गीत

- श्रवणकुमार ढुंगाना

यहाँ- तिम्रो सोंचाइ फरक छ, मेरो बुझाई फरक छ ।
तिम्रा लागि मन्दिरको देउतामा ढुङ्गाको गन्ध छ
मेरा लागि मैले टेक्ने धर्तीमा पनि इश्वरको हरक छ !

जिन्दगी न रात न दिन जस्तो, न खुट्टिने हो रंग यस्तो !
जो सम्झना-बिर्सना, मिलन-बिछोडका प्रतिछायाँ हुन्
तिमि छौ र छन् यि, तर तिमि भन्छौ यो जिन्दगी नरक छ !

फूल प्रेमको निसानी हो, शुभकामना देउ या श्रद्दान्जली
जुन हातले फूलाउ फूल, जुन धर्ममा सजाउ तेसलाई
जुनै भावनाले चढाउ फूल, त्यो सम्बन्ध प्रेम-परक छ ।

यहाँ- तिम्रो आशा फरक छ, मेरो विश्वाश फरक छ ।
तिम्रा लागि प्रेम बिनिमयमा प्राप्त सुखद परिधान हो
मेरा लागि प्रेममा गुमाउँदाका हर उत्सब प्रीत- कारक छ !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु