विजयराज आचार्यका जीवनीमूलक कृतिहरू

- अमृता रेग्मी

१ विषय परिचय
विजयराज आचार्य (वि.स. २०३३) नेपाली बालसाहित्य, पत्रकारिता र प्रकाशनका क्षेत्रमा सुपरिचित व्यक्तित्व हुन् । मूलतः बालसाहित्यकारका रूपमा प्रतिष्ठित आचार्यले अग्रज साहित्यकार, कलाकारका साथै राष्ट्रनिर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको जीवनी लेखेका छन् भने उनको यो जीवनी लेखन पनि बालबालिकालाई केन्द्र बनाएर लेखिएको छ । बालबालिकाले स्मरणमा राख्न सकून् र बुभ्mन सकून् भन्ने उद्देश्यले प्रस्तुत गरिएको झमककुमारी (२०६०), केवलपुरे किसान (२०६१), कान्छाकुमार (२०६३), श्यामप्रसाद (२०६६) जस्ता कृतिहरूमा यी स्रष्टाहरूको जीवनीलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ र तिनीहरूलाई ‘बालकथा’ नाम दिइएको छ । वास्तवमा यी (सङ्ग्रहहरू) कृतिहरू स्रष्टाहरूका वास्तविक जीवनकथाहरू हुन्, जीवन यथार्थ हुन्, जहा“ लेखकले आत्मकथात्मक शैलीमा उनीहरूको जीवनी लेखेका छन् । यी कृतिहरूमा लेखक स्वयं बोलेका छन् र आप्mनो जीवनकथालाई व्यक्त गरेका छन् । यद्यपि यी कृतिहरू बालकथामात्र होइनन् जीवनीका कृतिहरू हुन् र यिनीहरूलाई बालकथाभन्दा पहिला ती व्यक्तित्वहरूको जीवनीको रूपमा बुभ्mनुपर्दछ ।
त्यस्तै अग्रज स्रष्टाहरू (२०६६) र हाम्रा आस्थाहरू (२०६७) जनताको पक्षमा वा श्रमजीवी वर्गको पक्षमा कलम चलाई जनआवाजलाई आप्mनो कलमद्वारा विश्वसामु राखिदिने जनताका स्रष्टाहरू र देश र जनताका लागि जीवनभर लडिरहने शिखर राजनीतिक नेताहरूको जीवनीलाई समेटिएका कृतिहरू हुन् । यी सबै कृतिहरूमा स्रष्टा, कलाकार, राजनीतिज्ञहरूको जीवनीलाई समेटिएको भए तापनि लेखनको शैली, दृष्टिविन्दु र प्रस्तुतीकरण भने फरक देखिन्छ । यसैले यिनीहरूको विश्लेषण भिन्नाभिन्नै शीर्षकअन्तर्गत गरिन्छ ।
२. बालकथाको रूपमा जीवनी
कथा र जीवनी साहित्यका छुट्टाछुट्टै विधा हुन् यद्यपि यी एक–अर्कामा अन्तर्सम्बन्धित छन् । जीवनी भन्नाले मानिसको जीवनको इतिवृत भन्ने बुझिन्छ । यसलाई खास व्यक्तिको जीवनको अभिलेख मान्न सकिन्छ (श्रेष्ठ, २०५९ः३६) । जीवनी स्वयंमा व्यक्तिको जीवनको अभिलेख भएको र कथामा जीवनको घटनाक्रमलाई प्रस्तुत गर्न सकिने भएकाले यी दुईमा अभिन्न सम्बन्ध छ । विजयराज आचार्यले झमककुमारी, केवलपुरे किसान, कान्छाकुमार, श्यामप्रसाद कृतिहरूमा साहित्यकारहरूको जीवन भोगाइलाई, जीवन यथार्थलाई, जीवनका वास्तविकतालाई आत्मकथन शैलीमा बालकथाको रूपमा प्रस्तुत गरेका छन् । बालकथा भनेर प्रस्तुत गरिए पनि यी कृतिहरूको उद्देश्य स्रष्टाहरूको जीवनलाई प्रस्तुत गर्नु रहेको छ । बालबालिकालाई मुख्य केन्द्र बनाएर उनीहरूकै लागि लेखिएकोले सहज र संवेद्य बनाउनका लागि बालकथाको रूपमा प्रस्तुत गरिएको हो । आचार्यद्वारा हालसम्म प्रकाशित जीवनमूलक बालकथात्मक कृतिहरू यस प्रकार छन् ः
२.१. झमककुमारी (२०६०)
झमककुमारी (२०६०) पूर्वी नेपालको धनकुटामा वि.सं. २०३७ मा जन्मिएकी शारीरिक रूपमा दुर्बल तर मानसिक रूपमा साह्रै सबल साहित्यिक स्रष्टाको जीवनमा आधारित कथा हो । शारीरिक रूपमा कमजोर भएको कारणले बाल्यकालीन दिनहरूमा घरपरिवार र समाजबाट समेत तिरस्कृत र अपहेलित हुनु परेकी स्रष्टाका जीवन भोगाइका अनुभूतिहरूलाई यस कृतिमा समेटिएको छ । कृतिलाई हेर्दा यसलाई कथाभन्दा पनि झमककुमारीको जीवनीको रूपमा हेर्नुपर्छ, उनको बाल्यकालीन जीवनको अभिलेखको रूपमा हेर्नुपर्दछ । कृतिको बारेमा झमककुमारीको कथन यस्तो छ – भाइ बहिनीहरू कथा मेरो जीवनको थियो, शब्द विजयराज आचार्यको छ । सायद वहा“को विचारबाट तपाईंहरूले झमकलाई पढ्ने, बुभ्mने अवसर पाउनुभएको छ (आचार्य, २०६०ः६) झमकले हातगोडा लुला भएकोले हि“ड्डुल गर्न नसक्ने, कुनै पनि कुरा राम्ररी समाउन नसक्ने र दा“त माभ्mने, कपाल कोर्ने, खाना खाने जस्ता कार्यहरू खुट्टाबाट नै गर्ने (आचार्य, २०६०ः८) गरेको यथार्थ कृतिमा उल्लेख छ । सामाजिक रुढि र अन्धविश्वासले गर्दा डाक्टरकोमा लैजानुको सट्टा धामीझा“क्री गरेर बाल्यकाल बितेको र डाक्टरकोमा लै“जादा पनि त्यहा“ अन्यत्र उपचारको लागि लैजाने सल्लाह नदिइएकोमा उनी असन्तुष्ट भएकी छिन् (आचार्य २०६०ः१४) । आफूभन्दा सानी उमेरकी बहिनी स्कुल पढ्न जा“दा र आपूmले त्यो अवसर नपाउ“दा र बाबुआमाले पनि पढ्नको लागि कुनै सहयोग नगरेको गुनासो (आचार्य, २०६०ः१८) उनको छ ।
आपूmले बोल्न नसक्ने, हि“ड्डुल गर्न नसक्ने अवस्थामा घरपरिवारले पनि आपूmबाट केही प्राप्त गर्न नसकिने देखेर गरेको व्यवहारले गर्दा आपूmलाई केही बन्ने चेतना जगाएको धारणा उनले यसरी राखेकी छन् – आप्mनो घर परिवारमा मेरो जन्मका कारणले उब्जिएको हीनताभाव र समाजका अन्धविश्वासी रुढिवादी मान्छेहरूको व्यवहारले गर्दा मभित्र पशुवत् जीवनबाट मान्छे भएर जिउने अठोट पलायो (आचार्य, ६०ः१८) । आप्mनो बुबास“ग कापी कलम किनिदिन आग्रह गर्दा उल्दै पिटाइ खाएको र छोरीको पढ्ने इच्छा र चाहना देखेर आमाले लुकाइ लुकाइ कापी कलम किनिदिने गरेको (आचार्य, २०६०ः२१) बाल्यकालीन स्थिति कथामा आएको छ । बोल्न नसक्ने, हि‘ड्डुल गर्न नसक्ने र कान सुन्न नसक्ने भएकोले स्वाध्यायनबाट नै लेखपढ गर्न सिकेको र २०५१ सालमा बालकथा लेखेर झमककुमारीको साहित्ययात्रा सुरु भएको जानकारी पनि यस कृतिमा दिइएको छ । आप्mनो शारीरिक अवस्थाले गर्दा घर परिवार र समाजबाट खप्नुपरेको तिरस्कारको कारण अन्धविश्वास र रुढिग्रस्त समाज व्यवस्था हो (आचार्य, २०६०ः३१) र यस्तो सोचाइलाई समाजबाट अन्त्य गर्नुपर्दछ, अवसर पाएमा अपाङ्गहरूले सवलाङ्गहरूले भन्दा पनि बढी मात्रामा समाजको लागि कार्य गर्न सक्दछ भन्ने दृष्टिकोण झमककुमारीले राखेकी छिन् ।
समग्रमा झमककुमारी (२०६०) बालकथा भनेर प्रकाशित भए तापनि यो नेपाली साहित्यकी सुप्रसिद्ध स्रष्टा झमककुमारीको वास्तविक जीवन हो, यथार्थ हो र भोगाइ हो, त्यसैले यसलाई कथाको रूपमा भन्दा झमककुमारीको बाल्यकालीन जीवनको वास्तविक अभिलेखको रूपमा हेर्नुपर्दछ । प्रथम पुरुष दृष्टिविन्दु अ‘गालेर आत्मकथनात्मक शैलीमा प्रस्तुत गरिएको यस कृतिमा लेखकले झमककुमारीलाई स्वयं आप्mनो जीवनकथा भन्न लगाएका छन् । अर्थात् उनी आपैm आप्mनो बारेमा बोलेकी छन् । त्यसैले पनि कृतिले उनको जीवनको सजीव वास्तविकता उतारेको छ । कृतिमा झमककुमारीका वास्तविक तस्विरहरूलाई बीच बीचमा राखेर जीवनीलाई झन यथार्थ, जीवन्त र वास्तविक बनाइएको छ । त्यसैले यो झमककुमारीको जीवनको वास्तविक र जीवन्त यथार्थ बोकेको कृति हो भन्ने प्रमाणित हुन्छ ।
२.२. केवलपुरे किसान (२०६१)
विजयराज आचार्यद्वारा लिखित अर्को सचित्र बालकथा केवलपुरे किसान (२०६१) हो जुन जनकवि केवलपुरे किसानको वास्तविक जीवनीमा आधारित छ । सामाजिक अन्याय, अत्याचार, बेथिति र कुसंस्कारको विरुद्धमा कलमक्रान्ति गर्ने किसानको बाल्यकालीन जीवन भोगाइहरू, युवावस्थामा सामाजिक परिवर्तनको लागि उनले गरेको प्रयास र वर्तमानका उत्तराद्र्धकालीन दिनहरूमा उनका अनुभूति र बालबालिकालाई उनले दिएको प्रेरणा यस कृतिमा कथाको रूपमा प्रस्तुत गरिएको छ ।
आप्mनो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर समग्र नेपाली जनताको हितको पक्षमा जीवनभर कलम चलाउने केवलपुरे किसान वर्तमानसम्म पनि सामन्ती व्यवस्थाको विरुद्धमा कलम चलाइरहेका स्रष्टा हुन् । यिनै स्रष्टाले बाल्यकालीन दिनहरूबाट नै गरेको आर्थिक विपन्नतास“गको सङ्घर्ष, सामाजिक बेथिति, अन्याय, अत्याचारको कारण वर्गीय असमानताको वा वर्गीय शोषणको विरुद्धमा गरेको क्रान्तिलाई यहा“ कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । वर्गीय असमानताको कारणको रूपमा सामन्तवादी व्यवस्था वा उत्पादन सम्बन्ध नै रहेको हुन्छ भन्ने चिन्तनले साहित्यिक लेखनको सुरुआतको दिनबाट नै प्रभाव पारेको यथार्थलाई बालकथाको माध्यमबाट प्रस्तुत गरिएको छ । सानैदेखि मानव र समाजको बारेमा आप्mनो विचार विद्रोही स्वभावको रहेको जानकारी दि“दै उनी भन्दछन् – किन हो किन मलाई सानैदेखि सबै मान्छे बराबर हुन् जस्तो लाग्दथ्यो । बाहुनका भुसतिघ्रे छोराहरू घरमा काम नगरी बस्ने अरू जातिका फुकी ढल्ने छोराहरूले सकी नसकी भए पनि हलो जोत्नैपर्ने (आचार्य, २०६१ः२४) । यही वर्गीय, जातीय विसङ्गतिको विरोध गर्दै सामाजिक व्यवस्थाले यस कुपरम्पराबाट मुक्ति पाउनुपर्छ भन्ने दृढताका साथ उनले सबै जातका सबैमान्छे समान हुन् भन्ने जनाउन आपैmले हलो जोती हलो क्रान्ति गरेका छन् । भाषणमा र कलममा मात्र समाज सुधारका चर्का नारा लगाउने र व्यावहारिक जीवनमा त्यसको विपरीत गर्ने प्रवृत्तिलाई किसानको यो कार्य गतिलो झापड हो ।
पञ्चायती व्यवस्थाको निरङ्कुशताको विरुद्धमा कलम चलाउ“दा राज्यसत्ताद्वारा पुस्तकहरू जफत भए पनि त्यसस“ग नडराई निरन्तर श्रमजीवी जनताको पक्षमा शोषित पीडित जनताको पक्षमा आप्mनो लेखनयात्रा अगाडि बढिरहेको जानकारी पनि म पात्रद्वारा किसानले दिएका छन् । एक सय चार वर्षसम्म जहानिया“ शासन चलाएका राणाहरूको विरुद्धमा नेपाली जनताले प्राणको बाजी लगाएर सङ्घर्ष गरेको तर जनताको नेतृत्व गर्ने नेताहरू भारतमा गएर सम्झौता गरेको र त्यसपछि भएका सबैजसो राजनीतिक परिवर्तनमा भारत नै नेपालको राजनीतिको नेतृत्व गर्ने वास्तविक मालिक बनेको, नेपाली जनताले आपूmले सङ्घर्ष र बलिदान गरे पनि सधै“ नेताहरू भारतपरस्त भएको र त्यही“बाट नै नेपाली राजनीति सञ्चालित बनेकोप्रति किसानको विरोध (आचार्य, २०६१ः३७) पनि बालकथामा आएको छ ।
अहिलेसम्म देशमा आएको कुनै पनि शासन व्यवस्था जनताको पक्षमा नभएको र जनताको र निम्नवर्गको पक्षमा बोल्नेहरूलाई राज्यव्यवस्थाको शत्रु ठान्ने गरिएको प्रति तीव्र आक्रोश व्यक्त गर्दै किसान भन्दछन् – चाहे राणाशासन होस्, चाहे पञ्चायत वा अहिलेको प्रजातान्त्रिक व्यवस्था नै किन नहोस् यी तीनवटै शासन हुने खानका लागि मात्र भए । मेहनत गरेर पनि पेटभर खान नपाउनेलाई बहुदलको सरकार पनि शत्रु नै हो । थोरै मान्छेमा भएको सम्पत्तिलाई सबैमा बा“डेर खान पाउनुपर्छ (आचार्य, २०६१ः४१) । जनतामाथि शोषण गर्नेहरूलाई निमिट्यान्न पार्नुपर्छ र वर्गीय समानतासहितको सुन्दर र समानतामूलक समाज बन्नुपर्छ भन्ने किसानको विचारलाई कथाका माध्यमबाट यहा“ प्रस्तुत गरिएको छ । हुने खाने वर्गको होइन कर्म गर्ने वर्गको वा दिनरात परिश्रम गर्ने वर्गको पक्षमा राज्यव्यवस्था सञ्चालित हुनुपर्छ र यसका लागि निम्नवर्गीय जनताले नै जागरुक भएर आप्mनो अधिकारको लागि विद्रोह गर्न सक्नुपर्छ भने क्रान्तिकारी र प्रगतिशील चिन्तन पनि कथामा आएको छ । नारी र पुरुषबीच हुने असमानताको अन्त्य नभएसम्म सुन्दर समाज नबन्ने विचार (आचार्य, २०६१ ः ४२) पनि यहा“ प्रस्तुत गरिएको छ ।
साहित्य कस्तो हुनुपर्छ र साहित्यकार कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा जनताको पक्षमा लेखिएको साहित्य नै वास्तविक साहित्य र जनताको पक्षमा लेख्ने साहित्यकार नै वास्तविक साहित्यकार भएको किसानको धारणा छ । उनी कथाको माध्यमबाट भन्दछन् – आप्mनो बौद्धिकता मात्रै प्रदर्शन गर्ने, जनताले नबुभ्mने गरी साहित्य लेख्ने मान्छेहरूलाई म साहित्यकार मान्दिनँ । जुन समुदायका लागि साहित्य लेखिन्छ त्यही समुदायका दुःख पीडाहरूलाई समेटेर उनीहरूले बुभ्mने भाषामा लेखिएको साहित्य नै साँचो अर्थमा जनसाहित्य (आचार्य, २०६१ः४३) हो ।
समग्रमा केवलपुरे किसान निम्नवर्गीय नेपाली जनताको पक्षमा कलम चलाउने साहित्यकार हुन् । साहित्य समाजको रूपान्तरणको लागि हुनुपर्छ, श्रमजीवी जनताको पक्षमा हुनुपर्छ, पसिना बगाउनेहरूको पक्षमा हुनुपर्छ र ती वर्गको लागि लेखिने साहित्य ती वर्गले बुभ्mने गरी सरल र सहज भाषामा लेख्नुपर्छ भन्ने समाजवादी यथार्थवादी दृष्टिकोण किसानको छ । यही साहित्यमा मात्र नभएर वास्तविक जीवनमा नै सामाजिक कुव्यवस्था, कुरीति, कुप्रथाको विरुद्धमा उभिने जनकलाकारको जीवनीलाई आत्मकथनात्मक शैलीमा अत्यन्त सरलता र सहजतासहित यस कृतिमा प्रस्तुत गरिएको छ । बालकथा भनेर प्रस्तुत गरिएकाले मात्र यसलाई कथा हो भन्न मिल्दैन । वास्तवमा यो केवलपुरे किसानको जीवनको वास्तविक यथार्थ हो, सजीव चित्रण हो र यथार्थ अभिलेख हो जुन आचार्यको सरल र सजीव शब्दद्वारा उतारिएको छ ।
२.३. कान्छाकुमार (२०६३) ः
बालसाहित्यकार तथा जीवनीलेखक विजयराज आचार्यद्वारा लेखिएको अर्को जीवनीमूलक बालकथा कान्छाकुमार (२०६३) मा कला आप्mनो लागि मात्र नभएर समग्र जनता र सामाजिक चेतनाको लागि हुनुपर्छ वा हुन सक्नुपर्छ भन्ने मान्यतासहित कला क्षेत्रमा लागि परेका कान्छाकुमार कर्माचार्यको जीवनकथालाई सरल र सहज भाषामा बालकथाको रूपमा प्रस्तुत गरिएको छ । निम्नवर्गीय परिवारमा जन्मिएका कान्छाकुमारको बाल्यकालीन जीवनका सङ्घर्ष र अनुभूतिहरू र गरीब भएर बा“च्नुपर्दाका पीडाहरूलाई लेखकले अत्यन्त जीवन्त रूपमा चित्रण गरेका छन् । आत्मकथनात्मक रूपमा लेखक कान्छाकुमार बनी उनका अभिव्यक्तिहरू प्रस्तुत गरेकोले र कृतिको सुरुआतमा नै कर्माचार्यद्वारा आपूmले सूत्रद्वारा ओसो तपोवनमा आयोजित विभिन्न विधाका वरिष्ठ कलासाधक साहित्यकारहरूको साप्ताहिक कार्यशालामा आपूmले २ः३० घन्टासम्म दिएको अभिव्यक्तिको आधारमा लेखकले यो कृति तयार गरेको (आचार्य, २०६३ः४) भन्ने जानकारी दिएकोबाट पनि यो कर्माचार्यको यथार्थ जीवनी बनेको छ ।
कान्छाकुमारमा कान्छाकुमार कर्माचार्यको जन्मपूर्वको पारिवारिक स्थिति र अवस्थादेखि वर्तमानमा उनले कला क्षेत्रमा लागेर प्राप्त गरेको प्रसिद्धिसम्मको सम्पूर्ण घटनाक्रमलाई अत्यन्त सरल र सहजताका साथ व्यक्त गरिएको छ । बालबालिकालाई कान्छाकुमारको जीवनकथाको बारेमा जानकारी गराउने उद्देश्यले लेखिएको यस कृतिमा कान्छाकुमारले आप्mनो कथा आपैm भनेका छन् । काभ्रेपलाञ्चोकको पनौतीमा पुख्र्यौली घर भए पनि त्यहा“ जीवन निर्वाहको समस्यापछि उनका बाबुआमा १९९० सालतिर काठमाडौ“ बसाइ“ सरेको, .... आप्mनो जन्म भएको, आठ वर्षको उमेरमा स्कुलमा भर्ना भएको, त्यसै समयमा तेह्र दिनसम्म बेहोस् हुने गरी बिरामी परेको, बिरामी हु“दा उपचार गर्ने पैसा नभएकोले डाक्टरले निःशुल्क उपचार गरिदिएको, आर्थिक अभावको कारणले कापी कलम किन्ने पैसा नभएको र घरभेटीकोमा धेरै कापीहरू देखेर सुटुक्क चोर्दा पक्रिएपछि केही कापीहरू घरभेटीले दिएको, त्यसै बेलादेखि कागजका खेलौना बनाएर बेच्न थालेको जस्ता कान्छाकुमारका बाल्यकालीन अनुभूतिहरू कृतिमा आएका छन् ।
स्कुलमा भर्ना भए पनि कान्छाकुमारलाई सानैदेखि बा“सुरी, मुर्चुङ्गा, हार्मोनियम, गितार, माउथ हार्मोनियम र भायोलिन बजाउन सोख लाग्ने भएकोले छिमेकी रामकृष्ण श्रेष्ठको सहयोगबाट जुद्धकला स्कुलमा कला अध्ययनका लागि भर्ना गरिएको (आचार्य, २०६३ः१८) जानकारी कथाबाट पाइन्छ । २०२१ सालमा कलाप्रवीण उतीर्ण गरेका कान्छाकुमार त्यही वर्ष लोकसेवा उत्तीर्ण गरेर राष्ट्रिय सङ्ग्रहालयमा जागिर सुरु गरी चार पा“च दिनमै छोडेका छन् । पढ्नमा भन्दा चित्रकारितामा अत्यधिक बढी सोख भएका कर्माचार्यले २०२१ सालपछि दुई तीन वर्षसम्म घरमै बसी चित्र बनाएर बेच्न थालेका छन् भने उनको पहिलो चित्र चालिस रूपैया“मा विक्री भएको र २०२४ सालदेखि हुलाकको कलाकार पदमा जागिर सुरु गरेको यथार्थ यस बालकथाका माध्यमबाट व्यक्त भएको छ । जागिरे जीवन सुरु भएपछि फेरि आठ कक्षादेखि पढ्न सुरु गरी बि.ए. सम्मको अध्ययन उनले गरेका छन् । हुलाकमा जागिरे भएदेखि हालसम्म ३ सय ५० भन्दा बढी टिकटहरूको डिजाइन गरिसकेको र यति धेरै मात्रामा टिकट डिजाइन गर्ने व्यक्ति संसारमा आपूm नै पहिलो भएको तर राष्ट्रको सम्बन्धित निकायबाट यस सम्बन्धमा इमानदारीपूर्वक पहल नभएकोले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नपरेकोमा (आचार्य, २०६३ः२४) उनलाई दुःख लागेको छ । अष्ट्रियाको भियनाबाट राम्रो टिकट डिजाइनरको कदरपत्र पाएका कान्छाकुमार कुनै पनि मुलुकको पहिचान त्यस मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कला, साहित्य र इतिहासबाट हुने भएकोले यिनै क्षेत्रलाई अङ्कित गरिएका हुलाक टिकट र अन्य कलाहरूमार्पmत् राष्ट्रको छविलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन लागि परेको धारणा (आचार्य, २०६३ः२६) राखेका छन् । नेपालको चित्रकारितामा कोलाज पद्धतिको सुरुआत गर्ने व्यक्ति कान्छाकुमार नै हुन् । उनले १ हजारभन्दा बढी बालसाहित्यको कभर बनाएका छन्, साथै चीनको ह्वाइट डागो चोकमा १ सय ६० सेन्टिमिटर अग्लो अरनिको मूर्ति उनले नै डिजाइन गरेका छन् (आचार्य, २०६३ः३०) ।
समग्रमा जीवनको बाल्यकालीन अवस्थादेखि नै चित्रकलाको क्षेत्रमा लागिपरेका महान् कलाकर्मी कान्छाकुमार कर्माचार्य जनताका कलाकार हुन्, जसले नाम र दामको लागि भन्दा पनि सामाजिक चेतना र समानतामूलक समाजको निर्माणको लक्ष्यसहित कलाको सिर्जना गर्ने गरेका छन् । कला कलाको लागि नभएर जीवनको लागि हुनुपर्छ भन्ने मान्यता राख्ने सङ्घर्षशील कलाकर्मीको जीवनीलाई बालकथाको रूपमा लेखकले अत्यन्त सरल र सहजताका साथ प्रस्तुत गरेका छन् । सरल भाषामा नाटकीय शैलीले राष्ट्रको लागि हरपल सेवारत कलाकारको जीवनका मिहीन भोगाइ र जीवनसङ्घर्षका घटनाहरूलाई, कला साहित्यसम्बन्ध कलाकारका वैचारिकतालाई बालबालिकाले बुभ्mने गरी अभिव्यक्त गर्न सक्नु लेखकको विशिष्टता हो । लेखकले आत्मकथनात्मक शैलीमा कर्माचार्यको जीवनीलाई प्रस्तुत गरेकाले यहा“ स्रष्टा स्वयं बोलेको अनुभूति भएको छ र उनको जीवनी अभैm जीवन्त बन्न पुगेको छ । बाल्यकालदेखि नै आर्थिक सङ्घर्षका बीचबाट आप्mनो कला जीवनलाई उच्चतम विन्दुमा पु¥याएका जनताका कलाकारको जीवनीको अध्ययनबाट बालबालिकाले साहसिक र सङ्घर्षशील बन्ने र समाज र राष्ट्रको लागि समर्पित बन्ने ऊर्जा प्राप्त गर्न सक्छन् वा प्रेरणा प्राप्त गर्न सक्दछन् ।
२.४. श्यामप्रसाद (२०६६) ः
श्यामप्रसाद (२०६६) आचार्यद्वारा लिखित श्यामप्रसाद शर्माको जीवनीमा आधारित अर्को सचित्र बालकथा हो । यस कथामा आचार्यले शर्माको जीवनको सङ्घर्ष, युवावस्थामा राणाशाही विरुद्धको आन्दोलनमा खेलेको सक्रिय र महŒवपूर्ण भूमिका, उनले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानका साथै उनको व्यक्तिगत पारिवारिक जीवनको समाज र साहित्यप्रति उनको विचारको, चिन्तनको यथार्थ तस्विर उतारेका छन् ।
श्यामप्रसादले आपैm उपस्थित बनेर प्रस्तुत गरेको उनको जीवनकथा श्यामप्रसादमा शर्मा (वि.स. १९८६) सानै उमेरमा आमाको मायाबाट बञ्चित हुनुपरेको, त्यसपछि ठूलीआमाले उनलाई हुर्काएको, आप्mनै गरिबी र देशको तत्कालीन परिस्थितिले गर्दा दश कक्षासम्मको मात्र औपचारिक अध्ययन गरेको र त्यसपछि राणाशासनको अन्त्यका लागि क्रान्तिमा होमिएको सन्दर्भ कथामा आएको छ । अति विपन्नताका कारण पत्रिका बेच्ने, ट्युसन पढाउने, आप्mनो विचार नमिल्ने कुरा पनि अरूको लागि लेखिदिनु परेको बाध्यता (आचार्य, २०६६ः१५) लाई उनले स्मरण गरेका छन् ।
श्यामप्रसाद शर्मा साहित्य, राजनीति र पत्रकारिताजस्ता भिन्नाभिन्नै विधामा उत्तिकै महŒवपूर्ण स्थान बनाएका व्यक्तित्व हुन् भन्ने कुरा यस श्यामप्रसाद कृतिको माध्यमबाट जानकारी पाइन्छ । उनको साहित्यिक जीवन २००१ सालमा सन्देश कविता लेखेर सुरु भएको छ र उनी निबन्ध क्षेत्रमा स्थापित र प्रतिष्ठित छन् भने राजनीतिक जीवन २००४ सालमा भएको राणाविरोधी आन्दोलनबाट सुरु भएको छ । त्यस्तै पत्रकार जीवनको सुरुआत २००४ सालमा सेवा पत्रिकाको प्रकाशन आरम्भ गरेर भएको छ । उनको सम्पादनमा सेवा, मशाल, साहित्यसदन, स्वाभिमानी मान्छे जस्ता जनमुखी जागरणमुखी र नेपाली जनतालाई आप्mनो हक अधिकारप्रति सजग र सचेत बनाउने साहित्यिक पत्रिकाहरू प्रकाशन (आचार्य, २०६६ः३०) भएका छन् ।
श्यामप्रसाद शर्माले राणाविरोधी आन्दोलनमा गरेको सङ्घर्ष र क्रान्तिकारी चेतना महŒवपूर्ण र अविस्मरणीय छ । यस आन्दोलनमा वीरगञ्ज र काठमाडौ“ गरी तीनपटक जेल जीवन बिताएका छन् । आप्mनो विगत बताउ“दै शर्मा भन्दछन् – २००६ सालमा सुगौलीमा एउटा देशभक्त कर्मठ क्रान्तिकारी व्यक्ति प्रेमबहादुर कंसाकारलाई मार्ने सरकारको अभिभारा मलाई दिइएको थियो । मैले उल्टै उनलाई भारतको कलकत्ता लगेर बचाएको थिए“ (आचार्य, २०६६ः१६) । जेलभित्र रहेर उनले सन्देश, तरुण, जागरणजस्ता पत्रिकाहरूको माध्यमबाट साहित्यिक आन्दोलन र जेलभित्रै धोतीको पर्दा बनाई जागरणमुखी नाटक देखाएर राष्ट्रको लागि सदा समर्पित रहन जेलभित्रका बन्दीहरूलाई चेतना दिने गरेको (आचार्य, २०६६ः२१) विगतको कथा यस कृतिमा चित्रित छ । त्यस्तै जेलभित्र नै जनसाहित्य मण्डल, प्रगतिशील तरुण समाज, पाँच भाइ सङ्गठन जस्ता राजनीतिक र साहित्यिक सङ्गठन पनि उनले निर्माण गरेको (आचार्य, २०६६ः२१) जानकारी यस कृतिमार्फत प्रस्तुत भएको छ । शर्माकै अध्यक्षतामा २००८ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना भएको र त्यही संस्थाको माध्यमबाट नै साहित्य सधै“ जनताको हितको लागि लेखिनुपर्छ र यसले निम्नवर्गीय जनताको हित गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको यथार्थ पनि कथामा वर्णित छ । जेलभित्र रहेर साहित्य र राजनीतिको सम्बन्धमा आफूले गरेको कार्यबारे शर्मा भन्दछन् – चुप लागेर बस्ने मेरो स्वभाव नै नभएकोले जेलभित्र तरुण जागरण, जागृतिजस्ता स्लेटपत्रका माध्यमद्वारा राजनीतिक अभियानको प्रचारप्रसार गर्न थाले“ । त्यहा“ भएका अन्य बन्दीहरूलाई पनि अन्याय, अत्याचार र शोषणका विरुद्ध राजनीतिक चेतना भर्न अभ्यास पनि गराउन थाले“ ...जेलभित्रै जनसाहित्य मण्डलको स्थापना गरी लेखहरू लेख्ने, लेखाउने र सुधार गरिदिने गर्दै सबै साथीहरूलाई साहित्य लेखनतर्फ कसरी आकर्षित गर्न सकिन्छ भनेर ध्यान दिइ नै रहे (आचार्य, २०६६ः१९) । यसरी शर्माले जेलभित्रको जीवनमा साहित्य र राजनीतिको विकासको लागि, उत्थानको लागि अविस्मरणीय र ऐतिहासिक योगदान दिएका छन् । आप्mनो व्यक्तिगत साहित्यिक क्षमताको साथै आप्mना सहयोद्धाहरूको साहित्यिक क्षमताको अभिवृद्धि गर्नमा अप्ठेरो र कठिन परिस्थितिहरूमा गरेको सङ्घर्ष, ऊर्जाशील सोच आशावादी दृष्टि र सचेत क्रान्तिकारिता सबैको लागि मार्गदर्शन बन्न पुगेको छ । यस कृतिको माध्यमबाट शर्मा एक जुझारु, सङ्घर्षशील, ऊर्जाशील र क्रान्तिकारी योद्धाको रूपमा साहित्य र राजनीतिमा स“गस“गै लडेका÷लागेका कर्मठ जनवादी साहित्यकार र राजनीतिकर्मी व्यक्तित्व हुन् भन्ने स्पष्ट हुन्छ ।
श्यामप्रसाद शर्मा आप्mनो साहित्य लेखनमा नारी पुरुषको समानताको पक्षमा आवाज बुलन्द पार्ने साहित्यकार हुन् । उनका सबैजसो कृतिमा नारी हकहितको सम्बन्धमा आवाज बुलन्द पारिएको छ भन्ने अभिव्यक्ति शर्माले यस कृतिमा पनि दिएका छन् । नारी सम्बन्धमा उनी भन्छन् – लोग्नेमान्छे, आइमाई दुवैको हाड, छाला, मासु, रगत, भोक, प्यास एउटै हो । महिला पुरुष एक नभएमा समाज पूर्ण हुन सक्दैन भन्ने जान्दाजान्दै पनि नारीलाई हेला–होलो गरेको देख्दा मलाई निकै पिर लाग्छ (आचार्य, २०६६ः३२) । नारीको सम्बन्धमा साहित्यमा सधै“ अग्रगामी सोच राख्ने र नारीलाई पुरुष समान शक्तिको रूपमा समाजमा स्थापित गर्न चाहने शर्माको व्यावहारिक जीवनमा उनले नारीलाई हेर्ने दृष्टिकोणमा भने शङ्का गर्ने ठाउ“ प्रशस्त छ । यस कृतिमा उनले आप्mनो पहिलो विवाह २००० सालमा चाबहिलकी पुनु वाग्लेस“ग भएको र उनी कट्टर ब्राÞमणी र अशिक्षित भएकीले उनीस“गको सम्बन्ध बिग्रिएको र सहमतिमा नै पारपाचुके भएको (आचार्य, २०६६ः२१) जानकारी दिएका छन् । त्यसपछि २०१३ सालमा शिक्षित र सम्पन्न घरकी युवती शशीकलास“ग प्रेम विवाह भएको र पछि उनीस“ग पनि पारपाचुके भएको (आचार्य, २०६६ः२७) उनको भनाइ छ । शशिकला त शिक्षित र सम्पन्न थिइन्, जीवनको निर्णय गर्न सफल थिइन् तर शर्माको पहिलो विवाहको सम्बन्ध विच्छेदको बारेमा भने उनको भनाइ पत्याइहाल्ने ठाउ“ छैन । शर्मा आपैmले पहिली श्रीमतीलाई कट्टर ब्राÞमणी र अशिक्षित भएकोले सम्बन्ध बिग्रिएको जनाएका छन् । २०१० सालको तत्कालीन समयावधिमा शिक्षादीक्षाको अवसर नपाएकी र बालविवाह गराएकी कट्टर हिन्दु धर्मावलम्बी पुनु वाग्लेले के शर्मास“ग आत्मनिर्णयको क्षमताले नै सा“च्चिकै सम्बन्ध विच्छेद गरेकी थिइन् होला त ? आप्mनो लोग्नेलाई ईश्वरको रूप ठान्नुपर्ने हिन्दु धर्मलाई कट्टर रूपमा अनुसरण गरेको शर्माको जीवनको लागि के शर्मा उत्तरदायी छैनन्, तर जुन समयमा पुरुषद्वारा परित्यक्ता नारीको सामाजिक मूल्याङ्कन राम्रो रूपमा गरि“दैनथ्यो ।
निष्कर्षमा साहित्य, राजनीति, पत्रकारिताजस्ता राष्ट्र निर्माणमा महŒवपूर्ण र केन्द्रित भूमिका राख्ने सबै क्षेत्रमा उत्तिकै महŒवपूर्ण भूमिका राख्ने साहित्यकार, राजनीतिज्ञ, पत्रकार श्यामप्रसाद शर्माको जीवनीलाई र अझ खासगरी पूर्वाद्र्धकालीन जीवनकथालाई आचार्यले बालकथाको रूपमा अत्यन्तै सुन्दर, सहज र सरल भाषामा उतारेका छन् । बालबालिकालाई केन्द्र बनाइएकोले पनि यहा“ शर्माको बाल्यकालीन जीवनलाई बढी मिहीन र सूक्ष्म रूपमा उतारिएको छ भने उत्तराद्र्धकालीन जीवनलाई थोरै रूपमा छोइएको मात्रै छ । यसका पाठकहरू र यसले दिन खोजेको सन्देशको आप्mनै परिधि भएकोले (आचार्य, २०६६ः६) पनि पूर्वाद्र्धकाललाई बढी छिमलिएको हो । चित्रहरूको माध्यमले कथालाई भने सहज र स्पष्ट बनाएको छ ।
समग्रमा विजयराज आचार्यद्वारा लिखित झमककुमारी, केवलपुरे किसान, कान्छाकुमार, श्यामप्रसाद जस्ता जीवनीमूलक बालकथाहरू यी स्रष्टाहरूको जीवनमा आधारित भएर लेखिएका र उनीहरूको जीवन यथार्थलाई तथ्यपरक रूपमा प्रस्तुत गरिएका कृतिहरू हुन् । आचार्यले आप्mनो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवनभर श्रमजीवी जनताको पक्षमा र समानतामूलक समाज निर्माण गर्ने अभिलाषा राखेका तर राज्य व्यवस्थाबाट उचित मूल्याङ्कन नगरिएका जनताका कलाकार र स्रष्टाहरूको जीवनीलाई बालबालिकासमक्ष पु¥याउने उद्देश्यले उनीहरूको जीवनीलाई बालकथाका रूपमा प्रस्तुत गरेका छन् । यी सबै कृति ती स्रष्टाहरूको जीवनलाई नजिकैबाट अनुभूत गरेर, उनीहरूस“गै अन्तर· भलाकुसारीपछि र उनीहरूले नै स्वयं दिएका तथ्यहरूको सङ्कलन गरेर लेखिएकोले यिनीहरूलाई कथाभन्दा पहिला ती स्रष्टाहरूको जीवनको यथार्थ अभिलेखको रूपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । यी चारवटा कृतिका आधारमा कृतिकार र कृतिका विशिष्टताहरूलाई बु“दागत रूपमा यस प्रकार प्रस्तुत गर्न सकिन्छ ः
३. आचार्यका कृतिगत विशिष्टताहरू

ज्ञ. विजयराज आचार्य सामाजिक विकृति, विसङ्गति, अन्याय, अत्याचार, विभेद र शोषणको विरुद्धमा बालबालिकालाई सचेत बनाउनुपर्दछ भन्ने उद्देश्यसहित बालसाहित्यको सिर्जना गर्ने प्रगतिवादी बालसाहित्यकार हुन् ।
द्द. आचार्य जीवनभर देश र जनताको पक्षमा कलम चलाउने सङ्घर्षशील तर राज्य व्यवस्थाबाट उचित सम्मान नपाएका जनताका सर्जक र कलाकर्मीको जीवनीलाई बालबालिकासमक्ष राख्ने बालसाहित्यकार हुन् ।
घ. लेखक, कलाकारहरूको जीवनका गहन र मिहिन अनुभूति र विचारलाई बालबालिकाले बुभ्mने र स्मरणमा राख्न सक्ने गरी सरल र सहज रूपमा प्रस्तुतीकरण गर्नु आचार्यको विशिष्टता हो ।
द्ध. आत्मकथनात्मक शैलीमा प्रथमपुरुष दृष्टिविन्दुको प्रयोग गरी ती सर्जकहरूलाई बालबालिकाको बीचमा प्रत्यक्ष रूपमा पु¥याउन सक्नु आचार्यको कृतिगत विशिष्ट पहिचान हो ।
छ. जीवनीलाई कथाको रूपमा प्रकट गर्दा स्वाभाविकता र सरलता ल्याउन विभिन्न उखान टुक्काको प्रयोग गर्नु आचार्यको लेखनगत विशेषता हो । जीवनीलाई कथाको रूपमा बालबालिकाले बुभ्mने गरी अभिव्यक्त गर्न सक्नु र कथामा जीवनी भन्न सक्नुले उनी एक विशिष्ट बालसाहित्यकार र सफल जीवनीकारको रूपमा उभिएका छन् ।
४. कृतिका विशेषताहरू
झमककुमारी, केवलपुरे किसान, कान्छाकुमार, श्यामप्रसादजस्ता जीवनीमूलक बालकथाका आधारमा यी कृतिहरूका विशेषताहरूलाई निम्न बु“दाहरूमा प्रस्तुत गर्न सकिन्छ ः
ज्ञ. यी कृतिहरू आप्mनो व्यक्तिगत स्वार्थलाई भन्दा सामाजिक हितको लागि, वर्गीय हितको लागि कलम र कुची चलाउने साहित्य सर्जक र कलाकारको जीवनीमा आधारित भएर लेखिएका यथार्थ जीवनमा आधारित बालकथा हुन् । यद्यपि यिनीहरूलाई कथाभन्दा जीवनीको रूपमा मूल्याङ्कन गरिनुपर्दछ ।
द्द. यी कृतिहरूमा लेखकले स्रष्टाहरूको जीवनीलाई जस्ताको तस्तै उतारेका छन् जहा“ लेखकीय हस्तक्षेप वा कल्पनाको प्रयोग गरिएको छैन ।
घ. यी कृतिहरूमा सम्बन्धित स्रष्टाहरूलाई स्वयं उपस्थित गराएर उनीहरूकै बोलीमा उनीहरूको यथार्थलाई प्रकट गराइएको छ अर्थात् प्रथम पुरुष दृष्टिविन्दु अ“गालेर आत्मकथनात्मक शैलीमा ती व्यक्तित्वहरूको जीवनकथालाई सिलसिलेवर रूपमा प्रस्तुत गरिएको छ ।
द्ध. बालबालिकाले स्रष्टाका यथार्थलाई जीवनभोगाइलाई, उनीहरूका विचारलाई सहज रूपमा बुभ्mन सकून् भन्ने उद्देश्यले चित्रहरूको प्रयोगद्वारा कथालाई अभैm स्पष्ट बनाउने प्रयास सबै कृतिमा गरिएको छ ।
छ. जीवनीलाई सरल रूपमा बुझाउन र प्रभावशाली र सम्प्रेष्य बनाउन विभिन्न खालका उखान–टुक्काहरूको यथेष्ट प्रयोग यी कृतिहरूमा पाइन्छ ।
ट. कथाका पात्रहरूको यथार्थलाई झनै जीवन्त र सजीव बनाउने उद्देश्यले कथानायकका वास्तविक तस्विरहरूको प्रस्तुति कथामा पाइन्छ । यसले यी कथाहरूको वास्तविक उद्देश्यलाई उच्चतम सफलता प्रदान गरेको छ ।

५. केही कमजोरीहरू
ज्ञ. यी कृतिहरू मुख्य रूपमा बालबालिकालाई केन्द्र बनाएर लेखिएका हुन् भने उनीहरूसमक्ष यी स्रष्टाहरूको जीवनकथालाई राखिदिनु कृतिकारको उद्देश्य हो तर कृतिमा लेखकका विचारहरूलाई बढी मात्रामा थोपर्ने प्रयास गरिएकाले उनीहरूका गहन विचार बुभ्mन बालबालिकालाई अप्ठ्यारो पर्ने महशुस कृति पढ्दा गर्न सकिन्छ ।
द्द. कृतिमा बालबालिकाको मस्तिष्कले अर्थ बुभ्mन नभ्याउने खालका उखानहरूको यत्रतत्र प्रयोगले कृतिलाई झनै बोझिलो बनाइदिएका छन् । (कान्छाकुमार, केवलपुरे किसान) ।
घ. उखानहरूको प्रयोगमा सचेतता अपनाएको पाइ“दैन सन्दर्भ नमिलाई प्रस्तुत गरिनाले कृतिको सौन्दर्यलाई नै बाधा पुगेको अनुभव गर्न सकिन्छ । जस्तै ः ‘अर्थ न बर्थ गोविन्द गाई टाउको दुख्या ओखती नाइटामा लाई’ भनेभै“m सो समयमा काठमाडौ“लाई नेपाल भन्ने चलन थियो (केवलपुरे किसान, पृ १६), ‘जस्तालाई तस्तै ढि“डालाई निस्तै’ भनेभै“m जसले जे भन्यो त्यही ठीक सम्झने मेरा आमा–बाको स्वभाव भएकोले ... (कान्छाकुमार, पृ. १८) आदि ।
द्ध. यी सबै कृतिहरूमा लगभग सबै पृष्ठहरूमा कथाको गतिस“गै त्यसको अर्थ दिने चित्रहरूको प्रयोग भएको छ र त्यसले कृतिलाई सहज र सरल बनाएको अवश्य छ यद्यपि कही“कही“ कथाअनुसारका चित्रहरू प्रयोग भएको पाइ“दैन ।

निष्कर्षमा विजयराज आचार्यद्वारा लिखित झमककुमारी, केवलपुरे किसान, कान्छाकुमार, श्यामप्रसाद कृतिहरू यी स्रष्टाहरूको जीवन यथार्थलाई बालबालिकासमक्ष सरल र सहज तवरले पु¥याउने उद्देश्यसहित लेखिएका बालकथाहरू हुन् । प्रस्तुतीकरणको शैली कथात्मक र नाटकीय भए तापनि यिनीहरू वास्तवमा जीवनी हुन्, ती स्रष्टाहरूका वास्तविक जीवन भोगाइ, सङ्घर्षका कथा हुन् र यथार्थ विचार हुन् जसले बालबालिकाहरूलाई समाज र राष्ट्रप्रति समर्पित भई सङ्घर्षको बाटोमा अविचल भई अगाडि बढ्न प्रेरणा र ऊर्जा प्रदान गर्दछन् ।
६. विजयराज आचार्यका जीवनीमूलक कृतिहरू
विजयराज आचार्यले अग्रज स्रष्टाहरू र हाम्रा आस्थाहरूमा श्रममा विश्वास गर्ने र श्रमजीवी जनताको लागि कलम चलाउने जनताका स्रष्टाहरू र राष्ट्रिय राजनीतिमा महŒवपूर्ण योगदान दिएका शिखर राजनीतिज्ञहरूको जीवनीलाई समेटेका छन् । यी कृतिहरू पनि मूलतः बालबालिकालाई केन्द्र बनाएर प्रस्तुत गरिएको छ जसमा सरल सटिक र सङ्क्षिप्त रूपमा स्रष्टा र राजनीतिज्ञको जीवन यथार्थलाई समेट्ने प्रयास गरिएको छ ।
६.१. अग्रज स्रष्टाहरू (२०६७)
अग्रज स्रष्टाहरू (२०६७) मा देश र जनताका लागि जीवनभर कलमक्रान्ति गर्ने दशजना स्रष्टाहरूको जीवनीलाई समेटिएको छ । यसको सम्पादकीयमा भनिएको छ – यो पुस्तकमा ती दशजना नेपाली साहित्यकारहरूको जीवनी सङ्कलित छ जसले नेपाल र नेपालीका लागि, खास गरी निमुखा गरीब जनताको मुहार उज्यालो बनाउन र भविष्य सुन्दर बनाउनका लागि आप्mनो कलम चलाए । यसो गर्दा उनीहरूले जीवनमा अनेकौ“ दुःख पाए, प्राणसम्म गयो तर उनीहरूले विचार बदलेनन्, विचलित भएनन् (आचार्य, २०६७ः३) । यी दशजना स्रष्टाहरू युद्धप्रसाद मिश्र, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, कुलमानसिंह भण्डारी, रमेश विकल, गोकुल जोशी, पारिजात, जनकप्रसाद हुमागाईं, रुद्र खरेल र कृष्णसेन इच्छुक हुन्, जसको विचार जीवनभर गरिब निमुखा श्रमजीवी वर्गको पक्षमा अविचल रह्यो, जसले सामन्ती राज्यसत्ताको यातना र अपहेलना सहेर पनि जीवनभर अन्यायको र शोषणको विरोध गरिरहे, श्रम गर्ने वर्गले उसको श्रमको उचित मूल्य पाउनुपर्छ भनेर कलमक्रान्ति गरिरहे । यिनै स्रष्टाहरूको जीवनकथालाई आचार्यले आप्mनो कृतिमा समेटेका छन् ।
अग्रज स्रष्टाहरूमा आगो ओकल्ने कविको रूपमा युद्धप्रसाद मिश्र (वि.स. १९६४–२०४७) लाई चिनाइएको छ, जसले जीवनभर निरङ्कुश राज्यसत्ताको शोषण र उत्पीडनको विरुद्धमा र शोषित पीडित जनताको पक्षमा कविताक्रान्ति गरेका छन् । उनका चरी (१९९४), बाढी, अमरकथा (२०१५), मुक्तिनारायणः मुक्त सुदामा, युद्धप्रसाद मिश्रका कविताहरू (२०४८) आदि कृतिका साथै स्कूल जाऔ“, हाम्रो भै“सी बुबु दिन्छे, सक्छु फड्किन, लौन मैले के गर्ने जस्ता बालकविताहरू प्रकाशित भएको जानकारी यस कृतिबाट पाइन्छ । मिश्रले २००४ सालमा काङ्ग्रेस पार्टीमा लागेको, २००४ सालमै काङ्ग्रेसमा लागेर राणाविरोधी गतिविधिमा लागेको भनी सुब्बा पदबाट बर्खास्त गरी गिरप्mतार गरिएको र २ वर्ष ४ महिनासम्म जेलमा राखिएको, २०११ सालमा काङ्ग्रेसले भ्रष्टाचारको आरोप लगाएको, २०१२ सालबाट काङ्ग्रेस विचार त्यागी कम्युनिष्ट पार्टीमा लागेको यथार्थलाई यहा“ प्रस्तुत गरिएको छ । २०१८ सालमा पञ्चायती व्यवस्थापछि निर्वासित भएर बनारसमा सपरिवार गएका मिश्रले त्यहा“ गएर २०२८ सालमा नेपाल जनवादी सांस्कृतिक सङ्घको अध्यक्ष भएर नेपाली जनताको पक्षमा लाग्ने सांस्कृतिक नायकको रूपमा कार्यभार सम्हालेका छन् । २०४० मा नेपाल फर्केपछि पञ्चायती व्यवस्थाको विरुद्धमा र मुक्तिगामी नेपाली जनताको पक्षमा सांस्कृतिक आन्दोलनमा भूमिका निर्वाह गरेका मिश्रको योगदान प्रजातान्त्रिक व्यवस्था नेतृत्वदायी स्थापना गर्नमा अनुपम भएको यथार्थलाई आचार्यले उल्लेख गरेका छन् ।
बहुप्रतिभाशाली साहित्यकारको रूपमा चित्रित गरिएका हृदयचन्द्रसिंह प्रधान (वि.स. १९७२–२०१६) लाई जनताको जीवन बदल्नको लागि जीवनभरि साहित्यको माध्यमबाट अन्धविश्वास, कुरीति र समाजको विकृतिको विरोध गर्ने साहित्यकारको रूपमा आचार्यले चिनाएका छन् । राणाशासनको विरोध गर्दा जेल परेका र त्यही“ क्षयरोगको शिकार बनेका प्रधान व्यक्तिगत जीवनमा जतिसुकै अप्ठ्यारा र कष्टहरू आइपरे तापनि निम्नवर्गीय जनताको पक्षमा कलम चलाउने व्यक्तिŒव हुन् । नेपाली साहित्यका निबन्ध, उपन्यास, कथा जस्ता विधाका साथै भाषा व्याकरण र समालोचनाको क्षेत्रमा उनले कलम चलाएका छन्, साथै सम्पादन क्षेत्रमा पनि उनको विशिष्ट पहिचान छ ।
क्रान्तिस्रष्टा कविको रूपमा यहा“ गोपालप्रसाद रिमाल (वि.स.१९७५–२०३०) लाई चिनाइएको छ । आप्mनो व्यक्तिगत स्वार्थ र हितलाई बिर्सेर देश र जनताको सेवामा समर्पित रिमाल राणाशासन विरोधी आन्दोलनमा सक्रिय सहभागी भएर पटक–पटक जेलसमेत परेका छन् । देशमा सुन्दर बिहानी ल्याउने सपना देख्ने कवि आप्mनो स्वतन्त्र र समृद्ध राष्ट्रको सपना पूरा नभएपछि बहुलाएका थिए तर दुःखको कुरा उनी राज्यसत्ताका साथै आप्mनै साथीहरूबाट पनि पागल भनी अपमानित हुनुपरेको (आचार्य, २०६७ः२१) यथार्थलाई यस कृतिमा उद्धृत गरिएको छ ।
साहित्य, चित्र, मूर्तिजस्ता सौन्दर्य प्रदान गर्ने विषयवस्तु सम्पन्न र राजकीय परिवारको लागि मात्र नभएर समग्र जनताको लागि हुनुपर्दछ र यिनीहरू सबै वर्गका जनताले बुभ्mने प्रकारको हुनुपर्छ भन्ने मान्यता राख्ने कुलमानसिंह भण्डारी (वि.स. १९८२–२०५७) लाई आचार्यले जनकलाकारको रूपमा चिनाएका छन् । माटो, ढु·ा, चुन, बेसार, चन्दन आदि वस्तुहरू पिसेर चित्रहरू र मकैका गेडा आदिबाट मूर्तिहरू पैmलाउ“दै हि“ड्ने सरल र सहज कलाकार भण्डारी राष्ट्रिय प्रतिभा पुरस्कार, युद्धप्रसाद मिश्र पुरस्कार, पारिजात कला पुरस्कार, परोपकार पुरस्कार आदिद्वारा पुरस्कृत र सम्मानित भएका छन् (आचार्य, २०६७ः३६ ) भन्ने जानकारी कृतिमा छ ।
अग्रज स्रष्टाहरूका प्रस्तुत अर्का साहित्यकार रमेश विकल (वि.स. १९८५–२०६५) कथा, उपन्यास, नाटक, बालसाहित्य, व्यङ्ग्य निबन्धका सफल लेखकका साथै कुशल बाद्यवादक र चित्रकार पनि हुन् (आचार्य, २०६७ः३७) । सरल र सहज भाषामा ग्रामीण जीवनका सरलता, सहजताका साथै सहरी मानसिकता र यान्त्रिकता र निम्नवर्गीय बालबालिकाका समस्याहरूलाई गहनताका साथ आप्mना कृतिमा प्रस्तुत गर्ने आख्यानकारको रूपमा उनी प्रतिष्ठित छन् । वर्गीय असमानता र त्यसले बालमनोविज्ञानमा पार्ने प्रभावलाई उनका कृतिहरूमा उत्कृष्ट रूपमा प्रस्तुत गरिएको हुन्छ । आख्यानको माध्यमबाट समाजका यथार्थहरूको प्रकटीकरण गरी सेवा पु¥याएवापत मदन पुरस्कार, सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार, कृष्णमणि पुरस्कारका साथै प्रगतिशील लेखक सङ्घ, युद्धप्रसाद मिश्र प्रतिष्ठान आदिबाट उनलाई सम्मानित पनि गरिएको छ भन्ने उल्लेख कृतिमा छ ।
आप्mनो व्यक्तिगत हित र स्वार्थलाई त्यागेर श्रमजीवी शोषित पीडित नेपाली जनताको मुक्तिको मुक्तिको लागि जीवनभर कविताको माध्यमबाट युद्ध लड्ने मुक्तियोद्धा गोकुल जोशी (वि.स. १९८७–२०१८) निर्भीक, स्वाभिमानी र क्रान्तिकारी कवि हुन् । स्वभिमानलाई केन्द्रमा राख्ने र अन्याय, अत्याचार, थिचोमिचोको सधै“ विरोध गर्ने भएकोले कुनै जागिरमा धेरै समयसम्म टिकिरहन नसक्ने तर भोकै ना·ै, हि“ड्नुपरे तापनि कसैको सामु नझुक्ने हुनाले व्यक्तिगत जीवनमा उनले धेरै पीडा र कष्ट बेहोर्नुप¥यो । जीवनभर शोषित पीडित जनताको पक्षमा साहित्य सिर्जना गर्दै र जनताको घरदैलोमा कविता सुनाएर जनचेतना पैmलाउ“दै हि“डेका जोशी समाज परिवर्तनका लागि लड्ने क्रान्तियोद्धा हुन्, मजदूर र किसानका ऊर्जा हुन् (आचार्य, २०६७ः५२) भन्ने विचारलाई उनको जीवनकथाको माध्यमबाट आचार्यले व्यक्त गरेका छन् ।
नेपाली साहित्यको इतिहासमा सबैभन्दा बढी प्रतिभाशाली महिला साहित्यकारको रूपमा स्थापित र प्रतिष्ठित साहित्यकार पारिजात (वि.स. १९९४–२०५०) कथा, कविता, उपन्यास, निबन्ध, नाटक, आत्मसंस्मरण गरी साहित्यका सबैजसो विधामा सशक्त रूपमा कलम चलाउने प्रतिभा हुन् । साहित्य लेखनको पूर्वाद्र्धकालीन चरणमा विसङ्गत जीवनका निराशा, कुण्ठा र अस्तित्वको चेतनालाई केन्द्रविन्दु बनाएर साहित्य सिर्जना गरेको भए पनि २०३० सालपछाडिको अवधिमा जीवनोपयोगी र समाजोपयोगी सिर्जनाहरूको रचना उनले गरेकी छन् । व्यक्तिगत जीवनमा शारीरिक अस्वस्थताको कारणले उब्जाएका निराशाहरूलाई प्mया“केर निम्नवर्गीय जनता, श्रमजीवी वर्गको हितमा उनले २०३० सालपछि आप्mना रचनाहरू प्रकाशति गरेकी छन् । वर्गीय मुक्ति नभएसम्म नारी मुक्ति सम्भव छैन भन्ने मान्यतामा आधारित रहेर वर्गमुक्तिको सापेक्षतामा नारी मुक्तिको सन्दर्भ पारिजातका कृतिहरूमा आएको हुन्छ । साहित्यमा मात्र नभएर व्यावहारिक जीवनमा नै निरङ्कुश पञ्चायती राज्यसत्ताको विरुद्धमा नेपाली जनतालाई जागरण अभियान ल्याउन गाउ“–सहरका विभिन्न कुनाकाप्चामा पारिजात स्वयं पुगेकी थिइन् र सदैव उनले श्रमजीवी, शोषित, पीडित जनताको पक्षमा सङ्घर्ष गरिरहिन् (आचार्य, २०६७ ः ५८) भन्ने दृष्टिकोण सङ्घर्षशील साहित्यकार पारिजातअन्तर्गत आचार्यले राखेका छन् ।
जीवनभर जनताको पक्षमा, जनताका दुःख पीडाहरूलाई, सामाजिक वेथितिहरूलाई आप्mना कविताहरूको विषय बनाउने जनताका कवि जनकप्रसाद हुमागाइ“ (वि.स. १९९४–२०६३) जनविरोधी र राष्ट्रघाती निर्णयहरूविरुद्ध ज्यान फालेर लाग्ने राष्ट्रिय प्रतिभा हुन् । आपूmले सानैदेखि गरिबी र अशिक्षाको पीडा भोगेकाले उनले अरूलाई शिक्षित बनाउन गरिबीको चक्रबाट निरन्तर उप्काएर, जनतालाई आप्mनो अधिकारबारे चेतना जगाउन विभिन्न ठाउ“मा जनगीत गाउ“दै हि“डेका छन् । (आचार्य, २०६७ः६४) ।
रुद्र खरेल (वि.स. २००४–२०६५) जनताको पक्षमा साहित्य र राजनीति दुवै माध्यमबाट जीवनभर लडेका व्यक्तित्व हुन् । सामाजिक विसङ्गति र विकृतिको विरोध गर्दा पञ्चायती शासनकालमा उनी थुप्रै पटक जेल परेका छन् भने साहित्यका क्षेत्रमा एक सफल हास्यव्यङ्ग्य निबन्धकारका रूपमा प्रतिष्ठित छन् । सामाजिक असङ्गतिहरूलाई तीब्र व्यङ्ग्यद्वारा पाठकसमक्ष प्रस्तुत गर्नु र त्यस्ता असङ्गतिको विरोध गर्नु उनको लेखनगत विशिष्टता हो (आचार्य, २०६७ ः ७८) भन्ने दृष्टिकोण आचार्यको रहेको छ ।
निम्नवर्गीय उत्पीडित जनताको पक्षमा कलम चलाएवापत, शोषित पीडित बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भए वापत निरङ्कुश आततायी शाही सेनाको यातनाबाट मृत्युवरण गरेका बहुप्रतिभाशाली, सङ्घर्षशील क्रान्तिवीर कृष्ण सेन इच्छुक (वि.स.२०१३–२०५९) लाखौ“लाख श्रमजीवी शोषित पीडित वर्गका महान् सांस्कृतिक सहिद हुन् । जीवनभर निम्नवर्गीय उत्पीडित जनताको पक्षमा सङ्घर्ष गरेर जनताकै पक्षमा तत्कालीन नेकपा माओवादीका पक्षबाट भएको शसस्त्र जनयुद्धमा समर्पित भएवापत त्रूmर शासन व्यवस्थाबाट उनलाई पटक–पटक गरी दश वर्षको जेल सजाय भयो र जेलभित्रै चरम यातना दिई उनको प्राण लिइयो । उनका शोकाञ्जली
(२०४०), इतिहासका यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरि (२०५८) जस्ता कविता काव्यकृतिहरू प्रकाशित छन् जसमा वर्गीय मुक्तिको चेतना छ, शोषण र उत्पीडितको विरोध छ, समनतामूलक समाज निर्माणको चाहना छ । भविष्यप्रति आशावादी दृष्टि छ र श्रमप्रति असीम आस्था छ । साहित्यमार्पmत् निम्नवर्गीय जनताको सेवा गरेवापत उनले साहित्य सन्ध्या पुरस्कार (२०५७), स्रष्टा पुरस्कार (२०५८), प्रगतिशील लेखक सङ्घ सम्मान (२०५९), पारिजात सिर्जन पुरस्कार (२०५९) आदि जस्ता पुरस्कार र सम्मान प्राप्त (आचार्य, २०६७ः८५) गरेका छन् । साहित्यका साथै पत्रकारिता क्षेत्रमा स“गस“गै रहेका सेनले जनादेश, कलम, जनदिशा जस्ता पत्रिकाको सम्पादकको भूमिका पनि निर्वाह गरेका थिए ।
समग्रमा अग्रज स्रष्टाहरूमा आप्mनो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र निम्नवर्गीय श्रमिक जनताको पक्षमा तन मनले कलमद्वारा आवाज उठाइरहने जनताका स्रष्टाहरूको जीवनलाई समेटिएको छ । जो साहित्यमा मात्र नभएर व्यावहारिक जीवनमा नै वास्तविक पहरेदार थिए र वास्तविक रूपमै श्रमजीवी वर्गको हर जनताका प्रकारका उत्पीडनबाट मुक्ति चाहन्थे । यस्ता स्रष्टाहरूको जीवनीलाई मुख्य गरेर बालबालिकासमक्ष सरल र सहज रूपमा राख्ने प्रयास यस कृतिमा गरिएको छ ।
६.२. हाम्रा आस्थाहरू (२०६८)
विजयराज आचार्यद्वारा लिखित जीवनीमूलक अर्को कृति हाम्रा आस्थाहरू (२०६८) हो जसमा नेपालको राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिका राख्ने नौ जना शिखर राजनीतिक व्यक्तित्वहरूको जीवनीलाई समेटिएको छ । यस कृतिमा जनताका नेताको रूपमा पुष्पलाल श्रेष्ठ, प्रजातान्त्रिक नेताको रूपमा बिपी कोइराला, सर्वमान्य नेताको रूपमा गणेशमान सिंह, श्रमिकका नेताको रूपमा निर्मल लामा, जननेताको रूपमा मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, विद्रोही नेताको रूपमा रूपचन्द्र विष्ट र गणतन्त्रका हिमायती नेताको रूपमा गिरिजाप्रसाद कोइरालालाई चिनाइएको छ । यिनीहरूको जीवनका राजनीतिक सङ्घर्षलाई, देश र जनताको लागि यिनीहरूले गरेको सङ्घर्षलाई र समग्रमा यिनीहरूको जीवन यथार्थलाई सङ्क्षिप्त, सरल र प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ ।
जनताका नेता पुष्पलाल शीर्षकमा नेपालका पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना (२००६ साल) गर्ने र नेपालमा कम्युनिष्ट व्यवस्था सफल पार्न नया“ जनवादी कार्यक्रम ल्याउने पुष्पलाल श्रेष्ठ (वि.स. १९८१–२०३५) को जीवनीलाई समेटिएको छ । पुष्पलालका दाजु महान् सहिद गङ्गालाल श्रेष्ठको त्यागले नै पुष्पलाललाई देश र जनताप्रति जीवनभरि नै समर्पित हुने प्रेरणा दिएको ठम्याइ (आचार्य, २०६८ः७) आचार्यको छ । सानैबाट इमानदार र सहयोगी स्वभावका श्रेष्ठ १६ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीति सुरु गरेको र भारतमा बसेर राजनीतिक गतिविधि सञ्चालन गरेको र त्यही सङ्घर्ष गर्दागर्दै उनको मृत्यु भएको जानकारी कृतिमा छ ।
बि.पी. कोइराला (वि.स. १९७१–२०३९) नेपालमा प्रजातान्त्रिक शासनव्यवस्था स्थापना गर्न जीवनभर सङ्घर्ष गरेका व्यक्ति हुन् । नेपालको जहानिया“ निरङ्कुश राणाशासनको विरोध गर्न २००३ सालमा अखिल नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गरी राजनीतिक जीवनको सुरुआत गरेका कोइराला २००४ को विराटनगर जुटमिलको मजदूर आन्दोलनमा सक्रिय रूपमा भाग लिएवापत पहिलोपटक पक्राउ परेका थिए । २००७ सालको राणाशासन विरुद्धको आन्दोलनमा उनको केन्द्रीय भूमिका थियो भने पञ्चायती शासनको विरुद्धमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए (आचार्य, २०६८ः२७) ।
गणेशमान सिंह (वि.स. १९७२–२०५४) व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र नेपाली जनताको हितको पक्षमा जीवनभर राजनीतिक सङ्घर्ष गर्ने समग्र नेपाली जनताका सर्वमान्य नेता हुन् जो दलगत स्वार्थभन्दा माथि उठेर जनताको स्वतन्त्रताको लागि जीवनभर लडे । सिंहले राणाविरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् भने २०४६ सालको आन्दोलनमा वाममोर्चास“ग मिलेर पञ्चायती व्यवस्थाको विरुद्ध महŒवपूर्ण आन्दोलन गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न केन्द्रीय भूमिका निर्वाह गरेका छन् (आचार्य, २०६८ः३८)
श्रमजीवी वर्गको पक्षमा, जीवनभर पसिना बगाउने तर सधै‘ उच्च वर्गद्वारा शोषित भइरहने वर्गको मुक्तिको लागि जीवनभर सङ्घर्ष गर्ने श्रमिकका नेताको रूपमा निर्मल लामा (वि.स. १९६८–२०५७) लाई आचार्यले प्रस्तुत गरेका छन् । राणाविरोधी आन्दोलनको क्रममा जनसेनाको कमाण्डरको रूपमा कार्यभार सम्हालेका लामा गाउ“ गाउ“मा पुगेर जनतालाई हक र अधिकारप्रति जागरुक तुल्याउने, श्रमिकको पक्षमा बुलन्द आवाज उठाउने क्रान्तिकारी जनयोद्धा हुन् (आचार्य, २०६८ः५०) ।
जननेता मदन भण्डारीअन्तर्गत आचार्यले नेपालमा नवीन ढङ्गले माक्र्सवादको उपयोग गर्ने नया“ जनवादी कार्यक्रममा व्याख्याता र निर्माणकर्ताको रूपमा मदन भण्डारी (वि.स. २००९–२०५०) लाई चिनाएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा प्रभावशाली र सबल व्यक्तित्वको रूपमा भण्डारी स्थापित थिए जसको कुशल साङ्गठानिक व्यवस्थापन र नेतृत्वदायी क्षमताको कारणले नेपालमा कम्युनिष्ट आन्दोलनलाई सफलता मिलेको भाव यहा“ आएको छ ।
नेपालको इतिहासमा प्रथम कम्युनिष्ट प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका कम्युनिष्ट राजनीतिज्ञ मनमोहन अधिकारी (वि.स. १९७८–२०५६) नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले नै कम्युनिष्ट पार्टीको सदस्यता लिने व्यक्तित्व हुन् । (आचार्य, २०६८ः६३) नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका नेतृत्वकर्ता अधिकारीले देशमा कम्युनिष्ट पार्टीको स्थापना, विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् ।
रूपचन्द्र विष्ट (वि.स. १९९०–२०५६) उच्चवर्गीय परिवारमा जन्मेर पनि जीवनभर निम्नवर्गीय जनताको पक्षमा सङ्घर्ष गरिरहने महान राजनीतिज्ञ हुन् । विकट ग्रामीण वस्तीहरूमा पुगेर त्यहा“का जनतास“गै रहेर हातमा हात मिलाउ“दै सङ्घर्ष गर्ने र उनीहरूको जस्तै सरल र सहज जीवनयापन गर्ने सा“च्चिकै जनताका नायकको रूपमा विष्टले योगदान दिएको यथार्थ विद्रोही नेता रूपचन्द्र विष्टअन्तर्गत प्रस्तुत भएको छ ।
कृतिको अन्त्यमा गणतन्त्रका हिमायती नेताको रूपमा गिरिजाप्रसाद कोइराला (वि.स. १९८१–२०६६) को जीवनी प्रस्तुत गरिएको छ, जसले आप्mनो राजनीतिक जीवनको उत्तराद्र्धमा जीवनभर अ“गालेर राखेको राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने महान् कार्यमा योगदान दिए । जीवनभर जनताबाट आलोचित रहेर पनि अन्तिम दिनहरूमा विश्वसामू नै आप्mनो छवि बनाउन सफल कोइरालाले गणतन्त्रको स्थापनामा गरेको योगदान अविस्मरणीय छ भन्ने दृष्टिकोण आचार्यले प्रस्तुत गरेका छन् ।
प्रस्तुत हाम्रा आस्थाहरू कृतिमा राजनीतिको नेतृत्वदायी भूमिका निर्वाह गरी देशलाई २००७ सालमा राणाशासनबाट मुक्त गर्न, २०४६ सालमा पञ्चायती निरङ्कुश शाही शासनको अन्त्य गर्न, २०६३ सालमा पुनः खोसिएको जनताको अधिकार फिर्ता गरी गणतन्त्रको स्थापना गर्न महŒवपूर्ण योगदान पु¥याएका शिखर राजनीतिक व्यक्तित्वहरूको जीवन यथार्थलाई सङ्क्षिप्त र सरल रूपमा प्रस्तुत गरिएको छ । जीवनभर उनीहरूले गरेका राजनीतिक सङ्घर्ष, जनताका लागि उनीहरूले खेलेको नेतृत्वदायी भूमिका, उनीहरूको पारिवारिक र व्यक्तिगत जीवनका विवरणहरूको प्रस्तुति यस कृतिमा पाइन्छ, यद्यपि यो ती व्यक्तित्वहरूको पूर्ण जीवनी भने होइन । यहा“ केवल मुख्य तथ्यहरूलाई सूत्रबद्ध रूपमा सिलसिलेवर प्रस्तुति गरिएको छ, समग्र जीवन यथार्थलाई समेटिएको छैन । बालबालिकाहरूलाई मुख्य रूपमा राजनीतिक व्यक्तित्वहरूको जीवनकथाको बारेमा जानकारी दिने मुख्य उद्देश्य लिई लेखिएको यो कृति यस उद्देश्यमा सफल छ ।
७. निष्कर्ष
विजयराज आचार्य समुन्नत राष्ट्रनिर्माणका लागि, वर्गीय मुक्तिका लागि, शोषित पीडित जनताका लागि साहित्य र कलाको माध्यमबाट जीवनभर सङ्घर्षरत जनताका कलाकार र साहित्यकारहरूका साथै नेपाली जनताको पक्षमा राजनीतिक सङ्घर्ष गर्ने शिखर राजनीतिकर्मीहरूको जीवनकथालाई सरल, सहज, यथार्थ र प्रभावकारी रूपमा बालबालिकासमक्ष राख्ने सफल जीवनीकार हुन् । उनका झमककुमारी, कान्छाकुमार, केवलपुरे किसान, श्यामप्रसाद, अग्रज स्रष्टाहरू र हाम्रा आस्थाहरू कृतिहरूमा कला, साहित्य र राजनीतिको माध्यमबाट नेपाल र नेपाली जनताको हितमा आप्mनो जीवन बलिदानी गर्ने कलाकर्मी, साहित्यकर्मी र राजनीतिकर्मीको जीवनकथालाई प्रस्तुत गरिएको छ । आचार्य मूलतः बालसाहित्यकार भएकोले र बालबालिकाहरूसमक्ष यी व्यक्तित्वहरूका सङ्घर्षपूर्ण, बलिदानीपूर्ण, साहसी जीवनलाई प्रस्तुत गर्नु उनको उद्देश्य भएकोले यी जीवनीपरक कृतिहरूमा सरल, सहज र सटिक भाषाशैलीको प्रयोग पाइन्छ ।
बालबालिकामाझ प्रस्तुत गर्दा उनीहरूको बुभ्mने क्षमतालाई ध्यानमा राखी झमककुमारी, कान्छाकुमार, केवलपुरे किसान र श्यामप्रसादजस्ता कृतिहरूलाई सचित्र बालकथाको रूपमा प्रस्तुत गरिएको छ, यद्यपि तिनीहरूको शैली, नाटकीयता, विभिन्न उखान टुक्काको प्रयोगले यसलाई कथाजस्तै स्मरणीय बनाएको अवश्य छ तर त्यहा“ स्वयं स्रष्टाले आप्mनो जीवनकहानी भनेको छ । यसरी कथाको रूपमा प्रभावकारी र रोचक ढङ्गले जीवनीलाई राख्नु आचार्यको महत्तम लेखकीय उपलब्धि हो र नेपाली बालसाहित्य क्षेत्रमा साथै जीवनी लेखन क्षेत्रमा पनि नवीन प्रयोग हो । समष्टिमा यी समग्र कृतिहरूको आधारमा आचार्यलाई बालबालिकालाई समाजका प्रतिष्ठित, सङ्घर्षशील, बलिदानीपूर्ण जीवन जिउने व्यक्तित्वहरूमाझ पु¥याउने र यसबाट बालबालिकाहरूलाई सही जीवनबोध गराउने उद्देश्य राख्ने प्रगतिशील चिन्तनसहितका बालसाहित्यकार र जीवनीकारको रूपमा मूल्याङ्कन गर्न सकिन्छ, जसका कृतिहरूको अध्ययनबाट बालबालिकाले सही बाटो पहिचान गर्न, सङ्घर्षशील र उर्जाशील जीवनयापन गर्न प्रेरणा प्राप्त गर्न सक्दछन् ।
सन्दर्भ सामग्री सूची
ज्ञ. अधिकारी शोभा (२०६६), नेपाली बालसाहित्य अनुवादमा विजयराज आचार्य, मिर्मिरे, वर्ष ३८, अङ्क ९, पू २९२, पृ.११६–१२४ ।
द्द. आचार्य, विजयराज (२०६०), झमककुमारी, काठमाडौ“ ः विवेक सिर्जनशील प्रकाशन ।
घ. आचार्य, विजयराज (२०६१), केवलपुरे किसान, काठमाडौ“ ः नागार्जुन साहित्य प्रतिष्ठान ।
द्ध. आचार्य, विजयराज (२०६३), कान्छाकुमार, काठमाडौ“ ः विवेक सिर्जनशील प्रकाशन ।
छ. आचार्य, विजयराज (२०६६), श्यामप्रसाद, काठमाडौ“ ः विवेक सिर्जनशील प्रकाशन ।
ट. आचार्य, विजयराज (२०६७), अग्रज स्रष्टाहरू, काठमाडौ“ ः विवेक सिर्जनशील प्रकाशन ।
ठ. आचार्य, विजयराज (२०६८), हाम्रा आस्थाहरू, काठमाडौ“ ः विवेक सिर्जनशील प्रकाशन ।
ड. नेपाली बृहत् शब्दकोश (२०६०, पुनमुद्रित), काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
ढ. श्रेष्ठ, दयाराम (२०५९), साहित्यको इतिहास सिद्धान्त र सन्दर्भ, काठमाडौ“ ः त्रिकोण प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु