आमाले दिएको ममता यहा“ प्रस्तुत गरिएको छ, जसबाट व्यक्तिको सोचाइमा सकारात्मक परिवर्तन नआएसम्म व्यक्तिले दुःख पाउने प्रष्ट पारिएको छ । “इख नभएको मान्छे र विष नभएको सर्प”का बीच भिन्नता रहन्छन् । झमककुमारी घिमिरेले पनि इख लिएर मात्र साहित्यकार भएकी छन्, हिजो घृणा गर्नेहरू आज सम्मान गर्ने भएका छन् । तसर्थ जीवनमा सङ्कल्प गर्नुपर्छ । आप्mनो कार्यमा अवरोध गर्नेहरूलाई काम गरेर झुकाउन सक्नुपर्छ भन्ने बालकहरूलाई प्रेरणा दि“दै मिहिनेतको फल मीठो हुन्छ भन्ने सङ्केत गरिएको छ ।
सरल भाषा, सरल शैली, प्रस्तुति गहन, विषयवस्तु जा“गरिलो, सोचाइ चेतनामूलक प्रेरणा, आकर्षक प्रसङ्ग, रूपान्तरित भएको उच्च प्रकारको जीवन यस जीवनमा देख्न सकिन्छ ।
२. बाटुली
बाटुली बालपात्र प्रयोग गरेर लेखिएको नारीहरूका समस्यामा केन्द्रित कथा हो । यस कथामा बालिकाहरूले आप्mनो मनका पीडा पोखेका छन् । ती घर परिवार र समाजबाट भएका अपमान र अत्याचारी विचारको खण्डनमा आधारित छन् यसका साथै वर्गभेदमा आधारित छन् । हाम्रो समाजको समस्या वर्गीय हो । परिवारमा वर्गीय प्रभाव पर्नु स्वभाविक हो । यस कथामा पनि वर्गीय आधारलाई बालिकास“ग गा“सेर कथाको केन्द्रीय विषयवस्तु बनाइएको छ । उल्टै घर परिवारभित्र देखापर्ने वर्गभेदका कारणले कोही सुखी र सम्पन्न हुने तथा कोही त्यही परिवारभित्र पीडित हुनुपर्ने यहा“ स्पष्ट पारिएको छ । पहाड जाने आइमाईको बल मधेश खाने गोरुको बल जस्ता भनाइले पनि हाम्रो सामाजिक संरचनालाई मनोविज्ञानका आधारमा पुष्टि गर्दै मानिसप्रति गरिने शोषणको प्रकृति यस कथामा राम्ररी प्रष्ट पारिएको छ कथामा भनिएको छ –
“मैले यो घरमा नोकर्नीले जस्तै काम गरेकी छु र त उनीहरूले मस्ती गर्न पाएका छन् । यदि म पढ्न जान थाले“ भने त उनीहरूले पनि घरको काममा सघाउनुपर्छ नि ⁄”
कथामा अगाडि लेखिएको छ ः मान्छेको जति धेरै सम्पत्ति भयो त्यति सानो चित्त हुन्छ भनेको सा“चै रहेछ । यी उक्तिले पनि यो बताएको पाइन्छ कि एउटै घर परिवारभित्र देखापर्ने असमानताका कारणले छोरा र छोरीका बीच मालिक र दासको व्यवहार र सबैले समान रूपमा प्रयोग वा उपभोग गर्न पाउने सम्पत्तिमा यति ठूलो भेदभाव छ कि छोरीहरूले काम गर्छन् तर सम्पत्तिको उपभोग गर्न पाउ“दैनन् । यस्तै प्रकारका वर्गीय असमानताका पीडाबाट मानिसजस्तो भएर बा“च्न पाएको छैन । यस कथामा स्वाभाविक आत्मपीडा बालपात्रबाट माध्यमबाट पोखिएको छ । यस कथामा भनिएको छ ः
“हिन्दु धर्ममा त नारीहरूलाई चुलो चौकाभन्दा बाहिर पठाउनै हुन्न ।” यी भनाइअनुसार हिन्दु धर्ममा मात्र होइन सबैजसो धर्ममा र प्रतिक्रियावादीहरूको व्यवस्थामा भेदभाव निश्चित रूपमा रहन्छ । यसका लागि सङ्घर्षशील वैचारिक चिन्तनको आवश्यकता छ । कथा लेख्ने क्रममा कतिपय वाक्यहरू एक अर्कास“ग जोडिन नसकेकाले केही दुर्बलताहरू देखापर्छन् । कथाको रचना गर्दा यसको अन्तर्वस्तुको क्रमबद्धतामा थोरै–थोरै घटना शृङ्खलामा विचलन आएता पनि सरल विचार, सरल प्रस्तुति, सामाजिक विषयवस्तु, नारी पीडा, सामाजिक भेदभाव परिवारको बीच देखापर्ने भिन्नता छोरा र छोरीका बीच देखापर्ने वर्गीय असमानता मनको पीडा यस कथाले राम्ररी उजागर गरेको छ । सरल संवाद, मनको खुला अभिव्यक्ति, जातीय असमानताको बीच हार्दिकता र संस्कृति र संस्कारलाई मानवीय बनाउनुपर्ने सन्देश दि“दै कथाको अन्त्य गरिएको छ ।
३. घरबेटी
आजभोलि घर बनाउनासाथ मानिस आप्mनो सम्पूर्ण अस्तित्व बनाइएको घरमा केन्द्रित गर्छ । हरेक दृष्टिकोणबाट घरलाई महŒव दिन्छन् । उसले समाजप्रति गर्नुपर्ने व्यवहारहरू के हो ? मानवीय भावना के हो ? सबै घरमा केन्द्रित गरेर हेर्छ । शिक्षादीक्षा ज्ञान बुद्धिको मापन पनि ढुङ्गो माटोको थुप्रोमा गरिन्छ । यस कथामा बालकलाई दास बनाएर आपूm मोजमस्ती गर्ने एउटा घर बनाएकोमा आपूmलाई ठूलो देख्ने सामन्तवादको नक्कलीपन राम्ररी देख्न सकिन्छ । अज्ञानताको फाइदा उठाएर बालबालिकालाई शिक्षाबाट वञ्चित गर्ने अ“ध्यारो युगको वा जङ्गली बर्बरताको चित्रण यस कथामा गरिएको छ । यसका साथै आर्थिक अभावका कारणले आप्mना छोराछोरी आप्mनो मुटुभित्रका दुधे बालकलाई धनी वा सम्पन्न परिवारको घरमा राख्नुपर्ने जटिल परिस्थितिको यथार्थ चित्रण गर्दै बालिकाहरू पढ्न लेख्नबाट वञ्चित छन् । ती सामन्तहरू जसले किताबको अनुहार समेत हेर्न दिन्नन् । यस कथामा यस्तै त्रूmरताको चर्चा गरिएको छ । यसका साथै बालबालिकालाई सङ्घर्ष गर्ने प्रेरणा दिइएको छ । मानिसले दबिएर बस्नुको परिणाम अज्ञानतामा जीवन फाल्नु परेको कारुणिक अवस्था यहा“ प्रस्तुत गरिएको छ । सहरमा घर बनाएकाहरूले गाउ“ले बालबालिकाको शोषण गर्ने प्रवृत्तिलाई यस कथामा राम्ररी चित्रण गरिएको छ । यसमा कथाअनुसार पात्रको प्रयोग केही बढी भएको महसुस गर्न सकिन्छ । अप्ठेरो परिस्थितिमा सफल जीवन प्रस्तुत गर्नु सङ्घर्षको अभावमा असफलता भोगेर पश्चातापमा जल्नुपर्ने कारुणिक जीवनको वर्णन यस कथामा गरिएको छ । भाषाशैली सरल छ, सम्प्रेषणीय छ । तर पनि लामो भएका कारणले केही जटिलता देखा परेका छन् । तापनि जीवनका पक्षबाट प्रतिक्रियावादी व्यवस्थाप्रति कटु आलोचना गरिएको छ । यस कथामा घरस“ग सामन्तवादको यथास्थिति यस कथामा यथार्थ रूपबाट गरिएको छ ।
४. सिंहराज
जुनसुकै देशमा पनि लोकसंस्कृतिले गरिमा प्राप्त गरेको कुरालाई कसैले अस्वीकार गर्न सकिन्न । कथा सुन्ने र सुनाउने परम्परा लामो छ, मानिसले मनोरञ्जनको साधन नभएको अवस्थामा मनोरञ्जन प्राप्त गर्न विभिन्न प्रकारका कथा भन्ने परम्परा पनि लामो छ । नैतिक शिक्षा दिन जनावरलाई माध्यम बनाएर कथा रच्ने परम्परा पनि लामो छ । कथामा मानवलाई सन्देश दिन जनावरलाई पात्र बनाउने चलन पनि निकै लामो रहेको छ । पञ्चतन्त्रका कथाहरूका सुरुदेखि अन्तिमसम्म सबै कथामा जनावर पात्र बनेका छन् । त्यसअन्तर्गत सिंहराज शीर्षकको कथाले पनि सोही परम्परा पछ्याएको छ । यस कथामा सिंह राजा बनेको छ । यसको अर्थ सामन्तवादी व्यवस्थाको यहा“ चर्चा गरिएको छ ।
सिंहराजले जनावरहरूका बीच आपसी झगडा गराएर फाइदा लिएको विषयवस्तु यस कथामा रहेको छ । प्रतीकात्मक रूपबाट राजनीतिक व्यवस्थाप्रति लक्षित गर्दै प्रतिक्रियावादी व्यवस्थाभित्र ‘फुटाऊ र शासन गर’ भन्ने विस्तारवादी विचार षड्यन्त्रमूलक ढङ्गबाट प्रयोग गरिन्छ । अनेक प्रकारका जालझेल षड्यन्त्र तिनीहरूले अपनाउ“छन् भन्ने सङ्केत पनि यस कथामा गरिएको छ । कथामा फुटपरस्तहरूस“ग होसियार हु“दै साना मानिसहरू मिल्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ । प्रतीकात्मक पक्षबाट देशको व्यवस्था, सामन्तवादी चरित्र, वर्गीय असमानता, शोषणमूलक समाज आदिको चर्चा गर्दै मेलमिलापबाट मात्र साना मानिसको कल्याण हुन्छ भन्ने देखाइएको छ । मानिसलाई सताउने शासकको अन्त्यका लागि जुट्नुपर्ने आवश्यकतामा जोड दिएको छ । सरल भाषा, सरल शैली र सम्प्रेषणयुक्त विचार पञ्चतन्त्रको अनुकरण गर्दै मानवीय समस्यामा केन्द्रित देशको राजनीतिक अवस्थाको चर्चा, फुटपरस्तको षड्यन्त्र र एकतामा बलजस्ता महŒवपूर्ण सन्देश कलात्मक रूपबाट प्रस्तुत गरिएको छ ।
५. नया“ बस्ती
नया“ बस्ती बालउपन्यासमा सामन्तवादी व्यवस्थाले मानिस–मानिसबीच उत्पन्न गराएको छुवाछूत प्रथाले समाजमा विभाजन ल्याई मानिसका बीचमा कटुता उत्पन्न गराएको घटनालाई आप्mनो विषयवस्तु बनाएको छ । यसमा प्रयोग गरिएका ग्रामीण जनजीवनका विषयवस्तुस“ग दलित बालकहरूको यथार्थ चित्रण यहा“ गरिएको छ । गाउ“का जिम्बालहरूले बालकहरूलाई आप्mनो लागि गोठालो बनाउने, पेटभरि खान नदिने, रोग लागेको बेला उपचार नगर्ने, बालकलाई अश्लील शब्द प्रयोग गरेर गाली गर्नेजस्ता अमानवीय चिन्तन यहा“ प्रस्तुत गरिएको छ । एकातर्पm गाउ“को कारुणिकता यस उपन्यासमा देखिन्छ भने अर्कोतर्पm दलितहरूको सेवाका लागि विदेशबाट हुने–खानेहरूले नै दुवै पेशा लिन्छन् । गलत रिपोर्ट बुझाएर तिनीहरू सहरमा भव्य महल बनाउ“छन् । तर दलितहरूको अवस्थामा सुधार आएको देखिन्न । सेवकजस्ता देखिने तर आन्तरिक रूपबाट दुष्ट प्रवृत्ति भएका मानिसहरू झन् खतरनाक हुन्छन् भन्ने सङ्केत पनि यस उपन्यासमा गरिएको छ । यसका साथै ब्राह्मण परिवारका मानिसहरू पनि शोषित छन् भन्ने उदाहरणको लागि यस उपन्यासमा प्रयोग गरिएकी बालपात्र गीतालाई लिन सकिन्छ । जति श्रम गर्दा पनि उचित ज्याला नपाउनु र पढ्न लेख्न नपाउनु जस्ता कारुणिक र मर्मस्पर्शी घटना उनका जीवनमा देखिन्छन् । जसले गर्दा उपन्यास वर्गीय बनेको छ । काममा कजाउने सहरका मालिकहरू पनि गाउ“का जिम्बालभन्दा कम छैनन् । यद्यपि तिनीहरू कसैलाई चर्को गाली गर्दैनन् । तर शोषण गर्ने प्रवृत्ति समान छ । यस उपन्यासमा कारुणिक स्थिति प्रकट गर्दै थोरै–थोरै उमेर अवस्थाका कारणबाट प्राप्त हुने चेतनास्तरको पनि यहा“ चर्चा गरिएको छ । यसका साथै ग्रामीण जीवनका ठग र सहरिया जीवनका ठगमा ताŒिवक रूपबाट भिन्न देख्न सकिन्न । ग्रामीण जीवनका ठगहरू सोभैm आक्रमण गर्छन् तर सहरिया जीवनका ठगहरू घुमाउरो शैलीमा उही प्रकृतिको ठगी गर्ने गर्छन् । यस उपन्यासमा तल्लो जाति र उपल्लो जातिका बीच वैचारिक सम्बन्ध कायम गरेर नयॉ पद्धति बसाइएको छ । त्यो पक्ष नराम्रो होइन तर बालकहरूका लागि लेखिएको उपन्यास भएकोले र विवादका पक्षभन्दा जीवनका अन्य सुन्दर पक्ष प्रयोग गरेर समाजका सुन्दर पक्षलाई बालबालिकासामु पु¥याइएको भए त्यो नया“ मौलिक हुन्थ्यो । समाजको विद्रोह गर्नुपर्ने पक्ष विवाह मात्र नभई अन्य पनि छन् । तिनको खोजी गर्नुप¥यो । हालको समस्या यो छ कि यौन मुलुकका साहित्य सञ्चारका माध्यमबाट दृश्यका रूपमा हेरिरहेका छन् । पत्रपत्रिका पढ्छन् । बालसाहित्य पढ्छन् यो सबै यौनमा केन्द्रित छन् । विवाहका पक्षस‘ग जोडिएका छन् । यसभन्दा पृथक मौलिकताको उपन्यास लेखिएको भए त्यो बढी वैचारिक र खोजमूलक हुन्थ्यो ।
यस उपन्यासमा थोरै पात्रको प्रयोग गरिएको छ । उपन्यासको संरचनामा नरहेता पनि लामो कथाको रूपमा यसलाई लिन सकिन्छ । यसमा प्रयोग भएको वैचारिक पक्ष औधी सुन्दर छ । घटना शृङ्खलामा केही विचलन आए तापनि यसले उठाएका पक्षहरू विचारणीय छन् । मौलिक विषयवस्तु प्रयोग गरिएकोले पनि यो उपन्यास सुन्दर छ । यसले अपनाएको वर्गीय परम्पराले मानिसमाथि गरिने सांस्कृतिक, धार्मिक र राजनीतिक–आर्थिक पक्षको भेदभाव अन्त्य हुनुपर्छ भन्ने मान्यता राखेको छ । यसले समाजमा रहेका ग्रामीण तथा सहरिया शोषणको चर्चा गरे तापनि तिनका विरुद्धमा सशक्त रूपमा सङ्घर्ष गर्ने प्रेरणा दिएको भए कथामा अभैm मौलिकता थपिन्थ्यो । यसमा प्रयोग गरिएको भाषामा ग्रामीण जनजीवनको बोली र जनजिब्रोको यथार्थता उतारिएको छ । त्यसले गर्दा उपन्यास स्वाभाविक बनेको छ । यसमा घटनाहरू ख“दिला ढङ्गले प्रयोग गरिएको भए सामान्य प्रकारका त्रुटिहरूमा कमी आउने थियो । निष्कर्षमा भन्नुपर्दा यसको रचना कथास“ग मिल्दोजुल्दो छ ।
छोटो उद्देश्य छ, परिवर्तनशील छ, समाजको यथार्थ चित्रण छ, भाषाशैली सरल छ, उपन्यास वैचारिक छ । विम्ब र प्रकृतिहरूको दुर्बलता रहेको छ । अशिक्षाभुल शैलीमा लेखिएको छ । तापनि यसलाई वैचारिक पक्षले बोझिलो बनाएको छ ।
६. परिवर्तन
रामप्रसाद ज्ञवालीद्वारा यसको भूमिका लेखिएको छ, जसमा उपन्यासले औ‘ल्याएका विविध पक्षमा चर्चा गरी चिरफार गरिएको छ । मैले पनि यसको सुरुदेखि अन्तिमसम्म पढ्दा ज्ञवालीका विचारस“ग असहमति जनाउने कतै ठाउ“ देखिन“ । तापनि केही कुरा लेखु“जस्तो लाग्यो । बालसाहित्यका क्षेत्रमा जति कथा निबन्ध, कविता लेखिन्छन्, त्यति उपन्यास लेखिएका छैनन् । बालबालिकाका लागि यो बोझिलो विषय हुनसक्छ । किनभने उपन्यास पढ्न धेरै समय खर्चिनुपर्छ र बढी खट्नुपर्छ । बालबालिका यसतर्पm कम ध्यान दिने सम्भावनालाई पनि विचार गर्नुपर्छ । यदि बालबालिकालाई उपन्यास पढाउने हो भने उनीहरूको जीवनलाई छुने खालको विषयवस्तुको आवश्यकता पर्छ । परिवर्तन बालउपन्यासमा बालकहरूका समस्या र तिनीहरूले दिन प्र्रतिदिन भोग्नुपरेको समस्याको चर्चा गरिएको छ । यस उपन्यासका बालपात्रहरू बेग्लाबेग्लै परिवारका बेग्लाबेग्लै ठाउ‘का र बेग्लाबेग्लै परिस्थितिका रहेता पनि तिनीहरूको समस्या एकै प्रकारको देखिन्छ । तिनीहरूको जीवन भोगाइ र जीवन यात्रा समान प्रवृत्तिको छ । आपसमा मिलेर बसेका छन्, दुःखसुख समान छ । सबै सडक बालबालिका हुन् । तिनीहरूको दिनरातको कार्यथलो सडक बनेको छ । जीवनका हरेक क्रियाकलाप सडकमा सञ्चालित छन् । यसले घरमा बस्नेहरू, जसमा मानवता छैन त्यस्ताहरूप्रति व्यङ्ग्य गरिएको छ । साथै मानिसलाई मानिस नसोच्ने हाम्रो समाजमा कथित ठूलो वर्ग रहेको छ, जसमा सम्पूर्ण रूपले मानवता रित्तिएको छ । तर यही समाजमा मानवीय भावना भएका मानिसहरू पनि छन् । जस्तै पत्रकार काका जसले बालबालिकाको स्थितिबाट प्रेरित भई समाजका मानिस अपहेलित् हुनुहुन्न भन्ने धारणा व्यक्त गरेका छन् । उपन्यासमा बेग्लाबेग्लै जातिका कसैको जात थर नभएका बालबालिका पनि छन् । तर तिनीहरूबीच मानवीय भावना छ । चोखो मेलमिलाप र हार्दिकता छ । उपन्यासमा प्रयोग गरिएकी बालिका रीता, तिनीहरूको समुदायको एक्लो महिला हुन् । पात्रहरू सबै वयस्क हुने अवस्थामा छन् ।
तिनीहरूको समुदायका पुरुषहरूले ती बालिकालाई जिस्काउने, हेप्ने, होच्याउने, छिल्लिनेजस्ता कार्य कतै गरेको भेटि‘दैन । यसबाट यो स्पष्ट हुन्छ कि तिनीहरू पेट पाल्नका लागि सधै‘ व्यस्त रहेका छन् । जसबाट यो स्पष्ट पार्न खोजिएको छ कि दिमागमा उत्ताउला विचारहरू कामको अभावमा उत्पन्न हुने गर्छन् । परिवर्तन उपन्यास रातदिन सडकमा जीवन बिताउने समस्याबाट पीडित बालबालिकाको स्थिति र बालजीवनलाई केन्द्रीय विषयवस्तु बनाएर लेखिएको छ । त्यसमा पनि निम्नस्तरको बालबालिकाको पीडायुक्त घटनामा यसको रचना भएको छ । कथावस्तु पनि सरल रूपबाट प्रस्तुत गरिएको छ । मौलिक कथावस्तु र समस्या केन्द्रित विषय यसको प्रमुख लक्ष्य हो, जसमा उपन्यास सफल छ । जब मानिस शिक्षाको उज्यालो पाउ‘छ, सत्पात्रको सहयोग पाउ‘छ, तब आपूmलाई रूपान्तरण गर्ने अवसर पाउ‘छ । यस उपन्यासमा पनि बालबालिकाको सुद्धिएको स्थिति प्रयोग गरिएको छ । जो वैचारिक एवम् लाक्षणिक अर्थले युक्त छ । साथै बालबालिका आप्mना पुराना धारणा त्यागेर नयॉ जीवनशैलीमा प्रवेश गरेका छन् । तिनीहरूले स्कुलको खोजी गरेका छन् । जसबाट मानिस सही सोचाइमा आउन सक्छ भन्ने कथाले सन्देश दिएको छ ।
यस उपन्यासमा आन्तरिक रूपबाट वर्ग द्वन्द्वको स्थितिलाई पुष्टि गरिएको छ । यसका साथै महिलाहरूमाथि हुने अमानवीय कार्य, बच्चा जन्माई सडकमा प्mयॉक्ने प्रवृत्ति र मानवता हराएको स्थितिको विकासको कारुणिक चित्र यसमा पाइन्छ । यस उपन्यास बालबालिकाको समस्यामा केन्द्रित भएता पनि सामन्तवादी व्यवस्थाका अमानवीय क्रियाकलाप र उत्ताउला र भद्दा प्रकारका सोचाइमा पनि यसको ध्यान गएको छ । बढीभन्दा बढी ठूला–ठालुहरूप्रति उपन्यासको दृष्टि पुगेको छ । सरल प्रस्तुति, सरल शब्द, सरल भाव र शैली, छोटा अनुच्छेद, आकर्षक विषयवस्तु, हार्दिकता र मानवता, सडकको चोखो मिलन, सडकमा देखापरेको मानवता, ठूला–ठालुप्रति गरिएको व्यङ्ग्यात्मक प्रस्तुति, बालबालिकामा आएका सचेत मानसिकता, उच्च चेतनाको प्रभाव, तर्क क्षमताको बृद्धि, साधा जीवन उच्च विचारको प्रयोग, अप्रत्यक्ष रूपमा बहुउद्देश्यमूलक तर प्रत्यक्ष रूपमा बालबालिकाको रूपान्तरणमा केन्द्रित, हार्दिकता, परिवर्तनशील मानसिकता र शिक्षाप्रतिको जागरण यसका विषय बनेका छन् ।
जति सानो छ, त्यति गहिराइ नाप्न गाह्रो छ । रोचक प्रस्तुति, सरल भावना नारी पुरुषहरूका विषय देखा परेका भावना उच्च वर्गहरूप्रति कटुता यसका लक्ष्य बनेका छन् । धेरै कथाहरू प्रासङ्गिक बनेर गॉसिएका छन् ।
७. हाम्रो आवाज
हाम्रो आवाज शीर्षकको लघुउपन्यासको पहिलो प्रकाशन २०६१ सालमा विवेक सिर्जनशील प्रकाशतले गरेको हो । यसका लेखक विजयराज आचार्य हुन् ।
यो उपन्यास कथाजस्तो देखिन्छ । बालबालिकाका लागि लामो उपन्यास उपर्युक्त देखिन्न । तसर्थ यो उपन्यास पनि छोटो आकारको छ । ग्रामीण जीवनको कारुणिक चित्र यहॉ प्रस्तुत गरिएको छ । अनाथ बालबालिका कसरी पीडित भएका छन् । तिनीहरूले भोगिरहेका यातनाहरू कस्ता छन् । तिनलाई कारुणिक रूपबाट यहॉ चर्चा गरिएको छ । जस्तै ः
“...ठानेर मलाई अप्ठ्यारा काम लगाउन थाले । जाडो बेलामा पनि न्यानो लुगा लगाउन नपाइने, पातलो कपडा लगाएर भॉडा माभ्mने, चिया पकाउने, पसलमा आएकालाई चिया खुवाउने र आपूmभन्दा ठूला जर्किनका भॉडामा धाराबाट पानी ओसार्नु पर्ने ।” यी दृश्यबाट सहज अनुमान गर्न सकिन्छ कि बालबालिकामाथि गरिने श्रम शोषण हृदय नभएका मानिसहरूले कसरी गरिरहेका छन् । उक्त उपन्यासमा लेखिएको छ –
“तेरी मॉ बजिया उता होटलमा पानी सकिएर कस्तो सास्ती त‘ कहॉ गएको ह‘ ?”
आपूmलाई मालिक मान्ने धनाढ्यहरूले कुन प्रकारको व्यवहार गर्छन् भन्ने कुरा यसमा देखाइएको छ । वास्तवमा त्यस्ताका मन मस्तिष्कमा केवल पैसा मात्र देखिन्छ । बालबालिकाले कुन काम गर्न सक्छन्, कस्ता काम लगाउन उचित हुन्छ, त्यस विषयमा चासो दिन्नन् । यस उपन्यासमा लेखिएको छ ः “हैन ए मास्टर तेरो हाम्ले के खाएका छौ र ? तैले हाम्रोमा कान गर्ने केटालाई भड्काएर खुरुखुरु काम गर्न दिइरहेको छैनस् । त‘लाई बाहिरबाट आएर हाम्रो जिल्लामा मास्टरको जागिर नपचेको त छैन ?”
कोही दयालु र उदार समाजसेवी मानिसलाई नसहने परम्परा सामन्तवादले विकास गरेको छ । कोही समाज सुधारक मानवतावादी देखापरेमा त्यो धनाढ्यहरूका लागि सुपाच्य हुन्न । धनको आडमा मानवतालाई खरानी पारेकाहरूको स्थितिको चित्रण यस उपन्यासमा राम्ररी गरिएको छ । उपन्यासमा लेखिएको छ ः
“त‘ छुसी मास्टरले मलाई सिकाउने” यहॉ सामन्ती संस्कारले मभन्दा जान्ने अरू कोही छैन, अर्ती बुद्धि सन्त विचार समाजसेवाको भावना मानवीय चिन्तन नभएका बोक्रे मानिसको घमन्डीपन यहॉ देख्न सकिन्छ ः “पख्लास् छुसी मास्टर तेरो पुजा नगरी त कहॉ छोडौ‘ला र !”
यहॉ विचारबाट पराजित भएका धनका घमन्डीहरू हत्या हिंसामा विश्वास गर्छन् । आप्mनो फाइदाका लागि सामन्तहरू मानवीय भावनाका जरा उखेलेर त्यहॉ विषविक्ष रोप्न चाहन्छन् र यहॉ त्यस्तै विचार व्यक्त गरिएको छ ः
“ए मास्टर ! असहायजति सबैलाई त‘ उद्धार गर्न सक्छस् ? त‘लाई बॉच्ने र जागिर खाने मन भए जे–जे देखे नदेखेजस्तै गरेर हि‘ड्, जे जे सुन्छस् नसुनेभै‘m गर्दै हि‘ड्, हैन भने जालास् यमराजकहॉ पाहुना लाग्न । यो केटालाई छाडेर खुरुक्क आप्mनो बाटो लाग । अबदेखि उदार–सुदारका काम गरेर हि‘डिस् भने निको चाल हु‘दैन ।”
फाँसिष्टवादीहरू डर धम्की देखाएर तर्साउन खोज्छन्, यो उनीहरूको निरीहपन र कायरताको एक नमूना हो । विचारलाई जित्न नसक्नेहरूले पराजित मानसिकता बोकेर हत्या आतङ्कको बाटो रोज्नु, धम्काउनु, तर्साउनु नै चरित्र बनेको हुन्छ । यहॉ पनि त्यस्तै प्रकारको दृष्टिकोण देख्न पाइन्छ ।
“खुरुखुरु मालिकले अह्राएको काम गरिनस् मालिकले भनेको नमानेर होटल बाहिर गइस् र आप्mनो कुरा कसैलाई भनिस् भने तेरो पूजा गर्न मैले जानेको छु ।”
यी भनाइ र माथिका भनाइमा मूल रूपमा अन्तर देखिन्न । प्रशासन, शासनद्वारा जे जस्तो सिकाइयो वा गर्न लगाइयो वा गरियो ती यहॉ राम्ररी प्रष्ट पारिएको छ । उपन्यासमा प्रशासनको नाङ्गो नाच, धनको अहम्ता र बालबालिकाको श्रम शोषणको चर्चा गरिएको छ ।
यी सबैले दिनभरि प्लाष्टिक र थोत्रा भॉडा जम्मा गरेर कवाडखानामा बेची जम्मा गरेको सबै पैसा दलबहादुरले खोसेर आपूmखुसी राख्दोरहेछ ।
उपन्यासमा सहरिया परिवेश र गरिब वर्गका बीच पनि देखापरेको सामन्ती व्यवस्थाको प्रभाव यसरी व्यक्त गरिएको छ ः
“यिनीहरूले यसरी सडक जीवन बिताउन बाध्य हुनुपरेको त अभिभावकले हेला गरेर, कसैका आमा मरेपछि बाबुले सौतेनी आमा ल्याएर, कसैको बाबु मरेपछि अन्तै पोइल गएर, कसैको बाबु आमा दुवै मरेर, कसैको घरमा गरिबीले सताएर, खाने, बस्ने ठाउ‘ नभएर, कोही स्कुलमा साथीभाइले गिज्याएर, हेलाहोचो गर्ने गरेर, कोही कोहीचै‘ आमा बाबालाई सरकार वा विद्रोहीले बेपत्ता पारेर र कोही त सहर हेर्ने रहरले साथीभाइको लहैलहैमा लागेर सडक जीवन बिताउन बाध्य रहेछन् ।”
यस उपन्यासको वैचारिक पक्ष सामाजिक परिस्थिति, परिवारको अवस्था, सामाजिक संरचना संस्कृति आदिका प्रभावले देखापरेका बालबालिकाका समस्याहरू यहॉ चर्चा गरिएको छ । माथिको भनाइबाट के बुझिन्छ भने परिवार, समाज, संस्कृति, आर्थिक, राजनीतिक अवस्थामा सुधार नआएसम्म माथि उल्लिखित जटिल समस्याहरू समाधान हुन सक्दैनन् । तिनीहरूको समाधान रूपान्तरणको दिशामा अगाडि नबढेसम्म यी जटिलताका गॉठा फुकाउन सम्भव छैन । यस उपन्यासको कथावस्तु वा केन्द्रीय कथ्यले यही बताइरहेको छ । यस उपन्यासमा दुनैदेखि काठमाडौ‘सम्मको यात्रा प्रस्तुत गरिएको छ । तापनि शोषणको प्रवृत्तिमा कुनै अन्तर देखिन्न । घटना परिस्थिति बेग्लै होलान् तर शोषणको प्रकृति समान छ । यस उपन्यासमा बालबालिकालाई समाजको स्वरूप प्रस्तुत गर्दै यथार्थवादी ढङ्गबाट बालबालिकाहरूको समस्यामा केन्द्रित हु‘दै राज्यप्रति कटाक्ष विचार नजानि‘दो रूपबाट प्रस्तुत गरिएको छ । सरल प्रस्तुति, सरल भाषा, ग्रामीण वा सहरिया जीवनको चित्रण, बालबालिकाहरूप्रतिको त्यो परिवार र समाजको संरचना, समाजमा देखापर्ने वर्गद्वन्द्व आदि यस उपन्यासमा सफल रूपबाट प्रयोग गरिएको छ । निम्नवर्गका बालकहरू जसलाई उच्च वर्गले मानव सोचेको छैन, तिनलाई मानवीय उचित शिक्षा दिएमा तिनीहरू समाजमा घुलमिल भएर रहन सक्छन्, जसका लागि राज्यले उचित वातावरण सिर्जना गर्नुपर्छ भन्ने उपन्यासको आसय हो । त्यो आवाज यहॉ राम्ररी मुखरित भएको छ । उपन्यासले चाहेको सफलता र चेतना यहॉ राम्ररी प्रष्ट्याइएको छ ।
८. चम्किला चौध कोपिला
चम्किला चौध कोपिला शीर्षकको पुस्तक पढे‘ धेरै खुसी लाग्यो । यसमा चौध प्रतिभाका राय विचारहरू समेटिएका रहेछन् । यसभित्र पस्दा मेरो अनुभव यो रहेको छ कि विशेष प्रतिभाहरू गरिबीको कोखमा जन्मि‘दा रहेछन्, तर तिनीहरूले अवसर नपाएर दुःखस‘ग सङ्घर्ष गरिरहेका हु‘दा रहेछन् ।
यस पुस्तकभित्र सङ्घर्षका कथा छन् । हृदयबाट उत्पन्न भएका मार्मिक भावना छन् । जीवनका अनेक चाहना छन् । तर ती सङ्घर्षको सफलतामा छन् । यस पुस्तकका अनेक पाना पल्टाउ‘दै गरे सबैका इच्छा आकाङ्क्षा क्रिया–प्रतिक्रिया प्रेरणा र प्रशंसाका थु‘गाहरू पनि देखिए । यहॉका बालबालिकामध्ये कसैलाई तौलका दृष्टिले कम मान्न सकिन्न । सबै उत्तिकै फुल्ने प्रयासमा छन् । तर, कतिपय पक्ष ज्यादै मार्मिक लाग्यो जहॉ अपाङ्गताले गिराउन खोजेको छ । त्यसलाई चुनौती दि‘दै सफलताको यात्रामा जीवन अगाडि बढेको छ । उन्नतिको शिखर चुम्ने प्रयास गरिरहेको छ । साधनाले सङ्घर्ष गर्ने प्रेरणा दिइरहेको छ । सङ्घर्षले उत्साहित बनाएको छ । जीवनप्रति प्यार छ । साधनाले प्रतिबद्ध भएर अटल विश्वास दिइरहेको छ । यस पुस्तकभित्र आर्थिक समस्याका गॉठाहरू कसले जीवनको घॉटी कसेका छन्, आर्थिक कठिनाइका कारणबाट मानिस पीडित हुनु परेको स्थिति यहॉ प्रकट गरिएको छ । विभिन्न प्रतिभाका विभिन्न आकाङ्क्षा जसले यो पुस्तक पढ्छ जीवनको वास्तविक परिचय पाउ‘दै सफल जीवनका लागि प्राप्त गर्नुपर्ने प्रेरणा र जीवनलाई तिखार्ने अवसर पाउ‘छ । यदि कुनै वृद्ध व्यक्तिले यो पुस्तक पढ्यो भने त्यो मानवता सुकेको जीवनमा भावनाका स–साना मूल फुट्ने छन् र दयासहितको मानवताको महŒव बुझी मानिसलाई मानिसकै रूपमा बुभ्mन सक्नेछ । यस पुस्तकमा अनुशासित जॉगरिला परिश्रमी मानिसहरू देखा पर्छन्, जसले अरूलाई हृदय बॉडेर मानवताको दुनियॉमा पस्न आदेश दिन्छन् । यो पुस्तक पढ्दाखेरि मैले अलिकति व्यङ्ग्यको नजानिदो रूपमा अचार चाखे‘ र त्यस्ता मानिसहरू भेटे‘ जो आपूmलाई देश सञ्चालक हु‘ भन्छन्, तर पीडा देख्न ऑखा चिम्लिन्छन् । यसका साथै टुप्पोबाट पलाएर आएका ठूला मानिसहरूको चित्रण गर्दै गरिबीको मार्मिक कथा यस पुस्तकमा चर्चा गरिएको छ । मलाई लाग्यो चौध कोपिला एउटै बगै‘चाका पूmल हुन्, जसमा १४ ओटा सौन्दर्य छन् र तिनलाई एकत्रित गरेर एउटै सौन्दर्यको मूलो बनाइएको छ । जसमा अनेक रङ्ग छन्, अनेक रूप छन् । तसर्थ यो पुस्तकबाट बालबालिकाले जीवन पढेर जीवन बनाउने प्रेरणा लिन्छन् । सधै‘ सामाजिक भावनाको विकासमा प्रेरणा थप्ने काम गरेको छ । छोटा–छोटा प्रश्न, छोटा उत्तर तर वैचारिक स्तरीयता, मार्मिक हृदयस्पर्शी सरल भाषाशैली र खोजमूलकता यस पुस्तकका विशेषता हुन् ।
९. उज्यालोको खोजीमा
उज्यालोको खोजीमा शीर्षकको बालनाटकको अध्ययन गर्दा म २०६४ सालको आन्दोलन र त्यसस‘ग जोडिएका घटनाहरू स्मरण गरिरहेछु । जसमा तीन धार देखापरेका थिए । एक राजा, दुई काङ्ग्रेस र संयुक्त बाममोर्चा, तीन संयुक्त राष्ट्रिय जनआन्दोलन, जसअन्तर्गत काङ्ग्रेस र वाममोर्चा राजा यी तीन पक्षले सम्झौता गरे । त्यतिखेरको त्रिपक्षीय धारअन्तर्गत वाममोर्चा, काङ्ग्रेस र राजाको उद्देश्य एउटै थियो । संयुक्त राष्ट्रिय जनआन्दोलनको उद्देश्य अभैm अगाडि जानुपर्छ, अधिकार पुगेन भन्ने थियो । त्यसैले मलाई एउटा गीतको पङ्क्ति याद आइरहेछ ।
(काङ्ग्रेस बाममोर्चा राजा सम्झौता धोका हो ।)
यस नाटकमा त्यही इतिहासलाई पुष्टि गरिएको छ । बाबु छोराको संवाद सिंहदरबार र रगतको प्रसङ्ग उठाइएको छ । हिजोदेखि आजसम्म बालअधिकार र जनअधिकारको कुरा धेरै भए तर ती पूरा हुन सकेका छैनन् । यसो हुनुको कारण नेतृत्वले जनतालाई अग्रगामी सोचका साथ चेतना अभिवृद्धि गर्न सहयोग नगरेको र बारम्बार धोका दि‘दै आएको परिस्थिति यस नाटकभित्र राम्ररी चर्चा गरिएको छ ।
यस नाटकलाई नाटकीय तŒवका आधारमा हेर्दा नाटक भन्न नसक्ने स्थिति नरहेतापनि यसले उठाएको विषयवस्तु इतिहासस‘ग जोडिएर समय समयका घटनास‘ग गॉसिएर तिनको वास्तविक रूपलाई बालकको अधिकारस‘ग जोडिएको छ । सरल संवाद, सरल शैली, सरल भाषा र सरलदेखि जटिलसम्मका प्रश्नहरू यस नाटकका संवादमा रहेका छन् । कतिपय पक्ष दुर्वल रह‘दारह‘दै इतिहास, बालअधिकार, सत्तासीनहरूको बहिरोपनप्रति गरिएको लाञ्छना औधी सुन्दर छ । यसले अ‘ध्यारोभित्रबाट उज्यालोको खोजी व्यङ्ग्यको माध्यमबाट खोजेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2074

लेखकका अन्य रचनाहरु