गजल

- डिल्लीप्रसाद अधिकारी

जान्दिन म कहिले उसको नजर लाग्यो मलाई
उसैसित मुटु गास्ने रहर लाग्यो मलाई।

उसलाई पाउन मैले ठूलो सागर नाघ्नु पर्छ
उत्कण्ठाले त्यही सागर नहर लाग्यो मलाई।

कोमल कुरा हृदयमा जति साँचेको छु
उसैलाई भन्नुपर्छ ठहर लाग्यो मलाई।

उसको महक नभएका सबै कुराहरू
अब भने कालकूट जहर लाग्यो मलाई।

उतै जान्छ मनप्राण जता तान्छे उसले
नपुगिने उसको ठाउँ सगर लाग्यो मलाई।

सबैथोक बिर्सिएँछु उसको सम्झनामा
आफू समेत हराएको प्रहर लाग्यो मलाई।

घटेको छ डिल्लीप्रसाद माया बग्ने नदी
पानी बग्ने ठाउँ पनि बगर लाग्यो मलाई।।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 जेठ, 2074

लेखकका अन्य रचनाहरु