हारेर के भो त.........!

- सुमी लोहनी

एउटा कुरा सोधौँ ? साँच्चै नढाँटी भन्नुस् है त ! तपैँलाई लाज लाग्छ कि लाग्दैन ? लाग्दैन भने स्याबास् ! बधाई छ, तपैँ खाट्टीको नेता हुन लायक हुनुहुँदोर’छ । यदि लाग्छ भने लौ, सबभन्दा पैले त्यो जैरे लाजसरमलाई फेरि फर्किन नसक्ने गरी सात्तो ले’र सात डाँडा कटाइहाल्नुस् त !
बेलैमा भन्द्या छ है, पछि फेरि पछुताउन पाइन्न नि बाबै ¤ सबैलाई था भ’कै कुरो हो क्यार ¤ नयाँ नेपालाँ धेरै कुराँ परिवर्तन भा’छ र त्यो ऐतिहासिक परिवर्तनका लागि हाम्रा महान् त्यागी नेता, नेतृज्यूहरूले लाजसरम, इमानजमान, नैतिकताजस्ता बेकारका फाल्तु कुरालाई ‘स्व’ हितका लागि सजिलैसँग त्यागी ज्यादै ठूलो त्याग गर्ने कृपा गर्नु भा’छ । यस्तो उदाहरणीय सुकार्यका लागि वाँहरूको जति प्रशंसा गरे पनि ‘हात्तीको मुखाँ जिरा’ झँै हुन्छ । यस्ता वीर वीरङ्गनाकै साहसिक काम कुराका कारण आज नेपाल धेरै कुरामा विश्वमा प्रथम स्थान हासिल गर्न सुसफल भ’को छ । ‘न भूतो न भविष्यति’ सायद यस्तै काम कुरालाई भनिन्छ होला हगि ? आहा ¤ क्या रमाइलो ¤ हार्नेहरूले छाती फुलाउँदै शिर ठाडो पारेर सानले देश हाँक्ने अनि जित्नेहरू चैँ इत्रो मुख ला’र जिल्लाराम भ’र पाखा लाग्ने । संसाराँ कतै छ त यस्तो राम्रो लोकतान्त्रिक गणतन्त्र भ’को देश ? हार्नेहरूलाई यसरी माया गरेर देशको बागडोर सुम्पिनु नेपालीहरूको विशाल ह्दयको एउटा ज्वलन्त नमुना हो । बिचरा, बिचरीले आफैँ हा¥या हो र ? त्यो त कन्जुस भोटरले भोट नदेर पो हा¥या हो त ¤ त्यो जाबो चुनाबसुनाब त क–कसले हार्दा रै’छन् भनेर पत्ता लाउनलाई पो ग¥या हो त ¤ जित्नेलाई कुर्सीमा राखेर कुज्याउनलाई हो र !

धन्न, हाम्रो भाग्यले गर्दा आज हरुवाहरूले हाँकेको देशको नागरिक बन्ने सौभाग्य हामीले पा’का छौँ । साँच्चै यस्तो गौरवपूर्ण काम देख्न, सुन्न र भोग्न पाउने हामी नेपाली कति भाग्यमानी हगि ¤ संसारमा अरू देशमा भएका, अरूले ग¥या जस्तै देश विकास र जनहितका काम हामी नयाँ नेपालका नेपालीले ग¥यौँ भने त हाम्रो घिरौँले नाक च्वाट्ट भै हाल्छ नि ¤ त्यसैले कहीँ कसैले नगरेको काम कुरा हामी गर्न सक्छौँ, लौ हेर तमासा भनी चुनाबमा हारेकालाई छानिछानी पार्टीको नेतृत्व गराउँदै बागडोर थमाई घुम्ने मेचाँ थचक्क बसा’को नि ¤

यस्तो ‘चुनावमा हार्नेहरू पावरफुल जादुई कुर्सीमा बस्ने’ सबैले स्वागत् गरेको अत्यन्त लोकप्रिय कार्यक्रमले निरन्तरता पाउनैपर्छ भन्ने सबैको जोडदार माग छ । बरू हरेक क्षेत्रमा यस्तै भै’दे सुनमा सुगन्ध हुन्थ्यो भन्ने जनइच्छा छ । जस्तै–स्कुल कलेजको जाँचमा सबैभन्दा कम नम्बर ल्याएर जो फेल हुन्छ उस्लाई पुरस्कार, स्कलरसिपका साथै चौबर प्रमोसन दिने र पास हुनेलाई तल्लो कक्षामा राखी पढाउने । खेलमा हार्नेलाई गोल्ड मेडल दिने अनि जित्नेलाई चैँ फेरि कहिल्यै खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने । त्यसैगरी जागिरका लागि ले’को योग्यताको जाँचाँ सबैभन्दा तल्लो तहमा पनि नाम निकाल्न नसक्नेलाई हाकिम बनाउने र बढी नम्बर ल्या’र पास हुनेलाई डिमोसन गरी साँप सिँडीको खेलमा झैँ सबैभन्दा तल्लो तहमा खदार्ने ............आदि....... इत्यादि । आइन्दा जुनसुकै काम कुरामा जसले नराम्ररी हार्छ उसलाई ससम्मान गर्दै पूmलमाला लगाई आदरसत्कार गर्नुपर्छ है ¤ यस्ता राम्रा–राम्रा काम कुरा गर्न पछि त हट्नै हुन्न नि ¤ सुरू गरिहाल्नुपर्छ क्या ¤ अनि पो देश बन्छ । जनताले सुख पाउछन् । सबैले गर्ने पुराना थोत्रा काम गरेर नि कहीँ नयाँ नेपाल बन्छ त ¤ नितान्त नयाँ र नौलो कसैले नगरेको काम गरे पो सबैले मान्छन् । स्याबास् ¤ ठूलो काम गरिस् नि बाबै ¤ भन्छन् । अनि त मान, सान, दाम बढेको बढ्यै, बढेको बढ्यै । आहा ¤ सम्झिँदै मात्र पनि कति आनन्ददायक कुरा हगि ¤ लौ न मलाई पनि हार्न मन लाग्यो भन्या । कतै कुनै हार्ने काम कुराको कम्पिटिसन भ’को छ कि ? आउनुस् खोजेर हार्न जाऔँ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु