समकालीन नेपाली कथामा आञ्चलिकताको प्रयोग

- डा.लक्ष्मणप्रसाद गौतम

१. आञ्चलिकता: व्युत्पादन र अर्थ
संस्कृतको अञ्च् धातुमा संस्कृतकै अलच् प्रत्यय लाग्दा अञ्चल नाम शब्दको व्युत्पादन हुन्छ र त्यसै अञ्चल शब्दमा इक प्रत्यय लागेर आञ्चलिक विशेषण शब्द निष्प; हुन्छ । आञ्चलिक विशेषण शब्दमा ता प्रत्यय लगाउँदा आञ्चलिकता नाम शब्दको निर्माण हुन्छ । आञ्चलिक तत्सम शब्दको कोशीय अर्थ कुनै अञ्चल वा प्रदेशको, अञ्चल वा प्रदेशसँग सम्बद्ध आदि हुन्छ । आञ्चलिक शब्द अङ्ग्रेजी श्यलभ बाट बनेको शयलब िको नेपाली रूपान्तर हो र अङ्ग्रेजीमा क्षेत्रीय भन्ने अर्थमा क्उबतष्ब ि (स्पासिअल) शब्द पनि समानार्थी रूपमा प्रयोग भएको पाइन्छ । स्थानीय रङ्ग देखाउने हुँदा अङ्ग्रेजीमा यसलाई यिअब िअययिगच पनि भनिन्छ । अञ्चल तत्सम शब्दको मूल कोशीय अर्थ वस्त्रको किनारा वा छेउ र आँखाको छेउ वा कोस भ;े देखिन्छ तापनि पछि यस अञ्चल शब्दको अर्थ विस्तार भएर कुनै प्रदेश वा भूभागको छेउ, किनारा, सिमाना आदिका रूपमा समेत व्यवहृत भएको पाइन्छ । अहिले अञ्चल शब्दले दिने प्रचलित अर्थ भनेको कुनै मुलुक वा प्रदेशको एक भाग वा क्षेत्र र प्रादेशिक विभाजन नै हो । अझ विशिष्टीकृत रूपमा भन्नुपर्दा केन्द्रभन्दा बाहिरको कुनै सीमान्तीय ठाउँ वा प्रदेश पनि हो । यसलाई कहीँकहीँ स्थानीय वा स्थानिक शब्दका रूपमा पनि व्यवहृत गरिन्छ । यसरी आञ्चलिक शब्दले अञ्चलविशेषको, अञ्चलमा प्रचलित, अञ्चलसँग सम्बद्ध आदि अर्थ ध्वनित गर्दछ । साहित्यमा पनि यो शब्द यसै अर्थसँग सम्बद्ध देखिन्छ ।

२. साहित्यमा आञ्चलिकताका प्रभाव तŒव
निश्चित अञ्चल वा प्रदेशको र निश्चित क्षेत्र वा स्थानविशेषको जनजीवन, संस्कार, संस्कृति, जीवनशैली, भाषा, वेषभूषा, रीतिस्थिति आदिको प्रतिबिम्बन भएको साहित्य नै आञ्चलिक साहित्य हो । व्यापक अर्थमा अधिकांश साहित्य (विशेषतः आख्यान र नाटक) मा आञ्चलिकता पाइने भए पनि आञ्चलिक साहित्य र साहित्यमा आञ्चलिकतालाई यसरी सामान्यीकरण गर्दा आञ्चलिक साहित्यको स्पष्टता देखिँदैन र यसका विभेदक अभिलक्षण पनि स्पष्ट देखिँदैनन् । अतः आञ्चलिक साहित्यलाई विशिष्टीकृत रूपमा नै अध्ययन गर्नुपर्ने हुन्छ । निश्चित अञ्चल, प्रदेश, क्षेत्र वा स्थानविशेषका रीतिस्थिति, आचारविचार, जनजीवन वा जीवनशैली, वेषभूषा, संस्कार, संस्कृति, भौगोलिकता, भाषा, जाति र जनजातिहरूका निजी वा मौलिक चालचलन एवम् यससँग गाँसिएर आएका सामाजिक सांस्कृतिक सन्दर्भ आदिको प्रतिबिम्बन साहित्यमा÷कथामा हुनु त्यो साहित्य÷कथा आञ्चलिक हुनु हो र यस्तो प्रतिबिम्बन भएको साहित्य÷कथालाई आञ्चलिक साहित्य÷कथा भनिन्छ । अतः आञ्चलिक साहित्य हुनलाई उपर्युक्त अभिलक्षणहरू हुनु आवश्यक छ । ग्राम्यता मात्र आञ्चलिकता होइन ।
उपर्युक्त अभिलक्षणहरूका आधारमा आञ्चलिक साहित्यमा प्रभाव पार्ने तŒवहरूका सम्बन्धमा चर्चा गर्दा माथि भनिएका अभिलक्षणहरू अन्तर्वस्तुका रूपमा रहेका वा रहने प्रभाव तŒव हुन् र तिनको व्याप्ति वा प्रतिबिम्बन र केही सङ्केतन आञ्चलिक साहित्यमा पाइन्छ तापनि सैद्धान्तिक रूपमा लोकसंस्कृति, लोकजीवन र मिथक, सामाजिकता, जातीय संस्कार आदि आञ्चलिक साहित्यका मुख्य प्रभावक तŒव हुन् । तिनलाई सङ्क्षेपमा तल चर्चा गरिन्छ ः

२.१. लोकसंस्कृति र आञ्चलिकता
आञ्चलिक साहित्यलाई प्रभाव पार्ने तŒवहरूमध्ये लोकसंस्कृति पनि महŒवपूर्ण तŒव हो । लोकसंस्कृतिलाई लोकजीवनले आत्मसात् गरेको हुन्छ र त्यो संस्कृति पनि प्रत्येक आञ्चलिक क्षेत्रको पृथक्पृथक् हुन्छ । प्रत्येक स्थान÷क्षेत्र÷अञ्चल विशेषका लोकसांस्कृतिक पक्षहरू र लोकसंस्कृतिसँग सम्पृक्त भएर आएका विविध सन्दर्भहरूबाट स्रष्टाले साहित्यिक सिर्जनाका लागि अन्तर्वस्तु ग्रहण गर्दछ । त्यसकारण लोकसंस्कृतिको प्रभाव आञ्चलिक साहित्यमा परेको देखिन्छ । स्थानिक लोकसंस्कृतिलाई साहित्यका माध्यमबाट बाहिर ल्याउने प्रयोजनका लागि पनि साहित्यमा स्थानिक लोकसंस्कृतिका विविध आयामहरू समावेश गरिएको हुन्छ ।



२.२. लोकजीवन र मिथक एवम् आञ्चलिकता
लोकजीवन भन्नाले लोकको जीवनशैली भन्ने बुझिन्छ र यसअन्तर्गत स्थानिक लोकजीवनका लोकव्यवहार, विधिनिषेध, आचारविचार, रीतिस्थिति÷चालचलन, लोकका विश्वास, परम्परा, मूल्य र मान्यता आदिका साथै लोकका आदिम मनोबिम्ब÷आदिमप्रकार, मनोविज्ञान÷सामूहिक अचेतन र आद्यरूप, रूढि, अन्धविश्वास आदि यावत् पक्षहरू पर्दछन् । यी लोकजीवनसँग सम्बद्ध पक्ष र मिथकीय सन्दर्भबाट पनि स्रष्टाले आÇनो सिर्जनाका लागि आधार प्राप्त गरेको हुन्छ । साथै उपर्युक्त पक्षहरूलाई स्रष्टाले आÇना सिर्जनामा प्रयोगसमेत गरेको हुन्छ । स्थानिक लोकजीवनका विविध आयाम र आद्यरूपका रूपमा रहेका इतिहासका मिथकहरूले समेत साहित्य सिर्जनामा प्रभाव पार्ने भएकाले आञ्चलिकताका प्रभावक तŒवका रूपमा लोकजीवन र मिथकलाई लिइएको छ । स्थानिक लोकजीवनको उद्देश्यबाट साहित्य सिर्जना गरिने हुँदा आञ्चलिक साहित्यमा यो बढी प्रभावक हुन्छ ।

२.३. सामाजिकता र आञ्चलिकता
सामाजिकतासँग जीवनशैली र संस्कृतिसमेत जोडिएका हुन्छन् तापनि यहाँ प्रयुक्त सामाजिकतालाई युगीन स्थानिक सन्दर्भसँग जोडेर हेर्नुपर्ने हुन्छ । स्थानिक वा आञ्चलिक समाजका विधिव्यवहार, प्रचलन, सामाजिक तथा जातीय संस्कार, परम्परा, समाजका राजनीतिक, सांस्कृतिक, आर्थिक आदि परिवर्तन र यी परिवर्तनहरूको समाजमा पारेको प्रभाव पनि आञ्चलिक साहित्यमा परेको हुन्छ । साथै आञ्चलिक साहित्यले तत्स्थानिक वा तत्आञ्चलिक समाजका विविध पक्ष र आयामहरूलाई अभिव्यञ्जित गर्ने भएकाले पनि आञ्चलिकतालाई प्रभाव पार्ने महŒवपूर्ण तŒवका रूपमा सामाजिकतालाई लिइन्छ ।

२.४. जातीय संस्कार र आञ्चलिकता
निश्चित स्थानिक वा आञ्चलिक क्षेत्रमा विशेषतः निश्चित जातिजनजातिको बाहुल्य हुन्छ र ती जातिजनजातिका विभिन्न जातीय÷जनजातीय संस्कार र संस्कृतिले त्यस अञ्चल वा स्थानिक मूल वैशिष्ट्यलाई द्योतन गरेका हुन्छन् । यस्ता जातीय संस्कार पछि निर्मित नभई परम्पराबाट आएका हुन्छन् । साहित्यमा धेरैजसो निáित अञ्चल वा स्थानिक परिवेशका जातीय संस्कारको प्रतिबिम्बन पाइनाले पनि यो स्पष्ट हुन्छ । यसको सम्बन्ध मिथक र संस्कृतिसँग भए पनि जातीय संस्कारले तत्स्थानिक जातीय विशेषतालाई देखाउने हुँदा जातीय संस्कार पनि आञ्चलिकतालाई प्रभाव पार्ने तŒवका रूपमा देखिन्छ ।
यस प्रकार उपर्युक्त प्रभावक तŒवहरू आञ्चलिक साहित्यको अध्ययन, विश्लेषणका लागि बढी सन्दर्भित छन् र आधुनिक÷समकालीन आख्यानहरूमा अन्तर्वस्तुका रूपमा निश्चित अञ्चल÷प्रदेश÷क्षेत्र÷स्थान विशेषका निम्नलिखित सन्दर्भ र पक्षहरूले प्रभाव पारेका हुन्छन् र तिनै कुराहरू आञ्चलिक साहित्यमा प्रतिबिम्बित हुन्छन् । ती पक्ष÷सन्दर्भहरूलाई यसप्रकार देखाइन्छ ः
१. निश्चित स्थानिक÷आञ्चलिक परिवेशका रीतिस्थिति र आचारविचारहरू,
२. निश्चित स्थान÷अञ्चलका जनजीवन वा जीवनशैलीका विविध पक्षहरू,
३. निश्चित स्थान÷अञ्चलका र तत्स्थानिक जातिविशेषका समेत वेषभूषा, खानपान र चालचलनहरू,
४. निश्चित स्थान÷अञ्चलका संस्कार संस्कृति र विधि–व्यवहारहरू एवम् तत्स्थानिक जाति तथा जनजातिका संस्कार÷संस्कृतिहरू,
५. निश्चित स्थान÷अञ्चलका भौगोलिक परिवेशको चित्रण र त्यहाँका निजी वा मौलिक विशेषताहरू,
६. शैलीय रूपमा निश्चित स्थान÷अञ्चलमा बोलिने भाषाभाषिकाहरू र ती भाषा बोल्ने पात्रहरू,
७. ग्रामीण परिवेश र सीमान्तीकृत वर्गका विविध पक्षहरू आदि ।
आञ्चलिक साहित्यमा प्रभाव पार्ने वा आञ्चलिक साहित्यमा प्रतिबिम्बित हुने उपर्युक्त सन्दर्भ÷पक्षहरू सबै नै आञ्चलिक कथाका पनि तŒव हुन् । आञ्चलिक कथालाई यिनै सन्दर्भमा हेर्नुपर्ने देखिन्छ ।

३. समकालीन नेपाली कथाको पृष्ठभूमिका रूपमा पूर्ववर्ती नेपाली कथामा आञ्चलिकता ः सङ्क्षिप्त चर्चा
नेपाली कथाको इतिहासमा विधागत सचेतताका साथ कथा लेखिन थालेपछि र कथामा सामाजिक यथार्थ र मनोवैज्ञानिक यथार्थ अन्तर्वस्तुका रूपमा प्रतिबिम्बित भई अपारम्परिक कथा सिर्जना हुन थालेपछि आधुनिक कथाको जन्म भएको हो । वि.सं. १९९२ मा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालाले क्रमशः सामाजिक यथार्थवादी र मनोवैज्ञानिक यथार्थवादी प्रवृत्तिका कथा लेख्न थालपछि नेपाली कथामा आधुनिकताले प्रवेश पाएको हो । आधुनिक नेपाली कथाको प्रारम्भमा नै सामाजिक यथार्थवादी र मनोवैज्ञानिक यथार्थवादी प्रवृत्तिका कथा लेखिए पनि त्यसपछि २००६ देखि रमेश विकलले समाजवादी–यथार्थवादी (प्रगतिवादी) प्रवृत्तिका कथा लेखेर निम्नवर्गीय समस्यालाई कथामा उठाए । यी तीनओटै प्रवृत्तिका कथाको वर्चस्व २०१९ सम्म रहेको देखिन्छ । २०२० देखि नेपाली कथाले नवीन प्रयोगपरक शैली र नवचेतनालाई अवलम्बन गरेको हुनाले २०२० यताका नेपाली कथालाई प्रयोगवादी वा नवचेतनावादी कथा भनिन्छ । उपर्युक्त प्रवृत्तिगत परिवर्तनहरूका आधारमा १९९२ देखि २०१९ सम्मको तीन दशकको समयावधिका नेपाली कथालाई क्रमशः सामाजिक यथार्थवादी, मनोवैज्ञानिक यथार्थवादी, समाजवादी–यथार्थवादी (प्रगतिवादी) र प्रयोगवादी वा नवचेतनावादी धाराका कथाका रूपमा मानिएको पाइन्छ । यिनै धारा र प्रवृत्तिका कथालाई २०३६ यताका समकालीन नेपाली कथाका सापेक्षमा पूर्ववर्ती नेपाली कथा भनिएको हो ।
आञ्चलिकता मूलतः परिवेशसँग सम्बद्ध हुन्छ र त्यसमा पनि स्थानिक परिवेश आञ्चलिक कथाको मूल आधार क्षेत्र हो । आधुनिक नेपाली कथाको प्रारम्भिक समयका गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालाका कथाहरू मूलतः आञ्चलिक नभए पनि आञ्चलिकताका दृष्टिले विश्लेषणीय छन् । मैनालीका ‘परालको आगो’, ‘छिमेकी’, ‘कर्तव्य’ जस्ता कथाहरूमा पहाडिया आञ्चलिक परिवेश जीवन्त रूपमा प्रतिबिम्बित भएको पाइन्छ भने विश्वेश्वरप्रसाद कोइरालाका ‘श्वेतभैरवी’, ‘सिपाही’, ‘मधेसतिर’ आदि कथाहरूमा तराइली सामाजिक परिवेश र आञ्चलिकताको स्पष्ट प्रभाव पाइन्छ । ‘सिपाही’ कथामा पूर्वी पहाडको आञ्चलिक परिवेश छ । रमेश विकलका ‘लाहुरी भैँसी’ लगायतका धेरै कथामा पूर्वी पहाडिया आञ्चलिक परिवेश जीवन्त देखिन्छ भने गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्लका अधिकांश कथाहरू काठमाडौँली नेवारी समाजको प्रभावपूर्ण बिम्बचित्रका दृष्टिले विवेचनीय छन् र ती कथा पनि आञ्चलिकताको प्रयोगका दृष्टिले प्रभावपूर्ण देखिन्छन् । तराईली आञ्चलिक परिवेशको जीवन्त चित्रण र आञ्चलिक कथाको सशक्त नमुनाका रूपमा भवानी भिक्षुको ‘हारजीत’ कथाले संवहन गरेको तराइली आञ्चलिकता स्थानिक परिवेशका दृष्टिले भिन्न भए पनि प्रभावोत्पादकता यी दुवै कथामा सशक्त देखिन्छ । विकलको ‘लाहुरी भैँसी’ कथामा प्रयुक्त आञ्चलिकता उक्त दुई कथामा भन्दा केही व्यापक देखिन्छ । भारतीय नेपाली कथाको सन्दर्भ र भिन्न भौगोलिक परिवेशको आञ्चलिकताका दृष्टिले इन्द्रबहादुर राईका ‘रातभरि हुरी चल्यो’ र ‘जयमाया मात्र लिखापानी आइपुगी’ कथा प्रभावशाली छन् । दार्जिलिङको आञ्चलिक नेपाली परिवेशको चित्रणका दृष्टिले ‘रातभरि हुरी चल्यो’ निकै जीवन्त देखिन्छ । पहाडिया ग्रामीण परिवेशका आञ्चलिकताका धेरै अभिलक्षणहरू, भीमनिधि तिवारीका कथामा पनि पाइन्छ । उनका ‘झिँगेदाउ’, ‘खटप्वालको पूजा’ आदि कथाहरू यस दृष्टिले सशक्त देखिन्छन् ।
आधुनिक नेपाली कथाको पूर्ववर्ती युगमा आञ्चलिक प्रवृत्तिका मात्र कथा लेख्ने कथाकारहरू केही कम भए पनि धेरै कथाकारहरूका कतिपय कथामा आञ्चलिक प्रवृत्तिका प्रशस्त अभिलक्षण देखिन्छन् । आञ्चलिक प्रवृत्ति केही बढी पाइने कथाकारहरूमा शङ्कर कोइराला उल्लेखनीय छन् । आञ्चलिक प्रवृत्तिका समेत कथा लेख्ने अन्य कथाकारहरूमा पुष्करशमशेर, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, पूर्णदास श्रेष्ठ, पूर्णप्रसाद ब्राह्मण, दौलतविक्रम बिष्ट, पोषण पाण्डे, सोमध्वज बिष्ट, कुमार ज्ञवाली, मदनमणि दीक्षित आदि उल्लेखनीय देखिन्छन् भने भारतीय नेपाली कथाकारहरूमा अच्छा राई रसिक, शिवकुमार राई, भाइचन्द्र प्रधान आदिलाई लिन सकिन्छ । आधुनिक नेपाली कथाको पूर्ववर्ती चरणका उपर्युक्त सबै कथाकारहरूका केही कथाहरूमा स्थानिक परिवेशको चित्रण, आञ्चलिक लोकजीवन र जीवनशैलीको अभिव्यक्ति, रहनसहन, रीतिथिति र सस्कार संस्कृतिको चित्रण, सामाजिक सांस्कृतिक आचारविचारको चित्रण, आञ्चलिक परिवेशअनुरूपका चरित्रविधान र संवादको प्रयोग, सुदूर ग्राम्यता र सीमान्तीकृतहरूका परिवेशको चित्रण आदि विशेषता पाइन्छन् । यीमध्ये कतिपय कथाकारहरूका कतिपय कथामा अंशतः आञ्चलिकता पाइन्छ । स्थानिक आञ्चलिक परिवेशको चित्रण ती कथाकारहरूका कथामा बढी देखिन्छ । तत्स्थानिक सामाजिक सांस्कृतिक र रीतिस्थितिगत तथा लोकजीवनको यथार्थपरक अभिव्यञ्जनाका दृष्टिले पनि ती कथाहरू प्रभावी देखिन्छन् । पूर्ववर्ती आञ्चलिक नेपाली कथामा पाइने प्रमुख प्रवृत्तिगत विशेषताहरूलाई यस प्रकार देखाइन्छ ः
(१) आञ्चलिक स्थानिक परिवेशको वर्णन र चित्रण,
(२) विशेषतः पहाडिया, तराईली र उपत्यकाली परिवेशका जीवनशैलीको चित्रण,
(३) भाषिक प्रयोग र मूलतः पात्रको संवादमा स्थानीय÷जातीय भाषाभाषिकाको प्रयोग,
(४) स्थानीय संस्कार, संस्कृति, रहनसहन र त्यहाँका मौलिक स्थिति तथा जातीय संस्कृतिको चित्रण आदि ।

४. आञ्चलिकता सन्दर्भमा समकालीन नेपाली कथा ः साक्ष्य र सूचना
पूर्ववर्ती धारा र प्रवृत्तिका कथामा आञ्चलिकता केही सघन रूपमा चित्रित भएकामा नवचेतनावादी वा प्रयोगवादी कथामा सुदूर ग्रामीण परिवेशका आञ्चलिक कथाभन्दा सहरिया जीवनका जटिलताका कथाहरू धेरै लेखिएको पाइन्छन्, जसका कारण प्रयोगवादी धाराका समयमा केही कथाकाहरूले मात्र आञ्चलिकतालाई जीवन्तता दिएका छन् । उत्तरवर्ती चरण अर्थात् समसामयिक धाराको समयमा आएर कथामा अपेक्षाकृत सरलता देखिएको र ग्रामीण जनजीवनका सुखदुख, पीडा, स्थिति आदिलाई पछिल्लो समयका कथाले बढी सम्बोधन गरेका हुनाले उत्तरवर्ती वा समकालीन नेपाली कथामा आञ्चलिकता बढी टड्कारो बनेर देखा परेको छ । ग्रामीण जीवनका विप;ता, अभाव, पीडा, जीवनसङ्घर्ष, दुख आदिलाई अभिव्यञ्जित गर्दागर्दै पनि सामाजिक आचारविचार, संस्कार, रीतिथिति आदिलाई समेत समकालीन नेपाली आञ्चलिक कथाले अभिव्यक्त गरेका छन् । आञ्चलिकता समकालीन नेपाली कथाको मूल प्रवृत्ति हो र यो मुख्यतः सामाजिक यथार्थवादी प्रवृत्तिका कथामा बढी पाइन्छ तापनि अन्य प्रवृत्ति र धाराका कथाहरूमा पनि यो प्रवृत्ति कहीँ केन्द्रीय र कहीँ परिधीय रूपमा आएको देखिन्छ । यसरी आउने आञ्चलिकता वा आञ्चलिक प्रवृृत्ति निम्नलिखित सन्दर्भका रूपमा बढी आएको देखिन्छ ः
(१) अन्तर्वस्तुमा आञ्चलिकता,
(२) पात्रविधान÷नामकरणमा आञ्चलिकता,
(३) परिवेश चित्रणमा आञ्चलिकता,
(४) भाषिक प्रयोगमा आञ्चलिकता आदि ।

४.१. अन्तर्वस्तुमा आञ्चलिकता
अन्तर्वस्तु कथाको सबैभन्दा व्यापक रूपमा रहने तŒव हो र कथाभरि नै यसको व्याप्ति रहन्छ । निश्चित स्थानविशेष वा अञ्चलका मौलिक रीतिथिति, रहनसहन, चालचलन, संस्कार, संस्कृति आदि यावत् पक्षहरू अन्तर्वस्तुका रूपमा आएका हुन्छन् । यस्ता पक्षहरू एकातिर स्थानिक वा आञ्चलिकताको मुख्य परिचायक भएर आएका हुन्छन् भने अर्कातिर तत्तत्स्थानिक वा आञ्चलिक क्षेत्रका जाति जनजातिका पृथक् परिचायक अभिलक्षणका रूपमा पनि आएका हुन्छन् । कुनै निश्चित आञ्चलिक परिवेशमा प्रायः घटित हुने घटनाहरू र तत्स्थानिक समुदायका रहनसहन र जीवनशैलीले पनि आञ्चलिक कथामा अन्तर्वस्तुको स्वरूप प्राप्त गरेका हुन्छन् । मूलतः आञ्चलिक कथामा रहने यस्तो अन्तर्वस्तु सहरिया परिवेशबाट नभई ग्रामीण र अझ सुदूर ग्रामीण परिवेशबाट ग्रहण गरिएका हुन्छन् । समकालीन वा उत्तरवर्ती नेपाली कथाका अन्तर्वस्तुका रूपमा पाइने आञ्चलिकताका अभिव्यञ्जक केही कथांशहरूलाई साक्ष्य र सूचनाका रूपमा यस प्रकार प्रस्तुत गरिन्छ ः
(१) ‘गाउँको त्यस टोलमा पुगेपछि थाहा भयो– आगो अहिले अझै राम्रो निभिसकेको रहेनछ... प्रकट छ खरानी भइसकेको फुसका घरहरूका थुप्राबाट यो राप निस्किरहेको थियो । कुनै कुनै ठाउँबाट कुनै सानो झुप्राको अवशेष खरानी सफा गरिएको थियो ।’
–ध्रुवचन्द्र गौतम (आगलागी)
(२) ‘यस बेला कुसेसरलाई गीतमा साथ दिन मन लाग्दैन । ऊ चिलिम सल्काउँछ र गाँजा तान्न थाल्छ । एकदम, दुईदम, तीनदम... गाँजा अलिक कडै बनेको रहेछ । जाडो, झुप्रो, मालिक र मालिकको गीत– यी जम्मैबाट टाढा कुनै आकाशमा पुगेजस्तो लाग्छ उसलाई ।’
–मुरारि अधिकारी (इमिरितिया)
(३) ‘सिवानका महुवारीमा पुग्दा लछमनियाले देखी– गाउँका थुप्रै आइमाईहरू त्यहाँ आइपुगेका रहेछन् र आ–आÇना डालामा महुवा बिनिरहेका छन् । लछमनियाले के पनि देखी भने रतनी उसका रूखतल बडो तल्लीन भएर महुवा बिनिरहेकी छे । रतनीले लछमनिया आइपुगेकी देखेकी थिइन । सगुवाले सीसी गरेर उसलाई इसारा गरी ।’
–सनतरेग्मी (लछमनियाको गौना )
(४) ‘बाबूसाहेब, यो कम्तीमा अरूको नमक खाएपछि नमकहरामी गर्दैन । आज बिहान मात्रै गाउँबाट आएकी..., अहिले त्यसलाई मैले मेरै घरमा लुकाएर राखेको छु , अघिपछिको भन्दा पाँचगुना बढी पैसा चाहिन्छ ।’
—राजेन्द्र पराजुली (ओरगानी)
(५) ‘त्यसरी बालीमा सिलाउने हुँदा ऊ बालीघरे ... दमार्इं छिन्ते लेकमा बस्थ्यो । बेसीमा थियो कर्म थलो । लेकैमा एउटा बस्ती थियो । त्यो बस्तीको नाम थियो दमाईं गाउँ । लुगा सिलाउनेलाई दमाईं भनेर चिनिन्थ्यो, तर त्यो बस्तीका सबैले लुगा सिलाउने काम गर्थेनन् । सबैसँग सिलाउने सीप थिएन । तर दमाईंहरू जे काम गरे पनि वंशले नै दमाईं नै थिए ।’
–नीलम कार्की निहारिका (उखुबारी)
(६) रथ बेस्कन हल्लिन थाल्यो, कहिले थःनेतिर, कहिले क्वःनेतिर, कहिले क्वःनेतिर, कहिले थःनेतिर । दर्शकहरूमा झन्झन् उत्साह र उत्तेजना बढ्न थाल्यो... झ्याल बार्दली र कौसीहरूबाट पूmल, अक्षता र अबिर बर्सन थाल्यो टौमढीको भुईं पूmल, अक्षता र अबिरले रातै भएर रङ्गिन थाल्यो ।
–रत्न प्रजापति (बाजी)
(७) बडघरले सबैतिर हेर्दै अन्तिम निर्णय सुनाए– ‘झिङरानु ज;ी कुम्ली थरुनीके मुत्ना चिज चोखाइगिल । अब यो चोखाउनी काम खत्तम होइल ।’ ‘झिङरान थारूकी स्वास्नी कुम्ली थरुनीको योनि शुद्धीकरण भइसकेकाले यो कार्य यहीँ समाप्त गरौँ भन्ने बडघरको आशय रहेको थियो । मुत्नाचिज चोखाउनीको प्रक्रिया समाप्त भएपछि दैतान माइलाले झिङरान थारूका अगाडि एउटा कुखुरा, एक बोतल दारू र साठी रूपैयाँ दाम राख्यो भने गाउँलेहरूलाई एउटा सुँगुर र एक जर्किन दारु ऐले नै ल्याइदिने सन्देश सुनायो । गाउँलेहरू खुसी व्यक्त गर्दै जोडले कराए– बात बनल बात बनल ।’
–महेशविक्रम शाह (चोखाउनी)
उपर्युक्त सबै तथ्याङ्क वा साक्ष्यहरू विविध प्रवृत्तिका अन्तर्वस्तु सूचक कथांश हुन् । उक्त साक्ष्यहरूमध्ये साक्ष्य
(१) मा नेपालको वीरगन्जवरपरको ग्रामीण बस्तीमा गकर्मीका बेला आगलागी हुने र त्यसबाट गाउँ सन्त्रस्त ब;े घटनासन्दर्भलाई प्रस्तुत गरेर, तत्सन्दर्भको परिवेशको चित्रण गरिएको छ भने साक्ष्य (२) मा तराईली परिवेश धनी मुखिया सामन्तहरूले गरिब विप;हरूलाई प्रयोग गरेर मनोरञ्जन गर्ने र विप;हरूले पनि मालिकलाई रिझाउनुपर्ने संस्कार रहेको कुरा देखाएर तराईली आञ्चलिक संस्कारलाई अभिव्यक्त गरिएको छ । साक्ष्य (३) गौना हुन बाँकी रहेर माइतीमा नै बसेकी पश्चिम तराईकी थारू युवती लछमनियाको दिनचर्याका माध्यमबाट महुवा बटुलेर जीवन चलाउने पश्चिम नेपालका तराईली युवतीहरूका दिनचर्यालाई साधारणीकरण गरिएको छ । तराईली जीवनका सामाजिक, सांस्कृतिक र आर्थिक पक्षसँग जोडिएको आञ्चलिकतालाई यस कथांशको कथामा मनोवैज्ञानिक रूपमा प्रस्तुत गरिएको छ । आञ्चलिकता र मनोविज्ञानको समीकरण उक्त कथाको विशेषता हो ।साक्ष्य (४) मा तराईली गाउँका ठूलाबडाका घरमा ओरगानी राख्न गाउँका युवतीहरू ल्याइने र राम्री युवती ल्याएमा दलालहरूलाई धेरै पैसा दिइने तथा ती ओरगानीहरू ठूलाबडाहरूबाट यौनशोषणमा पर्न विवश हुने सन्दर्भलाई सङ्केत गरेर अन्तर्वस्तुका रूपमा तराईली सामाजिक विसङ्गत स्थितिलाई देखाइएको छ । साक्ष्य (५) मा पाल्पा जिल्लाको विकट गाउँको यथार्थलाई अन्तर्वस्तुका रूपमा ग्रहण गरिएको छ । दमाईं गाउँको तत्स्थानिक सन्दर्भमा बालीघरे दमाईं छिन्तेका माध्यमबाट विकट पहाडिया गाउँमा रहेको जातीय विभेद र दलित छुवाछुत प्रथालाई अभिव्यक्त गरिएको छ । यसबाट पहाडिया आञ्चलिक परिवेशका अँध्यारा पक्षलाई देखाइएको छ । साक्ष्य (६) उपत्यकाको नेवार संस्कार र संस्कृतिसँग सन्दर्भित भएर आएको छ । यस कथांशको कथा संस्कृतिपरक आञ्चलिकताका दृष्टिले प्रभावी देखिन्छ । साक्ष्य (७) मा पश्चिम नेपालको कैलालीको ग्रामीण थारू समुदायका सामाजिक सांस्कृतिक पक्षसँग गाँसिएको आञ्चलिकता अभिव्यञ्जित छ । तत्स्थानिक थारू समुदायमा एउटाकी स्वास्नीले अर्कै वा परपुरुषसँग यौनसम्पर्क गरेमा पञ्चायत बसी बडघरको निर्णयानुसार स्वास्नीलाई बाबियोको कुचोले पिटेर यौनसम्पर्क गर्ने परपुरुषले गाउँलेलाई रक्सी र मासु खुवाएपछि चोखिने (योनी शुद्ध हुने) संस्कार रहेको आञ्चलिक वस्तुसन्दर्भ यस कथांशको कथामा अभिव्यञ्जित भएको पाइन्छ । उपर्युक्त रूपमा आएका सबै साक्ष्यहरूले तत्स्थानिक आञ्चलिक परिवेशका घटना सन्दर्भ, गाउँका सामन्तहरूबाट सामाजिक, आर्थिक, यौनिक आदि विविध किसिमका शोषण हुने गरेका र शोषणमा पर्ने विप;हरूले पनि त्यसलाई परम्परा र संस्कारकै रूपमा लिने गरेको सन्दर्भ, धार्मिक सांस्कृतिक चाड पर्वका सांस्कृतिक रीतिस्थितिका प्रसङ्ग, तत्स्थानिक जातीय सामाजिक परिघटनाहरूसँग जोडिएर आएका संस्कार र प्रचलनहरू आदिलाई अभिव्यञ्जित गरेका छन् र यी सबै पक्षहरू समकालीन नेपाली कथामा अन्तर्वस्तुका रूपमा आएका छन् ।

४.२. पात्रविधान÷नामकरणमा आञ्चलिकता
कथामा आञ्चलिकतालाई अभिव्यञ्जित गर्ने अर्को महŒवपूर्ण पक्ष पात्रविधान, पात्रको नामकरण र स्थाननाम पनि हो र यी पक्षहरू कथामा तत्स्थानिक परिवेश वा आञ्चलिक रूपमा आएका छन् छैनन् भन्ने कुराबाट पनि कथामा आञ्चलिकताको अभिव्यञ्जना थाहा हुन्छ । यस्ता कतिपय नामहरूका स्थानिक औच्चार्य रूपबाट पनि आञ्चलिकता झल्किन्छ । कुनै व्यक्तिवाचक नाम पूर्णबहादुर शब्दको क्षुद्रताबोधक शब्द पहाडिया ग्रामीण परिवेशमा पूर्णे वा पूर्ने औचार्य रूपमा व्यवहृत हुन्छ भने तराईली औच्चार्य रूपमा पुरन शब्द बढी व्यवहृत भएको पाइन्छ । पहाडी क्षेत्रकी पूmलमाया जस्तै तराईली क्षेत्रकी फुलवा यस्तै स्थानिक वा आञ्चलिक औच्चार्य रूपका नमुना हुन् । त्यस्तै स्थानवाचक नाममा पनि पीपलडाँडा, अमलाचउर, गलकोट, गोटीहवा बरवा तथा अन्त्यमा दी र ङ आउने मगर÷गुरुङ÷तामाङ भाषाको नजिकका मादी, चरौँदी, मनाङ, मुस्ताङ आदि स्थानवाचक तथा नदीका नामहरू आदिले पनि आञ्चलिकतालाई जनाउँछन् तर यस्ता नामहरूको सामान्य प्रयोगमा मात्र आञ्चलिकता झल्किँदैन । समकालीन नेपाली कथामा प्रयुक्त यस्ता नामहरूको पात्रविधान÷नामकरण र स्थाननामको प्रयोगका केही तथ्याङ्क वा साक्ष्यहरू यसप्रकार छन् ः
(१) ‘त्यस बेला उसले यही भरुवा बन्दुक लिएर गाउँपूर्वको लालझाडीमा राति सिकार खेल्न गएको थियो ।’
–भाउपन्थी (बंसाको जङ्गलमा सिकार)
(२) यस बेला कुसेसरलाई गीतमा साथ दिन मन लाग्दैन ।
–मुरारि अधिकारी (इमितिरिया)
(३) त्यस मुसहर बस्तीको बिम्ब मेरो मानसपटलमा धेरै दिनसम्म नाचिरह्यो । चुमना सदा, सोनलाल सदा, मकरम सदा, दुखनी सदा, छापसी सदा मेरासामु अहिले पनि मानवीय संवेदना व्यक्त गर्न म नजिक बसिरहेका छन् ।
–राममणि पोख्रेल (मुसहर बस्तीका कथा)
(४) ‘पूmलमतियालाई शनिचराको पढ्न लेख्न चढेको रौस देखेर आश्चर्य लाग्यो । ... म के गरौँ पूmलवा ¤ कुन्नि कुन भैयाबाबूको सन्तान हो त्यो ।’
–सनत रेग्मी (पूmलमतिया)
(५) ‘लोके लुगलुग काँपिरहेको छ । ...खुदो छोयो छिन्ते दमाईँका छोराले ...।
–नीलम कार्की निहारिका (उखुबारी)
(६) जानुपर्छ सुक्रे जा, यहाँभैmँ आटो ढिँडो खान पर्दैन त्यहाँ पूmलकुमारी दिदी ।’
–नीलम कार्की निहारिका (सेतो भात)
(७) मेरा साथमा मेरा साथीहरू थिए– हरेराम, बुधराम, रेशम, च;ु, सूरजराम, पूmलवा, चम्पी र फेरुवा ।
–महेशविक्रम शाह (गाउँमा गीतहरू गुन्जिँदैनन्)
(८) नाराँदेवी पाहुनाको सलिन्चा रित्तिसकेको देखेर पनि त्यसमा रक्सी हालिदिन बिर्सी । ... यतिखेरसम्म त टौमढीमा सबैजना जम्मा भइसके होलान् ।
–रत्न प्रजापति (बाजी)
(९) ‘माने झल्याँस्स ब्यूँझिन्छ... कसरी गोरेकी आमा सोचिरहेकी होली... भन् न धने किन बोल्दैनस् ? मानेले गोरेको अनुहार अलिकति देख्छ ।’
–परशु प्रधान (छिँडीभरिको आकाश)
उपर्युक्त सबै साक्ष्यहरू प्रायः आञ्चलिकतालाई अभिव्यक्त गर्ने व्यक्ति नामसँग सम्बद्ध छन् भने कहीँकहीँ स्थाननाम पनि आएका छन् । साक्ष्य (१) को लालझाडी, साक्ष्य (३) को मुसहर बस्ती, साक्ष्य (८) को टौमढी जस्ता स्थानवाची नामले पनि आञ्चलिक संस्कृतिलाई संवहन गरेका छन् । साक्ष्य (५) का लोके र छिन्ते दमाईं, साक्ष्य (६) की पूmलकुमारी, साक्ष्य (८) की नाराँदेवी, साक्ष्य (९) का माने, गोरेकी आमा, धने, गोरे आदि व्यक्तिवाचक नाम पात्रहरू पहाडिया आञ्चलिक परिवेशका अभिव्यञ्जकका रूपमा देखिन्छन् भने साक्ष्य (२) को कुसेसर, साक्ष्य (३) का चुमना, सोनेलाल, मकरम, दुखनी, छापसी सदा, साक्ष्य (४) का पूmलमतिया, शनिचरा, पूmलवा, भैयाबाबू, साक्ष्य (७) का हरेराम, बुधराम, च;ू, सुरजराम, चम्पी, फेरुवा, पूmलवा आदि व्यक्तिवाचक नामपात्रहरू तराईली आञ्चलिक परिवेशका अभिव्यञ्जक भएर आएका छन् । यस प्रकार पात्रहरूको नामकरण र स्थाननामहरू पनि आञ्चलिकताका अभिलक्षण, सूचक, सङ्केतक र अभिव्यञ्जक भएर आएको देखिन्छ । व्यक्तिनाम र स्थाननामका अतिरिक्त अन्य विविध पक्षसँग सम्बद्ध भएर पनि विभि; नाम शब्दहरू आएका हुन्छन् र ती व्यापक अर्थमा संस्कृति र जातिसँगसँग सम्बद्ध भएर आउँछन् । तिनलाई सांस्कृतिक अध्ययन र जनजातीय अध्ययनभित्र राखेर हेर्न सकिन्छ ।

४.३. परिवेश चित्रणमा आञ्चलिकता
सैद्धान्तिक रूपमा परिवेश शब्दले स्थान, काल र परिस्थितिको समष्टि स्वरूपलाई बुझाउँछ तापनि यसले स्थानिक परिवेश, कालिक परिवेश र पारिस्थिक परिवेशलाई जनाउने भएकाले कथामा चित्रित यी तीनै किसिमका परिवेशको उत्तिकै महŒव छ तर आञ्चलिकता वा आञ्चलिक कथाका सन्दर्भमा कालिक र पारिस्थितिकभन्दा स्थानिक परिवेश सर्वाधिक महŒवपूर्ण हुन्छ । यहाँ परिवेश भनेर विशिष्ट रूपमा स्थानिक परिवेशलाई नै लिएको छ । स्थानिक–आञ्चलिक परिवेशसँग सम्बद्ध भएर अन्य विभिन्न आञ्चलिक तŒव र पक्षहरू कथामा आएका हुन्छन् । स्थानिक परिवेश चित्रणमा निश्चित स्थानविशेषको वर्णन वा चित्रण मात्र नभएर तत्स्थानिक वा आञ्चलिक परिवेशभित्र अन्तर्गर्भित भएर आउने विभिन्न जातजाति, तिनका धर्म, संस्कार, संस्कृति, रीतिस्थिति, विश्वास, धारणा, आस्था, मूल्य र मान्यता, तत्स्थानिक संस्कृतिका मौलिकता, जीवनशैली आदि पक्षहरू पनि समाहित हुन्छन् । तत्स्थानिक वा आञ्चलिक भूगोलको स्थूल चित्रणदेखि लिएर सूक्ष्म रूपमा उपर्युक्त पक्षहरूको चित्रणसमेत हुने भएकाले आञ्चलिक कथाको परिवेश व्यापक हुन्छ । समकालीन नेपाली कथामा स्थानिक आञ्चलिक परिवेश चित्रणलाई अभिव्यञ्जित गर्ने केही साक्ष्यहरू यस प्रकार छन् ः
(१) ‘गाउँको कचहरीले तुर्का सलिमउद्दीनले व्यभिचार गरेको मैकुकी स्वास्नीको योनिशुद्धि र स्त्रीत्व पुनप्र्रतिष्ठाका लागि कतिओटा बङ्गुर र कति लिटर रक्सी जरिमाना ग¥यो र नगद कति लियो ? त्यो नगद रकममा गाउँको भलमानस तनुकलालले कति बीचमा लुकायो आदि र कसको घरमा जक्खू बङ्गुर छ र त्यसलाई किन नकाट्ने अनि त्यसपछि भर्रा र चाकार आदिको हालखबर सोधेपछि गाउँमा यसबेला कहाँबाट साधु आएको छ र कसको घरमा बस्ने गरेको छ भ;े पनि सोध्थे ।’
–भाउपन्थी (आर्केको नामहीन गाउँ)
(२) ‘थारूटोलको लामो गल्लीको वरिपरिका बाक्लै पराले झुप्राहरूबाट धुवाँ उडेर वातावरण नै रङ्गिएको थियो । घरबाहिर कोही मान्छे थिएन । सबै भित्र पराल धुवाँएर आगो तापिरहेका थिए ।’
–नरेन्द्रराज पौडेल (हाट)
(३) ‘गल्लीको माझमा एउटा तलाउ छ । त्यस तलाउलाई भगवान् तलाउ भन्छन्, तर यस टोलका सुसंस्कृत परिवारहरू भगवान् तलाउ भन्नुपर्दा घृणाबोधले आक्रान्त हुन्छन् । यस टोलका सम्भ्रान्त नागरिकहरू टोलको नाम भन्नुपर्दा लज्जाबोधले टाउको निहुराउँछन् ।’
–सनत रेग्मी (रूपबजार)
(४) ‘भोलिपल्ट बिहानभरि पिखुवा खोलाको एउटा लहर भुमरी परेर रत्नमाया सुसेल्छे– तिम्री छोरीलाई अरुणमा पु¥याएर म फर्कें । त्यो बग्दै गइरहिछे । त्यसले सप्तकोसीसम्म पुग्नुपर्ने छैन । ...एक बिहानीपख देखा पर्ने पिखुवाको सानो लहरले रत्नमायालाई भनेर जान्छ– छिनामखुले लाहुरे ढुङ्गाको बाटो गइसक्यो र त्यसले पिखुवाबाट तरिसक्यो । रत्नमायाको छाप्रोमा फर्कंदैन ।’
–परशु प्रधान (अहिले लहर चुपचाप बग्छ)
(५) ‘म पहाड उक्लन्छु र अरुण नदीको किनारमा पुग्छु । त्यसकै किनारै किनार अगाडि बढेर म पिखुवा खोला भेट्छु । पिखुवा मलाई आÇनै खोला जस्तै लाग्छ । त्यहाँसम्म पुग्न मैले पिखुवाको २०÷२२ जङ्घार तर्नुपर्ने हुन्छ । हिउँदको महिना भएकाले हिउँजस्तो चिसो पानी छ । खोलाका किनारामा ससाना भट्टी देख्छु ।’
–परशु प्रधान (सुन्तलीको सनाखत)
(६) ‘घट्टमा एक पाथी कोदाको झोला उसले बिसाएको थियो । ऊ हलुका बनेर घटेराको घरतिर लागेको थियो । एउटा मान्छे उसको आवश्यकताले आएको देखेर घटेरा ज्यादै खुसी देखिएको थियो । एकमुठी कोदो ज्यालामा पाउने आशाले ऊ फर्किएको थियो । दुवै जना सिस्नुको कुरा गर्दै ओरालो लाग्न थालेका थिए ।’
–ध्रुव सापकोटा (खरानी)
(७) ‘हाम्रा बारीमा स्याउका बोटहरू थिए । बोटमा स्याउका राता दाना झुलेका बेला हामी मक्ख पथ्र्यौं । हाम्रो गाउँभन्दा अलि पर कर्नाली नदी हामीलाई जिस्काउँदै बगिरहेको हुन्थ्यो ।’
–महेशविक्रम शाह (किडी जियाले कर्नालीमा फाल हालिन्)
(८) ‘रावा खोलाको किनारको एउटा पोखरे गाउँ र पातलो बस्ती थियो । तामाङ र कामी जातिका घरधुरी थिए किनारमा । ...बीचको पखेरे भागमा दुई घर भुजेल र पाँच घरधुरी बाहुन थिए ।’
–राममणि पोख्रेल (तारानाथ र जनैको डोरो)
(९) आज त्यहाँ बोर्डरपारिबाट नौटङ्की आएको होला । कतै टिकठी चल्दै होला । कतै आलसको तेलमा बनेका पक्वा;को गन्ध बाक्लो गरी फिँजिएको होला । कतै सिसा जडेको बाकसमा गिटल र पित्तलका गहना सजिएका होलान् ।
–मनु ब्राजाकी (भुन्टीको भविष्य)
(१०) ‘कुभिन्डे भन्ज्याङबाट पश्चिम हुँदै गएको तेर्पाएँ ठाडो बाटोमाथि पुगेपछि दोबाटोमा फाट्छ । एउटा बाटो गाउँमाथिको भीर छिचोलेर गल्याङ पन्चासेतर्पm लाग्छ भने अर्को तलतिरको बाक्लो बुट्यान हुँदै गाउँ प्रवेश गर्छ । गाउँ छरिएजस्तै बाटा पनि छरिएका छन् ।’
–घनश्याम ढकाल (माटोको खोजी गर्दा)
(११) गगनगन्जमा बदिनीहरूको धन्धा नरोकिएको भए पनि बरु वदिनी भएर त्यतै जान हुन्थ्यो तर बदिनी भएर बस्दा पनि आँखामा फुलो परेका लोग्ने मान्छेहरू राम्री बदिनी खोज्दै हिँड्लान् । राम्री त हुनैप¥यो ...।
–अमर न्यौपाने (ऊ असुरक्षा माग्छे)
(१२) घसियारन्, टोलबाट सोझै हिँडेपछि म फेरि चोकनेरको बाटामा मिसिने गल्लीको मुखमा पुगेँ र गल्लीकै मुखबाट दायाँबायाँ अवलोकन गरेँ । ... चाटपसल अगाडिका खाली ठेलाहरू, बिरयानी पसल अगाडिको फोहर, ... पानाका पिकहरू, ... मिठाई पसलहरू ... सटर झारेर मौन बसिरहेका थिए ।
–नयनराज पाण्डे (हिटलर)
उपर्युक्त कथांश वा साक्ष्यहरूले स्थानिक परिवेशका विविध सन्दर्भहरूलाई अभिव्यञ्जित गर्छन् । उक्त साक्ष्यहरूमध्ये साक्ष्य (१) मा थारू ग्रामीण परिवेशको सामाजिक–सांस्कृतिक सन्दर्भसँग जोडिएर पáिम नेपालको थारू–स्थानिक परिवेशको बिम्बचित्र उपस्थित भएको छ । यहाँ सोझो स्थानवर्णन नभएर त्यस स्थानविशेषले बोकेर आउने सामाजिक तथा सांस्कृतिक पक्ष द्योतन गरिएको छ र आञ्चलिक समाजशास्त्रीय अध्ययनका दृष्टिले यस कथांशको कथा बढी विश्लेषणीय देखिन्छ । साक्ष्य (२) मा पनि थारू ग्रामीण आञ्चलिक परिवेशकै सन्दर्भसँग सम्बद्ध भएर पारिस्थितिक चित्रण गरिएको छ भने साक्ष्य (३) मा नेपालगन्जको बादी समुदायको बस्तीको स्थानिक परिवेशको यथार्थपरक बिम्ब उतारिएको छ । साक्ष्य (४ र ५) मा पूर्वी पहाडी क्षेत्रका अरुण नदी र पिखुवा खोलाको तत्स्थानिक परिवेशको यथार्थ चित्रण गरिएको छ र यो चित्रण स्थानवर्णनसँग मात्र सम्बद्ध नभएर त्यहाँको सामाजिक विवशता र जीवनशैलीको अभिव्यञ्जक बनेर पनि देखिएको छ । साक्ष्य (६) मा नेपालको पूर्वी पहाडी क्षेत्रको स्थानिक परिवेशका माध्यमबाट त्यहाँको अभाव र गरिबीले आक्रान्त जीवनशैलीको चित्रण गरिएको छ भने साक्ष्य (७) मा पश्चिम नेपालको कर्णाली प्रदेशको कारूणिक व्यथा र प्राकृतिक सम्पन्नतालाई व्यक्त गरिएको छ । यस कथांशको कथामा कर्णालीबिम्ब राम्ररी आएको छ । साक्ष्य (८) मा पूर्वी नेपालको पहाडिया ग्रामीण परिवेशको बिम्ब देखाइएको छ र यस कथांशको कथामा त्यसको प्रभावपूर्ण चित्रण छ । पूर्वी पहाडको उदयपुरको स्थानिक चित्रण यस कथामा जीवन्त भएर आएको छ । साक्ष्य (९) मा भारतको सीमावर्ती नेपाली परिवेशको एउटा दृश्यबिम्ब उतारिएको छ भने साक्ष्य (१० मा स्याङ्जा र कास्कीका बीचमा पर्ने पहाडी भौगोलिक परिवेशको स्थानबिम्ब निकै जीवन्त रूपमा चित्रण गरिएको छ । साक्ष्य (११) मा नेपालगन्जको बादी समुदायले देहव्यापार गर्ने ठाउँ गगनगन्जको स्थितिलाई सङ्केत गरेर एउटी कुरूप युवतीका मनोदशाको बिम्ब उतारिएको छ । साक्ष्य (१२) मा जनआन्दोलनकालीन परिवेशको पश्चिम तराइली क्षेत्रको जीवन्त बिम्ब चित्रण गरिएको छ र यसबाट परिवेशगत आञ्चलिकता अभिव्यञ्जित हुन्छ । यसप्रकार उपर्युक्त सबै साक्ष्यहरूका (कथांशका) कथाले स्थानिक आञ्चलिक परिवेशको कोरा वर्णन मात्र नगरेर त्यहाँको जीवनशैली, अभाव, गरिबी, संस्कार, रीतिथिति आदिलाई पनि व्यक्त गरेका छन् ।

४.४. भाषिक प्रयोगमा आञ्चलिकता
आञ्चलिकतालाई अभिव्यञ्जित गर्ने अर्को महŒवपूर्ण पक्ष भाषिक प्रयोग हो । समकालीन नेपाली कथामा आञ्चलिकताको अभिव्यञ्जना सबैभन्दा बढी भाषिक प्रयोगका माध्यमबाट भएको देखिन्छ । यस्तो भाषिक प्रयोगका विविध स्वरूपहरू देखिन्छन् । तत्स्थानिक क्षेत्रमा प्रचलित भाषा भाषिकाको प्रयोग र तत्स्थानिक कथ्य रूपको प्रयाग भई कथामा प्रयुक्त भाषाले समेत स्थानीय जातीय मौलिकता, संस्कार, रीतिस्थिति आदिलाई प्रतिबिम्बित गर्छ भने त्यसलाई कथाको भाषिक प्रयोगमा आञ्चलिकताका रूपमा विश्लेषण गर्न सकिन्छ । कथामा तत्स्थानिक भाषिक प्रयोगका दुई स्वरूप देखिन्छन् । एउटा रूपमा कथाकार स्वयम्ले आपूm समाख्याता बनेर तत्स्थानिक भाषा (शब्द, पदावली, वाक्य आदि) को प्रयोग गरेको हुन्छ भने अर्को रूपमा कथामा प्रयुक्त पात्रहरूले बोल्ने संवादमा त्यस किसिमको भाषिक प्रयोग गरिएको हुन्छ । यस्तो भाषिक प्रयोग तत्प्रादेशिक भाषाभाषिका र जातीय भाषाभाषिकाका रूपमा देखिन्छ । मिथिलाञ्चलका आञ्चलिक प्रदेशमा मैथिली, पश्चिमी तराईमा अवधी र मध्यपूर्वी तराईमा भोजपुरी भाषाका प्रयोक्ता उपस्थित गराएर कथामा सो भाषा प्रयोग गर्नु प्रादेशिक–आञ्चलिक भाषिक प्रयोग हो भने तत्स्थानिक प्रदेशमा रहने विभिन्न जातिहरूका भाषाभाषिकाका प्रयोक्ता कथामा उपस्थित गराएर कथामा ती भाषा प्रयोग गर्नु जातीय आञ्चलिक भाषिक प्रयोग हो । थारू, मगर, गुरुङ, तामाङ, नेवार आदि जातिहरूका जातीय भाषिक प्रयोग यसका उदाहरण हुन् । समकालीन नेपाली कथामा आञ्चलिकताका अभिव्यञ्जकका रूपमा देखिएका भाषिक प्रयोगका केही साक्ष्यहरूलाई यस प्रकार देखाइन्छ ः
(१) ‘खुर्सिद सरबतिया आपालाई बोलाउन गएको अभैm फर्केको छैन... के गरोस् बिचरा एकपटक फेरि खुदाको इबादतका लागि उठ्छ... उसलाई लाग्छ– अल्लाह उसप्रति मेहरबान भएका छन् ।’
–सनत रेग्मी (घनटाउके)
(२) ‘त्यहाँबाट लडियामा जानुपथ्र्यो... एउटा मोटो गुदडी ओढेर... मस्त निदाएर गाउँ पुग्थे ।’
–भाउपन्थी (आर्केको नामहीन गाउँ)
(३) ‘ओ मेरी प्याउली गाई ¤ तोकन, कल्ले घान्स हाल्यो होला । ओ मेरा लमकान्या बाख्रा तोकन कन्ले गोठबाट मुकाल्यो होला । ओ मेरो मार्को भोटे कुकुर तोकन कन्ले कलो दियो होला– किडी जिया भक्कानो छोड्दै रुन थालिन् ।’
–महेशविक्रम शाह (किडी जियाले कर्नालीमा फाल हालिन्)
(४) ‘बाहर निकर कर तनी दोचार बात बतियावा न मैले उनीसँग बाहिर निस्केर दुईचारओटा कुरा गर्न गरेको अनुरोध त्यसै खेर गयो । –काहे चिल्ला चाडु हो ¤ कहली न घर मेँ कोही नाहीँ बा ¤ बात करेके हो त साँझे के जून मेँ आवा । भनेर उनी त आगोमा पानी खन्याउन थालिन् । उनले मेरो रिसले त्यसो गरेकी भने पक्कै होइनन् । ...अच्छा तब तू कौन होलु ? पहुनी होलु का ? भ;े मेरो जिज्ञासामा उनले– हम पतोही होइला भनेर आपूm घरकी बुहारी भएको कुरोसम्म बताइन् ।’
–तृष्णा कुँवर (चुनाउ)
(५) ज्वाइँले खाइडियो हजूर अ... ज्वाइँले खाइडियो– मैचाले पूर्ण रूपमा आपूmलाई पोख्न थाली– सप्पै खाइडियो हजूर अ... पाँच टोला सुन सप्पै खाइडियो... टेस्को बाउको ताउको हजूर अ... चोरी भएको हुँडै हैन...।
–नगेन्द्रराज शर्मा (मैचा)
(६) चुखिना नपरी नहुने यो कुकुरको मुत पनि... । के गर्ने बड्डी, हराउबिराउ नभाका मान्छे भुक्लुकभुक्लुक भइराछन् । यो एक तुर्का लाइन भने ता निद्रै पर्दैन । ...रोल्पा रुकुमका त ढुङ्गा मुरा पनि ‘वनका’ भनेर निको गर्दैन रे... कसोरी चिलगाडी छलेर आछम् ।
– नवीन विभास (बास)
(७) बेल्साँझ रिरू सुनेउ कालेकी जेई । नौमताको गाउँ रिरूमा फुक्या थो । आझ सत्तसराप गाल्प ग¥याथो । शतुर बैरी जति गाल् गर्छन् नि उती बुस्नुपर्छ हामी सही छम् ।
–नवीन विभास (एउटा बुढो रूख)
(८) ‘क्यान, मुखिया बा ता राम्रै भनिएका थे, राम्रै गरिरका थे ता... हाम्रो गामलाई राम्रो बनाउनु त्यो मुखियालाई पाइसा दिनु पार्ने रे– रिसको फोहरा सहजै छ ।’
–किशन थापा अधीर (रित्तो केवल रित्तो)
(९) ‘उत्ति बुढा चेली दिनाकी तमरा आँखा फुटि¥यान् ? कि दिख्या तै बुढामा तमले ? इतिका वर्षसम्म चेली पाल्या ताल्या । यिसाइ दिन धेक्काली चेली पाल्यो हो त मुइँले ?’
–पुष्करराज भट्ट (डुब्न लागेको सूर्य)
(१०) ‘बाबु कहेलक्यै हम बेटाके पालीमेँ जन्मैली —ऊ मेरी आमालाई ओस्रोमा सुनाउँदै हुन्थी । –आन्विका गिरी (मन्तोर)
उदाहरणका रूपमा माथि उद्धृत गरिएका उपर्युक्त सबै साक्ष्य वा कथांशहरूले भाषिक प्रयोगमा आञ्चलिकता अभिलक्षणहरूलाई अभिव्यञ्जित गर्छन् । उपर्युक्त साक्ष्यहरूमध्ये साक्ष्य (१) र (२) मा कथाकार स्वयम् समाख्याता बनेर तत्स्थानिक परिवेशमा प्रचलित पदपदावलीको प्रयोग गरेको कुरा देखाइएको छ र ती पदपदावली कथाकारकै भाषिक प्रयोग हुन् । यी पदपदावलीहरूले आञ्चलिकता र यससँग सम्बद्ध भएर आउने सामाजिक सांस्कृतिक परिवेश, जीवनशैली एवम् भोगाइलाई अभिव्यक्त गरेको देखिन्छ । साक्ष्य (३) मा सुदूर पश्चिम अर्थात् कर्णाली प्रदेशको भाषिक प्रयुक्ति देखिन्छ र पात्रका आत्मालापीय संवादमा त्यहाँको भाषिकाको प्रयोग गरेर तत्स्थानिक आञ्चलिकता देखाइएको छ । साक्ष्य (४) मा ‘म’ समाख्याता र तृतीय पुरुष नारीपात्रका बीचको संवादका माध्यमबाट रूपन्देही–नवलपरासीतिरका ग्रामीण क्षेत्रको आञ्चलिकता ध्वनित भएको छ भने यस साक्ष्यबाट तराईका नारीहरू घरबाट बाहिर ननिस्कने संस्कृति पनि अभिव्यक्त भएको छ । साक्ष्य (५) मा पात्रले प्रयोग गरेको नेवारी लवजको नेपाली भाषाको प्रयोगका माध्यमबाट उपत्यकाका काँठतिरको आञ्चलिकतालाई प्रस्तुत गरेर उपत्यकाका काँठकाहरूमा विàास हराउन थालेको कुरा पनि देखाइएको छ । साक्ष्य (६) मा रोल्पा रुकुमतिरको भाषिकालाई पात्रको संवादका माध्यमबाट प्रस्तुत गरेर यस कथांशको कथालाई पूर्णतया आञ्चलिक पर्याधार प्रदान गरिएको छ भने साक्ष्य (७) मा पनि सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको यथार्थपरक भाषिक प्रयोगले कथामा आञ्चलिकतालाई देखाइएको छ भने साक्ष्य
(९) मा बैतडेली भाषिकाको प्रयोग गरेर तत्स्थानिक संस्कृति र परम्परा तथा जीवनशैलीलाई समेत प्रस्तुत गरी आञ्चलिकता अभिव्यञ्जित गरिएको छ । साक्ष्य (१०) मा थारू समुदायका परम्परासँग सम्बद्ध भाव व्यक्त गर्न पáिम नेपालको दाङतिरको थारू भाषा प्रयोग गरिएको छ । यसरी भाषिक प्रयोगभित्र पनि तत्स्थानिक संस्कृति, परम्परा, मान्यता र जीवनशैली आदि पक्षहरूसमेतको आञ्चलिकता समकालीन नेपाली कथामा अभिव्यञ्जित भएको कुरा उपयुक्त साक्ष्यहरूले पुष्टि गर्छन् । यस किसिमका आञ्चलिक भाषिक पक्षको अध्ययन समाज–भाषाविज्ञानका आधारमा गर्नु उपयुक्त हुन्छ ।

५. उत्तरआधुनिता, आञ्चलिकता, सीमान्तीयता र समकालीन नेपाली कथासन्दर्भ
सीमान्तीयता अङ्ग्रेजी सबअल्टर्नको नेपाली रूपान्तर हो र यो उत्तरआधुनिकतावादी–बहुलवादी प्रवृत्ति र सिद्धान्तभित्र पर्ने पछिल्लो समयको चर्चित सिद्धान्त पनि हो । यसले सीमान्तीकृत वा किनारीकृतहरू र ती सीमान्तीकृतहरूका बारेमा लेखिएका साहित्यको अध्ययन गर्दछ । उत्तरआधुनिकतावादी सिद्धान्त सीमान्तीय अध्ययनसँग आञ्चलिकता वा आञ्चलिक अध्ययनलाई पनि समीकरण गरेर देखाउनु सान्दर्भिक हुन्छ र त्यो समकालीन नेपाली कथामा पनि अभिव्यञ्जित छ भन्ने कुरा समकालीन आञ्चलिक नेपाली कथामा प्रयुक्त सीमान्तीकृत वा किनारीकृत पात्रहरूको प्रयोग र ती पात्रका भोगाइ, अनुभूति आदिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । आञ्चलिकताले मूलतः सहरिया परिवेशभन्दा भिन्न ग्रामीण परिवेशको अध्ययनमा बढी झुकाउ राख्छ र तिनका रीतिथिति, चालचलन, संस्कृति, भाषा आदिको अध्ययन आञ्चलिक अध्ययनका आधारभित्ति हुन् भने वर्गीय रूपमा सीमान्तीकृत वर्गकै अध्ययन आञ्चलिक नेपाली कथाको पनि एउटा क्षेत्र हो । सीमान्तीय अध्ययनमा ग्रामीण र सहरिया दुवै परिवेशका सीमान्तीकृत÷किनारीकृतहरू र तिनका बारेमा लेखिएका साहित्यको अध्ययन हुन्छ भने आञ्चलिक साहित्य÷कथाले मूलतः ग्रामीण परिवेशका सीमान्तीकृतहरूका भोगाइलाई अभिव्यञ्जित गर्दछन् । सीमान्तीय अध्ययनले भूगोल खोज्दैन तर आञ्चलिक अध्ययनले मूलतः भूगोल खोज्दछ । यी दुईका बीचको यही व्यतिरेकबाहेक अरूमा समानता देखिन्छ ।
आञ्चलिक कथा भूगोलका साथै जनजाति, संस्कृति, परम्परा, भाषा, धर्म, संस्कृति, जीवनशैली, आचारविचार, रीतिस्थिति आदिका सङ्कुलवृत्तबाट लेखिन्छन् र त्यस्ता कथाको लोकसाहित्य एवम् मिथकसँग पनि सम्बन्ध हुन्छ । यस दृष्टिले समकालीन आञ्चलिक (प्रवृत्तिका) नेपाली कथा पनि असम्पृक्त छैनन् । यस आधारमा आञ्चलिक नेपाली कथालाई अन्तर्विषयकताका आधारमा समेत हेर्न सकिने देखिन्छ । अन्तर्विषयकता पनि उत्तरआधुनिकतावादी बहुलवादी अवधारणा भएकाले र सीमान्तीयता पनि उत्तर–आधुनिकतावादी–बहुलवादी अवधारणा भएकाले आञ्चलिक प्रवृत्तिका समकालीन नेपाली कथाको विश्लेषण नवीन किसिमले गर्नुपर्ने देखिन्छ । उत्तरधाुनकिताले ‘ग्लोबल’ भित्र ‘लोकल’ लाई महŒव दिने हुनाले स्थानीयतालाई महŒव दिनु उत्तरआधुनिकताको विशेषता हो । यही उत्तरआधुनिकताले हेर्ने वा महŒव दिने स्थानीयता अब सामाजिक यथार्थको एउटा पाटो मात्र नभएर बहुल स्वरूपको वा उत्तरआधुनिक प्रवृत्तिको समेत देखिएको छ । सीमान्तीय चेतना पनि उत्तरआधुनिकतावादी अवधारणा भएकाले यसले पनि स्थानीयता÷आञ्चलिकतालाई महŒव दिन्छ । तसर्थ उत्तरआधुनिकता, सीमान्तीयता र आञ्चलिकता परस्पर निकट र सम्बद्ध समेत देखिन्छन् ।
उत्तरवर्ती वा समकालीन नेपाली कथालाई उत्तरआधुनिकता आञ्चलिकता, सीमान्तीयता र अन्तविर्षयकताका आधारमा विश्लेषण गर्न सकिन्छ भ;े कुरा उपर्युक्त उदाहरणस्वरूप प्रस्तुत गरिएका साक्ष्यहरू र ती साक्ष्यसँग सम्बद्ध कथाहरूका अन्तर्वस्तुबाट पनि स्पष्ट हुन्छ । जनजातीय सिद्धान्त (इथ्निक थ्योरी) र सांस्कृतिक अध्ययन (कल्चरल स्टडी) सँग पनि सम्बद्ध भएर नेपाली कथाहरू जोडिन पुग्छन् । अतः समकालीन आञ्चलिक नेपाली कथाका कतिपय प्रवृत्तिले वर्तमानका नवसिद्धान्तको माग गर्छन् । तसर्थ यी सन्दर्भहरूका लागि समकालीन नेपाली कथाको उदाहरण र विवेचना बेग्लै अध्ययनीय विषय हुने देखिन्छ ।

६. आञ्चलिक प्रवृत्तिका कथा लेख्ने अन्य समकालीन कथाकारहरूको सिंहावलोकन
आधुनिक नेपाली कथाको इतिहासमा २०३६ पूर्वका नेपाली कथालाई पूर्ववर्ती र २०३६ यताका कथालाई उत्तरवर्ती कथाका रूपमा व्याख्या गरिएको छ र यो द्विखण्डे विभाजनले नेपाली कथाको व्यवस्थित अध्ययनका लागि सहज पनि बनाएको छ । पूर्ववर्ती नेपाली कथामा पाइने आञ्चलिकता केही सीमित परिवेशको रहेकामा उत्तरवर्ती नेपाली कथामा रहेको आञ्चलिकता व्यापक परिवेशमा केन्द्रित देखिन्छ । यही व्यापकताका कारण उत्तरवर्ती नेपाली कथाको आञ्चलिकता एकोन्मुख नभएर बहुलोन्मुख छ । यस समयावधिमा सशक्त आञ्चलिक कथा लेख्ने कथाकारहरूमा उपर्युक्त उद्धरणमा आएका बाहेक नयनराज पाण्डे, उत्तमकृष्ण मजगैयाँ, ऋषिराज बराल, खगेन्द्र सङ्ग्रौला, इस्माली, रमेश गोर्खाली, रत्न कोजू, विनयकुमार कसजू, धीरेन्द्र, विनोद दीक्षित, शैलेन्द्र साकार, राजेन्द्र विमल, रामप्रसाद उपाध्याय पोख्रेल, पूर्णविराम, इन्द्रमणि मानव, प्रदीप नेपाल, राजब, नारायण तिवारी, विवश पोख्रेल, कृष्ण धराबासी, रत्नमणि नेपाल, मञ्जु काँचुली, सीमा आभास, फूलमान बल, हेमन्ती जोशी आदि मुख्य रूपमा देखिन्छन् । त्यस्तै माया ठकुरी, भागीरथी श्रेष्ठ, वनमाली निराकार, पुण्यप्रसाद खरेल, गोरखबहादुर सिंह, चन्द्रप्रसाद भट्टराई, किशोर पहाडी, इन्दिरा प्रसाईँ, हरिहर खनाल, सीता पाण्डे, धीरकुमार श्रेष्ठ, वासु जमरकट्टेल, शर्मिला खड्का दाहाल, रमेशरञ्जन, बेन्जु शर्मा, हरिहर पौडेल, राजुबाबु श्रेष्ठ, बाबा न्यौपाने, गोविन्द गिरि प्रेरणा, अमर न्यौपाने, मोहनबहादुर कायस्थ, हरिहर सविता, गीता केशरी, खोलाघरे साइँलो, कृष्णराज सर्वहारी, कपिल लामिछाने, मातृका पोख्रेल आदि धेरै कथाहरूका कथामा आञ्चलिकता मूल प्रवृत्तिका रूपमा रहेको देखिन्छ भने कतिपय कथाकारहरूका कथामा यो प्रवृत्ति अंशतः रहेको देखिन्छ । पछिल्लो समयमा तराईली परिवेशका आञ्चलिक कथा धेरै लेखिएका छन् र तिनमा पनि थारूजातिका संस्कार, प्रवृत्ति र परम्परासँग सम्बद्ध कथाहरूको सङ्ख्या बढी देखिन्छ । यसरी उपर्युक्त कथाकार र अन्य कथाकारहरूले लेखेका आञ्चलिक कथाले नेपाली कथाको समु;यनमा महŒवपूर्ण योगदान पु¥याएका छन् र सबै कथाकारहरूको समष्टि कथालेखन प्रवृत्तिबाट आञ्चलिकता पनि उत्तरवर्ती वा समकालीन नेपाली कथाको प्रमुख प्रवृत्तिका रूपमा रहेको देखिन्छ ।

७. विषयान्त
सामाजिक यथार्थवादी र मनोवैज्ञानिक यथार्थवादी धाराबाट सुरु भएको आधुनिक नेपाली कथाले साढे सात दशकभन्दा बढीको समय पूरा गरिसकेको छ र यस अवधिमा विभिन्न धारा र प्रवृत्तिका कथाहरू लेखिएका छन् । सामाजिक यथार्थवादी, मनोवैज्ञानिक यथार्थवादी धाराबाट सुरु भएको आधुनिक नेपाली कथाले साढे सात दशकभन्दा बढीको समय पूरा गरिसकेको छ र यस अवधिमा विभिन्न धारा र प्रवृत्तिका कथाहरू लेखिएका छन् । सामाजिक यथार्थवादी, मनोवैज्ञानिक यथार्थवादी, समाजवादी–यथार्थवादी वा प्रगतिवादी, नवचेतनावादी वा प्रयोगवादी आदि धारा र प्रवृत्तिका कथाहरूले विशिष्ट उचाइ प्राप्त गरेका छन् र यी धारा र प्रवृत्तिका कथामा पनि आञ्चलिकता पर्याप्त पाइन्छ । आञ्चलिक विषय÷प्रवृत्तिमा मात्र आधारित भएर लेख्ने कथाकारहरू भने केही कम छन् । २०३६ देखि यताका नेपाली कथालाई समसामयिक धाराका कथाका रूपमा मानिन्छ र उत्तरवर्ती कथाका रूपमा पनि यस अवधिका कथालाई मानिन्छ । पूर्ववर्ती कथामा सामाजिक यथार्थकै आधारभूमिमा स्थानिक परिवेशको चित्रण बढी देखिन्छ भने उत्तरवर्ती कथामा पाइने आञ्चलिकता सांस्कृतिक र जातीय चेतनाका दृष्टिले बढी प्रभावी देखिन्छन् । यसरी आञ्चलिकता भूगोलसँग मात्र नगाँसिएर लोकसंस्कृति, लोकजीवन, मिथक, जातीयता, जातीय संस्कृति, सीमान्तीयता, आचारविचार, भाषा, धर्म, रीतिस्थिति, पात्रहरू, स्थानिक मूल्य र मान्यता आदिसँग पनि जोडिएर आएको देखिन्छ र पूर्ववर्ती नेपाली कथामा पाइने आञ्चलिकताको प्रभाव उत्तरवर्ती वा समकालीन नेपाली कथामा पनि परेको देखिन्छ ।
आञ्चलिकता केन्द्रीकृत अवधारणा नभएर विकेन्द्रीकृत अवधारणा भएकाले यसले स्थानीयतामा जोड दिन्छ र त्यो स्थानीयता सहरकेन्द्रित भन्दा पनि बढी गाउँकेन्दित हुन्छ । खास गरेर सीमान्तीकृत वा किनारीकृतहरू, उपेक्षित र तिरस्कृतहरू, दलित र तत्स्थानिक जनजातिहरू एवम् तिनका भोगाइ, परम्परा र जीवनशैलीसँग गाँसिएका आञ्चलिक कथा पछिल्लो समयमा बढी लेखिएका छन् । आञ्चलिकतालाई मूलप्रवृत्ति बनाएर लेख्ने कथाकारहरूका कथामा यसका विविध आयाम र पक्षहरूको चित्रण पाइन्छ भने यसलाई आंशिक प्रवृत्तिका रूपमा प्रयोग गरेर लेख्ने कथाकारहरूका कथामा प्रायः एउटा पक्षलाई मूल आधार बनाइएको पाइन्छ । आजका नेपाली कथामा आञ्चलिकता पनि मूलप्रवृत्तिका रूपमा देखा परेको छ र यसलाई सामाजिक यथार्थवादी प्रवृत्तिका रूपमा मात्र नहेरी समाजभाषा वैज्ञानिक, समाज–मनोभाषा वैज्ञानिक, मिथकीय, सीमान्तीय, लोकताŒिवक, सांस्कृतिक, जनजातीय आदि विविध र बहुल कोणबाट अध्ययन विश्लेषण गर्न सकिन्छ । आञ्चलिक नेपाली कथालाई यसरी विश्लेषण गरिएमा मात्र यस्ता कथाको सही मूल्यबोध हुनसक्छ ।

सन्दर्भसूची
अधिकारी, ज्ञानु, प्रायोगिक समालोचना ः केही प्रतिरूप, काठमाडौँ ः भुँडीपुराण प्रकाशन, २०६७ ।
अर्याल, भैरव, सम्पा., साझा कथा, पाँचौँ संस्क., ललितपुर ः साझा प्रकाशन, २०४३ ।
एटम, नेत्र, समकालीन नेपाली कथा ः परिवेश र प्रवृत्ति, समकालीन साहित्य, (४५÷२०५९), पृ. ७१–९७ ।
कोइराला, कुमारप्रसाद, आख्यान विमर्श, काठमाडौँ ः ओरिएन्टल पब्लिकेशन, २०६८ ।
गौतम, लक्ष्मणप्रसाद, नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, काठमाडौँ ः ओरिएन्टल पब्लिकेसन, २०६६ ।
‘‘‘‘‘‘‘, उत्तरवर्ती नेपाली समालोचना ः केही प्रतिरूप, काठमाडौँ ः पैरवी प्रकाशन, २०६८ ।
गौतम, लक्ष्मणप्रसाद र अधिकारी ज्ञानु, नेपाली कथाको इतिहास, काठमाडौँ ः नेपाल प्रज्ञा–प्रतिष्ठान, २०६९ ।
घिमिरे, कृष्णप्रसाद, आधुनिक नेपाली कथा र २०२० पछिका प्रमुख प्रवृत्ति, साहित्यिक अभियान, (९÷४, २०६३), पृ. १९०–२२५ ।
प्रधान, परशु र तिवारी नारायण, सम्पा. तराई मधेसका कथा, दोस्रो संस्क., काठमाडौँ ः पैरवी प्रकाशन, २०६८ ।
भट्टराई, गोविन्दराज, उत्तरआधुनिक विमर्श, काठमाडौँ ः मोडर्न बुक्स, २०६४ ।
शर्मा, मोहनराज, समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५९ ।
श्रेष्ठ, दयाराम, सम्पा. पच्चीस वर्षका नेपाली कथा, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०३९ ।
सुवेदी, राजेन्द्र, समसामयिक कथाप्रवृत्ति र प्रगतिवादी कथाको प्राप्ति, समकालीन साहित्य, (४५÷२०५९), पृ.२८–३४ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु