दङ्गा

- वाले ओकेडिरन

(नाइजेरियामा जन्मेका वाले ओकेडेरियन पेशाले चिकित्सक हुन् । समकालीन नाइजेरियन साहित्यका प्रमुख हस्तिका रुपमा परिचित ओकेडिरिन साहित्यका प्रमुख हस्तिका रुपमा परिचित ओकेडिरनको पहिलो उपन्यास च्बष्लदयधक बचभ ायच यिखभचक सन् १९८७ मा प्रकाशनमा आएको थियो । त्यसपछि उनका दशवटा उपन्यासहरु प्रकाशनमा आइसकेका छन् ।
नाइजेरियामा आप्mनै चिकित्सा पेशा र साहित्यलाई समानान्तर रुपमा अगाडि बढाइ रहेका छन् । नाइजेरियन लेखा संघको महासचिज रहेका ओकेडिरनका थुप्रै कथाहरु नाइजेरियाका विभिन्न पत्रिकाहरुमा छापिएका छन् ।
सामुदायिक द्वन्द पृष्ठभूमिमा बालकलाई मूल पात्र बनाएर लेखिएको यो कथा उनको राम्रो कथा मध्ये एक हो ।)

(कथा)
गर्मीको दिन थियो आठ वर्षिया मेरी र उनको दाजु सामुयल बैठक कोठामा लुडो खेलिरहेका थिए । जोन वातुर बच्चाहरुको नजिकै कुर्सीमा पत्रिका पढिरहेका थिए ।
‘ओहो ! फेरि पनि !’ जोन अचानक कराए ।
‘के भयो बुबा ?’ मेरीले बाबुतिर हेर्दै सोधी ।
‘कानो, बाउची र काकुनामा फेरि मुस्लिम र क्रिश्चियन बिच झडप भएछ । त्यस दङ्गामा थुप्रै क्रिश्यिनहरुले घर र सम्पत्ति गुमाएछन् ।’ जोनले छोरीको जिज्ञासालाई शान्त पारे ।
‘उनीहरुले कसैलाई मार्दैनन् होला, हगी !’ सामुयलले भन्यो ।
‘थुप्रै क्रिश्चियन मारिएछन् ।’ जोनले दुःखी हुदै भने । ‘दङ्गा जरियासम्म फैलिएको छ ।’
त्यो समाचार सुनेर मेरी निकै डराई ।
‘बुबा मुस्लिमहरु हामीसँग लड्न यहाँ त आउदैनन. ?’ मेरीले सोधी !
‘हैन छोरी, दङ्गा यहाँसम्म आउनेछैन । यो काफान्चन क्षेत्रमा मुस्लिम भन्दा हामी क्रिश्चियन धेरै छौं । त्यसैले मुस्लिमहरुले यहाँ आउने साहस गर्ने छैनन् ।’
त्यही हप्ताको शुक्रवार दिउँसो मेरी र उसकी साथी एरिक विद्यालयबाट घर फर्कदै थिए । उनीहरुले सडक किनारमा कन्दुरा लगाएका एक हुल मान्छेहरु वादविवाद गरिरहेका देखें ।
‘उनीहरु के भन्दैछन् ?’ मेरीले एरिकलाई सोधी ।
‘सायद उनीहरुले आज मस्जिदमा सुनेका कुरामाथि छलफल गर्दैछन् ।’ एरिकले भन्यो ।
धार्मिक दङ्गाको तयारी भइरहेको कुरा ती दुई केटीहरुलाई थाहा थिएन । यस सरहमा मुस्लिमहरुको न्युन संख्या भएपनि उनीहरु क्रिश्चियनमाथि आक्रमण गर्ने तयारी गर्दै थिए । त्यहाँ मुस्लिम नेताले आक्रमण गर्न आदेश दिदै थिए । केही बेरमा नै एक हुल मान्छेहरु युद्ध गीत गाउँदै सडकमा हिड्न थाले । थुप्रै चर्च, पसल र घरहरु लुटिए वा आगलागी भए ।
दङ्गा फैलदै गयो । सडकहरु धुँवाको मुस्लोले ढाकियो, जताजतै मान्छेको कोलाहल सुनियो । घर पुग्ने बाटो पहिल्याउन नसकेपछि मेरी र एरिक रुन थाले ।
‘ए हजुर कसैले त हामीलाई सहयोग गर्नुहोस् न ।’ बल्दै गरेको घरबाट उठेको धुँवामा आँखा मिच्दै र सुकसुकाउदै एरिकले भन्यो ।
‘अब के गर्ने ? हामी घर कसरी पुग्ने होला ।’ मेरीले रुँदै भनी । ‘हे प्रभु ! सहयोग गर्नुहोस् ।’
अचानक उनीहरुले केही क्रिश्चियनहरु पुलिस थानातिर दौडदै गरेको देखे । ‘उनीहरुको पछि लागौँ ।’ एरिकले यति भनेर मेरीको हात समात्यो र दगुर्न थाल्यो । उनीहरु सँगै दगुर्दा मेरीको खुट्टा ढुङ्गामा ठेसिएर लडी ।
‘एरिक ! एरिक ! मलाई सहयोग गर न ।’ मेरीले आत्तिदै भनी ।
एरिक मेरीतिर दौडिइ र हात दिएर मेरीलाई उठाई । उनीहरु फेरि दौडिए । उनीहरु पुलिस थाना पुग्दा त्यहाँ मान्छे भरिसकेका थिए । ती दुई केटीहरु त्यही भीडमा खाँदिए ।
केही मिनेटपछि नै बजातिर ठूलो होहल्ला हुन थाल्यो । लडाकु दस्ता जस्ता देखिने नयाँ समूह कराउँदै कन्दुरा लगाएका समूहको पछाडि दगुर्दै थिए ।
‘क्रिश्यिनहरुले आक्रमण शुरु गरे ।’ कसैले भन्यो । पुलिसथाना भित्र शरण लिएका कतिपयको अनुहारमा खुसी छाएको देखियो । त्यही भित्रबाट केहीयुवा जमात निस्किए र सडकमा दौडदै गरेको समूहमा मिसिए । त्यस समूहले अब मस्जिद र मुस्लिमका घरहरु जलाउन थालिसकेको थियो ।
पुलिस थानामा रहेको त्यही समूह माझ मेरीको घर नजिकैको पसलमा फलपूmल बेच्ने एउटी आइमाइले आपूmलाई छिपाइरहेकी थिइन् । उनलाई देखेर मेरी र एरिक एकछिन छक्क परे । जब दङ्गाको आवाज सुनिन छाड्यो मेरी ती आइमाइको नजिकै गई र सोधी– तपाई म र एरिकसँग मेरो घर जानुहुन्छ ?’
ती महिलाले प्रयत्न गर्ने कुरा बताइन् । तीनै जना मेरीको घरतर्फ दौडिए र मेरीको घरमा पुगे । मेरीलाई देखेर मेरीको बाबु आमा निकै खुशी भए । ‘हामीले तिमीलाई सबतिर खोज्यौँ । धन्य प्रभु ! तिमी सुरक्षित रहेछौ ।’ आमाले छोरीलाई बचाइदिएकोमा भगवानलाई धन्यवाद दिइन् ।
बल्ल आमाको ध्यान एरिकतर्फ गयो । ‘यिनी को हुन् ?’ उनले छोरीलाई सोधिन् ।
‘मेरी साथी एरिक । उनी कक्षामा मसँगै बस्छिन् ।’ मेरीले भनी । ‘उनको घर टाढा छ त्यसैले मैले सोचेँ सब ठीक नहुन्जेल उनी यही बस्छिन् ।’
‘तिमी कहाँ बस्छौ ?’ आमाले सोधिन् ।
‘मुस्लिम हाईस्कुलको स्टाफ क्वाटरमा । मेरा बा आमा त्यहाँ पढाउनुहुन्छ ।’ एरिकले भनी ।
‘त्यसो भए तिमी पक्कै मुस्लिम हौला ।’ आमाले भनिन् ।
‘हो ममी ! उनी मुस्लिम हुन् तर साह्रै असल छिन् ।’ साथीलाई सहयोग गर्नका लागि मेरीले प्रतिवाद गरी ।
‘माफ गर मेरी ! तर एरिक यहाँ बस्न सक्दिन ।’ आमाले भनिन् ।
‘तर ममी, उनी असल छिन् र मेरी साथी पनि । म सडकमा लड्दा यिनैले सहयोग गरेकी थिइन् । यिनी मुस्लिम भएकैले कसरी खराब हुन्छिन् ।’ मेरीले आमालाई सम्झाउन खोजी ।
‘यदि उनीहरुले यिनलाई हामीसँग भेटे भने अपहरण गरे भन्ने ठान्ने छन् । अनि यो पनि क्रिश्चियनहरुले प्रतिवाद गर्न सुरु गरेका छन् । यदि तिनीहरुले एरिकलाई संरक्षण दिएको थाहा पाए भने हाम्रो लागि समस्या हुनेछ ।
‘ममी ! प्लिज ! उनलाई यही बस्न दिनुहोस् न ।’ मेरीले बिन्ति गरी ।
एरिकले पनि घुडा टेकी र अनुरोध गरी– ‘प्लिज काकी, मलाई यही बस्न दिनुहोस् न । मेरो घर निकै टाढा छ । सडकमा अभैm लडाइ भइरहको छ । मलाई मार्न नदिनोस् न ।’
‘अँ तिमीले ठीक भन्यौ । मुस्लिम विद्यालय साच्चै टाढै छ । यदि हामी .... ।’ आमा मेरीको कुरामा सहमत हुदै थिइन् तर बाबु जोनले कुरा काटे– ‘हुन्न हुन्न । यिनी मुस्लिम हुन् । यिनी जानै पर्छ ।’
‘हामी यिनलाई घरमा राख्न सक्दैनौं । मुस्लिमहरु दुष्ट हुन्छन् । उनीहरु हाम्रा शत्रु हुन् ।’ दाजु सामुयलले थप्यो ।
‘तर सामुयल ! ममी बुबा !’ मेरीले प्रतिवाद गर्दै भनी– ‘अस्ति आइतवार गुरुले भन्नुभएको हामी क्रिश्चियनहरुले शत्रुलाई माया गर्नुपर्छ रे । अनि समस्यामा परेका जोसुकैले सहयोग गर्नुपर्छ रे ।’
‘अहँ, होइन छोरी ।’ बाबुले बेसरी टाउको हल्लाउदै भने, ‘यो केटी यहाँ बस्न सक्दिन । उसलाई यहाँ राख्दा निकै खतरा हुन्छ ।’ जोनको यो कुरा सुनेपछि आँखाबाट आँशु बगाउँदै एरिक मेरीको घरबाट फर्कन खोजी । साथीका लागि मेरी पनि बेसरी रोई, उसको आँखाबाट आँशुका ढिक्काहरु बग्न थाले । सामुयलले एरिकलाई ढोकातिर धकाल्दै गर्दा मेरीको मनमा एउटा उपाय फु¥यो ।
‘पर्ख सामुयल, उनको झोलाबाट मेरो किताब निकाल्न देऊ ।’ मेरीले दाजुलाई रोक्दै भनी । एरिकले झोलाबाट पुस्तक निकाल्दै गर्दा मेरीले एरिकलाई साउतीको स्वरमा भनी, ‘पछाडिको ढोकामा जाऊ । म आएर खोलिदिनेछु ।’
मेरीको घरको ढोका बन्द भएपछि एरिक सडकमा एक्लो परिन् । बिस्तारै रात पर्दै गयो । धुलो युक्त हावा चल्न जोडले थाल्यो । यो चिसो पनि थियो । त्रास र जाडोले एरिकका दाँत कटकटाउन थाले । ऊ चालमार्दै घरको पछाडि पुगी र एउटा झाडीको छेल पारेर बसी । निकैबेर पछि मेरी चुपचाप आई, बिस्तारै भान्सा कोठाको ढोका खोली र एरिकलाई भित्र ल्याई । बाबु आमा नसुतुन्जेल उसले एरिकलाई आप्mनो कोठामा खाटमुनी लुकाई । भोलिपल्ट बिहान वातुर परिवारले दङ्गाको क्रममा मुस्लिम विद्यालय पूर्ण रुपमा जलेर भष्य भएको खबर सुने । रेडियोले केही शिक्षक, विद्यार्थीहरु घाइते भएका र केही मारिएको समचार भन्दै थियो । मेरीको आमाले मेरीको साथी एरिकलाई सम्झिई जो मुस्लिम स्कुलमा अभिभावकसँग बस्थी । ‘विचरा एरिक ! भगवानलाई मात्र थाहा छ ऊ माथि के घटेको थियो ।’ उनले आफैलाई भनिन् अनि जोन तिर फर्केर गुनासो गरिन् । ‘म उसलाई यही राख्न चाहन्थे तर तिमीले अस्वीकार ग¥यौ । ऊ क्रिश्चियत जस्तो थिइन् ।’
जोनले एकछिन ग्लानीको महसुस गरेर भने, ‘मलाई लाग्छ, ऊ कतै सुरक्षित छे र उसको बाबु आमा पनि । मेरो अन्तरात्माले यही भन्छ ।’
मेरीको आमा चिन्तित देखिइन् । उनले छोरीतिर हेर्दै भनिन्– ‘मेरी, तिम्रो साथीका लागि हामी साच्चै माफी चाहन्छौँ । हुनसक्छ उनीहरु त्यहाँबाट फुत्किएका होऊन् । त्यस दङ्गामा त्यहाँका सबै मारिएका छैनन् । उसलाई यहाँबाट फर्काएकोमा म माफी चाहन्छु छोरी ।’
तर मेरीले निश्चिन्त हुदै भनी, ‘एरिक सुरक्षित छिन् । म मात्र उनको बाबु आमा सुरक्षित होऊन् भन्ने कामना गर्दछु ।’
जव बाबु आमाले अनौठो मान्दै हेरे मेरीले थपी, ‘हिजो बेलुकी उनको झोलाबाट मेरो किताब निकाल्न लाग्दा उनलाई मैले पछाडिको ढोकामा आउन भनेको थिएँ । पछि मैले उनलाई भित्र ल्याएँ र तपाईहरु नसुतुन्जेल खाटमुनि लुकाएर राखें ।’
‘के ऊ अझै तिम्रै कोठामम छे ?’ आमाले आश्चर्य मान्दै सोधिन् ।
‘हजुर ! आमा !’
‘जाऊ लिएर आऊ । सँगै खाजा खाऔँ ।’ बाबुले भने । ‘अब उनको बाबु आमालाई खोज्न जानुपर्छ । तर रेडियोमा आएको समाचार बारे उनलाई केही नभन्नू । एरिकलाई चिन्तित बनाउनु जरुरी छैन ।’ बाबुले मेरीलाई सचेत गराउँदै रेडियो बन्द गरे ।
एरिकलाई लिन मेरी दौडदै कोठातिर लागी । मेरी साथीलाई लिएर तुरुन्त आइपुगी । एरिक निकै थकित जस्तो देखिन्थी । एरिक आएपछि मेरीकी आमा र बाबुले उसलाई अँगालो मार्दै भने, ‘तिमीलाई यहाँ सुरक्षित देखेर साह्रै खुसी लाग्यो ।’
‘हिजो बेलुका तिमीलाई फर्काएकोमा हामी माफी चाहन्छौं ।’ मेरीकी आमाले भनिन् । ‘हामी साँच्चै नै माफी माग्न चाहन्छौं ।’ बाबुले थपे । ‘आऊ खाजा खाऊ, त्यसपछि तिमीलाई तिम्रो बाबु आमा कहाँ पु¥याइदिउला ।’ त्यतिखेर नै सामुयल कोठामा पसेर रेडियो खोल्यो । डराएका वातुरले केही गर्नु अघि नै रेडियोमा दोहो¥याइएको समाचार सुनियो, ‘स्टेसन रोडमा अवस्थित मुस्लिम विद्यालय जलाइएको छ ।’
‘त्यहाँ त मेरो परिवार बस्थ्यो ।’ समाचार सुन्नासाथ एरिक चिच्याई । वातुर परिवारले एरिकलाई सान्त्वना दिए, ऊ भने सुकसुकउान थालेकी थिई ।
‘एरिक ! भो नरोऊ मलाई पक्का विश्वास छ तिम्रो परिवारलाई केही भएको छैन । म गएर उहाँहरुलाई यहाँ ल्याउनेछु । सामुयल, तिमी म नर्फियुन्जेल बहिनीहरुसँग खेल ।’ जोन वातुरले भने ।
‘म पनि तपाईसँगै जान चाहन्छु ।’ एरिकले भनी तर वातुर दम्पतीले एरिकलाई त्यही बस्नका लागि राजी गराए ।
एक घण्टापछि मेरीले आप्mनो बाबुको कारको परिचित आवाज सुनी । झ्यालबाट बाहिर हेर्दै साथीलाई डाकी, ‘एरिक आऊ, तिम्रो बा आमा आउनुभएको छ ।’ ऊ दौडदै ढोका बाहिर गएपछि एरिक आप्mनो बाबु आमाको अँगालोमा बेरिई ।
‘बाँच्यौ ! बाँच्या !! अल्लाहको निगाहले तिमी बाँच्यौ ।’ एरिकलाई हावामा खेलाउदै एरिकको बाबुले भने । ‘हो हामी आभारी छौं अल्लाह र वातुर परिवारप्रति ।’ एरिकको आमाले छोरीलाई अँगालो हाल्दै भनिन् ।
एरिक आप्mना दाइ दिदीहरुको बारेमा जान्न इच्छुक देखिई । ‘जिदे, सादे, सिमी, वायो खै त ?’ उसले सोधी ।
‘उनीहरु सरकारी अतिथि घरमा पर्खिरहेका छन् जहाँ दङ्गाको समयमा हाम्रो घर जल्दा हामीले आश्रय लिएका थियौँ । त्यहाँ गएपछि तिमीले सबै कुरा सुन्न पाउनेछौं ।’
एकछिन सब चुपचाप भए । एरिकको बाबुले निराश हुदै घडी हेरे, ‘अब हामी जानै पर्छ । सहयोगका लागि धेरै धेरै धन्यवाद । हामी यो ऋण कहिल्यै बिर्सने छैनौं ।’ उनले वातुरतिर फर्कदै भने ।
‘वास्तवमा यो सब मेरीका कारण भएको हो । उसलाई धेरै धेरै धन्यवाद । तर उसको लागि यस्तो कार्य अन्तिम भने होइन ।’
एरिकले साथीलाई केही भन्न सकिरहेकी थिइन । उसले साथीलाई ग्वाम्लाङ्ग अंगालो मारी र अलग भएपछि बाबु आमाका सँग हिडी ।
(अनुवादः केशरी अम्गाईं)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2073

लेखकका अन्य रचनाहरु