उत्तरआधुनिक प्रेम – तीन

- डा.लक्ष्मणप्रसाद गौतम

उसले मेल गरेर पठाएको कथा पढेपछि किन हो मन थाम्न सकिनँ । अनायासै आँखाबाट दुई थोपा झरे । यसरी आफ्नै कथा लेख्ने गरी ऊ यति भावुक होला भन्ने मैले सोचेकी थिइनँ । मेरो मात्र एकोहोरो आकर्षण हो किन भन्ने मेरो भ्रमलाई उसले चिरेको थियो ।
अब मैले फेरि ऊसँग च्याटिङका अवसरहरू खोज्न थालेँ । त्यो सर्वसुलभ थिएन । आज धेरै दिनपछि किन हो फेरि अनलाइनमा बस्न मन लाग्यो । एस्.एम्.एस्. गरेर सोधेँ–
“राति एघार बजेपछि अनुकूल हुन्छ ?”
“हुन्छ अनुकूल बनाउँला ।” – उसले उसैगरी छोटो प्रत्युत्तर पठायो ।
यसलाई सफल पार्ने अरू उपाय थिएन । उहाँ अफिसबाट अलि ढिला आउनुभयो । आउनेबित्तिकै म अलि रोमान्टिक भएर ढोकामै मीठो चुम्बन बर्साइदिएँ । मलाई थाहा छ, म रोमान्टिक भएको उहाँलाई मन पर्छ ।
उहाँले सोच्नुभयो होला– आज माछो सजिलै पर्ने भयो ।
हल्का नास्तापछि पेयको प्रस्ताव मैले राखेँ । उहाँले नाइँ भन्ने कुरै थिएन ।
छोराछोरी बोडर्स गरिदिएको हुँदा पनि हामी रोमान्टिक हुन स्वतन्त्र थियौँ । चाहेको र घरमा दुवैजना भएको बेला जतिखेर पनि हामी बोली, व्यवहार र क्रियाकलापले रोमान्टिक हुनसक्थ्यौँ ।
“अब सुरु गर्ने होइन त ?” मैले मुस्कानका साथ अनुमति मागेँ ।
एकछिन फ्रेस हुन देऊ त्यसपछि” – उहाँको त्यस्तै उत्तर आयो ।
उहाँ फ्रेस होउन्जेल मैले स्न्याक्सहरू तयार पारेँ । नजिकैको रेस्टुरेन्टमा गएर एक प्लेट चिकेनचिल्ली ल्याएँ । फ्रिजमा बिहानको मटनकरी थियो, त्यसलाई तताएँ र भटमास साँधेँ ।
“हजुर हार्ड लिस्योस्, म आज वाइन लिन्छु है ?” – मैले अनुमतिको पोको फुकाएँ ।
“हुन्छ जे मन लाग्छ त्यही लेऊ न त ।” – उहाँले स्वाभाविक रूपमा भन्नुभयो ।
विभिन्न ब्रान्डका विदेशी पेय पदार्थसमेत घरमै सञ्चित रहने हुनाले रोजीरोजी पिउन सकिन्थ्यो । उहाँलाई गिलासमा लार्ज पेग ह्विस्की खन्याइदिएँ र मैले आधा गिलाँस वाइन खन्याएँ ।
म उहाँलाई बढी खान हौस्याउँदै थिएँ र परिणाममा उहाँले लार्ज तीन पेग खानुभयो ।
स्न्याक्सका प्लेट र गिलासका तरल पदार्थ रित्तिन लागेपछि उहाँलाई झ्वाम्म लागेछ । मेरो च्युँडो समातेर डार्लिङ भन्दै बाथरुम जानुभयो । त्यही बेला पारेर उहाँको गिलासमा फेरि वाइन थपेर ककटेल पारिदिएँ । ककटेल बनाएपछि बेसरी लाग्छ भन्ने कुरा मैले उहाँबाट नै थाहा पाएकी थिएँ ।
उहाँ बाथरुमबाट आएपछि झन्डै एक घण्टा खाँदै बितायौँ । उहाँलाई झ्वाम्म लागेछ । स्न्याक्स धेरै बनाएकी हुँदा भात पकाउने झन्झट भएन ।
त्यसपछि उहाँ सुत्नुभयो । मैले पनि सुत्ने अभिनय गरेँ । चाँडै नै उहाँ घुर्न थाल्नुभयो । मलाई भित्रभित्रै छटपटी भइरहेको थियो ।
“मेरो राजा” – मैले उहाँ निदाएको ननिदाएको विचार गर्न बोलाएँ । उहाँ बोल्नुभएन र कुनै हलचलसमेत गर्नुभएन ।
“मेरो राजा उता सरिस्योस् न” – फेरि अर्को परीक्षण अस्त्र फ्याँके ।
यसमा म सफल भएकी हुनाले मख्ख थिएँ ।
अब उहाँ ब्युँझनुहुन्न कम्तीमा पनि दुई÷तिन घण्टालाई । सिरक पन्छाएर उठेँ । बिरालोको चालमा गएर कम्प्युटर अन गरेँ, बत्ती नबालीकनै । टेलिफोनको लाइन कम्प्युटरमा जोडेकी हुनाले टेलिफोनको घण्टी बज्ने कुरै थिएन ।
सोचेँ – मोबाइलको घण्टीले उहाँलाई ब्युँझाउन सक्छ । उहाँको र मेरो मोबाइल भाइब्रेसनमा राखेँ । मेरो मनमा भने अर्कै किसिमको भाइब्रेसन थियो, जसले मेरो मुटु ढुकढुक गराइरहेको थियो ।
फेसबुकमा मेसेन्जर खोलेँ । सरोज अनलाइमै रहेछ ।
एक शब्दको मेसेज टाइप गरेँ – “हाई ।”
उसले एक शब्द ब्जाजसहित पठायो – “हाई डार्लिङ ।”
अनि सुरु भए हाम्रा साइबर संवादहरू –
“हाउ आर यु डार्लिङ ?”
“आइ एम् फाइन ।”
वाइन अलिकति लागेछ भन्ने कुरा अङ्ग्रेजी संवादपछि मलाई अनुभव भयो ।
“तिमी मलाई माया गर्छौ कि सम्मान ?” – मैले एउटा अन्तर्वार्ता लिने विचार गरेँ ।
“तिमीलाई माया र तिम्रो भावनालाई सम्मान” – उसको प्रत्युत्तर ।
“तिमीले मलाई माया गर्दा आफ्नो श्रीमतीप्रति अन्याय गरेजस्तो लाग्दैन ?”
“तिम्रो प्रश्न त गणितका फर्मुलाभन्दा पनि जटिल लाग्यो ।”
“फेल हुन्छु भन्ने डर पनि लाग्यो कि ?”
“पास–फेल तिम्रो हातमा छ तर तिम्रो पक्षमा न्याय हुँदा उता अन्याय हुने र उता न्याय हुँदा तिमीप्रति अन्याय हुने द्वन्द्वको मारमा परेको छु ।”
“देशको द्वन्द्व समाप्त भयो, तिमीभित्र अभैm द्वन्द्व छ ?”
“तिमीले नै उमारिदिएको द्वन्द्व त हो नि ।”
“मैले त मेरो श्रीमान्मा पनि तिम्रै प्रतिरूप देख्न थालेकी छु ।”
मैले पनि त मेरी श्रीमतीमा तिम्रै प्रतिरूप देखेको छु नि !
“साँच्चै हो ?”
“के कसम खानुप¥यो र ?”
“किन्नै नपर्ने कसम जति खाए पनि त भयो नि ।”
“के कतै अविश्वास छ र ?”
“त्यो त होइन तर लोग्नेमान्छेहरू कृष्ण हुन र भमरा हुन सिपालु हुन्छन् ।”
“आइमाई पनि त दसओटासँग नारिएर सतीसावित्री हुन खोज्छन् नि ।”
“ए बाबा, भयोभयो, मैले सकिनँ तिमीसँग ।”
“तिमीसँग पनि त मैले सकिनँ नि !”
“तिमी आफ्नी श्रीमतीसँग सन्तुष्ट छौ ?” – मैले अलिकति रोमान्टिक बीउ रोपेँ ।
“भेट हुँदा त सधैँ सन्तुष्ट नै हुन्छु” – उसले प्रत्युत्तर फर्कायो र अर्को प्रतिप्रश्न मैलाई तेस्र्यायो – “तिमी आफ्नो श्रीमान्सँग सन्तुष्ट छैनौ ?”
मैले उसको प्रश्नको उत्तर दिन नपाउँदै झ्याप्प बत्ती भयो । कम्प्युटर बन्द भयो । नेट बन्दभयो । लोडसेडिङको तालिका भित्तामा टाँसेकी थिएँ । घडी पनि हेरेँ – राति बाह्र बजेको रहेछ । बत्ती जाने पालो रहेनछ । भित्रभित्रै देशको व्यवस्थाप्रति रिस उठ्यो । बत्ती पनि कति जानु परेको ? गए पनि लोडसेडिङको पालोमा जानु नि । राति एक बजेपछि त लोडसेडिङको पालै थियो । अब बिहान चार बजेपछि मात्र बत्ती आउँछ । त्यतिबेला अनुकूल हुने कुरै भएन ।
बत्ती पनि यही बेला जानुपर्ने, कस्तो ब्याडलक – मनमनै आक्रोश पोखेँ ।
सोचेँ – ‘छोरी तँ अब ठूली भइस्, केटाहरूसँग हिँड्ने÷बोल्ने नगर्नु है”– आमाले भनेको अतीतको स्मृतिले एक झोक्का तरङ्ग फ्याँक्यो । त्यसपछि बाख्रा चराउन जाँदा आमाका आँखा छलीछली केटाहरूसँग हिँड्ने÷बोल्ने रहर गरेको र हरेक नयाँ उत्सुकताले केटाहरूसँग झिम्मिदै गएका स्मृतिबिम्बहरूले पाना पल्टाउन थाले ।
फेरि सोचेँ – नदीमा धेरै पानी बगिसकेछ । समयको गतिशील प्रवाहमा कुनै अवरोध थिएन ।
बाबुआमाकी एक्ली छोरी म । सानामा पुतलीजस्तै थिएँ । सबैकी प्यारी थिएँ । उमेरका रङ्गहरूसँगै मनमा पनि रङ्गहरू फेरिन थाले । त्यति बेलैदेखि आमाको वाक्यले ममा उत्सुकताको तरङ्गको बीउ रोपिदियो – ‘छोरी तँ अब ठूली भइस्, केटाहरूसँग हिँड्ने÷बोल्ने नगर्नु है ।’ – यो वाक्य मेरो उत्सुकताको पहिलो प्रेरक तŒव थियो ।
म आपूm ठूली भएको त थाहा पाउँदै थिएँ तर आमाले केटाहरूसँग नहिँड्न र नबोल्न भनेको कुरालाई म बोलेर चाख्न चाहन्थेँ । यस्तै अज्ञात इच्छाले ममा विपरीत लिङ्गीप्रतिको आकर्षणलाई मलजल पु¥याइरहेको थियो । यसैक्रममा क्याम्पस प्रवेश गरेकै वर्ष म उहाँसँग नजिक हुन पुगेँ र अल्लारे प्रेमले गृहस्थीको रूप लियो । अभैm पनि आमाको वाक्य मस्तिष्कमा घुमिरहन्छ ।
सम्पन्नता, वैभव र विलासिताले चियर्स गर्ने ल्याकतसम्मको स्थिति सम्झँदा कहिलेकाहीँ अतीतप्रति सम्मोहन जाग्छ । कहिलेकाहीँ केके नपुगेजस्तो पनि लाग्छ । यस्तै नपुगहरूको अज्ञात रहस्यभित्र मेरो मनमस्तिष्कलाई सरोजको सामीप्यको झड्काले सम्मोहन जगायो । आमाले भनेको वाक्यलाई मेरो अर्को भित्री आत्माले यसरी बनाएर भन्यो–
‘अब तँ परिपक्व र प्रतिष्ठित पनि भइस् अरू लोग्नेमान्छेसँग नजिक नहुनू ।’
उहाँ मस्तसँग घुरेर निदाइरहनुभएको छ र म अतीतका स्मृतिलाई दिमागको पर्दामा राखेर रिल घुमाइरहेकी छु ।
भित्री आत्मालाई परास्त गर्दै लोग्नेमान्छेसँगको सामीप्यले ममा झन् अर्को कौतूहल थपिदियो । कहिलेकाहीँ आत्माले सोच्थ्यो– ‘कतै मैले पाप त गरिनँ ?’ त्यसबेला मेरा अचेतनमा रहेको आस्तिकता निरीह बन्थ्यो । सोचेँ – ‘पाप नै हो भने पाप किन यति रहरलाग्दो र मीठो हुन्छ त ?’ आपैmँले आपैmँलाई गरेको प्रश्नले मलाई दार्शनिक बनाउन खोजेजस्तो लाग्यो ।
बत्ती गएपछि सुत्नुबाहेक अरू उपाय थिएन । टर्च बालेर कम्प्युटरमा जोडेको टेलिफोनको तार टेलिफोनको सेटमा जोडेँ । सोचेँ– एक कल फोन गरिदिऊँ । नम्बर डायल गन रिसिभर उठाएँ । बोलेको सुनेर उहाँ ब्युँझनुभयो भने ? अज्ञात आशङ्काले मन अमिलियो । होइन, एउटा एस्.एम्.एस्. त पठाइदिऊँ क्यारे । उसप्रतिको अज्ञात मानसिक आकर्षणले मलाई लखेट्न थाल्यो ।
एस्.एम्.एस्. गर्न मोबाइल हातमा लिएँ । मध्यरातमा पनि टावर थिएन । दुईतीन पटक प्रयास गरेँ, भएन । म्यासेज टाइप गरेपछि सुस्त ढोका खोली बरन्डामा गएर सेन्ड गर्न खोज्दा पनि भएन । ‘राम्रो सर्भिस दिन नसक्ने भएपछि धेरै सिमकार्ड वितरण नगर्नु नि ?’– दूरसञ्चारप्रति मनमनै आक्रोश पोखेँ । एक मन त लाग्यो– मोबाइल नै हु¥याइदिऊँ तर सकिनँ । कपडा खोले म्याक्सी लगाएँ र उहाँकै छेउमा सिरक ओढेर सुतेँ । मनमा धेरै कुरा खेलेको हुँदा नीद लागेन । बीचबीचमा तन्द्राले भने झ्याप्प समातेभैmँ हुन्थ्यो ।
कतिखेर चाहिँ तन्द्रामा आफ्नो नजिक सरोज नै सुतेको आभास हुन्थ्यो ।
‘कतै मैले सरोजको आकर्षणमा परेर गल्ती त गरिनँ ?’– एक मनले भन्थ्यो ।
‘मैले के नै गरेकी छु र उसलाई सम्झेको मात्र त हो नि ।’– अर्को मनले भन्थ्यो ।
‘तँ पाप गर्दैछेस्, लोग्ने सोझो भएको फाइदा उठाउँदैछेस्’ – भित्री मनले भन्यो ।
‘कुनै नारी–पुरुषका बीचको आकर्षण अपराध हो र ?’ – बाहिरी मनले भन्यो ।
यस्तै द्वद्वद्वका तर्क–वितर्कहरू मनभरि खेल्न थलो । मेरा कैयौँ रातहरू उसको सम्झनामा चिसै बितेका छन् । अनिद्राले तन र मन धेरैपटक भारी भएको छ ।
‘मजस्तै ऊ पनि मेरा नाममा तड्पिरहेको होला ?’– भेट हुँदाको उसको अनुहार पढ्ने कोसिस गरेँ ।
‘किन म एकोहोरो रूपमा पागल भएँ ?’– आपैmप्रति अलिकति हाँसो पनि उठ्यो ।
कतै सरोजको र मेरो सम्बन्ध उहाँले थाहा पाउनुभयो भने ?
ठूला भइसकेका छोराछोरीले थाहा पाए भने ?
अफिसका कर्मचारीले थाहा पाए भने ?
प्रश्नमाथि प्रश्न थपिँदै जान थाले ।
‘यस उमेरमा पनि कसैसँग प्रेममा पागल हुनु ?’– द्वन्द्वहरूले मलाई लखेट्न थाले ।
धेरै आइमाईहरू लोग्नेको माया नपाएर बाहिरतिर बरालिन्छन् र धेरै लोग्नेमान्छेहरू स्वास्नीको माया नपाउँदा बाहिरतिर जाख्दै हिँड्छन् तर उहाँ मलाइ अत्यन्तै माया गर्नुहुन्छ । बरु मेरै माया कृत्रिम हुन थालेको छ । उहाँले मप्रति गर्नुपर्ने मायामा कुनै कमी हुन दिनु भएको छैन ।
सोचेँ– ‘अब मैले सरोजको सम्झनामा आपूmलाई पागल बनाउनु हुँदैन ।’
बरु उसलाई फोन गरेर हाम्रो सम्बन्ध औचापरिकतामा मात्र सीमित राख्ने भनौँ कि भन्ने भावना पलाउन थाल्यो तर के भनेर कुरो गर्ने ? ऊ मप्रति आकर्षित भएको भए पनि मलाई भन्ने बाटो हुन्थ्यो । म नै उसप्रति आकर्षित भएकी हुँदा मैले बोल्ने ठाउँ थिएन । म उसलाई के निहुँ पारेर यथास्थितिमा फर्कूँ ? भित्रभित्रै मन पाक्न थाल्यो । उससँग बोलेर प्रेमप्रस्ताव फिर्ता लिनु वा हामी औपचारिकतामा फर्कौँ भन्नु पनि त्यति सहज थिएन ।
सोच्दासोच्दै अनेकौँ भुमरीहरूले मलाई रिँगाउन थाले । भित्र मनमा उकुसमुकुसको आगो ज्वाला बनेर दन्किरहेको थियो । मचाहिँ यस्तै भुमरी र आगोका ज्वालाहरूका द्वन्द्वका चपेटाहरूमा परेर रिँगिरहेकी थिएँ । सोच्दासोच्दै अनेकौँ उपाय र अपायहरूले मलाई कतिखेर जिताउँथे र कतिखेर हराउँथे । मनका यस्तै जितहारका द्वन्द्वमा परिरहेका बेला एउटा उपाय सुझ्यो –
‘सबै कुरा खोलेर उसलाई एउटा पत्र पठाइदिऊँ अथवा एउटा मेल गरिदिऊँ ।’
‘फोनमा भन्दा पत्रमा र मेलमा कुरा गर्नु सजिलो थियो ।
सोचेँ– भोलि बिहान अनुकूल हुनेबित्तिकै पत्र लेखेर पठाइन्दिछु अथवा मेल गरिदिन्छु ।
उपाय निस्केको हुँदा मन प्रसन्न भयो ।
तर उसले के भन्ला ?– मसँग कुनै तयारी उत्तर थिएन । धेरैबेरसम्म पनि मन पाकिरह्यो । दिमागले केही सोच्न सकिरहेको थिएन । भित्रभित्रै औडाहा भएर आयो । नजानिदो किसिमले जीउ रन्केजस्तो लाग्यो । आफ्नै हातले आफ्नो निधार छामेँ । हल्का ज्वारो आएजस्तोअ अनुभव भयो । हातमा पसिनाको हल्का चिसो थियो । उसलाई सम्झन छोडेर एकछिन मन स्थिर बनाउने प्रयास गरेँ । बिर्सन खोजेका कुराहरूले झन बढी जब्बर भएर अँठ्याउँदारहेछन् ।
सोच्दासोच्दै एक मन त लाग्यो– आफ्नो श्रीमान्प्रति मैले ठूलो अन्याय गरेकी छु ।
सम्झदासम्झँदै धेरै कुरा सोच्न पुगेँछु । रात छर्लङ्ग बित्न लागेछ । चार बजेछ । बत्ती आयो । नाइटबल्ब मात्र बालेर अरू निभाएँ । मन भने औँसीको रातजस्तै भइरहेको थियो ।
मन एकतमासले एकोहोरियो । हिजो बेलुकीका दृश्यहरू दिमागभरि सल्बलाइरहे । मन अतिशय भावुक भएछ । सिरक अलिकति पन्छाएर उहाँको अनुहार हेरिरहेँ । मन थाम्न सकिनँ । एक्कासि भक्कानो फुटेर आयो । आँखाबाट तप्पतप्प थोपा खसे । आँखा रसाइरहे । सिरानमा राखेको टावेलले आँसु पुछेँ । मेरा आँखा उहाँका अनुहारमा गडिरहेका थिए । उहाँको अनुहारले मलाई ठूलो व्यङ्ग्य गरिरहेभैmँ लाग्यो । म पश्चात्ताप र आपैmप्रतिको घृणाको आगोले जलिरहेकी थिएँ । मेरा आँखाको वर्षाले त्यो आगो निभाउन सकिरहेको थिएन । नाइटबल्बको धमिलो प्रकाशमा उहाँको निर्दोष एवं निश्चल अनुहार चम्किरहेको थियो र टेबुलमा रहेका हिजो बेलुकीका रित्ता बोतल, रित्ता गिलास र रित्ता प्लेटहरूले मलाई उपहास गरिरहेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2073

लेखकका अन्य रचनाहरु