जनता

- राजेश ढुंगाना

थपडी बजाउँदा–बजाउँदा
हातभरि ठेलैठेला उठिसके
टुँडिखेलमा बसेर भाषण सुन्दासुन्दा
चउरका लहलहाउँदा
सम्पूर्ण दूबाहरु मरिसके
नेताहरुका वाचा
यही टुँडिखेलमै जन्मेर, टुँडिखेलमै मरे
जनताका सपनाहरु प्नि
यही चउरमा जम्नेर
यही चउरमै मरेर गए
विवेक म¥यो
सहिदको बलिदान पनि मरेर
टुँडिखेलदेखि टुँडिखेलसम्म उहिल्यै
हामी मलामी पनि गइसक्यौँ

ब्लिदानको मलामी गएर
फर्कंदै गर्दा बाटामा
मर्न बाँकी रहेको मात्रै एउटै चिज
आस्था र विश्वास पनि ठहरै म¥यो

तर
कस्तो अचम्म ?
सबैभन्दा पहिला म¥यो भन्ठानेको
जनता भने अझै जिउँदै रहेछ
र अहिले पनि ऊ
त्यही ठेला उठेका हातहरुले
उही मरिसकेको
चउरको दूबोमा बसेर
उफ्रीउफ्री
निरन्तर ताली बजाइरहेछ
बिचरा
आफ्नै मृत्यु भैसकेको समेत
थाहा नपाएर
लाग्छ
घाटमा पु¥याएपछि पनि ऊ
फेरि एउटा
अन्तिम थपडी बजाउने
निर्दोष तैयारी गरिरहेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 चैत्र, 2073

लेखकका अन्य रचनाहरु