विजयराज आचार्यका बालसाहित्यमा समाजवादी अन्तर्वस्तु

- डिजन भट्टराई

१. विषय परिचय
विजयराज आचार्य नेपाली बालसाहित्यको फँ“टमा प्रतिबद्ध साहित्यकार हुन् । उनको जन्म वि.स. २०३३ माघ ९ गते दाङबाङ–४ प्युठानमा भएको हो । बालसाहित्यमा आपूmलाई समर्पित गर्दै दर्जनौ“ कृति सिर्जना गरेका आचार्यले आप्mना सिर्जनामा आप्mनो चिन्तनदृष्टि र उद्देश्यलाई खुलारूपमा अभिव्यक्त गरेको पाइन्छ । बालसाहित्यमा कलम चलाउ“दै आएका आचार्यका मौलिक र अनूदित कृतिहरू प्रकाशित छन् भने बालसाहित्यसम्बन्धी कथा र नाटकको समेत सम्पादन गरिसकेका छन् । यसरी हेर्दा साहित्यकार आचार्य सर्जक, अनुवादक र सम्पादक व्यक्तित्वको रूपमा चिनिएका छन् । उनका मौलिक कृतिहरूमा नया“बस्ती (बालउपन्यास), उज्यालोको खोजीमा (सचित्र नाटक), परिवर्तन (बालउपन्यास), हाम्रो आवाज (बालउपन्यास), चम्किला चौध कोपिला (बालअन्तरवार्ता), बाटुली (बालकथा सङ्ग्रह), केवलपुरे किसान (सचित्र बालकथा), कान्छाकुमार (सचित्र बालकथा) लगायतका रहेका छन् भने अनुदित कृतिहरूमा विश्वप्रसिद्ध लोककथा भाग १, २, ३ र ४, हितोपदेशका कथाहरू, रमाइला चिनियँ“ बालकथाहरू, प्रसिद्ध चिनिया“ बालकथा, एउटा नया“ पुलको निर्माण, पञ्चतन्त्रका रमाइला कथाहरू, बाल बगै“चा (चिनिया“ बालकथा सङ्ग्रह), कृतज्ञ बाघ (सचित्र चिनिया“ बालकथा), विश्वप्रसिद्ध जापानी लोककथाहरू, लियो टोल्सटोयका उत्कृष्ट बालनाटकहरू लगायतका पाइन्छन् । प्रतिनिधि बालकथाहरू र प्रतिनिधि बालनाटकहरू समेत सम्पादन गरिसकेका यिनको साहित्य पूर्णतः बालसाहित्यको सेरोफेरोमा केन्द्रित छ । समाजको संरचना शोषणमूलक छ । अन्याय, अत्याचार गर्ने उत्पीडक वर्ग र शोषित तथा उत्पीडित वर्गबीचको अन्तरसङ्घर्षलाई बालबालिकाकै सापेक्षतामा साहित्य सिर्जना गर्नु नेपाली बालसाहित्यमा उनको एउटा बेग्लै र विशिष्ट पहिचान हो । त्यसकारण उनका कृतिहरूले समाजवादी अन्तर्वस्तुलाई बालबालिकासमक्ष प्रस्तुत गर्दै परम्परागत आदर्शवाद, अतिभावुकता, अर्थहीन काल्पनिकतालाई भत्काई समाजको यथार्थतालाई अभिव्यक्त गरेका छन्, जसका माध्यमबाट बालचेतनामा समाजको शोषणमूलक संरचनाबारे बुझ्ने र जान्ने अवसर प्रदान होस्, परिणामस्वरूप उनीहरू समाजको त्यो सामन्ती र घिनलाग्दो सामाजिक स्वरूपलाई भित्रैदेखि घृणा गर्न सक्षम होऊन् भन्ने देखिन्छ । उनका बालसाहित्यहरू उद्देश्यमूलक छन् । परम्परावादी साहित्यकारहरूले भै“m उनी बालबालिकालाई कोरा उपदेश र आदर्शमात्रै पस्कदैनन् बरु परम्परावादी सामाजिक संस्कार र चिन्तनले बालबालिकाका साथै समाजका तल्लो वर्गका मानिसमाथि कति धेरै अत्याचार भएको छ सोलाई समेत अभिव्यक्त गर्न पुग्छन् ।

२. बालमनोविज्ञान र बालसाहित्यको स्वरूप
बालबालिका समाजका जटिल पक्षहरूलाई विश्लेषण गर्न समर्थ हु“दैनन् । मानवीय जीवनका भावनात्मक र सपाट अभिव्यक्तिका साथै कल्पनाशीलता उनीहरूको रोचक र जीवनोपयोगी पक्ष बन्न पुग्छ । सामाजिकीकरणको पं्रक्रियामा अघि बढिरहेको बालस्थिति आदर्शको पक्षधर रहेको हुन्छ । सरल कथा प्रवाह र भाषाशैलीमात्र बुभ्mने बालबालिका चामत्कारिक र अद्भुत परिकल्पनालाई यथार्थ बनाउन चाहन्छन् । कार्य–कारण तथा तर्कसङ्गत कुराहरूभन्दा अलौकिकताप्रति उनीहरूको बढी चासो रहन्छ । इमानदारी, आदर्श र सत् पक्षधर बालबालिका असत् र विकृत पक्षहरूलाई अत्यन्तै घृणा गर्दछन् । भावुकता बालबालिकाहरूको महत्वपूर्ण विशेषता हो । सूक्ष्मतम् अनुभूतिलाई आत्मसात गर्न असमर्थ यिनीहरूले स्थुल र सपाट पक्षलाई आत्मसातीकरण गर्दै संवेदनाको अन्तर्तहमा पुग्दछन् । त्यसकारण बालसाहित्यको महत्वपूर्ण पक्ष भनेको स्पष्टता, स्थुलता, कल्पनाशीलता, मानवेत्तर चिजमा मानवीकरण गर्दै त्यसमा समाजको यथार्थको प्रस्तुति गरिनुपर्छ, जुन बालसाहित्यका निम्ति अपरिहार्य बन्न पुग्दछ । बालबालिका सामाजिकीकरणको प्रक्रियामा आप्mनो घर, परिवार, पर्यावरण, साथीभाइका साथसाथैै पुस्तकबाट पनि प्रशिक्षित बन्दै गइरहेका हुन्छन् । उनीहरू अत्यन्तै संवेदनशील हुने भएकाले त्यो विशिष्ट परिस्थितिमा जे सिक्छन् त्यो नै उनीहरूको दीर्घकालीन रूपमा बन्ने चरित्रको आधारशिला हो । यसकारण साहित्यको पक्षधरता बालसाहित्यमा पनि रहन्छ । त्यतिमात्रै होइन लेखकको जीवन जगत्लाई हेर्ने विश्व दृष्टिकोणबाट ती साहित्य विमुख हुन सत्तैmनन् ।
विशेषतः बालसाहित्यको विशेषता मनोरञ्जनमूलक मात्र नभएर उद्देश्यमूलक नै रहने गर्दछ । नैतिकताको प्रस्तुति यिनको अभीष्ट बन्न जान्छ । समाजको चित्रण बालसाहित्यमा समेत कुन रूपमा अभिव्यक्त छ भन्ने प्रश्न पनि एउटा महत्वपूर्ण प्रश्न हो । किनकि बालसाहित्य पनि विचार, चिन्तन र दृष्टिकोणले निरपेक्ष हुन सत्तैmनन् । यसले पनि यावत् साहित्यभै““m बालसापेक्ष यथार्थको एउटा विशिष्ट स्वरूपलाई अभिव्यक्त गरिरहेको हुन्छ । समाजको यथार्थलाई विशुद्ध आदर्शीकरणको दृष्टिले हेर्ने आदर्शवादी चिन्तन, समाजप्रति निरपेक्ष रहन चाहने चिन्तन, समाजको वस्तुगत यथार्थलाई अभिव्यक्त गरी सुन्दर, उद्देश्यमूलक, यथार्थलाई अभिव्यक्त गर्ने चिन्तन गरी विविध दृष्टिकोणबाट प्रस्तुत हुन पुग्दछ् । अन्य साहित्यभै“m बालसाहित्यमा पनि सामाजिक संरचना र लेखकीय दृष्टिकोण महत्वपूर्ण बन्न जान्छ जसका आधारमा ती साहित्यको उद्देश्यसमेत फरक फरक बन्न पुग्छ । आगामी पुस्तामार्पmत कस्तो सामाजिक सम्बन्धको निर्मांण गर्ने उद्देश्यसमेत बालसाहित्यमा जोडिन पुग्छ । त्यसकारण यो अत्यन्तै संंवेदनशील, महत्वपूर्ण र विचारणीय पक्ष हो ।
एउटा सिङ्गो पुस्तालाई कुन विचार, चिन्तन र दृष्टिकोणतर्पm डो¥याउने भन्ने प्रश्न महत्वपूर्ण भएकाले बालसाहित्यको विकासमा राज्य व्यवस्थाले अत्यन्त चनाखो भएर हेर्ने गर्दछ । हिजोको सामन्तवादी राज्य व्यवस्थाले बालसाहित्यमा परम्परागत आदर्श र दास मनोवृत्ति थोपरी दियो भने प्रजातान्त्रिक पू“जीवादी राज्य व्यवस्थाको उद्देश्य निरपेक्ष यथार्थको चिन्तनलाई जोड दिने रहन्छ । समाजवादी यथार्थवादमा आधारित बालसाहित्यमा क्रान्ति र परिवर्तनउन्मुख विषयको बोध गराइएको हुन्छ । समाजका वर्गीय शोषण, अन्याय, अत्याचारका कथाहरूमार्पmत बालबालिकामा उदात्त र प्रगतिशील भावनाको विकास गराउ“दछ । त्यसकारण आजको बालसाहित्यको दिशा पनि समाजवादी यथार्थवाद उन्मुख हुनुपर्छ । सामन्तवादी चिन्तन, विचार, संस्कारका विपरित निरपेक्ष यथार्थवादका साथै उपभोक्तावादी विकृत र भ्रष्ट संस्कृतिका विरुद्ध परिवर्तन, समानताउन्मुख, क्रान्तिकारी राज्य व्यवस्थाका निम्ति क्रियाशील रहने उद्देश्यमूलक केन्द्रमा आबद्ध बालसाहित्य नै आजको आवश्यकता हो ।
३. आचार्यको बालसाहित्यका सन्दर्भमा अभिव्यक्त दृष्टिकोण
विजयराज आचार्य बालसाहित्यमार्पmत बालबालिकालाई सकारात्मक चेतनाको विकास गराउँन चाहन्छन् । समाजका भएको भ्रष्टता, नग्तता, विकृत र विसङ्गत स्थितिलाई बालबालिकाको सापेक्षतामा अभिव्यक्त गर्न चाहन्छन् । जसले नेपाली समाजको शोषणमूलक व्यवस्थालाई बुभ्mन सघाउ पु¥याउ“छ । उनी परम्परागत आदर्शलाई स्वीकार गर्दैनन्, यसै सन्दर्भमा उनी भन्छन्, “विज्ञानले अस्वीकृत गरेका कुराहरूले बालबालिकालाई अगाडि बढाउन सत्तैmन, त्यसैले मैले सत्यतथ्य विषयवस्तुलाई बढी प्राथमिकता दिएको छु ।” (सं. श्रेष्ठ, २०६२ः७८) । उनको यो अभिव्यक्तिले बालसाहित्यसम्बन्धी परम्परागत मान्यतालाई भत्काउन चाहेको देखिन्छ । त्यति मात्र होइन, उनी समाजमा भएका अन्याय, अत्याचार, शोषण र उत्पीडनका कथाहरूमार्पmत बालबालिकालाई चेतनशील बनाउन चाहन्छन् । यही सन्दर्भमा उनी भन्दछन्, “बालबालिकालाई सही मार्गमा डो¥याउन यही समाजमा भएका विकृति, विसङ्गति, थिचोमिचो, अन्याय देखाउनु पर्दछ ।” (सं. श्रेष्ठ, ऐ.) । यो अभिव्यक्तिले उनको उद्देश्यलाई स्पष्ट पारेको छ । बालसाहित्यमा पनि लेखकीय पक्षधरता रहन्छ र त्यसले बालबालिकालाई कुन दिशातर्पm निर्दिष्ट गराउन चाहन्छ भन्ने कुरालाई समेत स्पष्ट पार्दछ । उनको यो अभिव्यक्तिले उनी समाजवादी यथार्थवाद नजिक देखिन्छन् । जसले समाजको परिवर्तन र क्रान्तिउन्मुख चरित्रलाई प्रस्तुत गर्दछ । गरिब, पिछडिएका, दुःखी, दलित, शोषित बालबालिकाको विषयवस्तु उठाउनु विजयको लेखनको छुट्टै विशेषता हो । (सं. श्रेष्ठ, ऐ.) यसरी वैचारिक र उद्देश्यमूलक दृष्टिकोणबाट हेर्दा आचार्य आफ्ना बालसाहित्यमा समाजवादी यथार्थवादको मूल मान्यतालाई केन्द्रबिन्दुमा राख्न पुग्दछन् । उनी शोषणमूलक राज्य व्यवस्था र सामाजिक संरचनामा बालबालिकाको शोषणका कथाहरू अभिव्यक्त गर्न चाहन्छन् ।
‘हाम्रो आवाज’ नामक बालउपन्यासका सन्दर्भमा उनी लेख्दछन्, “बालसाहित्य लेखनकै क्रममा यसपाली मैले सडक बालबालिकाको समस्या रोजेको छु । उनीहरूमाथि के–कति थिचोमिचो भएको छ, उनीहरूलाई विज्ञापन गरेर कस्ता–कस्ता नकाम पनि भएका छन् भन्ने देखाउन खोजेको छु ।” (आचार्य, २०६३ ः ४४) उनको यस कथनले पनि उनी समाजवादको अन्तर्वस्तुलाई केन्द्रमा राख्दै साहित्य सिर्जना गर्ने बालसाहित्यकार हुन् भन्ने बताउ“छ । उनी समाजमा बालबालिकामाथि भएको र हुने गरेको शोषणलाई आफ्नो सिर्जनामा अभिव्यक्त गर्दछन् । जुन नेपाली समाजको एउटा यथार्थ हो । जसले बालबालिकालाई नेपाली समाजमा हुने र हुनसक्ने शोषणका कथामार्पmत सामन्ती राज्य व्यवस्थाविरुद्धको मानसिकता निर्माण गर्दछ । यस कुराप्रति लेखक आचार्य अत्यन्तै सचेत देखिएका छन् ।
४. विजयराज आचार्यका बालउपन्यास
विजयराज आचार्यको मौलिक उपन्यास ‘नया“ बस्ती’ले पनि समाजवादी यथार्थवादको अन्तर्वस्तुलाई समातेर आफ्नो स्वरूप निर्माण गरेको छ । नेपाली समाजको शोषणजन्य यथार्थ र त्यसबाट मुृक्तिका निम्ति भएको आह्वान उपन्यासमा अभिव्यक्त भएको छ । यसै उपन्यासको सन्दर्भमा टिप्पणी गर्र्दै स्वागत नेपाल (२०६१ः५ ) लेख्दछन्, “‘नया“ बस्ती’ सचित्र बाल उपन्यास पनि बालबालिकालाई रुढिग्रस्त समाजमा रहेको अन्धविश्वास तोड्न र श्रमप्रति आत्मविश्वास जगाउन त्यही लेखन मान्यताको एउटा निरन्तरता हो । वास्तवमा यस उपन्यासले एउटा दलित बालक नुमेको कथामार्पmत नेपाली समाजमा दलित बालबालिकाले भोगेका दुःख र पीडालाई जीवन्त र यथार्थपरकरूपमा अभिव्यक्त गरेको छ ।” समाजको वर्गीय चरित्र र शोषणलाई यस उपन्यासले अत्यन्तै मर्मस्पर्शी ढङ्गले प्रस्तुत गर्न सक्षम छ । बाबुले ऋण तिर्न नसकेका कारण जिम्मावलको घरमा ५ वर्षको नुमे नोकरी गर्न बस्नुपरेको अत्यन्तै पीडादायी कथा अभिव्यक्त छ जसले हरेका बालबालिकालाई नेपाली समाजको शोषणजन्य यथार्थ बुझाउन सफल छ ।
यस उपन्यासमा मध्ययुगीन कालो सामाजिक संरचना देख्न पाइन्छ । स्वर्ग र नर्कका कुरालाई छुवाछूतस“गै अन्तर्सम्बन्धित गराइएको छ (सिलवाल, २०६१ः७) । यस बालउपन्यासका सन्दर्भमा पदम गौतम लेख्दछन्, “अबको युगमा धनीजति सामन्त र गरिबजति दलित र शोषित । यो सन्देश बालबालिकाका लागि त हु“दो हो, सत्रौं शताब्दीको समाजलाई आधार मानेर विश्लेषण गर्ने कथित बुद्धिजीवीलाई चड्कन पनि हो ।” (गौतम, २०६१) यो उपन्यासले नेपाली समाजको सामाजिक यथार्थको झा“की नै प्रस्तुत गरेको छ । नेपालको ग्रामीण समाजमा आज पनि गरिबका छोराछोरी बाबु–बाजेको ऋण तिर्नका निम्ति कमारो भएर बस्नुपर्ने नियति छ । तर उसले जति काम गरे पनि ऋण भने तिरी नसकिने शोषणमूलक व्यवस्थाबाट प्रताडित हुने परेको यथार्थ घटनाको अभिव्यक्ति यस बालउपन्यासमा देख्न सकिन्छ । यातना, पीडा सहेर जिम्वालका घरमा काम गरेर बसेको नुमेलाई मुक्त पार्न विदेशिएको बाबु लाखौ“ बिदेशिन बाध्य भएका नेपालीको प्रतिनिधि पात्र हो ।
पश्चिम पहाडी नेपालको परिवेश भएको यो बालउपन्यासले भ्रष्टता, नैतिकताहीन गैरसरकारी संस्थाप्रति ठूलो आक्रोश अभिव्यक्त गरेको छ । त्यस्तै यस उपन्यासले नेपाली समाजमा जरो गाडेर बसेको जात–पात, छुवाछूतजस्ता कुरीतिलाई अन्त्य गर्नुपर्ने सन्देश पनि प्रदान गरेको छ । नया“ र प्रगतिशील मूल्य र मान्यतालाई अ“गाल्न नचाहनेको परम्परागत सामन्ती मानसिकताका विरुद्ध सचेत प्रतिकारमा उभिनु पर्ने आवश्यकताको बोधसमेत उपन्यासले गरेको छ । यो उपन्यासमा वर्णित कथा नुमे र गीताको कथामात्रै नभएर लाखौ“ नेपाली बालबालिकाले भोगेको यथार्थ हो । यस उपन्यासको अन्तर्वस्तुको रूपमा समाजको शोषणमूलक वर्ग विभेदजन्य स्थितिको प्रस्तुतिको माध्यमबाट बालबालिकाले आजको नेपालको यथार्थ अनुभूति गर्न सकून् र त्यसले उनीहरूप्रति यो भ्रष्ट सामाजिक र राजनीतिक व्यवस्थालाई ध्वंस गर्नैपर्ने आवश्यकताको अनुभूति गराओस् भन्ने देखिन्छ । यो सारलाई पूरा गर्न उपन्यास सक्षम छ । बालबालिकाको सापेक्षतामा लेखिएको यो उपन्यास बालप्रगतिवादी उपन्यास हो ।
आचार्यको अर्काे महत्वपूर्ण बालउपन्यास ‘हाम्रो आवाज’ हो । उनी यस उपन्यासमार्पmत समाजको अन्याय, अत्याचार र शोषणका कथाहरूलाई सपाट रूपमा प्रस्तुत गरी शोषणमूलक सामाजिक व्यवस्थाविरुद्ध प्रत्येक बालबालिकाको मनमा घृणा र आक्रोश उब्जाउन चाहन्छन् । विभिन्न बालबालिकाको हक–हितका निम्ति भनेर खोलिएका एन.जि.ओ.हरूले बालबालिकामाथि कसरी डलरको खेती गरिरहेका छन् भन्ने नेपाली समाजको विद्रुप यथार्थको विशिष्ट अभिव्यक्ति प्रस्तुत गरेको छ यो उपन्यासले । हाम्रो आवाज बालउपन्यासका सन्दर्भमा टिप्पणी गर्दै चंकी श्रेष्ठ (२०६३ः५) यही उपन्यासको भूमिकामा लेख्दछन्, “राज्यका अङ्गहरू नै सत्य र न्यायलाई घाटमा सेलाएर पाखण्ड र अत्याचारलाई शाश्वत बनाउन तल्लीन देखिन्छन् । यही संस्कृतिमा हाम्रो सिङ्गो समाज चलिरहेको छ । विजयको प्रहारबिन्दू यही“नेर छ ।” आपूmलाई सभ्य बताउनेहरूका कुकृत्यहरू यस उपन्यासले प्रस्तुत गरेको महत्वपूर्ण पक्ष हो ।
जनआन्दोलनमा तथा कफ्र्यूमा परी प्राण गुमाएका सडक बालबालिका आज पनि बेखबर भइरहेको नेपालको राजनीतिक विकृत स्थितिप्रति आवाज उठाउन पुग्छन् उपन्यासकार आचार्य । वास्तवमा यही सहरमा कोही मान्छेहरू लाखौ“, करौडौ“को गाडीमा हि“डछन् तर कसैको ओत लाग्ने छहारी छैन, कोही हजारौ“ रूपया“ महिनावारी तिरेर राम्रा–राम्रा स्कूलमा पढ्छन्, कोही बालबालिकाले सडकमा बेवारिसे भएर दिन विताइरहनु पर्छ । यो विषम र घिनलाग्दो सामाजिक संरचनाप्रति उपन्यासकार अत्यन्तै चिन्तित देखिन्छन् । समाजवादी राज्य व्यवस्था भएका चीन, क्युवा, उत्तर कोरियाजस्ता मुलुकमा सडक बालबालिका कम भएको र त्यहा“ सामाजिक न्यायको स्थिति पनि राम्रो भएको तर आपूmलाई प्रजातन्त्रको दुहाइ दिने अमेरिकामा सबैभन्दा बढी सडक बालक भएको विचार व्यक्त गर्ने उपन्यासकार यो प्रजातान्त्रिक शासन व्यवस्थाप्रति नै असहमति राख्न पुग्छन् र समाजवादी शासन व्यवस्थाको अपेक्षा गर्छन् । त्यसकारण पनि यस बालउपन्यास समाजवादी अन्तर्वस्तु बोकेको प्रगतिशील उपन्यास हो ।
आचार्यको अर्काे महत्वपूर्ण बालउपन्यास परिवर्तनले पनि नेपाली समाजको वर्गीय चरित्र र शोषणको कथालाई नै समेट्न खोजेको छ । मन्त्रीले सोझी–सादी केटीलाई फकाई यौनतुष्टि गरेपछि घरबाट निकालिएकी एउटी युवतीबाट जन्मिएको केटाको कथाबाट निर्माण भएको यो उपन्यासले काठमाडौ“का सडकमा सडक बालक भएर बा“च्न विवश हजारौ“ बालबालिकाको यथार्थलाई अभिव्यक्त गरेको छ । धनी र गरिबबीचको गहिरो खाडलको स्पष्ट चित्रण उपन्यासमा प्रस्तुत छ ।
५. विजयराज आचार्यका सचित्र बालकथा
विजयराज आचार्यद्वारा लिखित सचित्र बालकथाका रूपमा केवलपुरे किसान, शान्तिको आत्मकथा, बाटुली, कान्छाकुमारलगायतका छन् । उनका यी अधिकांश बालकथामा समाजको वर्गीय स्वरूप, शोषण, अन्याय, अत्याचार र उत्पीडनको जीवन्त अभिव्यक्ति पाइन्छ । धनी र गरिबबीच हुने विभेदलाई स्पष्टस“ग देखाइएको छ । नेपाली प्रगतिवादी साहित्यकार केबलपुरे किसानको जीवनीलाई आत्मपरक शैलीमा प्रस्तुत गरिएको बालकथा हो केवलपुरे किसान । यस कृतिमा केबलपुरे किसानको सङ्घर्षमय जीवनलाई आत्मपरक शैलीमा अभिव्यक्त गरी समाजको शोषणजन्य स्थिति र वर्ग विभेदलाई प्रष्ट्याएको पाइन्छ । राष्ट्रियताको पक्षमा समेत यो बालकथा सशक्त रूपमा उभिएको छ । नेपालको दुर्नियतपूर्ण वर्तमान राजनीतिक परिवेशको समेत यो बालकथाले आलोचना गरेको छ । यही सन्दर्भमा लेखिएको छ, “राणा र पञ्चायतकालमा शासकहरू जस्तै अहिलेका बहुदलीय शासकहरू पनि भारतीयलाई रिजाउन कम्मर कसेर लागेका छन् । उनीहरूलाई आफ्नो राष्ट्रको भन्दा मालिकको चाकडी गरेर सत्तामा टिकिरहने चिन्ता छ (पृ. ४०) । यो केवलपुरे किसानको चिन्तामात्र होइन, स्वयं लेखक आचार्यको चिन्ता पनि हो र हरेक नेपाली बालबालिकालाई सचेत बनाउने उद्देश्यका साथ यो प्रस्तुति गरिएको हो । बहुदलीय शासकले भारतलाई नदी–नाला सुम्पिएको आरोपसमेत कथाकार आचार्यले लगाएका छन् । बालबालिकालाई समसामयिक राजनीतिक ज्ञान प्रदान गर्ने उद्देश्यलगायत समाजको धनी, शोषक र सामन्ती वर्गप्रति घृणाभाव जगाई सर्वहारा नेपाली जनताप्रति सहानुभूति जगाउने समाजवादी यथार्थवादको अन्तर्वस्तु यो बालकथामा स्पष्ट रूपमा छ ।
आचार्यको अर्काे बालकथा सङ्ग्रह बाटुलीमा पनि बालसापेक्षतामा समाजवादी यथार्थवादलाई अभिव्यक्त गर्ने कथाहरू नै समेटिएका छन् । ‘बाटुली’ कथामा समाजमा भएको जात–पात, छुवाछूत र ठूलो–सानो भन्ने सामन्ती दृष्टिकोणलाई प्रहार गर्नुका साथै नारी शिक्षाको विकासमा जोड दिइएको छ । समाजमा भएका ठालुहरूले शोषण र दमनका निम्ति अनेक भ्रम छरिरहेको कुरा व्यक्त गर्दै त्यसप्रति सचेत हुन आह्वानसमेत गरिएको छ । घरबेटी भन्ने कथाले भाडामा बस्ने र घरबेटीबीचको अन्तर्सङ्घर्षलाई अभिव्यक्त गरेको छ । यसले समाजको एउटा वर्गीय स्वरूपलाई स्पष्ट पारेको छ जसले बालसापेक्षतामा शोषणको स्वरूपलाई छर्लङ्ग बनाएको छ । त्यस्तै ‘शान्तिको आत्मकथा’ नामक बालकथाले अर्काको घरमा भाडा माझेर जीवन बिताइरहेका बालिकाहरू बसन्ती र शान्तिको कथा मुख्यरूपमा प्रस्तुत छ । नोकर भएर पढ्नु हु“दैन भन्ने सामन्ती मानसिकता अभैm पनि नेपाली समाजमा व्याप्त छ । सामाजिक शोषण तीव्ररूपमा देखिन्छ भन्ने कुरा यस कथामार्पmत पाउन सकिन्छ । ‘सिंहराज’ भन्ने कथाले जङ्गलमा जसरी सिंहले शासकको व्यवहार गरी अन्य जनावरमाथि अत्याचार गर्दछ त्यस्तै नेपाली शासकपनि जनतामाथि अन्याय अत्याचार गर्न पछि परेका छैनन्, त्यसको सम्पूर्ण नेपाली जनता मिलेर प्रतिकार गर्नुपर्छ भन्ने आशय बालबालिकामा प्रेषित गर्ने उद्देश्यका साथ यो कथा प्रस्तुत छ ।
कान्छाकुमार पनि विजयराज आचार्यद्वारा लिखित अर्काे सचित्र बालकथा हो । चित्रकार के के कर्माचार्यको जीवनीलाई आत्मपरक शैलीमा प्रस्तुत गरिएको यो बालकथाले सङ्घर्षका बीचबाट सफलता कसरी हात लाग्छ भन्ने कुरालाई देखाएको छ । एउटा सफल चित्रकारको जीवनीलाई आत्मपरक शैलीको कथामार्पmत बालबालिकामा रहेको महत्वाकाङ्क्षी प्रवृत्तिलाई उत्साह प्रदान गर्न सफल देखिन्छ ।
६. विजयराज आचार्यका सचित्र नाटक
बालसाहित्यकार विजयराज आचार्यद्वारा लिखित सचित्र नाटक उज्यालोको खोजीमामा अ“ध्यारोका विरुद्ध उज्यालोको खोजीमा निस्किएका संसारका सबै मानवजातिलाई समर्पण गरिएको छ । निरङ्कुश आततायी शासकका विरुद्ध न्यायपूर्ण आन्दोलनका सन्दर्भमा लेखिएको नाटक हो उज्यालोको खोजीमा । यस नाटकमा आचार्यले २०४६ सालमा पञ्चायती शासन व्यवस्थाका विरुद्ध न्याय, समानता र स्वतन्त्रताका निम्ति नेपाली जनताले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिलाई कुल्चिएर बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा भं्रष्ट शासकहरूले अन्याय, अत्याचार र शोषणलाई निरन्तरता दिएको कुरा व्यक्त गरिएको छ । त्यसकारण नेपाली जनताले २०६२÷६३ सालको जनआन्दोलन गरी समुन्नत र शान्तिपूर्ण नेपालको परिकल्पना गरेको यथार्थ अभिव्यक्त छ । बाबु र छोराबीचको संवादमा संरचित यो नाटकले बालसापेक्षतामा भ्रष्टाचार, देशघाती निर्णय, विदेशी हस्तक्षेप र भ्रष्ट शासकका विरुद्धमा जेहाद छेड्ने काम गरेको छ । यसले नेपाली सामन्ती भ्रष्ट राज्य व्यवस्थाको चरित्रलाई उजागर गर्नुका साथै बालबालिकालाई त्यसविरुद्धको सचेत प्रतिकारमा उभिन आह्वानसमेत गरेको छ । त्यसकारण यो नाटक समाजवादी यथार्थवादको अन्तर्वस्तुमा आधारित नाटकको रूपमा देखिन्छ ।
७ विजयराज आचार्यको अनूदित बालसाहित्य
विजयराज आचार्यले विभिन्न देश र भाषाका बालसाहित्य तथा लोककथालाई नेपाली भाषामा अनुवाद गरेका छन् जसका कारण बालबालिकाले विश्वका विभिन्न देशका लोककथा तथा अन्य भाषाका प्रख्यात बालकथा तथा नाटकलाई नेपाली भाषामा पढ्ने अवसर प्राप्त गरेका छन् । अफ्रिका, इटाली, चिनिया“, उज्वेकिस्तान, फ्रान्स, भारत, रुस, जर्मनी, जापानलगायत देशका लोककथा तथा बालकथालाई उनले नेपाली भाषामा अनुवाद गरेको पाइन्छ । संस्कृत भाषाको हितोपदेशका कथाहरूको विभिन्न भागहरूसमेत आचार्यद्वारा बालबालिकालाई प्रदान गरिएका उपहारहरू हुन् ।
रमाइला चिनिया“ बालकथाभित्र बालबग“ैचा, सामूहिक भावना, पूmलको नमूना, सामूहिक काम, कृतज्ञ बाघ, खरायोको पुच्छर किन छोटो भयो ? लगायतका धेरै उपदेशमूलक कथाहरू समेटिएका छन् । यस कथासङ्ग्रहका बारेमा टिप्पणी गर्दै यसै पुस्तकको भूमिकामा देवी नेपाल लेख्छन् “प्रतीकात्मक रूपमा सामाजिक वर्गीय असमानताले उत्पन्न गरेको मानवीय समस्याहरूको रोचक विश्लेषण गर्ने काम पनि यस सङ्ग्रहमा गरिएको छ । प्रत्येक बालबालिका सामाजिक विषमता, आर्थिक विभेद, अन्याय, अत्याचार र शोषणजन्य घृणित कुराका शिकार बन्नु हुदैन ।” उनको यस कथनले यस कृतिको अन्तर्वस्तुले समाजवादी चरित्रलाई आत्मसात गरेको देखिन्छ । तर यस सङ्ग्रहका अधिकांश कथाको मूल भाव भनेको परम्परागत नैतिकताको पाठ पढाउने आशयद्वारा अभिव्यक्त भएको छ । बालबालिकालाई सामूहिक कार्यप्रतिको विश्वास जगाउने, अरूलाई सहयोग गर्ने, कामप्रति लगनशील हुने लगायतका सन्देशहरू प्रदान गर्नमा जोड दिइएको यस सङ्ग्रहका कथाहरूको अन्तर्वस्तुलाई गहिरिएर हेर्ने हो भने समाजवादी यथार्थका सापेक्षतामा आचार्यका मौलिक कृतिका तुलनामा यो कृति धेरै कमजोर छ । यसले परम्परागत नैतिकताको पाठ पढाउने कुरामा आपूmलाई केन्द्रित गरेको छ, जसका कारण यसले समाजको वर्गीय अन्तर्सङ्घर्ष र शोषणलाई छाया“मा पारेको पाइन्छ ।
लियो टोल्सटोयद्वारा लिखित उत्कृष्ट बालनाटकहरूको अनुवाद पनि आचार्यको महत्वपूर्ण कार्य हो । यस नाटक सङ्ग्रहमा आचार्यले टोल्सटोयद्वारा लिखित रसियन समाजमा भएको वर्गीय विभेद, अन्याय, अत्याचार, शोषण र विषयवस्तु भएका बालनाटकहरूलाई आप्mनो अनुवाद कार्यका लागि छनोट गरेका छन् । यसले पनि आचार्यलाई समाजवादी अन्तर्वस्तु भएका कृतिहरूको छनोट गरी बालबालिकामा समाजको वर्गीय विषमता बोध गराई शोषणमूलक संरचना ध्वंसको निम्ति तयार पार्ने विशिष्ट उद्देश्य राखेका अनुवादकको रूपमा हेर्न सकिन्छ ।
त्यस्तै उनीद्वारा अनूदित हितोपदेशका कथाहरूका विभिन्न भागहरू, लोककथाका विभिन्न भागहरू, जापानी लोककथा, चिनिया“ बालकथा, पञ्चतन्त्रका कथाहरूमार्पmत समाजकेन्द्रित कथाहरूलाई बालबालिकासमक्ष प्रस्तुत गर्न चाहन्छन् । त्यसकारण उनका छनोटमा परेका कथाहरूले कुनै न कुनै रूपमा समाजवादी अन्तर्वस्तुलाई समेट्न प्रयास गरेको देखिन्छ ।
तर उनीद्वारा छनोट गरिएका अनूदित बालसाहित्यहरू समाजवादी यथार्थका सापेक्षतामा मौलिक कृतिका तुलनामा अत्यन्तै कमजोर सावित भएका छन् । जसरी उनका मौलिक कृतिहरूले बालबालिकालाई नेपाली समाजको शोषणजन्य यथार्थ प्रस्तुत गराई परम्परागत सामाजिक संरचनाका विरुद्ध विद्रोही भावनाको विकास गराउने उद्देश्य राखेका थिए तर उनको छनोटमा परेका अनूदित साहित्यहरू सामाजिक यथार्थको त्यो गहिराइसम्म पुग्न सक्षम छैनन् । नैतिक र उपदेशलाई केन्द्रविन्दुमा राख्दै परम्परागत मूल्य मान्यताको शृङ्खलामा बालमनोविज्ञानलाई अगाडि बढाउने साहित्यलाई अनुवादका निम्ति छनोट गर्नुलाई उनको उद्देश्यगत विचलनको रूपमा लिन सकिन्छ ।
८. निष्कर्ष
विजयराज आचार्य आफ्नो लेखन यात्राको यो अवधिमा नै यो हदसम्मको प्रतिवद्धताका साथ बालसहित्यमा प्रवेश गर्नु भएको छ, जुन नेपालको बालसाहित्यको क्षेत्रमा अत्यन्तै सुनौलो दिन आगमनको सङ्केतका रूपमा देखिन्छ । बालसहित्यमा आफ्ना मौलिक कृतिको सिर्जनाका साथसाथै अनूदित कृतिहरू र विभिन्न लेखकद्वारा लेखिएका बालकथा तथा नाटककोे समेत सम्पादन गरिसकेका आचार्यको लेखनको मूल प्रवृत्ति नै समाजवादी यथार्थवाद बन्न पुगेको छ । अनूदित साहित्यको छनोटका सन्दर्भमा भने आचार्यको उद्देश्यगत स्पष्टता पूर्णरूपमा देखिंदैन, जसलाई उनको उद्देश्यगत विचलनका रूपमा लिनुपर्छ । आचार्यले आफ्ना मौलिक कृतिमा जुन धार र उद्देश्यलाई निर्धारण गरेका छन् त्यसलाई अनूदित साहित्यको छनोटका सन्दर्भमा समेत पूर्णरूपमा लागू गरे राम्रो हुन्थ्यो ।
तर उनका मौलिक कृतिहरूमा भने नेपाली समाजमा भएका अन्याय, अत्याचार, शोषण, उत्पीडन, जातीय विभेद, वर्गीय विभेद लगायत सामाजिक संरचनामा भएका काला र अ“ध्यारा पक्षहरू प्रस्तुत गर्दै यो व्यवस्थाका विरुद्ध आक्रोश व्यक्त भएको छ । बालबालिकालाई परम्परागत अन्धताबाट माथि उठाइ विज्ञानसम्मत ज्ञान प्रदान गर्नुपर्छ भन्ने मान्यता भएका आचार्यले आफ्ना मौलिक कृतिहरूमा कही“ पनि नैतिकता र उपदेशको पाठ पढाएका छैनन् । त्यसको सट्टामा नेपालको समाज व्यवस्था र राज्य व्यवस्थाका गलत चिन्तन र विचारले नेपालका बालबालिकामाथि कति अत्यचार र शोषण भएको छ, त्यसलाई प्रस्तुत गरेका छन् । जन्मदै कोही ठूलो र सानो भएर जन्मने, कसैले संसारका सबै आनन्द र सुख भोग्न पाउने, कसैले नपाउने यो व्यवस्थाका विरुद्ध उनले हरेक बालबालिकालाई सचेत हुन आह्वान गरेका छन् । नेपालको राजनीतिको क्षयोन्मुखी प्रवृत्ति, नेपालको गरिबी लगायत नेपाली समाजको यथार्थ विषयवस्तु जुन बालबालिकाले जान्नै, बुझ्नै र त्यसबारे एउटा धारणा बनाउनै पर्ने हुन्थ्यो, तिनै कुराहरूलाई भ्रष्टीकरण नगरिकन यथार्थपरक रूपमा देखाउन सकेका छन् जुन विशेषता नै आचार्यको बालसाहित्यका क्षेत्रमा एउटा विशिष्ट विशेषता बन्न पुगेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 आसाढ, 2074

लेखकका अन्य रचनाहरु