गजल

- डिल्लीप्रसाद अधिकारी

के गरौं म अरू स्वीकार, दुःखी छु म अहिले
न उजागर न प्रतिकार दुःखी छु म अहिले

सत्य बोल्न अघि सर्दा रिसाएछौ तिमी
जे गर्छौ गर सरकार दुःखी छु म अहिले

प्रश्न गर्न नपाउने आदेश जारी भयो
गणतन्त्र लम्पसार दुःखी छु म अहिले

अघि साथी हुँदा हामी एकै जिउका थियौं
टाढैबाट यो नमस्कार दुःखी छु म अहिले

धूर्त्त बन्न नजान्दा सजाय पो पाएँ मैले
गर जे छ केरकार दुःखी छु म अहिले

साथी मात्यौ जस्तो लाग्यो ठाउँ पाएपछि
गर्छौ खोक्रो खबरदारी दुःखी छु म अहिले

मेरा धेरै आफन्त छन् भनिस् डिल्लीप्रसाद
सहेको छु अत्याचार दुःखी छु म अहिले।।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 आसाढ, 2074

लेखकका अन्य रचनाहरु