श्रद्धाका दुई थुँगा फूल

- प्रभा बराल

हिरोसिमा शब्द नसुन्ने सायदै कोही होलान् ।
मनै छिया–छिया पार्ने यसको हृदयविदारक कथासँग को नै अछुतो होला र ? बमले ध्वस्त पारेको सहर, भयानक त्रासदी भोगेर बाँचेका बाँकी जनता र अहिलेको त्यहाँको स्थिति कस्तो होला भन्ने उत्सुकताले मनमा अनेकौँ कुराहरू खेलिरहेका थिए । शान्तिको प्रार्थना गर्न र यहाँको भूगोल हेर्न लाखाँँै मानिसले पाइला टेकेको यो ठाउँमा जान पाउने भएँ भनेर मन त्यसै त्यसै दङ्ग परिरहेको थियो ।
विद्यालयको विद्यार्थी जीवनबाट नै ‘हिरोसिमा’ शब्दसँग परिचित भएर पनि होला कतिबेला यो ठाउँसम्म पुगूँ भन्ने हुटहुटीले पङ्ख फिजाइरहेको थियो । हुन त जापानका हरेक स्थान र चीज मेरा लागि पृथक थिए । त्यहाँको भूगोल, मानिसको रहनसहन, प्रकृतिको उपहार आदि सबैले मलाई बिल्कुलै नौलो स्वाद पस्किरहेका थिए । जमिनै जमिनले घेरिएको भूपरिवेष्ठित राष्ट्रकी नागरिकलाई त्यहाँको समुन्द्रै समुन्द्रले भरिएको परिवेशले निकै मोहित बनाएको थियो । घरबाहिर निस्केदेखि असन रत्नपार्कसम्म मान्छे–मान्छेको जात्रा देखिने हाम्रो देशको स्थितिभन्दा त्यहाँका मानिसहरू गाडीमा मात्रै कुदिरहने हुनाले सडकमा पैदलयात्री नभेट्दा पनि उस्तै अचम्म लागिरहेको थियो ।
यति राम्रा चिल्ला र चौडा सडक छन्, तर मानिसको घुइँचो कहीँ पनि देखिदैन । शान्त वातावरण देखिन्छ चारैतिर । गाडी सडकमा इन्धनबाट नचलेर नदीमा सलल बगेका पो हुन् कि भन्ने भान हुन्छ । हर्न बजेको कहीँ सुनिदैंन । ठूलै आपत्कालिन स्थिति नआईकन कसैले हर्न पनि बजाउँदा रहेनछन् ।
मात्सुयामा सहरबाट दुई घण्टा सामुन्द्रिक यात्रा गरेपछि ‘हिरोसिमा’ पुग्ने कुरा थाहा भयो । जम्मा अठ्सट्टी किलोमिटर मात्र रहेछ मात्सुयामाबाट हिरोसिमा । यति नजिक भएपछि नजाने त कुरै भएन । बरु नागासाकी भने हामी गएनौ । मात्सुयामाबाट दुई सय चौरानब्बे किलोमिटर पर रहेछ नागासाकी । पर्यटकीय हिसाबले सबैभन्दा बढी घुम्ने ठाउँ पनि हिरोसिमा नै भएकोले हामी हिरोसिमा जाने तयारीमा लाग्यौ ।
जापानी भाषाको राम्रा ज्ञान भएकी एहिमे विश्वविद्यालयकी छात्रा मनिता तिमिल्सिना हाम्रो सहयोगी बनिदिने भइन् । यसअघि पनि दुई तीन पटक उनी त्यहाँ घुमिसकेकी रहिछिन् । हामीले उनको साथ पाउने थाहा पाउँदा ‘हिरोसिमा’ पुगेजत्तिकै मीठो अनुभव भयो ।
भर्खर मास्टर्स पढ्न आएकी श्वेता सिंजापति बहिनी पनि हामीसँगै ‘हिरोसिमा’ जाने भइन् । हामी सबैजना गरी छ जनाको समूह हुने भयौं । यात्रा रमाइलो र ज्ञानवर्धक हुने भयो भनेर मन दङ्ग पर्न थाल्यो । सबै जना भोलि बिहान पाँच बजे उठ्ने सल्लाह गरेर सुत्यौं । जापानको समय नेपालभन्दा तीन घण्टा पन्ध्र मिनेटले अघि थियो । नेपालको रातको पौने दुई बजे उठ्नु जत्तिकै थियो जापानमा बिहानको पाँच बजे उठ्ने कुरा । घडीमा अर्लाम लगाएर सुते पनि मरी गए उठ्न सकिएन । आँखा टालिएको टालियै भए । खुल्न असाध्यै गाह्रो भयो । विचरा ! छोराछोरी जापान घुम्न आएका उनीहरूको उस्तै हालत । नउठी त सुखै थिएन । जति गाह्रो भए पनि बल्ल बल्ल उठ्यौं । बेलुकै सबै सामान मिलाएर राखेका थियौं । हतार हतार तयार भयौं र पानीजहाज चढ्ने ठाउँसम्म जानका लागि ट्याक्सी नजिक पुग्यौं ।
हामी भयौं छ जना तर ड्राइभरले ट्याक्सीमा पाँच जना भन्दा बढी चढ्न मिल्दैन भन्यो । एउटा नौ वर्षको सानो छोरा जसका काखमा पनि सजिलै अटाउँथ्यो तर त्यहाँ छ जना बस्न मिल्ने नियम छैन भनेपछि नेपालको जस्तो किचकिच गर्न मिलेन, अनि हामी चुपचाप एउटा बाबुको कारणबाट अर्को ट्याक्सी लिन बाध्य भयौं । आँखा अगाडि भने नेपालमा सात जनासम्म सानो ट्याक्सीमा कोचिएर यात्रा गरेको याद आयो । तर यो पराई देशमा ती कुरा सम्झेर भएन । आधा घण्टा पनि नलाग्ने यो दुरीमा पनि पैतीस सय येन उठ्यो । दुईवटा ट्याक्सीमा गरी सात हजार येन चढायौं । अरू सामान जस्तै जापानमा यातायातको भाडा असाध्यै महंगो छ । यहाँका नागरिकले त सहुलियतको कार्ड बनाउँदा रहेछन् यातायात, अस्पताल, विभिन्न खाले पसलहरूको पनि । हामी दुई दिन घुम्न आएका पाहुना भने ठहरै हुने भइयो यहाँको महङ्गीसँग ।
असोजको महिना जाडो सुरु हुन आँटेको थियो । बिहानीपख हुनाले चिसो हावा चलिरहेको थियो । झन् समुन्द्रको किनार पुग्दा त चिसो स्याँठले हान्न थाल्यो । सम्भावित चिसोको आशंकाले झोलामा स्वीटर बोकेका थियौं झिकेर लगायौं । साना ठूला पानीजहाज किनारभरि देख्दा खुसीले मन उचालियो । जीवनमा कहिल्यै नदेखेको दृश्य आँखामा सवार भइरहेको थियो । बिहानीपखको स्वच्छ, शान्त र सुन्दर वातावरणमा बिलकुलै नौलो परिवेशलाई आँखाभरि समुन्द्र सजाउन पाउँदा नै खुसीले विभोर भएकी थिएँ । साधारण रेलसम्म देख्न नपाएका हामी नेपालीलाई पानीजहाज देख्न पाउनु ठूलै आश्चर्य लागिरहेको थियो । झन् त्यसमा चढ्दै छौं भन्दा त खुट्टा भुइँमा थिएनन्, मन उडेर आकाश, पाताल नाचिरहेको थियो ।
जापानी भाषामा पानीजहाजलाई ‘फुने’ भन्दा रहेछन् । हामी त्यही फुनेमा चढ्न आतुर थियौ । आपूmलाई विभिन्न पोजमा ढाल्दै छोरी एक सुरले किनार लागेका फुनेका तस्वीर अगाडि बसिरहेकी थिई । भाइले फोटो खिचिरहेको थियो । भाइ खिच्ने, दिदी खिचाउने बडो रमाइरहेका थिए दुवै जना । हामी बाबु–आमाको मुहारमा छोराछोरीको खुसीले सन्तुष्टिको रेखा चमचमाइरहेको थियो । यही मौकामा मैले छोराछोरीलाई भनेँ, ‘अहिले बाबाले राम्ररी पढेर हामीलाई घुमाउन यहाँ ल्याउनु भयो, अब तिमीहरूले पनि राम्रोसँग पढेर हामीलाई अरू देश घुमाउनु पर्छ नि है ?’ हुन्छ भन्न त गाह्रो थिएन उनीहरूले एक मिनेट पनि नसोची ‘हुन्छ’ भनेर त टाउको हल्लाए तर नतिजा कुर्न वर्षौ पर्खिनु पर्ने थियो । तर पनि विशाल समुन्द«लाई साक्षी राखेर गरिएका यस्ता वार्तालाप पक्कै पनि स्मरणीय हुनेछन् र बेला बेलामा उनीहरूलाई पढ्नका लागि मानसिक ऊर्जा दिनेछन् भन्ने लाग्यो ।
निश्चित समयमा पानीजहाजमा छिरियो । यसभित्रका हरेक कुना कुनामा आँखा गाडेर हेर्न मन लाग्यो । हामी चढेको पानीजहाज आकारका दृष्टिले ठीक्कको थियो न ठूलो, न सानो र पनि भित्रै सबै सुविधा उपलब्ध थिए । सुत्न, बस्न जे गरे पनि मिल्ने यो जहाजमा जब हामी सयर ग¥यौं अपरिमित आनन्द प्राप्त हुन थाल्यो । बिहानको स्वच्छ वातावरण यसै पनि मन हर्ने थियो । त्यसमाथि सुन्दर पानीजहाजको यात्रा, कम लोभ लाग्दो थियो र ? जीवनको यो स्वर्णिम पललाई त सायदै बिर्सिन सकिएला । छेउ–छेउमा छोरा–छोरीलाई च्याप्दै शान्त, गाढा नीलो समुन्द«मा सलल बग्यौ फेवातालको डुङगामा चढेजसरी । फेवातालको बीचकी ‘बाराही मन्दिर’ आज हिरोसिमा बन्दै थियौ । उसकै दर्शन गर्न यो उत्कठ चाहना लालयित भइरहेको थियो । चारैतिर पानी नै पानी देखिने विशाल समुन्द्रमाथि हामी हुइँकिरहेका थियौं । ठूला–ठूला छालहरूलाई धकेल्दै हामी अघि बढिरहेका थियौं । नेपालबाटै बोकेर लगेका पाउ, दालमोठ, पुष्टकारी र बिस्कुटहरू खाँदै सलल समुन्द«मा बगिरहेका थियौ । ‘बाटो छोड’ भनेर न अघिल्ला गाडीलाई हर्न बजाउनु पर्ने न सडकमा खाल्टाखुल्टी आएर गाडी हल्लियो भन्नु पर्ने । आफ्नै गतिमा बाटो बनाउँदै पानीजहाज अगाडि बढिरहेको थियो । विज्ञानको यो चमत्कार पनि अपरम्पार थियो ।
सबैभन्दा सस्तो जलमार्ग हुन्छ रे यसका लागि सरकारले कुनै ठूलो बजेट छुट्टयाइराख्नु पर्ने रहेनछ । न त यसमा बाटो खन्नु प¥यो न त ट्राफिक समस्या नै । मात्र पानी भए पुग्यो, त्यसैले जलमार्ग सस्तो हुने होला । पानीजहाजको माथि छतमा गएर विशाल विशाल समुन्द«लाई आँखा आँखाभरि पिउन मन लाग्यो । टाढा टाढासम्म दृष्टिविचरण गर्न मन लाग्यो । पानीजहाज ढलपल ढलपल गर्दै समुन्द«माथि हिँडिरहेको थियो । यसभन्दा कहिल्यै नचढेको यो साधनमा डर डर पनि लागिरहेको थियो । जीवनमा नभोगेका र नदेखेको चीज कति छन् कति, मान्छेको सिकाइको क्रम र भोगाइको क्रम कहिल्यै पनि रोकिदैन । मृत्युपर्यन्त चलिरहन्छ । झन् यात्राले त मान्छेलाई धेरै ज्ञान दिन्छ । सकेसम्म, पाएसम्म र भ्याएसम्म मान्छेले घुम्नै पर्ने रहेछ । डुल्नै पर्ने रहेछ । समुन्द«लाई पृष्ठभूमि बनाएर फोटो खिच्न मन लाग्यो ।
सबैले मन लागुन्जेल फोटो खिच्यौ । बाहिर बरण्डामा पनि थुप्रै फोटो खिच्यौ । छतमा पनि जान मन लाग्यो । भ–याङ्ग उक्लेर माथि चढ्यौ । हाम्रो घरको माथिल्लो तलामा छत वरिपरि पर्खाल उठाएर सुरक्षित पारिएजस्तै यहाँ पनि त्यस्तै गरिएको थियो । टाढा–टाढासम्म हेर्दा पानीको विशालता आँखाभरि पिउन सकिन्थ्यो । हाम्रा लागि यो निकै अनुपम दृश्य पनि थियो । तर यहाँ यति धेरै हावा चलेको थियो कि कपाल र लुगा सम्हाल्नै गाह्रो । धेरै बेर सम्म त बस्नै नसकिने रहेछ । कता मान्छे नै उडाएर समुन्द«मा हुत्याउला जस्तो भयो । हल्लिद,ै हल्लिदै डुंगाजसरी हिँडिरहेको जहाजमा हामी पनि छतमा बस्दा त हल्लिदाँ रहेछौ । तर पनि मौकाको फाइदा किन नउठाउनु भन्दै निकै बेरसम्म आपूmलाई सम्हालेर फोटोसेसन गरिरहयौं । बच्चाहरू पनि निकै रमाए । साह्रै रमाइलो लागिरहेको थियो । आँखाले नभ्याउने क्षितिज गाढा नीलो पानीले रङगिएको थियो । जीवनकै नौलो यो क्षणमा हामी बच्चाजस्तै चञ्चल बनेर धेरै आनन्द लियौ । प्रशान्त महासागर थर्काउने गरी हाँस्यौ । रमायौं र तृप्त भयौ ।
प्रशान्त महासागरमा फैलिएको यो भीमकाय समुन्द्रलाई अघाइन्जेल अधरपान गर्दै सन्तुष्टिको गर्विलो मुस्कान लिएर पुनः आ–आफ्ना सिटमा हाजिर भयौं । पानीजहाज चढ्न पाउँदा मन फुरुक्क भएको थियो । न कतै हर्न बज्छ । न सडक मार्गको जस्तो कुनै गाडीले ओभरटेक गर्छ । न ठाउँ ठाउँमा यात्रुलाई झार्दै झार्दै हिँडनु पर्छ । निश्चित गन्तव्य नआइन्जेल सुइसुइ आफ्नै गतिमा हिँडिरहेको पानीजहाजमा सलल बग्न पाउँदा निकै रमाइलो लागिरहेको थियो । अब भने नजिकिँदो सहरी परिवेश देखा पर्दा केही छिनमा हामी ‘हिरोसिमा’ पुग्नै लागेका थियौं भन्ने कुरा बोध भयो । समुन्द«को पारि पर हेर्दा विशाल बन्दरगाह देखिन थाल्यो । यहाँ पनि लहरै पानीजहाजहरू आफ्नो पालो पर्खेर बसेका थिए । यात्रुको सेवामा हाजिर थिए । बिहानको दश बज्दै थियो । पानीजहाज बन्दरगाहमा किनार लाग्यो । हामी मुस्कुराउँदै बाहिर निस्कियौ । ‘लौ आयौ हिरोसिमा तिमीलाई भेट्न’ भन्दै हिरोसिमाको भूमिलाई नमन ग–यौ र यसको माटोमा पाउ टेक्यौ ।
हामी पुग्ने ठाउँसम्म जानका लागि बस चढ्नु पर्ने रहेछ । पर्यटकका लागि भनेर ठूलो सूचनापाटी आडैमा थियो । हिरोसिमाको क्षतिग्रस्त भवनसम्म जानका लागि नक्शा पनि त्यही उल्लेख थियो तर हामीसँग अनुभवी मनिता बहिनी सँगै भएकोले त्यसको आवश्यकता परेन । सरासर हामी बसमा चढ्यौ । करिब पन्ध« मिनेटको अवधिमा नै हामी सम्बन्धित ठाउँमा पुग्यौ ।
अमेरिकाले अणु बम खसालेर सारा सहर ध्वस्त पारेको यो खबरले त्यतिबेला सारा संसार नै हल्लिएको थिया रे भनी म सानी छँदा नै यो कुरा सुनेकी थिएँ । मानव समुदायमाथि नै ठूलो बज्रपात यो घटनाको विश्वभरि निन्दा गरिएको थियो रे । यही घटनाबाट नै अब विश्व शान्तिको पूजारी बन्नु पर्छ, युद्धको होइन भन्ने सन्देश यही घटनाले दिएको थियो तसर्थ यो शहर अहिले कस्तो र कुन हालतमा छ भनेर जान्न निकै उत्सुक थिएँ । विद्यालय जीवनमा विज्ञान पढाउने शिक्षकले त्यहाँको बम आक्रमण र त्यसबाट मानव समुदाय र पुरै वातावरणमा परेको असरबारे जानकारी दिँदा हाम्रो बाल्यकालीन मष्तिस्क थरथरी काँपेको थियो । पानीजहाजबाट उत्रेपछि नजिकैको बसस्टेशनबाट करीब दश मिनेट बस चढेपछि ‘हिरोसिमा’ शहर पुगियो । हामी पुग्नुपर्ने गन्तव्यकै अगाडि गाडीले हामीलाई झारिदिए पछि सरासर यसको प्रवेशद्वारतर्फ अगाडि बढ्यौ ।
यो सम्पूर्ण सहर सन् १९४५ मा सम्पूर्ण रूपमा ध्वस्त पारिएको भए पनि अहिले त्यसको कुनै नाम निशाना थिएन । अत्यन्त सुन्दर मुहार लिएर पर्यटकहरूको आतिथ्यमा मुसुक्क मुस्कुराइरहेको थियो ‘हिरोसिमा’ । बिहानको एघार बजे हामी त्यहाँ पुग्दा उज्यालो घाम झलमल्ल लागिरहेको थियो । रूखै रूखले झयाम्म परेको हरियाली वातावरणबाट ज्यादै मीठो बतास चलिरहेको थियो । पर परदेखि नै पातहरू फिरफिर गर्दा हामीलाई नै बोलाइरहेको अनुभूति हुन्थ्यो । ती पातहरूले ए ! दूर देशबाट आएका प्रिय पर्यटकहरू हो तिमीलाई हिरोसिमामा न्यानो स्वागत छ है, भनिरहेको प्रतीत हुन्थ्यो ।
बमले ध्वस्त पारेको यो स्थान पनि यति धेरै रमणीय र हरियाली होला भनेर मैले चिताएकी नै थिइनँ । जता हे–यो त्यतै सुन्दर सजावटका रूखहरू, सिँगारिएका बगैँचाहरू मनै हर्ने ढकमक्क फुलेका पूmलहरू, मिलाएर, छाँट पारेर कलमी काटेका झारका पङ्तिmहरू, रूखका पङ्तिmहरू र सिनित्त पारेर बढारिएका सफा बाटाहरूले मन लोभ्यायो । विश्वले चिनेको नाम हिरोसिमा संसारभरका मान्छेले भ्रमण गर्ने ठाउँ भएर हो कि यसको सुन्दरतामा निखार ल्याउन हदैसम्म मिहिनेत गरेको देखेँ मैले । ठाउँ ठाउँमा जानकारी सहितका सूचना पाटीहरू पनि थिए । हामी ती सूचना पाटीको आधारमा अध्ययन गर्दै हिँड्यौ ।
‘हिरोसिमा’ पुग्ने यात्रीका लागि सन् १९४५ को घटना सम्झाउन दुईटा तीन तले भवन सुरक्षित गरेर राखिएको रहेछ । तारैतारले कम्पाउण्ड लगाएर राखिएको त्यस घरभित्र छिर्न प्रवेश निषेध लेखिएको ठूलो साइनबोर्ड घरको वरिपरि राखिएको थियो । हामी चारैतिर घुमेर त्यसलाई नियाल्यौ । दुईटा क्षतिग्रस्त विशाल भवनको माथिल्लो छाना बमले उछिट्टिएको थियो । झयाल् ढोकामा खापाहरू पनि थिएनन् । घरका भित्ताहरू पनि बमले उछिट्टयाएका थिए । एउटा भयानक त्रासदी भोगेको जीवित भवन ठिङ्ग ठडिए जस्तो लाग्यो । मैले तस्वीरमा देखेको क्षतिग्रस्त भवन र आँखाअगाडि देखिएको भवन दुरुस्तै थियो ।
आजभन्दा सतसट्ठी वर्ष अघि दोस्रो विश्वयुद्धताका अर्थात सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानको ‘हिरोसिमा’ र ‘नागासाकी’ सहरमा संयुक्त राज्य अमेरिकाले दुई अणुबम खसाएको थियो । जमिनमा उक्त बम खस्न नपाउँदै त्यसको तातोले मानिस, बोटबिरुवा लगायत सम्पूर्ण चीजहरू प्लाष्टिक पग्लिए झै गरी पग्लिएका थिए । ‘लिटिल ब्याई’ र ‘फ्याटम्यान’ नाम दिइएका ती दुई बम विष्फोटबाट ‘हिरोसिमा’ मा करीब सत्तरी हजार र नागासाकीमा चालीस हजार गरी चार दिनभित्र करीब एक लाख दश हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए र उक्त घटना भएको पाँचवर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो र जम्माजम्मी दुवै सहरमा गरेर करिब दुईलाख पचासहजार नागरिकको ज्यान गएको थियो ।
कयौं नागरिक अपाङ्ग बनेका थिए र विकिरणयुक्त किरणबाट क्यान्सर रोगको शिकार भएका थिए । यो मनै काँप्ने समाचारले हरेक मानवमुटुलाई स्तब्ध तुल्याउने गर्छ । यति ठूलो चोट खपेको जापानले कालान्तरमा कसरी हाँस्न सक्यो होला, जस्तै चोट परे पनि आखिर समयले त्यसलाई पुर्नै पर्ने रहेछ, समयले आफै मलम लगाइदिँदो रहेछ, मनभित्र यस्तै यस्तै अनेकौं प्रश्नहरु हुँडलिरहे ।
हिरोसिमालाई चिन्न र यसको वास्तविक दुखद कहानीलाई साक्षात्कार गर्न सङ्ग्रहालय हाजिर थियो । बम आक्रमणका बेला भएका सारा घटनाक्रमहरूलाई समेटेर सङ्ग्रहालयमा राखिएको थियो । यसलाई नहेर्नु भनेको हिरोसिमा नआएकै जस्तै हुन्थ्यो । हामीले निकै समय लगाएर, अध्ययन गरेर धेरै भन्दा धेरै ज्ञान लिने अठोट ग–यौ ।
‘हिरोसिमाको सङ्ग्रहालय नहेरी नफर्कनू’ भन्ने अनुभवीको भनाइलाई पनि हामीले बिर्सेका थिएनौं र हामी लाग्यौ सङ्ग्रहालयतर्फ । सङ्ग्रहालयको प्रवेशको टिकट जम्मा पचास येन रहेछ । आएका सबैले हेर्न पाउन् भनेर टिकटको अत्यन्त न्यून शुल्क राखिएको थियो । जब सङ्ग्रहालयभित्र छिरियो, त्यहाँका दृश्यहरूले खप्नै नसकने गरी मन रुवाउन थाले । मन मात्र कहाँ हो र थाहै नपाई आँखा पनि रसाउन थाले ।
जापानको कार्यालय तथा विद्यालय लाग्ने समय बिहानको आठ बजे थियो, त्यति नै बेला सडकमा भीडभाड हुन्थ्यो । आ–आफ्नो काममा जानेहरूको घुइँचो थियो । यही समय लक्षित गरेर आकाशबाट बम खसालिएको थियो । कैयौं विद्यार्थीहरू एकै ठाउँमा डल्लो परेका थिए । जसले जे काम गरिरहेको छ त्यही अवस्थामा सबैजना तातोले पग्लिएका थिए । प्लाष्टिक पग्लिदाँ जस्तो कसैको हात डढ्दै गरेको, कसैको लुगा जल्दै गरेको, आत्तिएर भाग्न खाजेका भयग्रस्त अनुहारहरूका तस्वीरहरूलाई क्यामेराबाट कैद गरेर त्यहाँ राखिएको थियो । ठूलो मानवीय आर्तनादको करुण चीत्कार फैलिरहेका दृश्यहरू सङ्ग्रहालयमा कैद थिए । त्यहाँका ती दृश्यहरू हेर्दै जापानीजहरू नै धुरुधुृरु रोइरहेका देखिन्थे । दुई वटा तलामा फैलिएको सङ्ग्रहालयमा करिब तीस पैतीस वटा कोठा र ठूला ठूला हलहरू थिए । ती सबै ठाउँमा टेलिभिजनबाट आक्रमणका बेलामा भएको गतिविधि र सम्बन्धित कोठाका दृश्यहरूको वर्णन गरिरहेको देखिन्थ्यो । सङ्ग्रहालय परिसरमा हामीलाई सङ्ग्रहालयभित्रको जानकारी हरेक कोठामा जडित टेलिभिजनको साथसाथै आवश्यक परे गाइडबाट पनि जानकारी मिल्थ्यो ।
वास्तवमा त्यहाँका हरेक तस्वीरले मनलाई नमिठो गरी चिमोठ्थ्यो ।
आखिर ती मानिसहरूले के गल्ती गरेका थिए र, अमेरिकाले यति ठूलो सजायँ दियो भन्ने उत्तरको खोजीमा हरेक तस्वीरहरू उभिएका थिए । मनै रुवाउने ती तस्वीरहरू देख्दा हामी जो कोहीलाई पनि भावुक बनाइहाल्दथ्यो । सङ्ग्रहालयबाट बाहिर निस्कदै गर्दा प्रत्येक मान्छे रुन्चे अनुहार लिएर निस्कन्थ्यो । केही छिनसम्म बोल्न पनि गाह्रो भइरह्यो एक अर्का बीच । एउटा साझा मानवीय नाताले हामीलाई धेरै बेरसम्म छोइरहयो । धेरै बेर लाग्यो सहज हुन र एक अर्का बीच खुल्न पनि । बाहिर निस्कनै लागेका थियौ ।
‘सङ्ग्रहालयको बारेमा के धारणा रह्यो ?
तपाईले हिरोसिमाका बारेमा के सुन्न भएको छ ?
कुन मार्ग हँुदै हिरोसिमा आउनुभयो ?
कुन देशबाट यहाँ आउनुभयो ?
र यस्तो नृशस कार्यका प्रति तपाईको के धारणा छ ?’ भन्ने खालका प्रश्नहरू राखिएको एउटा फर्म भर्न दिइयो । हामीले पनि आआफ्ना विचारहरू राखेर फर्म भ–यौ । वास्तवमा साह्रै दुखदायी थियो यी प्रश्नका उत्तर दिन पनि । गह्रौ मनले फर्म बुझायौ । फर्म बुभ्mने महिला पनि दुखी देखिन्थिन् । ठाउै नै त्यस्तो थियो कि कोही पनि हाँस्न नसक्ने । वातावरण नै अत्यन्त सन्नाटापूर्ण थियो । हामी भारी मन लिएर बाहिर निस्कियौ ।
सङ्ग्रहालयबाट निस्केपछि त्यहीँ वरिपरिको दृश्यावलोकन गर्न थाल्यौं । आडैमा एउटा स्मारक थियो । मृत आत्मालाई सम्झिने ठाउँ रहेछ त्यो । म पनि नजिकै गएँ । आँखा चिम्लेर ती आत्माहरूको नाममा प्रार्थना गरेँ र मनको बगैँचाबाट टिपेर श्रद्धाका दुई थुंगा पूmल चढाएँ । शरीरले मानसिक शान्ति पाएको अनुभूति ग–यो । हिँड्दा हिँड्दा गोडा फतक्क गलेका थिए त्यसैले एक ठाउँ बसेर ढुक्कले यसको वातावरण नियाल्न थाल्यौ । बुद्वको पावनभूमिबाट आएका हाम्रा शान्तिमय पाउले हिरोसिमाको धर्ती पवित्रमय बनाएका थिए । हामीले यो ठाउँमा पाइला राख्न पाउँदा आपूmलाई धन्य महसुस गरेका थियौ ।
अणुबमले ध्वस्त पारेको सहर पहिलेकै अवस्थामा आउन त निकै वर्ष लाग्छ भन्ने कुरा पत्रिकामा पढेकी थिएँ । विज्ञान पढाउने शिक्षकले पनि त्यसै भन्नुभएको थियो । ‘विज्ञान वरदान कि अभिशाप ’ भन्ने वक्तृव्वकला प्रतियोगितामा भाग लिँदा पनि म लगायत साथीहरूले विपक्षमा बोल्दा यही हिरोसिमाको उदाहरण दिन्थ्यौ । तर मिहिनेती जापानीजहरूले अरू प्रान्तबाट उर्वरायुक्त माटो ल्याएछन् र सहर पहिलाको जस्तै हराभरा र सुन्दर पारेछन् । केही समय अगाडिको खण्डहर जमिन अहिले विशाल वृक्ष र सुन्दर फूलहरूले सजिएको थियो । ‘जापानीहरू कमिला झै मेहेनती हुन्छन’ भन्ने हाम्रो सोचाइ यहाँनेर सार्थक भएको देख्न सकिन्थ्यो ।
हुन पनि हरियाली हुन सय वर्ष लाग्छ भन्ने ठाउँलाई उनीहरूले पचास वर्ष पनि नलाग्दै रहरलाग्दो पाराले हराभरा बनाएका रहेछन् । विश्वका मानिस भ्रमण गर्न आउँछन् भन्ने ठानेर आन्तरिक सुन्दरतामा पनि निकै ध्यान दिइएको रहेछ । यति मनोहर कि यो ठाउँ छाडेर कहीँ पनि नजाऊ जस्तो लाग्ने थियो । लामबद्ध पाराले रोपिएका मनै लोभ्याउने धुपीका बोटहरूले सुन्दरतालाई अझ निखार दिएका थिए । केही बेर त्यही रहेको हरियाली पार्कमा बसेर थकाइ मार्न मन लाग्यो । हिरोसिमा घुम्न आउने मानिसको धुइरो पनि निकै थियो । कुन कुन देशबाट आएका हुन् कुन्नि पार्क पनि भरिभराउ थियो सफा र चिटिक्क थियो । हरपल कुचो बोकेर हिँडिरहेका मानिस प्रशस्तै देखिन्थे । हाम्रा देशका कतिपय कविजनहरू यहाँ आएर कवि गोष्ठी गरेको र शान्तिको प्रार्थना गरेको कुरा कतै पढेकी थिएँ । सायद पार्कको यतै कतैको कुनै कुनो होला भनेर मनले गम खाइरहयो एकछिनसम्म । आँखाले वल्लो कुना र पल्लो कुना चहारिरहे धेरैबेरसम्म ।
त्यत्रो ठूलो पीडा र चोटलाई सहेर पनि पर्यटकहरूलाई उनीहरूले ठूलो स्वागत र सत्कार गरेका छन् । हिरोसिमाको क्षतिग्रस्त भवन र म्युजियमको आडैमा एउटा चौडा आकारको नदी छ । हाम्रो देशको विष्णुमती नदी जस्तै लाग्छ यो । नदीमाथि ससाना कलात्मक डुङगाहरू पनि छन् । ती डुङ्गामाथि मान्छे नै बसेका भने देखिदैन । नदीको पानी असाध्यै सङलो र स्वच्छ छ । यो नदीले हिरोसिमाको यो परिसरलाई निकै सुन्दरता बढाएको महसुस गर्छु ।
बम आक्रमणका बेला यो नदी पनि निशानाको शिकार भयो होला । यो नदीको पानीलाई बमको तातो ज्वालाले झवाइई पा–यो होला । त्यतिबेला योे नदी कत्ति पीडामा रन्थनियो होला । सलल बगेर आफ्नो कर्तव्य पूरा गरिरहेको यो शीतल नदीले के नै बिगारेको थियो र त्यो भयङ्कर चोटको सामना गर्नु प–यो । यो नदीको कारुणिक वेदनासँगै सम्पूर्ण हिरोसिमाका जनताका रगतका आँसुहरू पनि यसमा मिसिए होलान् । कठै ! यसको मनमा कत्ति चोट लाग्यो होला मानिसका रगतहरू नदीमा मिसिदाँ । नदी बोल्न सक्दैन । यसले आफ्नो पीडालाई मानिसले जस्तै धरधरी रुदै व्यक्त गर्न सक्दैन । त्यसैले पानीसँगै चुपचाप आफ्ना आँसु पनि सँगसँगै बगाइरहेछ । छातीभरि कालो इतिहास बोकेर आफ्नो धर्म पूरा गरिरहेछ ।
यो अभिमानको युद्धले पनि मानिसलाई कहिले छोडेन । विभिन्न काल, खण्ड र फरक फरक भूगोलमा यसका अवशेषहरू बाँचेकै छन् । पौराणिक कालका ग्रीस र ट्रयनगरका तथा युनानी र मिश्रदेवी युद्धदेखि लिएर इतिहासकालका फिलिप, सिकन्दर र दारियसका युद्धसम्म तथा प्राचीन युगका रोमेली र कार्थेजवासीका युद्धदेखि लिएर मध्ययुगका ख्रिष्टीय र मुसलमानहरूका बीचमा बीभत्स धर्मयुद्धसम्म अनि अरब र स्पेनका युद्ध र नेपोलियन हिटलर हँुदै फिलिस्तिन र इजरायलका युद्धहरू अनि पछिल्लो समयमा आएर नाइजेरियाका बोकोहरामहरू पनि युद्धकै खेल खेलिरहेका छन् । यी युद्धले छेडेका आँसुका नुनिला ढिकाहरू भएर संसारभरि नै विभिन्न नदीमा बगिरहेका छन्् ।
हाम्रै देशको माओवादी जनयुद्धमा पनि कस्ता कस्ता दुर्दिनहरू हामीले भोग्नु प–यो । रगतले कर्णाली नदीदेखि कोशी नदीसम्मका भङ्गालाहरू चिसिए । कयौँ निहत्था र निर्दोष दाजुभाइ दिदीबहिनीहरू कहिले सरकारको तर्फबाट कहिले माओवादीको तर्फबाट गोलीको निशाना भए । उनीहरूको आँसु कहिले गण्डकी भएर बग्यो । कहिले मस्र्याङदी र नारायणी भएर बग्यो । चोटका शृङ्खलाहरूले त विश्वमा कसलाई छाड्यो होला र ? म नदी हेर्दाहेर्दै टोलाएछु । अरू सबै फोटो खिच्नमै व्यस्त रहेछन् ।
यतिकैमा नदीको छेउमै आएर एउटा स्कुल बस रोकियो । सुकिला विद्यार्थीहरू गाडीबाट फटाफट झरे । सोचेँ विद्यार्थीहरूलाई पनि म्युजियम देखाउन ल्याइएको होला । तर यिनीहरू त मेरो सोचाइको विपरीत हात हातमा भ्वायलिन लिएर पो झर्दै छन् त । फेरि तुरुन्त नै एकैछिनमा भटाभट गाडीबाट फोल्डिङ कुर्ची पनि निकालेको देख्छु । यी कामहरू यति छिटो भइरहेको छ कि मानौँ समय एकदम कम छ । सकेसम्म सेकेन्डसम्म पनि खेर नजाओस भन्ने मान्यता छ ।
उनीहरू सबै जना यही विशाल नदीको छेउमा उभिन्छन् । हारको शैलीमा कुर्चीहरू राखिन्छन् र सबैजना हात हातमा भ्वायलिन लिएर बस्छन् । उनीहरूलाई अनुशासनपूर्वक त्यहाँ राख्न शिक्षकले केही मिहिनेत गर्नै पर्दैन । पहिल्यै रिहर्सल गरे जसरी उनीहरू टकटक मिलेर बस्छन् । सुट, टाई लगाएका एक व्यक्ति सायद सङ्गीत शिक्षक होलान् । पहिले केही सैद्धान्तिक कुराहरू भन्छन् र भ्यायलिन बजाउन सिकाउँछन् । सबै जना तालमा ताल मिलाएर भ्यायलिनको मीठो स्वर निकाल्छन् । नदी किनारामा यो सुमधुर आवाजले वातावरणको रौनक नै फरक बनाइदिन्छ । सारा पर्यटकहरू यो दृश्य देख्दा टक्क रोकिन्छन् । यी सारा दृश्यलाई क्यामेरामा कैद गर्न उनीहरू बिर्सिदैनन् । हामीले पनि चित्त बुझने गरी फोटोहरू खिच्छौ । फोटो नै खिच्न पाउँदा पनि असीम सन्तुष्टि मिल्छ । अझै क्लिकक्लिक गरिरहन्छु धोको नमेटिन्जेल । आहा ! कति सुन्दर दृश्य ।
यसरी नदी किनारामा सिकिएको शिक्षा त कसै गरे पनि बिर्सिइन्न होला । कत्ति जुक्ति आएको होला यसो गर्न । कत्ति प्रकृतिप्रेम देखिएको यो मुद«ामा । हामी सबै हेरेको हे–यै भयौ । कति मिहिनेती शिक्षक मनमनै तारिफ गर्छु म । हाम्रो देशका बालबालिका त नदी किनार जाऊ भनेर खोजेमा पनि कहाँ जानु र खै ? राजधानीमा त यो सम्भव छैन तर उपत्यका बाहिर भने कहिलेकाहीँ विद्यार्थीलाई यसरी सिकाउने हो भने निकै दिगो सिकाइ हुने थियो होला ।
देवीका प्रतीक मानिने वाग्मती, विष्णुमतीजस्ता नदीहरू त त्यस्ता प्रदूषित छन् भने धोबीखोला, टुकुचा अनेक नाम गरेका नदीहरू ढलमा रूपान्तरित भएका छन् । काठमाडौँका खोलानाला सम्झिने बित्तिकै डुङडुङती गनाउने फोहोर र कालो पानीको मात्र याद आयो । आफैलाई देख्दा आनन्द आउने र सहरको शोभा बढाउने यी खोलाहरूको संरक्षण नगरेर किन फोहोर विसर्जन गर्ने थलो बनाइएको होला है ? मनभित्र प्रश्नले डेरा जमाउन थाले । सङ्गीत कक्षा चलि नै रहेको थियो । यो दुर्लभ क्षणलाई आँखाभरि सजाउँदै हामी समयको पावन्दीमा बाँधियौ र त्यहाँबाट बाहिर निस्कियौँ ।
‘हिरोसिमा’को चिनो राख्नलाई पनि केही चिज खरिद गर्नु थियो, दिनभरिको कुदाइले पेटमा मुसा कुद्न थालेका थिए । झोलामा बोकेका खानेकुराहरू सकिएका थिए । त्यसैले एउटा रेष्टुरेन्टमा छि¥यौं र अण्डा, चाउचाउ र भेजिटेबलको परिकार ‘ओकोनोमियाकी’ अर्डर ग¥यौं । सबैले अघाइन्जेल खाजा खायौं र लुगाफाटा तथा आफन्तका लागि उपहारहरू खरिद गर्न बजार घुम्यौं । घाँटीमा लगाउने निकै कलात्मक मालाहरू भेटेँ । आफ्ना निकट पारिवारिक सदस्यलाई भनेर छ वटा विभिन्न रङका मालाहरू किनेँ । राम्रो सामान भेटिएकोमा मन सन्तुष्टिले गमक्क फुल्यो । केही टिर्सट र जापानी टाईहरू लियौ । जापानको टाई निकै राम्रो हुन्छ भन्ने सुनेकी थिएँ । दुई चार वटा खरिद ग–यौ । समय निकै बितिसकेको थियो । अब हामी मात्सुयामा फर्कने तयारी गर्न थाल्यौ । बेलुकापख बजारमा झन् भीडभाड बढ्न थालेको थियो । हाम्रै असन सम्झाउने खालको भीड देखेर यहाँ त मान्छेको कमी रहेनछ भन्ने लाग्यो ।
हिरोसिमा सानो क्षेत्रफलमा फैलिएको सहरी क्षेत्र थियो । त्यसैले अफिस छुट्ने बेला भएर होला यतिविधि भीड भएको । सायद अब यही ठाउँमा फेरि दोहोराएर आइने छैन होला । यति सुन्दर ठाउँमा पाइला राख्ने मौका पाइयो । एक पटक आफैले आफैलाई धन्यवाद दिन मन लाग्यो । मनमनै धन्यवाद दिएँ । सायोनारा हिरोसिमा भनेँ । आफ्नै अगाडि रहनु भएको श्रीमान्जीलाई पनि मुरीमुरी धन्यवाद दिएँ । जसका कारणबाट यो स्वप्नलोकमा पदार्पण गरियो । जीवनमा भ्रमण त गर्नै पर्ने रहेछ । भ्रमणले मानिसलाई धेरै जान्ने सुन्ने बनाउँछ । भविष्यमा अब अरू देशको पनि भ्रमण गर्ने लक्ष्य राख्नुपर्छ भन्ने लाग्यो । बरु पैसाको जोहो मिलाउन पो गाह्रो । घुम्ने भन्नेबित्तिकै पैसा नै अघि लाउनु प–यो ।
यस्तै कुराहरू मनभित्र खेल्दै थिए । साँझ सात बजे पानीजहाज चढ्न आइपुग्यौं । त्यहाँ करिब एक घण्टा जति नै हामी बस्नु पर्ने भयो । आडैमा भएको रेष्टुरेन्टहरू घुम्न थाल्यौ । विश्वका हरेक मुलुकमा आफ्नो व्यापारको सञ्जाल फैलाएका इण्डियनहरूले हिरोसिमाको यो पानीजहाजको किनारमा पनि रेष्टुरेन्ट खोलेका थिए । नेपाली भनेपछि उनीहरूले हामीलाई आफ्नै ठान्थेँ र राम्रो बोलचाल गर्दथे । यसैबीच एउटा इण्डियन रेष्टुरा ठानिरहेका थियौ । हामी नजिक पसल मालिक नै आएर खुसुक्क आपूm नेपाली भएको र यहाँ विभिन्न कारणका लागि आपूmले पसलको नाम पनि इण्डियन राखेर आपूm पनि कृत्रिम इण्डियन बन्नु परेको कुरा गरेँ । हामीलाई मीठो सलाद खुवाए । पैसा लिन मानेनन् । तपाईहरूलाई भेट्दा आफ्नै दाइ, भाइ भेटेजस्तो लागेको छ भनेँ । यो परदेशको भूमिमा हामीलाई पनि कसैले आफ्नो ठान्दा अत्यन्त हर्षित भयौ ।
सबैतिर घुमघाम गरेर एकछिन वेटिङ रुममा भएको टि.भी हेर्दै थियौ । एउटा जापनीज फिल्म आइरहेको थियो । एउटा पुरुषले सायद उसकी श्रीमती हुनु पर्छ लात्तै लात्ताले भकुरिरहेको थियो । ऊ निरीह जस्तै बनेकी थिई । प्रतिरक्षामा पनि उभिएकी थिइन । नेपालमा देखिने यो दृश्यलाई यति धेरै विकसित राष्ट्रमा पनि देख्दा महिलाको कथा त जहाँ गए पनि उस्तै रहेछ कि जस्तो लाग्यो । एउटा पुरुष यति निर्दयी बनेर कुटन जाइलाग्छ भने यहाँका महिला पनि पीडित नै रहेछन् भन्ने निश्चय गरेँ । सडकमा गाडी चलाएर हिँडनेमा महिलाकै उपस्थिति बाक्लो देखेकी थिएँ । यसबाट महिला र पुरुषको समान हैसियत होला भन्ने मेरो सोचाइ थियो । यही कुराबारे विस्तृत चर्चा चार पाँच वर्षसम्म जापानको जीवनशैली नियालेकी मनिता बहिनीसँग गरेँ । टेलिभिजनको दृश्य र आम जापानी महिलाको जीवनपद्धतिबारे जिज्ञासा राखेँ । होम स्टेका कार्यक्रममा पनि सहभागिता जनाएकी मनिता बहिनीले महिलाहरू पीडित नै रहेको कुरा गरिन् । सामाजिक संस्कार, पारिवारिक दायित्व र सन्तान हुर्काउँदाको सास्ती त जहाँका महिलालाई पनि एउटै हो । प्रकृतिको यो फरक बनावटले पनि महिलालाई बराबर पहिचानमा आउन सधैँ व्यवधान तेर्साइदिन्छ । जापानजस्तो विकसित मुलुकमा त यस्तो छ भने हाम्रोजस्तो देशमा यति छिट्टै परिवर्तनको आशा कसरी राख्नु । ।
उसै त दिनभर थाकेको शरीर फेरि फिल्ममा देखिएको यो निराशावादी दृश्यले मन कुटुकुटु खाइरहयो । हिरोसिमा जाँदा जुन उत्साह थियो त्यसलाई त भोगेर आइएको थियो अब मात्र थकित शरीरलाई आरामको जरुरत थियो । त्यसैले आरामपूर्वक पुनः पानीजहाजको शालीन यात्रा पूरा गरि आँखाभरि हिरोसिमा सजाउँदै अपार्टमेन्ट आइपुग्दा रातको एघार बजिसकेको थियो ।
शरीर थाकेर चुर भए पनि ‘हिरोसिमा’को यात्री हुन पाउँदा मन भने फूलको थुँगा जस्तै हलुका भएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 आसाढ, 2074

लेखकका अन्य रचनाहरु