‘अभिव्यक्ति’का साधनारत सम्पादक: नगेन्द्रराज शर्मा

- चूडा मणि रेग्मी

नगेन्द्रराज शर्मा भने पछि आफ्नो चिनारी अनुसार सवैले आ–आफ्नै ढङ्गले चिन्लान्, तर साहित्यिक जगत्मा शर्मा ‘अभिव्यक्ति’का सम्पादकका रूपमा चिनिन्छन् । यी हार लेखुन्जेल सम्म द्वैमासिक ‘अभिव्यक्ति’का १५४ अङ्क निस्की सकेका छन्– भर्खर ६५ अङ्क पुर्याउने त्रैमासिक ‘जुही’को सम्पादकका लागि १५४ अङ्क भनेको शिखरारोहण गर्नु वरावर हो । सर्जक साधनारत हुन्छ जसले पनि पत्याउला, तर सम्पादक पनि साधनारत हुन्छ भन्दा ओठ लेप्र्याउलान् मान्छेले– तर मेरा प्रिय मित्रहरु रोचक घिमिरे (रचनाका सम्पादक) र नगेन्द्र राज शर्मा साधनारत सम्पादक हुन् भनी मेरो भित्री हृदयदेखि नै रोचक घिमिरे झैं नगेन्द्र पनि साहित्यिक पत्रिकालाई शुद्ध र कलात्मक पार्न वढी ध्यान दिन्छन्– येन केन प्रकारेण पत्रिका छापेर रुपिया हडप्ने प्रयासमा छैनन्– म ठोकेर भन्छु ।
राजनीतिमा नगेन्द्र कता तिर हुनु हुन्छ ? मलाई थाहा छैन– तर कति चाहिं थाहा छ भने मित्रपार्कमा घर भअ‍े पनि त्यो वेचेर गौरीघाटमा सरेर वसे पनि नगेन्द्रको साधना भने ‘अभिव्यक्ति’ छाप्नु नै हो । झोलामा आफ्ना पत्रिका राखेर वाँडी वाँडी हिंड्ने धेरै सम्पादक छौं– ती मध्ये अ‍ेक नगेन्द्र राज शर्मा पनि हुन् ।
जे गरे पनि जस नदिनेले जस दिंदैन । नदिंदा चुइँया, दिंदा वाहियात साहित्यिक पत्रिका ! भनी व्यङ्ग्य हान्नेको यहाँ अभाव छैन । नगेन्द्र सर्जक पनि हुनु हुन्छ, कथा, उपन्यास पनि लेख्नु भअ‍ेको छ । शिक्षित हुनु हुन्छ व्याकरणको ज्ञान राख्नु हुन्छ, वौद्धिक हुनु हुन्छ । साहित्यको स्तर वढाउने क्षमता उहाँमा छ । स्वाभिमानी हुनु हुन्छ, तर अभिमानी हुनु हुन्न । साह्रै मिलनसार आँखामा हाल्दा पनि नविझाउने मान्छे । कहिले काहीं त मलाई लाग्छ– धेरै गुणयुक्त विद्वान् नगेन्द्र किन लाटो सुधो जस्तो भअ‍ेर हिंड्नु हुन्छ ?
मलाई नगेन्द्र साह्रै असल मान्छे लाग्नु हुन्छ । उहाँका घरमा धेरै पटक गअ‍ेको छु, मित्रपार्कमा पनि र गौरीघाटमा पनि । उहाँलाई भेटेर आअ‍े पछि उपहारमा पाएका अभिव्यक्तिका भित्रका गुदी सधैं भरिपूर्ण हुन्छन्, सधैं कलात्मक गातोमा पत्रिका छापिअ‍ेको हुन्छ । धेरैवटा विशेषाङ्क छाप्नु भअ‍ेन उहाँले– तर पनि हरिभक्त कटुवाल अङ्क (२०३७), साम्वभक्त स्मृति अङ्क (२०३९), हेटौंडा अङ्क (२०५८) जस्ता केही अङ्क विशेषाङ्कका रूपमा प्रकाशित छन्, तर पनि विशेषाङ्क प्रकाशनमा उहाँको विशेष चासो देखिन्न ।
म भने ‘रचना’ ‘अभिव्यक्ति’ जस्ता सृजना प्रधान पत्रिका धेरै छन् भने विशेषाङ्क तिर नै किन न लागूँ भनी विशेषाङ्क प्रधान जस्तो रूपमा जुही चलाउँदै छु ।
सयौं लेखक कविका अभिव्यक्ति आफ्नो पत्रिकामा अभिव्यक्त्याउने नगेन्द्रज्यू पनि मलाई अभिनन्दन गरिअ‍ेको चन्द्रगढीको समारोहमा (२०६६ सालमा) ‘झर्रो नेपाली रत्न’का रूपमा सम्मानित् हुनुभयो । उहाँ झैं निकै वरिष्ठ साहित्यिक पत्रकार अभिनन्दित भअ‍ेर म अभिनदित हुन पाउँदा म गौरवान्वित भअ‍ें ।
अभिव्यक्तिमा जे विषयको सामग्री खोज्यो, त्यो पाइन्छ, कपिल लामिछाने विशेषाङ्क प्रकाशित गर्दा, मोद नाथ प्रश्रित विशेषाङ्क प्रकाशित गर्दा, जीवन आचार्यलाई खोजी मेली गर्दा मैले अभिव्यक्ति पल्टाउँदा ती लेखकका रचना भेट्टाअ‍ें । यस्ता साधक नगेन्द्रको विषयमा विशिष्ट ढङ्गले अध्ययन भई विशेषाङ्कहरु प्रकाशित हुनु पर्छ भन्ने मेरो मान्यता छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2073

लेखकका अन्य रचनाहरु