एउटा माइकको आत्मकथा

- विश्व विनोद

समय बदल्दै जाँदा मेरो स्वरुप परिवर्तन भएछ तर काम भने एउटै छ, सानो आवाजलाई ठूलो बनाउनु । उ बेला नेताज्यूले मलाई बोकी बोकी गाउँ डुलाउनु हुन्थ्यो । भाषणले जनता भुलाउनु हुन्थ्यो । कहिले बोकिएर गएँ, कहिले उनीहरूको हातमा चढेँ, कहिले काँधमा चढेँ । म पराधिन थिएँ र छु पनि (नेपाल जस्तै) । हो म स्वचालित छैन (नेपाल जस्तै), मलाई चलाउन अर्कैको आवश्यकता पर्छ (नेपाल जस्तै) । न आफ्नो कुरा बोल्न सक्छु न खोल्न सक्छु । (नेपालको पनि यस्तै हविगत छ रे ! हो ? तपाईलाई थाहा होला ... ... ) नेताजीले जे बोले म निर्देशित पारामा उही बोल्दै गएँ ।
उनीहरूले २००७ साल वरपर भाषण गर्दा मलाई अन्यन्त रौनक जाग्यो, म कहाँ कहाँ जन्मे तर म आएको देश बन्छ, विकसित हुन्छ भनेर म अमुक पाराले चकित हुन्थे । ती डल्ले नेताले मेरो घाँटी बटारेर भाषण गरेका थिएँ भने ती अग्ला नेताले मेरो घाँटी तिनिक्क तन्काएर रन्कदै भाषण गरेको मेरो मानसपटलमा ताजै छ । आज जस्तै लाग्छ तर सम्झदा लाजै लाग्छ ।
समय घर्कदै गयो, मलाई राणाले पनि प्रयोग गरे, प्रजातन्त्रवादीले पनि प्रयोग गरे, मलाई गणतन्त्रवादीले पनि प्रयोग गरे । हो म समय अनुसार प्रयोग भएँ, म एक वेश्या जस्तै भएँ । मेरै तालुमा आएर तिन ठूलाठूलाले तालु छाम्दै र काम्दै देशको लागि साम्यवाद, पूँजीवाद, समाजवाद आदिका भाषण गरेको सम्झन्छु । मेरै प्रयोगले धेरैले आसन ग्रहण गरे, भाषण ग्रहण गरे तर रासन ग्रहण गर्ने जनताले गर्न पाए, पाएनन् थाहा पाएको भने छैन ।
उ बेलामा क्रान्तिको विगुल फुक्नेले गाउँमा गएर गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ भन्ने नारा लगाएका एक जुँगेमुठे नेताले निकै दमदार भाषणले जनतालाई उठ, उठ भनेर गीत गाए, एक जुगमा एक दिन आउँछ भनेर जनतालाई उठाए मेरै प्रयोगबाट तर उन्का विपक्षले मलाईनै प्रयोग गरेर भने– ‘गाउँवस्तिबाट उठ भनेर नारा लगाउने आफै आठ लाखको खाट किनेर सुतेछन् ।’ लौ भन्नोस् त, नेतालाई निद्रा प्यारो कि जनता ?
मेरो सही सदुपयोग भयो भएन म जान्दिन तर जिन्दावाद र मुर्दावादका चर्का नाराले मेरो दाह्रा किट्किटाउँछ । जब यस्ता वादका आर्तनाद सुन्छु मेरो प्रयोगबाट देश बरबाद भएको बुझ्छु । तर मलाई त फलानो पार्टीको मुखपत्र भईस्, तँ जनजातिको मुखपत्र भइस्, तँ नजातिको मुखपत्र भइस् भनेर लान्छना लगाउँदा मेरो मथिंगलमा अरिंगालले टोकझैँ
लाग्छ । यस्मा मेरो के दोष ? मलाई चलाउने अर्को छ, न म आफ्नो आवाजमा बोल्न सक्छु न म आफैले चाहे जस्तो बोल्न सक्छु ।
हो म प्रत्येक ठूला आन्दोलनमा प्रयोग हुँदै आएँ । आन्दोलनमा नारा एकथरि लाग्थे तर व्यवहार र पारा अर्कै भएको कुरा साराले मैमार्फत भन्थे । एजेन्डा फेरेर वितण्डा मच्चाए विपक्षीले मेरै प्रयोगबाट भनेका हुन् । कहिलेकाहिँ म यी नेताज्यूको रिसको झोँँक फेर्ने भाँडो भएको छु । ती सदनमा म लगायत धेरै माइक तोडफोड भयो आखिर आफै आएको थाल्मा सुसु गर्नेहरू न परे । यत्रो वर्षसम्म यिनको भाषण सुन्दा पुरानो बोलत नयाँ रक्सी भन्या झैँ पुरानै पाराको भाषण रिमिक्स गरेर भन्या झैँ लाग्छ । यस वर्ष पनि चुनाव हुने भएछ, अब मलाई सुर्ता लागिरहेछ फेरि मैले यी नेताको ढँटुवा र उधारो भाषण सम्प्रेषण गर्नु पर्ने कुराले निद्रा लागिरहेको छैन ।
माइक बन्नु आफैमा पीडा हो, नेताका झुठ्ठा भाषण भन्नु झन् पीडा हो । ईजिप्टियन मिथकमा जुपिटरले इकोलाई सरापेपछि इको आफ्नो आवाजमा बोल्न नसके जस्तै म पनि आफ्नै आवाजमा बोल्न सक्दिन । म सोच्छु मलाई प्रयोग गर्नेहरूको जवीनशैलीमा कति परिवर्तन आएछ भनेर अनि चकित र थकित मात्र हैन दुःखी पनि हुन्छु ।
उ बेलामा नेपाली ढाका टोपी घेराभरी फाटेको लगाएर भाषण गर्ने पनि यिनै नेता हुन् । जीवनभर माइकमा बोल्न बाहेकको पेशा अपनाए पनि खै यी नेताज्यूको आर्थिक अवस्थामा कसरी सुधार आएछ कुन्नी आज उन्को टोली झिलिक्क परेर टिलिक्क टल्कने भा’को छ । उफ् उफ् उनले दाँत माझ्ने मञ्जन नभएर दाँतै नमाझी भाषण गर्दा मेरो नाकले यति सास्ति पा’को थियो कि म त झण्डै ठाम्को ठाम् झण्डै बेहोस भा’को । तर अचेल उनको मुखमा गन्धको साटो बासना आउन थालेको छ ।
मेरै तालुमा आएर देश विदेशका परिवर्तनका कुरा सुनाउने गर्थे यी नेताले धेरै अघिदेखि तर आजसम्म तिनै थोत्रा मुखले हामीले परिवर्तन ग¥यौं पो भनेर भाषण गर्छन् गाँठे ¤ हैन यी नेताले माइकमै बोल्नु छ भने दोस्रो भाषणमा किन देश परिवर्तन भएन हँ ? तपाई भन्नु होला विकास भनेको जादूको छडी हो र ? आजको भोलि विकसित हुनलाई तर म माइक भएर बोल्न नसकेको भएर मात्रै हो नत्र मैले सोध्थेँ होला यत्रो आधा शताब्दी त भो नि ¤ तिमीले म मार्फत् भाषण ठोकेको खै ? परिवर्तन गरेको ?
व्यवस्था परिवर्तन हुनु विकास हैन । निकास मात्र होला तर व्यवस्था परिवर्तन भएर वेवास्ता हुनु विडम्बना हो । मान्छे कति स्वार्थी हुन्छ भन्ने कुराको प्रमाण बोकेर म ठि· उभिन्छु, अनि यिनीहरूको लि· सम्झन्छु । हरे दैव ¤ हिजो कसैलाई सत्तोसराप गर्न मलाई नै धराप बनाउनेहरू भोलि मै मार्फत मंगलगान र जय गान गाउने मान्छे यिनै हुन् । यौटा दल चाहार्दै हिड्ने वेश्या नेताले मलाई भाषणको बेला निकै सुम्सुम्याउँछन् तर उन्को भाषण सुन्दा मलाई लाग्छ, थुक्क उन्ले पार्टी परिवर्तन गरेछन् तर सोच परिवर्तन गरेनछन् । उनका भाषणहरू पुराना बोतलमा नयाँ रक्सी राख्याभन्दा कम थिएनन् ।
उन्का भाषणमा अचेल विदेशी लय र लवज आएको देख्छु । कनिकुथी बोल्ने नेताज्यू आजकल ज्यू हजुरको भाषण गर्न खप्पिस हुनुभा’को छ । म मेरा वक्ताहरूलाई यौटा च्यालेन्ज के दिन चाहन्छु भने उनीहरूले जनताको अघि फूर्ति लाए पनि मेरो अघि नलगाउनको साक्षी मै हुँ, प्रत्येक परिवर्तनको, प्रत्येक भाषणको साक्षी मै हुँ ।
एक दिनको घट्नाले मलाई निकै हसाउँछ । यी नेताको हविगत देखेर । म पनि निकै आत्म स्वाभिमान खोज्छु तर कहिलेकाहिँ दिग्भ्रमित हुन्छु । एकदिन एउटा भाषणको आयोजना गरियो । तपाईलाई थाहै होला आजकलको भाषण कस्तो हुन्छ भनेर । आसन ग्रहण पछि भाषण ठोक्यो अर्काले के भन्ने नसुनि कनै कुलेलम ठोक्यो । आजकलका भाषण मात्र औपचारिकता निर्वाह गर्ने मात्र हुन् । हो त्यस्तै भयो, त्यो दिन पनि जो जो बोल्ने थिए, सबै भन्दै कुलेलम् ठोके, अन्त्यमा त स्रोता भन्दा मञ्चमा पो धेरै मान्छे भएछन् । म झस· झस्किएँ किनकि त्यहाँ त कोही थिएनन् । तै त्यो पत्रकारले थाहा पाएनछन् । मलाई त्यस दिन निकै नमज्जा लाग्यो ।
मेरो यौटा इच्छा छ या झुट्टा खेतीको बीज छरेर वर्वरता मच्चाउने नेताको भाषणबाट मुक्ति पाउने । यिन्ले स्वतन्त्रताको कुरा गर्दा मैले पनि यी नयाँ सोच नभएको नेताको भाषण जनतामाझ पु¥याउनबाट मुक्ति पाउन चाहन्छु । हुन त मैले कहि अघि ती नेताले झुठा भाषण गर्दा बिचमै विग्रिएको नाटक के गरेको थिए ँ तिन्ले ठ्वाक्, ठवाक् पारेर मेरो गालामा चड्कन लगाएर मेरो धड्कन बढाए, नबोलु नि किन ? नत्र झन् झापड पाइने डरले बोल्न थाले विवस भएर । म मुर्दावाद र आलोचनाको आवाज फ्याँक्न चाहन्न, मलाई सकारात्मक सोचले बाच्नु छ तर मलाई बसैभन्दा बढी मुर्दावाद्को नारा लगाउन प्रयोग गरिन्छ । सबभन्दा बढी आलोचना, गाली गलौज, कुरा काट्न प्रयोग गरिन्छ । मलाई भाषण गर्नेले सकारात्मक सोचको भाषण गरिदेउन् भन्ने चाहन्छु । म राजनेता जन्माउन चाहन्न र तिनै राजनेताको असल भाषणको आवाज वस्ति वस्तिमा लैजान आतुर छु तर यी चतुर नेताले मेरो निष्कलंक, स्वच्छ चरित्रमाथि खेलवाड गरेर तटस्थ चरित्रलाई अस्वस्थ बनाएका छन् । लौन प्रभो यौटा राजनेता जन्माइदेउ झुट्टा नेतालाई नर्क तर्फ अन्माइ देऊ । जदौ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 बैशाख, 2074

लेखकका अन्य रचनाहरु