बालसाहित्यमा प्रगतिशील चिन्तन

- विजयराज आचार्य

प्रगतिशील साहित्यको परिभाषा
सामान्य अर्थमा प्रगति भन्नाले कुनै पनि काम, कुरा, बस्तु वा जीवनको विकासलाई बुझ्ने÷बुझाउने नै शब्दको रूपमा लिइन्छ । पुरानो गुण अवस्था र अस्तित्वको विकल्प नयाँ गुण अवस्था र अस्थित्वको रूपमा पनि प्रगति रहेको छ ।
प्रगतिशीलताको तात्पर्य अग्रसर हुने विकासशील गुण हो । त्यसैले रचना प्रकृयाको रूपमा यसलाई लिँदा विकासशील गुण हुनुलाई नै प्रगतिशीलता मानेको पाइन्छ ।
प्रगतिशील साहित्य भन्नाले यथास्थितिका विरुद्ध लक्षित, जीवन र जगत्प्रति विकासशील रचना–दृष्टि राख्ने साहित्य सिद्धान्त पनि हो । सामाजिक कल्याणमुखी परिवर्तनका पक्षघर एवं यथार्थपरक लेखनका रूपमा रहे पनि यसको कुनै निश्चित दार्शनिक प्रतिवद्धता हुँदैन । (–विष्णु प्रभात, प्रलेसको संक्षिप्त इतिहास, विवेक सिर्जनशील प्रकाशन प्रा.लि. २०६३)
भारतीय साहित्यकार महन्थनाथ गुप्तको विचारमा “स्वाभाविक रूपमा त्यही साहित्य प्रगतिशील हो, जसले समाजलाई अगाडि लैजान मद्दत पु¥याउँछ ।” उनले भनेका छन्, “लेखकहरू जुन दलमा बाधिएका भएपनि जानेर वा नजानेरै भएपनि जसले प्रगतिशील उद्देश्यलाई मद्दत पु¥याउने साहित्य सिर्जना गर्छ, त्यो प्रगतिशील हुन्छ ।”
अर्का भारतीय साहित्यकार हंसराज रहवरले भने आफ्नो घारणालाई यसरी व्यक्त गर्दछन् । “आजको युगमा जो लेखक, कलाकार माक्र्सवादी होइन उसले आपूmलाई जनवादी वा प्रगतिशील भनि लाखौँ घोषणा गरे पनि प्रगतिशील भूमिका पूरा गर्न सक्दैन् ।”
भारतीय प्रलेसका संस्थापक मध्य एक सज्जाद जहिर भन्छन्, “स्वाधिनता प्रिय, साम्राज्यवाद विरोधी लेखक चाहे त्यो कुनै पनि धार्मिक संप्रदाय वा राजनीतिक विचारधारमा विश्वास राखोस् त्यो प्रगतिशील हो ।”
डा. कृष्ण अधिकारीको विचारमा “सामान्यतया प्रगतिशीलता भन्नाले यथास्थितिप्रति असन्तुष्ट रही अग्रगामी परिवर्तनको चाहना राख्ने प्रवृति भन्ने बुझिन्छ । प्रगतिशीलतालाई पूँजीवादी प्रगतिशीलता र समाजवादी प्रगतिशीलता गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । तर पनि प्रगतिशील साहित्य भन्नासाथ हामी प्राय प्रगतिवादी साहित्यकै प्रायकै रूपमा हेर्ने गर्दछौँ ।”

नेपाली समाजमा बालबालिकाको हैसियत
ठूलो मान्छेले कुनै गल्ती ग¥यो भने कस्तो केटाकेटी जस्तो रहेछ भनेर होच्याउने । केटाकेटीलाई घरका वा सामाजिक काममा सहभागि नगराउने । उनीहरूले सोधेका प्रश्नहरूको सहितरिकाले जवाफ दिनुको सट्टा हप्की–दप्की गर्ने । उनीहरूसँग झर्की–फर्की गरेर व्यावहार गर्ने । मायाको नाममा उनीहरूलाई सम्मानित व्यवहार नगरी एउटा नीजि सम्पत्तीको रूपमा व्यावहार गर्ने । सबैभन्दा राम्रोसँग स्याहार–सुसार गर्नुपर्ने बेलामा ‘केटाकेटीको जाडो बाख्राले खान्छ’, भन्ने जस्ता उखानहरू अहिलेसम्म पनि प्रचलनमा रहनुले हाम्रो समाजमा बालबालिकालाई कस्तो व्यवहार गरिन्छ भन्ने स्पष्ट हुन्छ ।
हाम्रो समाजमा बालबालिका जन्मदादेखि नै हेपिएका हुन्छन् । बच्चा जन्मनासाथ नयाँ लुगा लगाइदिन हुन्न भन्ने प्रचलन कायमै छ । नयाँ बच्चालाई नयाँ र सफा कपडा प्रयोग गर्नुको सट्टा थाङ्ना कपडा प्रयोग गर्नुपर्छ भन्ने अन्धविश्वास अहिले पनि कायमै छ । घरमा दोस्रो वा तेस्रो सन्तानका रूपमा जन्म लिँदा उसले ठूलो हुन्जेलसम्म नयाँ कपडा लगाउन मुस्किलै हुन्छ ।
पिता–माता वा गुरु भक्त हुनुपर्छ भन्ने नाममा उनीहरूलाई कुनै प्रश्न गर्नबाट बञ्चित बनाउने, उनीहरूलाई जस्तो अवस्थामा पनि गुरु द्रोह वा मातृपृति द्रोह गर्नुहुन्न भन्ने दिक्षा दिनाले आफ्नो ज्यान जोखिममा पर्दासम्म पनि आत्मरक्षाको लागि कदम उठाउन नसक्ने अन्धभक्त शिक्षा दिइरहिएको छ ।

बालसाहित्यमा बालबालिकाको हैसियात
समाजकै प्रतिबिम्ब त हो साहित्य बालबालिकालाई समाजमा जस्तो व्यवहार गरिन्छ साहित्यमा पनि त्यस्तै व्यवहार गरेका पाइन्छ । नेपालमा बालसाहित्यमा कलम चलाउने मध्य सङ्गठित रूपमा ठूलो संख्या प्रगतिशील आन्दोलनसँग जोडिएका सर्जकहरू छन् । व्यवहारमा अधिकांश लेखकहरूले यथास्थितिवादलाई त्याग्नुको सट्टा त्यसलाई नै मलजल गरिरहेका छन् ।
सामाजिक संरचना खजमजिन्छ, म एक्लैले अघि बढेर के हुन्छ र ? भन्ने नाममा बालसाहित्य सृजना गर्ने अघिकांश सर्जकले यथास्थितिवाद कै पृष्ठपोषण गरेका छन् । अहिले पनि केटाकेटीलाई अर्ति–उपदेश दिने नाममा पुराना पौराणीक कथाहरू जसले महिला र बालबालिकालाई पशुसँग तुलना गरेको हुन्छ, त्यस्ता कथाको पुनरावृतिलाई निरन्तरता दिनु यसको ज्वलन्त उदाहरण हो ।
सिद्धान्तः नेपालमा जहानिया राणा सासन, निरङ्कुस पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रजस्ता जनविरोधी व्यवस्था ढलेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । व्यवहारमा माथि उल्लेखित कुनै पनि व्यवस्थाको अवशेष मेटिएको छैन । बालसाहित्य सिर्जना गर्ने सर्जकले अहिले पनि राजा–महाराज वा उनका परिवारको सदस्यहरूको गुनगान गाएर साहित्य सृजना गर्ने काम रोकिएको छैन ।
राजा–महाराजा वा जिम्मवाल, साहु सामन्तलाई उदार र माफी दिने स्वभावका हुन्छन् भनेर उनीहरूको गुनगान मात्र गाइएको हुन्छ । उनीहरूले जनतालाई कसरी शोषण, दमन, अन्याय गर्छन् भन्ने कुराको उल्लेख गरिँदैन ।
बालबालिकालाई अन्यायको विरुद्ध प्रश्न गर्नेखालका साहित्य लेखियो भने ठाडो राजनीति हुन्छ भनेर यथास्थितिवादी राजनीतिलाई पृष्ठपोषण गर्नेहरूको सङ्ख्या पनि ठूलै छ ।
बालसाहित्य सर्जकले साहित्य सिर्जना गर्दा अहिले पनि सासक वर्गलाई सम्मानित पात्रको रूपमा प्रयोग गर्ने र श्रमजिबी जनतालाई होच्चाउने खालका पात्रहरूको प्रयोगको प्रचलन आपूmलाई प्रगतिशील खेमाको अब्बल लेखक हुँ भन्नेले पनि गरिरहेका छन् ।
उच्चवर्गका पात्र छन् भने तिनलाई उच्च सम्मान गर्ने र श्रमजीबि जनता पात्र छन् भने तिनलाई तल्लो दर्जाको सम्बोधन गर्ने परम्परा कायमै छ । जस्तै उदाहरणस्वरूप हेरोँ ः “एउटा गाउँमा हरि नाम गरका जिम्मवाल बा हुनुहुन्थ्यो । उहाँको घरमा श्याम नाम गरेको नोकर थियो । ... ...” इत्यादी
कथित उपल्लो जात र तल्लो जातको पात्रको बीचमा, धनी पात्र र गरिब पात्रको बीचमा, पुरुष र महिला पात्रको बीचमा, पहाड र तराइँका पात्रको बीचमा एउटै कथामा पनि एउटा वर्ग या समुहलाई उच्च आदरार्थी र अर्को वर्ग वा समुहलाई अत्यन्तै तल्लो दर्जाको व्यवहार गर्ने प्रचलन कायमै छ ।
त्यतिमात्र कहा हो र ! समाजमा कायम रहेको कुरीति, कुप्रथा र अन्ध बिश्वासलाई प्रसय हुनेखालका साहित्यहरू अभैm पनि सृर्जना भैरहेका छन् ।
हामीले देखेका छौँ केटाकेटीहरूले बोल्न थालेपछि प्रत्यक चिजबारे यो के हो ? कसरी भयो ? किन ? जस्ता प्रश्न सोध्ने गर्छन् । त्यस्तो संवेदनशील अवस्थामा हामीले उनीहरूको जिज्ञासालाई अत्यन्त ठिक ढङ्गले समाधान गर्नुपर्छ । आफ्ना जिज्ञासाहरूको समाधान हुन नसके वा गलत जानकरी प्राप्त गरे त्यसबाट बालबालिकाको मानसिक विकासमा नै नकारात्मक असर पर्ने तथ्यलाई आमाबाबु अभिभावक र शिक्षकहरूले बिर्सनु हुँदैन । बालबालिकाहरूको यो जिज्ञासु प्रवृत्तिलाई हामी बालसाहित्यका कृतिहरूमार्फत् समाधान गर्न सक्छौँ । (– प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास, विवेक सिर्जनशील प्रकाशन प्रा.लि.–२०६९)
श्रृतिस्मृति परम्परामा र लेखन परम्पराको प्रारम्भदेखि नै नेपाली बालसाहित्यको स्वरूप विभेदकारी शिक्षा दिने खालको देखिन्छ । ‘एकादेशमा एउटा राजा थिए । उनी महान्, वीर र दानी थिए । एउटी रानी थिइन् । उनी धेरै राम्री तथा दयालु र मायालु थिइन् ।’
‘एक राजकुमार थिए । उनी सुन्दर साहसी र परोपकारी थिए । एक राजकुमारी थिइन् । उनी अप्सराजस्तै सुन्दर र ज्ञानी थिइन्’ जस्ता भनाइद्वारा परम्परादेखिनै उत्पीडक वर्गका मानिसहरूको यथार्थ चरित्रको उद्धत्तिकरण गरिँदै आएको पाइन्छ ।
वास्तवमा इतिहास हेर्दा राजारानी, राजकुमार, राजकुमारीहरू खानपान र सेवासुविधाका कारण शारीरिका रूपमा सुन्दर भएपनि मनका भने कुरूप, निर्दयी, त्रूmर, जनतामाथि दमन गर्ने र वर्गीय रूपमा उत्पीडक देखिन्छन् तर हाम्रो बालसाहित्यले यस्तो सामाजिक यथार्थ विपरित उनीहरूको चरित्रलाई उद्धत स्वरूपमा देखाउँदै आएको छ ।
यस्ता कथा, उपन्यास तथा अन्य साहित्यिक रचनको पठनबाट बालबालिकाहरूमा श्रमप्रति श्रदा जन्मनुको सट्टा विलाशिता र वर्गीय उत्पीडनमुखी, सामन्तवादी, आदर्शवादलाई नै प्रश्रय मिल्दै आएको देखिन्छ । यसै कारण नै बच्चाहरूमा सानैदेखि सामन्तवादको पूजा गर्ने गलत सोच र पुरातनपन्थी मनारेरञ्जको विकास हुँदै आएको छ । लोकलान्त्रिक समाजको निर्माण र मानविय मूल्यको स्थापनाका लागि यसप्रकारका मनोरञ्नको विकास हुनु घातक भएकाले अबको बालसाहित्य यसको विपरित दिशामा रचिनुपर्छ । त्यसका लागि ‘एकादेशमा एउटा किसान थिए, ती सुन्दर, दयालु र श्रमजीबि थिए । तिनका हातमा पहेला ठेला थिए । ती ठेला काम गरेर बनेका थिए । ती हातका ठेलाहरू लेकको पूmलभन्दा पनि सुन्दर देखिन्थे । उनीहरू परिश्रम गर्थे । काम गर्दा उनीहरूको शरीरमा पसिना आउथ्यो । त्यो पसिनबाट सुगन्ध आउन्थ्यो । त्यो सुगन्ध पूmलको सुगन्धभन्दा पनि आनन्द दिने हुन्थ्यो ... ...’, भन्ने किसिमका अभिव्यक्ति भएका बालकथा, बालउपन्यास र बालकविता आदि लेखिनुपर्छ । –(डा. रामप्रसाद ज्ञवाली, बालसाहित्य २०७२ ः २०, नेबासास)
धर्म, जातजाति भाषाको आधारमा गरिने भेदभाव सामाजिक सांस्कृतिक हिँसा हो । हाम्रो समाज हजारौँ वर्षदेखि सामन्ती व्यवस्थामा हुर्केको हुँदा सामाजिक चालचलन व्यावहारमा सांस्कृतिक अवसरहरूमा भाषाको प्रयोग लगायत समाजका कुनाकुनामा यो हिँसा विद्यमान छ । लेखकहरूले साहित्य लेख्दा कुनै समुदायलाई ‘तँ’ र कुनै समुखनायलाई ‘हजुर’को प्रयोग थाहै नपाई गरिरहेको हुन सक्छ । त्यस्तै विभिन्न वर्ग, लिङ्ग भावयुक्त भूमिका दिएको हुन सक्छ । हाम्रो भाषामा जातिय, क्षेत्रिय, लैङ्गिक, भाषीक तथा धार्मिक समुदायलाई अपमान गर्ने खालका उखान टुक्काहरू प्रसस्तै छन् । यस्ता सांस्कृतिक–सामाजिक हिंसाबारे अब साहित्यकारहरू सचेत हुनै पर्छ र बालसाहित्यकारहरूले यसबाट आपूmलाई जोगाउनै पर्छ ।
बालसाहित्य पढ्दा, हेर्दा वा सुन्दा बालबालिकाहरूले महिला र पुरुषको बीच भेदभाव गर्नुपर्ने रहेछ भन्ने नसिकून्; हिमाल, पहाड र तराईका मानिसहरूलाई फरक नठानून्; छुवाछुतको दुषित हावा उनीहरूको नजिकै पनि नपरोस्; एउटै समाजका एकै तहका व्यक्ति मध्य कसैलाई ‘तँ’, कसैलाई ‘तिमी’ त सकैलाई ‘तपाईं’ र ‘हजुर’ भनेर सम्बोधन गर्न नसिकून् । (–विनयकुमार कसजू, बालसाहित्य नेबासास, २०६६ ः १८)
स्वस्थ र अस्वस्थ गरी दुई प्रकारको छ हालको हाम्रो बालसाहित्यको अवस्था । स्वस्थमा वैज्ञानिक दर्शन र दृष्टिकोणमा आधारित रचना पर्छन् भने असवस्थमा कर्म, भाग्य, दिन, दशा, पूर्वजन्म, नवजन्म, भूत, प्रेत, धामीझाक्री, बोक्सीजस्ता अन्धरुढीवादी दर्शन र दृष्टिकोणबाट ग्रसित रचना पर्दछन् । यी दुई मध्य पहिलोको अवस्था उदाउदो सूर्यजस्तै उज्जवल पाउँछौँ भने दोस्रो म्याद सिद्धिएको औषधीको रूपमा किनारा लाग्दै गएको देख्न सक्छौँ । – (जनकप्रसाद हुमागाइँ, बालसाहित्य, २०६२ ः १७, नेबासास)
स्तुतिगान, गाउने खालको साहित्य ठूलालाई त हुँदैन भने सानालाई त्यस्तो संस्कारको विकास गराउनु हुँदैहुँदैन । कसैको राम्रो पक्षको तारिफ गर्ने राम्रो पक्ष हो । गुणगान र सम्मान फरक कुरा हो । सम्मान गर्नु भनेको उसमा भएका राम्रा कुरालाई ग्रहण गर्नु हो । तर नराम्रो पक्षलाई पनि राम्रो भनेर गुणगान गाउनु एकदमै दाशता हो । औचित्य हेरेरै गुणगान गाउनुपर्ने हुन्छ । अपत्यारिलो किसिमले कसैको गुणगान गाउनु चाकरी हुन जान्छ । जस्तो केही राजनीतिकर्मीका कारण राजनीतिलाई नै प्रदुषित पारेको छ । यसलाई हेरेर असल र खराब बीचको विभेद देखाउनुपर्छ ।
विचार चाहिन्छ । विचारलाई प्रस्तुत गर्ने ढङ्गको मात्र कुरा हो । त्यसमा कति मात्रा मिलाएर प्रस्तुत गर्ने भन्ने कुरा साहित्यले गर्नुपर्ने हुन्छ । राजनीतिको कुरा गर्ने हो भने प्रत्येक श्वासप्रश्वासमा पनि राजनीति हुन्छ । त्यसको प्रस्तुतीको फरक ढङ्गमा पर्छ । बालबालिका भोकाएर रुनु पनि राजनीति हो । राजनीति मान्छेको अभिन्न अङ्ग हो । रगत दिने मुटु नभई मस्तिष्कले काम गर्दैैन । राजनीति समाजको मुटु हो । त्यसले रगत संप्रेषित गरिदिन्छ । त्यसको राम्रो रगत छोडेमा राम्रो र नराम्रो छोडेमा नराम्रो असर पार्छ । केटाकेटी पनि समाजकै अङ्ग हुन् । उनीहरूको बारेमा लेखिने साहित्यमा पनि अवश्य राजनीति हुन्छ । – रमेश विकल, बालसात्यिको विकासक्रम त्यति निराशलाग्दो छैन, नागार्जुन साहित्यिक त्रैमासिक वर्ष २ अंक ४ पूर्णांक ८ २०६०, विजयराज आचार्य र नविन विभाषले लिएको अन्तर्वार्ताबाट)
साना बालबालिकाहरूलाई उड्न्ते, हावादारी परीकथाहरू या रसहस्यमा डुबाउने तिलस्मी कथाहरू अथवा कहिल्यै पनि अस्तित्वमा नभएमा अयथार्थवादी मिथ्याचेतनावादी कुराहरू सिकाउने या मनोरञ्जन दिने नाममा त्यस्ता कुराहरू सुनाउने पनि गर्नुहुँदैन । प्रत्येक अभिभावकले आफ्ना बालबालिकाहरूलाई मिथ्याचेतनावादी रहस्यवादी कुरा सिकाउन या सुनाउन हुँदैन तर युगौँदेखि मिथ्याचेतनावादी रहस्यवाद या अध्यात्मवादी चेतनाबाट मुक्त बस्तुसत्तावादी भौतिकवादी चेतनायुक्त कुरा आफ्ना बालबालिकाहरूलाई सिकाउने या सुनाउने सहज परिस्थिति बनेकै छैन ।
विद्यमान् समाजको सामाजिक रूपान्तरणका लागि विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरू र उनीहरूका अभिभावकहरूमा जीवनोपयोगी वस्तुपरकतावादी वैज्ञानिक शैक्षिक अभिरुचि जगाउनु जरुरी छ । समाजको सामाजिक रूपमान्तरणको यो महाअभियानमा शैक्षिक क्षेत्रमा काम गर्ने सम्बन्धित सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने भए पनि विद्यालयीय परिवेशमा शिक्षक शिक्षिकाहरूको र व्यावहारिक एवं पारिवारिक परिवेशमा अभिभावकहरूको भूमिका नै विशिष्ट किसिमको हुन्छ भन्ने कुरा किमार्थ भुल्न हुँदैन ।” (–रूपान्तरणका लागि वस्तुवादी शैक्षिक चेतना, प्रा. डा. पशुपतिनाथ तिमल्सेना, अन्नपूर्ण पोष्ट दैनिक, ११ अप्रैल २०१०)
हाम्रो समाजको संरचनाको सबभन्दा मुनि भनौँ अझ तल रहिआएका बालबालिकाहरूका हितमा बालबालिकालगायत सामाजिक संरचनाका माथिल्ला तलाहरूमा रहेकाहरूका समेत पुराना धारणा, पुराना मान्यता र संस्कारलाई आपूmखुसी भत्काउन र फाल्न मानसिक तथा भौतिक रूपबाट तयार बनाउन कतिसम्मको प्रभावकारी साहित्यको खाँचो पर्ला ? यस कुरालाई बुझ्ने बालसाहित्यको क्षेत्रमा लागि रहनुभएका सिर्जनाकारहरूले भन्ने गर्नुहुन्छ– “बालसात्यिको रचना गर्नु साह्रै कठिन छ ।” वास्तवमा पुरानो संरचनालाई नै भत्काएर त्यसको ठाउँमा नयाँ कुरा ठड्याउनु भनेको साह्रै गाह्रो काम मात्र होइन, अत्यन्त चुनौतिपूर्ण काम पनि हो ।”
“राजनीतिक क्षेत्रमा हामीले देखिरहेकै छौँ – जनताको हितको कुरा उठाएर अघि सरेका, क्रान्तिसमेत गर्न तयार रहेका भनी आपैmले ढ्वाङ फुकिहिँडेकाहरू सत्ताामा पुगेपछि तिनै पुराना संस्कार र नैतिकताका कुरालाई टेक्ने लौरो बनाएर जनविरोधी काम गर्न तयार भएका मात्र हौइनन्, गरिहिँडिरहेका समेत छन् । यस्तै कुरा बालसाहित्यमा पनि दोहोरिइरहेका छन् । हामी एकातिर बालबालिकाहरूको हितमा लागिरहेका भनिरहेका छौ भने अर्कोतिर जानी नजानी सोझो वा घुमाउरो पाराले उनीहरूलाई पुराना शिष्टाचारका नियमहरू र नैतिकताका कुरा दिँदै तिनलाई बालसाहित्यका नयाँ सिर्जनाहरू भन्दै पस्कने गर्दछौँ ।
जसरी राजनीतिक क्षेत्रमा नयाँ समाजको निर्माण गछौँ भनी हिँड्नेले नयाँ समस्याको समाधान खोज्न वा नयाँ बाटो उघार्न नसकेपछि पुरानै परम्परागत शैलीको अनुसरण गर्न पुग्छन् । त्यसरी नै साहित्यमा पुनरावृत्तिको प्रक्रिया दोहोरिन थाल्छ । बालसाहित्यमा विषयका साथै उपदेशात्म शैलीको पुनप्र्रादुर्भावको कारण यही नै हो । कुरा साँचो हो, तपाईं नयाँ बाटो खोल्न सक्नुहुन्न भने पुरानै बाटोमा लाग्नु हुनेछ । तपाई डो¥याउन सक्नुहुन्न भने तपाई डो¥याइनु हुन्छ, हैन भने तपाईंको यात्राको अन्त्य आइपुगेको हुन्छ । त्यहीनिर तपाईंको अवसान पनि हुनेछ ।” –(बालसाहित्यका फाँटमा उठ्ने गरेका केही प्रश्नबारे”, हाम्रा बालबालिकाहरू र बालसाहित्य, लेखक शान्तदास, बालकोसेली प्रकाशन, तेस्रो संस्करण २९६४,पृ ४५–४७)
निष्कर्ष
माथि उल्लखित विद्धान्हरूका विचारहरूबाट प्रष्ट हुन्छ कि हाम्रो सामाजिक अवस्था कस्तो छ । साहित्य तत्कालिन समयको सामाजिक अवस्थाको ऐना हो । हाम्रो समाजमा अहिले पनि सामन्ती अवशेसहरू बर्गेल्टी छन् । त्यसको प्रभाव बालसाहित्यमा पर्नु स्वभाविकै हो ।
माथिका विविध विचारहरूबाट समाजका हरेक क्षेत्र (सामाजिक, राजनीतिक, आर्थिक, साहित्यिक) मा यथास्थितिबाट अग्रगतितिर फड्को मार्नुनै प्रगतिशील विचार हो भन्ने निक्र्यौल निकाल्न सकिन्छ । बालसाहित्यका प्रगतिशील चिन्तनको दृष्टिकोणले हेर्दा यसको अवस्था एकदम कमजोर अवस्थामा रहेको छ ।
नेपाली समाजले बालबालिकाको स्वतन्त्र अस्तित्वलाई अभैm पूर्णरूपमा स्वीकारको छैन । त्यस्तै नेपाली साहित्यले पनि बालसाहित्यलाई स्वतन्त्र साहित्यको रूपमा स्वीकार गर्न सकेको छैन ।
यदी हामीले समाजलाई बदल्ने हो भने आपूmले कस्तो समाज निर्माण गर्न चाहेको हो त्यस्तै बालसाहित्य लेखिनुपर्छ । विचार दिँदा के हेक्का राख्न जरुरी छ भने बालकलाई जसरी जन्मनासाथ आमाको दूध खुवाइन्छ । यो काम छ महिनासम्म चल्छ । छ महिनापछि अन्न खान सुरु गराउँदै बिस्तारै ठूला मान्छेले खाने खाना खुवाउने बानी बसाइन्छ ।
त्यस्तै हामीले विचार दिँदा पनि उनीहरूले ग्रहण गर्नसक्ने शब्द चयन र भाषाको प्रयोग गर्न जरुरी हुन्छ । बच्चाले मनोरञ्जन लिँदै विचार ग्रहण गर्नसक्ने बालसाहित्यकै रचना गरिनुपर्ने अहिलेको बालसाहित्यकारहरूको मुख्य दायित्व र जिम्मेवारी हो ।
हामी जिम्मेवार तरिकाले समाज परिवर्तनको दिशामा लाग्ने हो भने अब पुरातन ढङ्गले लेख्ने परम्परा छाडेर समाजलाई अग्रगतिमा डो¥याउने खालका बालसाहित्य सृजना गरि आम बालबालिकामा पु¥याउने कार्य गर्नु प्रगतिशील विचार पक्षधरहरूको मुख्य दायित्व हो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 16 फागुन, 2073

लेखकका अन्य रचनाहरु