मेरो पुस्तक "सम्बन्धका घुम्तीहरु" विमोचनका क्षण

- इन्दिरा दीक्षित

बेलायत पुगेको १५ दिन पनि भएको थिएन कृष्ण बजगार्इं सरको फोन आयो "म्याडम तपाईँको पुस्तक विमोचन गर्ने हैन" ? म अकमक्क परेँ । नयॉं पुस्तक कथासङ्ग्ररह "सम्बन्धका घुम्तीहरु" छापिने बित्तिकै काठण्डौबाट तुरुन्तै बेलायत आइहालेँ, पुस्तक विमोचन पनि भएको थिएन । पुस्तक त मैले लेखेकी थिएँ तर सबै प्रबन्ध कृष्णसरकै थियो । हुन्न भन्ने त कुरै थिएन, हुन्छ भन्न पनि कसरी हो ! नयाँ ठाउँ, आफुलाई यताको केही भेउ छैन, छोरी ज्वाइँले निम्ताएकोले घुम्न आएकी, उन्को फुर्सद के कसो हुन्छ नसोधी कसरी हुन्छ भनौ ! म अकमक्किएको बुझेर उहाँले भन्नुभयो, "भरेभोलि सोचेर जवाफ दिए पनि हुन्छ" मैले हस् भनेर फोन राखेँ ।
बेलुकी छोरीज्वाइँका अगाडि कुरा राखेँ । उन्ले सोधे "कैले र कहाँ कार्यक्रम गर्ने रे त ममी "? याे त मैले सोध्नै बिर्सेंछु ! आधा कुरामा उनीहरु हाँसे, राम्ररी सोधेर पक्का गरिस्यो न मम् ! हामी जसरी नि बिदा मिलाउँछौ । उनीहरूका तर्फबाट आस्वस्त भएँ । उहॉंलाई म भोलि सोधौला
यति भन्दै आफ्नो कोठातिर लागेँ । त्याे रात राम्रो सँग निन्द्रा पनि लागेन ।
भोलिपल्ट ८ बजेतिर मैले कृष्णसरलाई फोन गरेँ । औपचारिक अभिवादन पछि मैले भने "सर ! विमोचन त गर्ने तर कैले र कहॉं गर्ने हो ? मेरा छोरीज्वाइँले सोधेका छन् । उनीहरु पनि कार्यक्रमा आउँछन् र आवश्यक सहयोग पनि गर्छु भनेका छन्" उहाँले भन्नुभयो " तपाईं बृस्टलमा बस्नुहुन्छ म लण्डनमा बस्छु, हामी दुबैलाईं मिल्ने गरी रेडिगँमा मिलाउँन लागेको, त्यता मेरा साथीहरुले भानुजयन्ती मनाउने कार्यक्रम छ, म पनि जानुपर्छ, त्यति बेला तपाइँको पुस्तक पनि विमोचन गर्ने बिचार गरेको छु, यही १८ जुन आइतबारका दिन कार्यक्रम हुदैछ ।"
रेडिगँको नाम सुन्नेबित्तैकै म त दँग परेँ, त्यता त मेरी छोरीको आफ्नै घर छ जहाँ सासूससुरा,देवर सबै बस्नुहुन्छ, केही समय अगाडिसम्म त यिनीहरु पनि उतै बस्थे, कामको शिलशिलाले बृस्टलतिर अर्को घर किनेर बस्नुपरेको हो । अर्को हप्ता त हामी पनि सम्धीसम्धिनी भेट्न जाने कुरा थियो, पुस्तक विमोचन पनि त्यसैबेला पो हुन् रहेछ, मेरो आश्चर्यको सीमा रहेन । म दङ्रग परे ।
त्यसको दुइ दिन पछि एउटा अपरिचित फोन आयो, रेडिगँबाट बिनोद अधिकारीजीले गर्नुभएको रहेछ । मेरो किताव सम्बन्धी जानकारी र एउटा किताब पनि पोष्ट गरेर पठाउन अनुरोध गर्नुभयो, कारण बुझ्दा कृष्ण सरले भन्नुभएको रहेछ, मेरो कितावको कथाहरुका बारेमा पढेर केही प्रकाश पारिदिनुहोला भन्नुभएकोले मैले सम्पर्क गरेको हुँ , "म्याडम ! हजुरको किताव नपढी कसरी मैले बोलूँ"? हुन्छ म पठाउँल त भनेँ तर कुरा यत्तिकैमा टुँगिएन , निकै लामो कुराकानि भयो, बिनोदजीले मेरो बारेमा अरु आवश्यक सबै जानकारी पनि मबाट लिनुभयो ।
शुक्रबार बेलुकीतिर छोरीज्वाईं सहित हामी चारैजना रेडिगँ बस्दै गयौं । हाम्रो उपस्थितिमा परिवार सहित सम्धीसम्धिनी पनि निकै खुसी हुनुहुन्थ्यो , झन मेरो पुस्तक विमोचनको खवरले अझ खुसी बनायो । शुक्रबार बेलुकी पुगेका हामी यताउता कतै जाने कुरा थिएन, विमोचन कार्क्रम आइतबार भएकोले शनिवार रेडिगँ बजार वरपर घुम्ने योजना बन्यो ।
बजार नजिकै घर रहेछ हिडेरै सबैतिर भ्याइने, बिहानको नास्ता पछि सम्धीज्यूको परिवार पाँच जना र हामी दुइ गरी सातजना घरबाट निस्कियौ । नगिचै हिन्दू मन्दिर रहेछ । पैला मन्दिर नै दर्शनगर्न गयौ । सम्धीसम्धिनीले हार्दिकताका साथै खुसिखुसी हामीलाई सबै सहर घुमाउनुभयो, हामी पनि नौलो र नयॉं ठाउँ दङ्ग परेर हेर्दै हिड्यौ, दिनको खाना नेपाली रेस्टुराँतिरै भयो, बजार किनमेल र घुमघाम पछि साँझतिर घर फर्क्यौ । राती त खाएर आराम गर्ने न हो । तर भोलिपल्टको कुराले निन्द्रा लाग्न दिएको थिएन । निकै बेरको छट्पटी पछि कुनबेला निदाएछु पत्तो भएन ।
आइतबार बिहान सबेरैदेखिको तरखर तर कार्यक्रम भने एक बजेदेखि सुरु हुने रहेछ । बिनोद अधिकारीजी जुन भानुजयन्ति कार्क्रमका सँयोजक हुनुहुन्थ्यो मेरा सम्धी भक्ति चुडालजीको साथी पनि हुनुहुँदो रहेछ, साथी भेट गर्न हो अथवा पुस्तक लेखिकालाई एक नजर हेर्ने मनशायले हो बिहान कार्यक्रम स्थल जानुभन्दा अगाडि रेडिगँको घरमा आउनुभयो । पुस्तक बिमोचनका लागि आवश्यक सबै सरजाम पनि आफैले बोकेर ल्याउनुभएको रहेछ । करिव १५ मिनेट जति बस्नुभयो आवश्यक सरसल्लाह पछि मतिर फर्कदै भन्नुभयो "म्याडम् ! तपाईंको पुस्तक सबै पढें निकै राम्रो र स्तरीय लाग्यो, तपाईँलाई बधाइ छ" ! खुसीले दँग परेँ, धन्यवादसम्म भन्न भ्याएछु । विनोदजी हामीलाई चाँडै आउन भन्दै चाजोपाँजो मिलाउन अलि चाँडै कार्क्रम स्थलतिर जानुभयो ।

सम्धीसम्धिनी , छोरीज्वाईं, अनि ज्वाइँका किसोर भाइ सबैको आआफ्नै तरिकाको चटारो थियो, मानौ कुनै ठूलो उत्सव मनाइँदैछ । खाना खाएर बार बज्दा नबज्दै औपचारिक पोसाकमा सजिएर घरबाट सबैजना निस्कियौ । तस्वीरका सोखिन सम्धीज्यूले तुरुन्तै केही तस्वीर पनि निकालिहाल्नुभयो । कार्यक्रम स्थल नजिकै पाँचमिनेटको दूरिमा रहेछ । म दँग पर्दै हिड्दै थिएँ, फोनमा मात्र कुरा हुने समकालीन साहित्य प्रतिष्ठा (जस्ले मेरो पुस्तक प्रकाशित गरेको छ) का मालिक, सम्पादक श्री कृष्ण बजगाईँ, आज त साक्षात्कार पनि हुँदैछ ! तस्वीरको मान्छे र सशरीर देखिदा कति फरक होला त ?
सोच्दासोच्दै कार्क्रम स्थल पनि पुगियो । निकै तामझाम का साथ भानुजयन्ती मनाउन लागिएको रहेछ । करिव दुइसय जति मान्छे अटाउने ठिक्कको हल रहेछ । हलको वरपर ध्वजा पताकाले शृंगारिएको, हलको एकापट्टि कुनामा मन्च बनाइएको रहेछ, मन्चको अगाडीपट्टि भित्तामा ठूलो भानुभक्तको तस्वीर झुण्ड्याइएको, तस्वीर वरपर फूलमालाले सजाइएको थियो । मन्चको दायॉंबायॉं केहि कुर्सिहरु राखिएका थिए, सायद विशिष्ट पाहुनाहरुकालागि होला, मन्चको ठिक आगाडी थुप्रै कुर्सिहरु मीलाएर राखिएको थियो, आगन्तुक दर्शक र स्रोता माहानुभावहरुको लागि होला र मन्चको बिचोबिचमा माइक उभ्बिएको थियो । समष्टमा कार्क्रम हल निकै आकर्षक देखिएको थियो ।
ऐले ब्यलायत निकै नेपालीहरुको कर्मथलो बनेको छ । ऐले मात्र हैन इतिहॉंस पल्टाएर हेर्दा राणाशासन कालका पहिलो प्रधानमन्त्री जँगबाहादुर राणादेखि नै नेपाल र ब्यलायतको मित्रता कायम भई आओत जाओत सुरुभएको थियो । पछिपछि कॉंम र पढाइको शिलशिलामा ब्यलायती र नेपालीको आओत जाओत कायमै रह्यो । यतिमात्र नभएर इस्टइण्डिया कमपनिले दोश्रो बिस्वयुध्दको बेलामा नै नेपाली बाहादुर हुन् भनेर चीनेको थियो र इण्डिया छोड्दा ब्यलायतले आफ्नो सेना बृटिस् आर्मीमा समेत नेपालीलाई सामेल गरेको थियो । यो क्रम आजसम्म पनि कायमै छ । यी नेपाली बृटिस सैनिक आफ्ना परिवार सहित ब्यलायतमानै बसोबास गर्दै आएका छन् र बेलायत सरकारले आफ्नै देशका नागरिक सरहको सुबिधा दिएर राखेको छ ।
सैनिक क्षेत्रमा मात्र नभएर पढाई होस् या अन्य अरु काम नै किन नहोस् तिष्ण बुध्दि भएका नेपालीले ब्यलायती सरह गोडा जमाएर बसेका छन् । ब्यलायतजस्तो सुबिधा सम्पन्न देशमा बसे ता पनि नेपालीले आफ्नो जन्मभूमी बिर्सदैनन् भन्नेकुराको प्रमाण आज म देख्दैछु ।
ग्रेटर रेडिगँ सोसाइटी तथा साहित्य सँगमको सँयुक्त आयोजनामा २०४ रौ भानु जयन्ती मनाउन लागेको रहेछ । निकै गन्यमान्य ब्यक्तिको उपस्थितिको साथै ब्यलायतको लागि नेपाली राजदूत डा. दुबसु क्षेत्री ज्युको पनि उपस्थित हुने कर्यक्रम रहेछ । यस्तो ब्यस्त दुनियाँ को ब्यस्ततासँग जुध्दै केहि समय निकालेर नेपाल र नेपाली भाषालाई नबिर्सिकन ससन्मान यसरी साहित्यिक कार्क्रम गर्नु भनेको हामीसबै नेपालीकालागि गौरवको कुरा हो । धन्यबाद छ ती नेपालीहरुलाई जस्ले बिदेशमा बसेर पनि आफ्नो मातृभूमी बिर्सदैनन् र अनेकने सँघसँस्थाको नाममा नेपाल चिनाउने कार्य गरिरहेका छन् । बरु अचेल त नेपाल भित्रै बस्नेले पो नेपाल बिर्से कि जस्तो लाग्छ ।
कार्यक्र सुरुहुन केहि समय बाकि नै थियो । अरु आगन्तुक पनि आउँदै थिए । हलभित्र पस्नेबित्तिकै मेरा आँखा खोज्दै थिए कृष्णसर कता हुनुहुन्छ । अगाडितिरको मेचमा साथिहरुसँग गफ गर्दै हुनुहुँदोरहेछ मैले पछाडिबाट अन्दाजैले चिने पक्कै कृष्णसरनै हो । सरासर अगाडी पुगेँ उहाँले पनि मलाई देख्नेबित्तिकै चिनिहाल्नुभयो । ओहो ! म्याडम नमस्कार ! फोनमा धेरैपटक कुराकानी भए पनि हाम्रो भेट त यो नै पहिलो थियो ।
अग्लो र पातलो सरिर, रोवदार मुहारमा शौम्य हासोसँगै उभिएर गरेको नम्स्कारमा मेरालागि आदर सहितको सन्मान पनि भएझै लाग्यो । मैले पनि दुइहात जोडेर नमस्कार भने । कृष्णपत्नी सज्जु बजगाईँ पनि साथै हुनुहुन्थ्यो, मझोला कदकाठकी आकर्षक अनुहारभएकी राम्री युवाकवि भनेर चिनिने सन्जु बजगाईँ उहाँसँग पनि नमस्कारको आदनप्रदान भयो । कतिराम्रो जोडी दुबै पतिपत्नी साहित्यमा लागेका, विरललै पाइन्छ होला यस्तो आदर्श पतिपत्नी । म पनि नजिकै बसेँ । कुसलमँगल सहितको भलाकुसारि एकक्षण भयो फर्स्यइलो मिजासका पतीपत्नी, सघै चिनिएको मान्छे जस्तो अपन्वत्व भावको कुराकानि म त निकै प्रभावित भएँ, हामी त काठ्माण्डौबासी , राजधानीका मान्छे अलि घमण्डी हुन्छ भन्छन्,जे भए पनि अलि सबैसँग घुलमिल हुन नखोज्ने र टाढै बस्ने मिजासका चै हुन्छन्, म मा पनि त्यो गुण भए झै लाग्छ, झट्ट कसैसँग बोल्न नखोज्ने, बोल्न नजानेर पनि हो कि कसो हो ! तर बिदेशमा बसेका जो कोहि पनि नेपालीहरु, थोरै चिनीएको किन नहोस् अपन्वत्व देखाइहाल्ने स्वभावका मैले पाएँ ।
सँजुजीको साथमा ७/८ बर्षजतिको चुलबुले छोरा पनि थियो । एकैक्षणमा सन्जुजीसँग अझबढि घनिस्टता बढेझै लाग्यो ,उहाले पनि मलाई कोहि आफ्नै मान्छे भेटेझै, आफ्नो मनको कुरा गरिहाल्नभयो, "बिदेश त बिदेश नै हो नि स्वदेश त हैन, आखिर अर्काको देशमा बसेर गरेको आर्जनको के महत्व हो र ! आफ्ना त सबै उतै छन् ! आफन्त देखि टाढिएर गरेको उन्नति र पाएको खुसिसँग के सन्तुष्ट हुने हो र ! हैन र दीदी"?
क्षणिक भेटको कुराकान्मा मैले बुझे अनुसार सन्जुजीको कविहृदयले स्वदेश र स्वजनलाई भुल्न दिएको रहेनछ र बिदेशमा यत्तिको समय बिताए पनि रमाउन सकेको रहेनछ जस्तो लाग्यो । सायद सबै नेपालीको बाध्यता यस्तै होला । सरिर बिदेश भए पनि मन त स्वदेशमा नै पुग्छ ।
यत्तिकैमा कार्यक्र सुरु हुन् आट्यो, उद्घोषकले सन्मानित ब्यक्तिलाई मन्च अगाडि निम्त्याए । सभापति, उप सभापति, लगायत बरिष्ट ब्यक्ति ब्यलायतका लागि नेपाली राजदूत डा. दुबसु क्षेत्रीको पनि आगमन् भयो । लहरै सन्मानित ब्यक्तिका साथमा मेरो पनि नाम बोलाइयो कवि इन्दिरा दीक्षित ! लजाउँदै उठेर गएँ, सबै सन्मानितका साथमा म पनि सामेल भएँ, मनमनै सोचेँ ! यत्तिका बरिष्ट ब्यक्तिका हारमा म पनि मिल्ने भए त ? । माथि मन्च बाट अगाडि हेर्दा थुप्रा मान्छे जम्म भै सकेका मेच कुर्सि सबै भरिभराउ थियो । रेडिगँबासी मात्रै नभएर अन्यत्रबाट पनि आएका होलान्, लण्डनबाट कृष्णसर आए जस्तै ।
दुइजना महिला कार्क्रम परिचालिकाले मन्चमा उपस्थित सन्मानित ब्यक्तिलाई ब्याजलगाएर फूलका गुच्चाले स्वागत गर्ननुभयो । यो स्वागत मैले पनि पाएँ । उद्घोषकले कार्क्रम सुरुभएको जानकारी दिए । सुरुवातमा विसिष्ट सबै ब्यक्तिद्वारा भानुभक्तको तस्विरमा माल्यापरण गरियो जस्मा म पनि सामेल भएँ । सुरुमा राष्ट्रीय गान थियो ब्लयतबासी सानासाना केटाकेटीको मुखबाट नेपाली राष्ट्रीय गान सुनियो म दँग परेँ ! यताका केटाकेटी नेपाली नै भए पनि मैले अँग्रेजी मात्र बोलेको सुन्थेँ, नजानेर हो अथवा सजीलो भएर हो ! या त पढ्ने स्कुलमा जुनैबेला सबैसँग अँग्रेजीमा बोल्नुपरेर नेपालीको बानी छुटेर हो अथवा जन्मेदेखि अँग्रेजी मात्रै बोलेर हो ! सबैका छोराछोरी अँग्रेजी मात्र बोल्थे । तर यी केटाकेटीले यति स्पस्टसँग लयहालेर राष्ट्रीय गाना गाएको सुनेर मलाई अचम्म लागेको थियो ! पछि थाहापाएँ, बालबच्चाले आफ्नो मातृभाषा बिर्सलान् भनेर नेपाली पढाउने कक्षा बिदाको दिन आफूहरुमिलेर सन्चालन् गर्ने गरेको रहेछ । कतिराम्रो कुरा ।
माल्यार्पण, रास्ट्रीयगान पछि स्वागत मन्तव्य अनि कविता पाठ सुरुभयो । म मन्चमा बसेर सुन्दै गएँ बालक, युवा र बयोबृध्दले पनि कविता सुनाए । म मन्त्रमुग्ध भएँ, बिदेशी भूमीमा पनि यतिराम्रो कविता बाचन हुँदो रहेछ । ती बालबालिकाले कनिकुथी नेपालीमा लेखेर पढेका कविता देखि उत्कृष्ट रचना सम्म सुन्न पाइयो । उक्त कार्यक्रमा कविता पाठगर्ने कविहरु
दुर्गाप्रसाद पोखरेल,डा. रुपक श्रेष्ठ, बासु सर्मा, फणिन्द्र भट्टराई, बिनोध अधिकारी, कृष्ण पहारी, निर्मला न्यौपाने, गोपाल शाही पथिक, डा.त्रिलोचन उप्रेती, गिता खरेल, अन्जु आचार्य, लक्ष्मी पौडेल, प्रेम गुरुगँ, केनिशा गौतम, सजल निरौला, प्रतिमा केसी, रमेश कायस्थ, लक्ष्मीप्रसाद सर्मा, रोशन न्यौपाने, रमेश श्रेष्ठ, रिशव न्यौपाने, लालबाहादुर गुरुगँ, कल्पना पण्डित, कृष्ण न्यौपाने, ओमकार अधिकारी, महेशहरि आचार्य, लगायत कृष्ण बजगाईँ र सन्जु बजगाईँ दम्पतिले पनि कविता बाचन गर्नुभएको थियो, यस सुअवसरमा मैले पनि आदिकवि भानुभक्त आचार्यप्रति, स्रध्दासुमन स्वरुप एउटा छन्दबध्द कविता पाठ गरेकी थिएँ ।
रमाइलो कार्यक्रम बिच मेरो पुस्तक 'सम्बन्धका घुम्तीहरु' बिमोचनका सुरुवात भयो । सम्माननीय राजदूत दुबसु र मलाई मन्चमा बोलाइयो । फुलैफूलले सजिएको ठूलो किस्तिभित्र मेरो पुस्तक राखिएको थियो, बिनोध अधिकारी दम्पतीले किस्ति राजदूतको अगाडी ल्याए । म राजदूतसँगै उभ्बिएको थिएँ, किस्तीभरि रहेको फूलको भित्रबाट राजदूत दुबसु क्षेत्रीले मेरो पुस्तक निकाल्नुभयो केहि फूलहरु मेरो शिरमाथि पनि छरिएँ । राम्रो कागजले बेरिएको मेरो पुस्तक खोलेर देखाउनुभयो "कथासँग्रह सम्बन्धका घुम्तीहरु" ! तालिको गड्गडाहटको विचमा राजदूतले मलाई ठूलो पुस्पगुच्छा उपहार दिँदै सन्मान ब्यक्त गर्नुभयो । तस्वीर निकाल्नेको लाइन मन्चतिर लागेको देखेँ यत्रो सनमान पाएर म गद्गद् भएँ ।
सोहि अबसरमा राजदूतले केहि शब्द बोल्नुभयो ! "कवि इन्दिरा दीक्षितलाई वधाइको साथै उहाँका कथा सँग्रह 'सम्बन्धका घुम्तीहरु' नेपाली साहित्यको अमूल्य नीघिको रुपमा रहने छ । साहित्य जगतमा महिला साहित्यकारको आगमनले नयाँ आयाम थपिने छ"।
सोहि अबसरमा मेरो कथासँग्रह पुरा पढेका बिनोध अधिकारीजीले कथासँग्रह भित्र रहेका २१ वटै कथाका बारेमा छुट्टाछुट्टै केहि प्रकाश पार्नुभयो । 'सम्बन्धका घुम्तीहरु' मैले सबै पढेँ भन्दै अधिकांश कथाहरु कल्पना भन्दा हाम्रै परिवेश वरपरका यथार्थपरक कुराहर समेटेको मैले पाएँ भन्ने टिप्पणि ब्यक्तगर्नुभयो ।
कविता बाचनको अन्त्य पछि पुरस्कार बितरण पनि भयो । कार्यक्रमको अन्तमा राजदूत डा. दुबसु क्षेत्रीले भानुभक्तको बारेमा प्रकाश पार्दै आफ्नो मन्तव्य ब्यक्तगर्नुभयो । मनतव्यको अन्त्यमा, "यतिराम्रो कार्क्रमका भाग लिन पाएको र कवि इन्दिरा दीक्षितज्यूको पुस्तक विमोचन गर्न पाएकोमा म ज्यादै खुसी छु" भन्नुभयो । राजदूत जस्तो गरिमामय पदमा रहेका र आफैमा यति विद्वान् ब्यक्तिले पटक पटक मेरो नाम लिनु भनेको मेरालागि अत्यन्त खुसिको कुराथियो ।
कार्यक्रम सकियो, बाहिर नेपालीले मम बेच्दै थिए, कोहि घर तिर लागे कोहि मम तिर, मलाई भने कृष्णसरसँग भेट्नु थियो तर निकै अबेर भै सकेको र उहाँलाई लण्डन फर्कनुपर्ने भएको ले धेरै बेर गफिने फुर्सद भएन, खै म्याडम ! तपाईँको किताव किन्ने सुरुवात मै गर्दिन्छु भन्दै एउटा किताव किन्नुभयो, अनि भन्नुभयो "तपाईं त खुसि हुनुहुन्छ नि"? म हाँसेँ मात्रै, मेरो जवाफ केहि थिएन ।
सन्जुजीले बिदामाग्दै भन्नुभयो "लण्डन घुम्नआउदा हामीकाहा पनि आउनुस् न है दीदी"! मैले हुन्छ मौका मीले आउँछु भनेँ, उहाँहरु आफ्नो बाटो लाग्नुभयो,हामी आफ्नो बाटो लाग्यौ ।
म सोच्दै थिएँ कृष्णसरलाई त एकपटक धन्यवाद भन्न पनि बिर्सेछु !
यत्रो समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष, बिगत १३ बर्षदेखि समकालीन वेभपत्रिकाका सम्पादक, मैले त उहालाई चिनेको हैन । मेरा फेसबुके साथि मात्र, तर उहाको उदारताले गर्दा नै आज म यति माथि एउटा साहित्यकार, कवि रचनाकार, स्रष्टा खै के के नामले बिभुषित भएँ ।
ब्यलायत जस्तो ठाउँमा मेरो पहिलो पुस्तकको बिमोचन, त्यो पनि राजदूतको हातबाट ! आँखा अगाडी घुम्दैछ राजदूत डा. दुबसु क्षेत्रीले पुष्पगुच्छा मेरो हातमा दिएर सन्मानसहित झुक्दै नमस्कार गरेको ! अनि मन्चको तल बसेर थपडीमार्ने त्यत्तिका रेडिगँबासी नेपालीका हारमा मेरा छोरीज्वाईं (सुदिक्षा दीक्षित, सुभज चुडाल) सम्धीसम्धीनी (भक्ती चुडार,जानुका सिटोला) अनि उहाँहरुको कान्छो छोरा (सुशान्त चुडाल) हसिलो मुद्रामा खुसिले उठेर थपडी मार्दैगरेको मैले देख्दै थिएँ, छोरी त अझ अगाडीअगाडी सर्दै फोटो भिडियो खिचेर तुरुन्तै फेसबुकमा पोष्ट पनि गर्दै थिइन्, छोरीको प्रफुल्ल मुहारमा खुसिका भावहरु प्रष्ट देखिदै थियो ।
सपना जस्तै लाग्छ ! यत्रो सन्मान मैले पाएँ त्यो पनि स्वदेशमा नभएर बिदेशम । अनि स्वजनबाट नभएर परिजनबाट ! यस्तो कसरी भयो होला !
दुईढाईवर्ष पहिले एउटा सामान्य कविता लेख्दै फेसबुकमा टास्दै गर्ने मान्छे म, कताकताबाट हो कृष्णसरको नजर पर्यो फेसबुकमै म सँग सम्पर्क राखेर अरु धेरै लेख्न आग्रह गर्नुभयो, उहाको आग्रहलाई स्वीकारेँ तर के लेखु ! अझै अल्मलिदै थिएँ, उहालेनै कथा लेख्न भन्नुभयो, मैले हवस् भनेर कथाहरु लेखेँ । लेख्ने काम त मैले गरेँ बाँकि सम्पादन् देखि छपाउने सम्मको जिम्मेबारि पनि आफै उठाउनु भयो । छपाएर मात्र नभएर आज यत्रो तामझामका साथ सबै प्रवन्ध मीलाएर मेरो कितावको विमोचन पनि गराउनुभयो ।
उहाको पारखि नजरले मेरो भित्र लुकेको प्रतिभालाई चीनेछ, बाहिर ल्याउन मध्दत गर्नुभयो । कैलेकॉंहि मनले हरेस खादा ढाडस दिनुभयो, अल्मलिदा बाटो देखाउनुभयो । म त घरब्यबहारले पुरिएकी एउटी अबला नारी ! सम्पुर्णरुपमा सबला बन्न उहाले सिकाउनुभयो कठोरता र स्नेहको बिचमा उहाले देखाएको बाटो म हिड्दै गएँ ।
आज मलाई कसैले भनेको उक्तिको याद आयो "सोझाको साथ दैव हुन्छन्" दैवलाई पनि म माथि दयालागेको हुनुपर्छ कुनै मानव रुपि कृष्णलाई मेरोलागि देवदूत बनाएर पठाएछन् कि जस्तो लाग्छ ।
'धन्यवाद' जस्तो शब्द उहाँकोलागि तुच्छ हुन्छ होला ! यो त कतै पसलमा सामान किनेर मूल्य चुकाएर हिड्दा धन्यबाद भनेजस्तो ! उँहाको गुनबाट ऋणी भएकि म ! धन्यवाद भनेर पन्छनखोज्नु माहाको भूल हुन्थ्यो होला ! त्यसैले आइन्दा कतै भेटभए पनि सायद धन्यवाद चाहि भन्दिन होला !
नपुग्दो उहालाई केहि थिएन, म जस्ती महिलालाई मान्छे बनाएर उहाले पाउने त केहि हैन, तर पनि मलाई डोर्याएर याहाँसम्म ल्याउनुभयो । कारण त मैले पनि बुझेको छैन कुनैदिन फेरि कतै यस्तै साक्षात्कार भएमा सोधौला, मेरो लुकेको प्रतिभालाई उजागर गरेर दुनियॉं सामू ल्याइदिनुभयो । आज इष्टमित्रका अगाडी मेरो पनि सन्मानजनक ठाउँ बनेको छ । दुनियॉंले 'कवि' भनेर सम्बोधन गरेको सुन्दा सन्तानको शिर पनि उचो भए जस्तो उनको हँसिलो मुहारले बताउछ ।
कृष्णसर ! मैले जीन्दगिभरी तिरेर नसकिने ऋणबाट म अऋणी कसरि बनौँ ? मनको कुनाले सधै सोधिरहन्छ म माथि यत्रो स्नेह देखाउनु को औचित्य के होला ?
कृष्णसरसँग भेटभए पनि नभए पनि उहाँले देखाएको बाटोमा म सधै हिडिरहन्छु । पुराना बितेका तितामीठा कुरालाई सम्झेर दिनबिताउनु भन्दा अरु नयॉं कृतिहरु लेख्छु, मनको कुरा त्यसैमा पोख्छु, लेख्दा आनन्द हुँदो रहेछ अनि त्यसैमा रमाएर बस्छु, समयले कति साथ दिन्छ, सरिरले कति साथ दिन्छ ! यो त ईश्वरको मर्जी न हो । उनैले जुन बाटो देखाउँछन् म त्यसैमा हिड्छु । तर आजको दिनमा म ज्यादै खुसिछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 श्रावण, 2074

लेखकका अन्य रचनाहरु