शोक

- धर्म सापकोटा राजु

सांहिली साह्रै आत्तिईन । सांहिली मात्र हैन । रत्यौली खेल्न लागेका सबैजना आत्तिए । रत्यौलीको माहोल नै बदलियो । अघिसम्म नाचिरहेका आईमाई केटीहरु एकाएक रोकिए । कारण थियो कसैले समाचार ल्याएको थियो- "जन्ती बस दुर्घटनामा पर्यो" ।

भोलीपल्ट गांऊ नै शोकमा पर्यो । कतिको घटनास्थलमा नै मृत्यु भयो । कति अस्पताल लांदा लांदै अनि कति अस्पतालमै । कतिको उपचार हुदै । कसैका त परीवारका सबै जना । जन्ती गएका धेरैको मृत्यु भयो ।

सांहिलीका परिवारमा पनि बज्रपात भयो । भरखरै दश कक्षा पढदै गरेको छोरा पनि यो भवितप्यमा पर्यो । सन्तानका नाममा दुईवटा मध्ये अर्को मलेसीयामा रोजगारीमा थियो । ऊनका श्रीमान धेरै अघी बितीसकेका थिए । बिधवा सांहिली लाई कान्छा छोराको निधनले शोकमा डुबायो । आफन्तहरु अनि छिमेकीहरु ऊनलाई कति सान्त्वना दिन आउथे । ऊनको पिडा कसैगरे पनि घटेन ।

त्यसो त सॉहिलीलाई माया गर्ने पनि थिए गाउमा तर छिमेकीहरुमध्ये कोहि आईमाई यस्ता पनि थिए जो सांहिलीलाई पहिलेदेखी नै मनपराउदैन थे । सॉहिलीलाई बिधवा भनेर हेप्ने होच्याउने गर्थे । कति त सॉहिलीलाई बोक्सी हो पनि भन्थे । यो दुखमा सॉहिलीलाई साथ दिन पनि तिनीहरु आएनन् ।

एकदिन सॉहिलीले थाहा पाईन जो आईमाईहरु उनलाई बिधवा भनेर छि छि दुर दुर गर्थे, जन्ति बस दुर्घटनामा त ऊनिहरुको परीवारका त सबैजना परेछन । त्यो दिन पछि भने सांहिली बिस्तारै सम्हालीईन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 फागुन, 2073

लेखकका अन्य रचनाहरु