अनौठो मान्छे

- प्रदीप सापकोटा

कहिले बेतोड कुद्छ प्रलापी फाँटहरुमा
कहिले चढ्छ दुःखका पहाडहरुमा
निरन्तर निरन्तर
गुढ सत्यको मूलवाटो खोज्न मान्छे
अनिश्चित धागोमा जीवन उनिएको भएपनि
आफ्नो गन्तव्य रोज्छ मान्छे ।

चाहे उघ्रोस् आकास छ्याङ्ग
वा बर्सोस् मुसलधारे पानी
पर्वाह गर्दैन् अविश्रान्त मान्छे,
कहिले मनको वलेसीमा
खसाल्छ दुःखको आँसु
कहिले पोत्छ मुहारमा खुशीको मुस्कान
यो अनौठो मान्छे ।

बोकेर अभिसप्त मन कहिले
थाकेर कुन्जिएको तन कहिले
वैरागिन्छ कहिले दिक्दारिलो रङ्गमा
हराइदिन्छ कहिले भयावह अँधेरीमा,
आँसुसँगै कहिले हाँसो लेराउँछ
दुखसँगै कहिले सुख डोर्याउँछ
हरेक विहानीको घाममा सुखको अनुभूति गर्छ
हरेक साँझमा हुने घामको आत्महत्यासँगै
आफ्ना सबै सपनाको हत्या गर्छ यही मान्छे
लालित्यमा सुशोभित
मधुमासमा सुगन्धित
विहानीझैँ सुन्दर देखिन्छ यही मान्छे ।

कहिले पुतलीभैmँ रमाउँछ
फूलझैँ सुवासिन्छ
अनन्त इच्छारुपी छटा बोकेर
वसन्तको पालुवाझँै
रहरहरुमा पलाउँछ मान्छे
दुःख भुल्छ, सुख अँगाल्छ
कठिन परिस्थितिमा पनि
आफूलाई सम्हाल्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु