समाचारमा सिरिया

- नम्रता गुरागाईं

समचारमा
उ भारीजिउकी
बन्दुकको गोलीले घरको धुरी छेडेपछि
पेटभित्रको बालकलाइ सुरक्षित जम्न दिन
डुंगा चढेकि थिइ रे
डुंगा पल्टिदा पोडी खेल्न नसकेर आंखा चिम्ली रे ।

उ दुइ हप्ताको नावालक
उसले पौडी खेल्न सिक्नै नपाइ
डुंगा पल्टिदा आमाबाट छुटेर
सागरको नुनिलो पानी घुटुक्क निल्यो रे ।

उनी असी नाघेका बृद्घा
मनमा युवा जोस राखेर
डुंगा चढ्दा डुंगासंगै पल्टिए रे
मन जतिसुकै दह्रो बनाएर पानीमा पसेपनि
सरकारजस्तै निर्दयी छाल आएर हुत्याउंदा
पर पर धेरै पर
गहिरो पानीसंग उनले आत्मा समर्पण गरे रे ।

समचारमा
कोही प्यासले छटपटाएर मरे रे
कोही ग्यासले छटपटाएर मरे रे
दिनहु गुजारा माग्नेहरुको संख्या बढे रे
दिनहु घर छोडेर भाग्नेहरुको संख्या बढे रे ।

एक्काइशौं शताब्दीमा
मानबजाती कता गइरहेछ हं ??
किन आजका मान्छेहरुको
हिटलरका भुतप्रेतसंग जम्काभेट भइरहेछ हं ???

नर्थ क्यारोलाइना

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु