फरक मान्छे पूर्ण लिम्बू

- मुलीवीर राई

“मत हजुर अरुभन्दा फरक मान्छे
जीवनभरी दुःखीयाको सेवा गरेर रमाउने मान्छे ।”

लगभग म तन्देरी छँदा एउटा बुढो रातको मध्यतिर एउटा गीत बज्यो वी एफ वी एस गोर्खा रेडियोमा तिहारको छेका । शब्दहरू विर्सेँ तर कथा थियो तिहारमा चेलीको माला पर्खदा पर्खदा थाकेका गला र ओइलीएको फूलको । स्वरमा थियो प्रचुर वियोगान्त । म चेलीको गरिबलाई यस्ता गीतहरूले अक्सर छुन्छन्, दुखाउछन् कहिले त वेस्सरी नै । गीत बज्दै गर्दा सोचेँ, यति उराठ, उदास गायकको र मेरो कहानी एउटै हुनु पर्छ । को होलान यिनी ? गीत सकिए पछि नाम आयो – ल्याप्टेन पूर्ण लिम्बू । एउटै पल्टनका साहेब रहेछन् उनी; म छक्क । उनको प्रतिभा धन्य बारुदका धुँवासँगै बृटिश गुलामीका दाउन भएनछन् गाँठे । उनी औसत गोर्खाली अधिकृतहरूभन्दा केही पृथक भएको महशुस मलाई कता कता हुन्थ्यो । पदोन्नतीसँग मेरो साइनो करीब करीब विरानो भइसकेकाले धेरै अगाडि गइसकेकालाई बोलाउन खासै प्रयोजन देख्दीनँ, अपबादका केही बाहेक । लेप्टेन साहेब त्यस्तै मेरा अपबादका थिए । सामिप्यता बढ्दै जाँदा उनलाई अरु भन्दा धेरै कुरामा फरक देखेँ। पैसा उनीसँग कति छ थाहाछैन तर मनका छन् कुवेर ।
पछि कप्तान भएर अवकास लिएपछि उनी कल्याणकारी सँस्थामा काम गर्दै गर्दा खाँदबारीमा एकपल्ट भेट भएको थियो । पुराना गफहरू गर्यौँ राती अबेरसम्म । मेरा अर्का नम्बरी (साथी) जय दृरा थिए मसँग । उनी पनि मनका धनी । जीवनका केही समयको हिस्सा लम्जुङको आफ्नो गाउँको सेवामा खर्चेका छन् उनले । हाम्रो विचमा कुरा अक्सर हुन्छ, दिलशोभा श्रेष्ठको, दिक्षा चापागाईँ, आनी छोइङ, पुष्पा बस्नेत, विष्णु र लक्ष्मी गौतम् जस्ता सेवामा जीवन अर्पेकाहरूको । अहिले नाउ विर्सेँ मैले, विराटनगरका एकजना शिक्षक जो एकरुपैँया चन्दा उठाएर बृद्दाश्रम खोलेका छन् । चितवनका विद्यार्थी युवकहरू जो आफ्नो डिग्रीका प्रमाणपत्रहरू टयाङकामा थन्काएर मानसिक असन्तुलनका रोगीहरूको सेवामा समर्मित छन् । उनीहरूको सपर्मण पशुपतिमा बुवाको श्राद्धको तीथि पारेर च्यूरा बाँडेजस्तो होइन । भुकम्प पीडितलाई एक पोका चाउचाउ दिएर फेसबुकमा फोटो टाँसेजस्तो होइन । यो त आजीवनको कटिबद्धता commitment हो । हाम्रो कुरा हुन्छ शेष घलेहरू जस्ता आफूसँग भएर दिनेहरूको पनि । रवीन्द्र मीश्र र डा. गोवीन्द के सी जस्ता सामाजीक रुपान्तरणका हिमायतीहरूको पनि र गोर्खा पल्टन्का केही सहयोगी मन् भएकाहरूको पनि । जुन पङतमिा पूर्ण लिम्बू अगाडि उभिन्छन् ।
उनको घर– थाहा छैन; कता उता पाँनथरतिर होला कि । उनको आमा बाबु – थाहा छैन; सायद पल्टने होलान । उहाँको विषयमा चल्तीको (formulaic) शैलीमा कुरा उप्काउनको निम्ति मसँग धेरै थाहाहरू छैनन् । चाहेको भए म सोध्न सक्थेँ तर जति चिन्छु र जसरी चिन्छु त्यति लेख्नु बढी प्राक्रितीक हुन्छ भन्ने ठान्छु । यति थाहा छ उनी फरक मान्छे हुन⁄थिए पल्टनमा छँदादेखी । उनको परोपकारी मनको प्यास मेट्न भनेरै त्यस्तै खाले काम खोजेर फर्केका हुन स्वदेश । दुई विश्वयुद्धमा बृटिश साम्राज्यको दाउमा ज्यानको बाजी हारेका गोर्खालीहरूका विधवाहरूलाई पूर्वी नेपालको कुना काप्चाहुँदो खोजी खोजी गोर्खा कल्याणकारी सेवाकेन्दमार्फत राहत उपलब्ध गराउने काममा हओरात्र खटिएकाछन् अहिले । यसरी चिन्दछु म पूर्ण लिम्बूलाई ।
भर्खरै थाहा पाएँ, प्रेमकृष्ण बजगाईँको रचना र सङगीतका माथिका गीतका पङगीहरूको घरजम बसेछ पूर्ण लिम्बूको सुमधुर स्वरसँग –
“मत हजुर अरुभन्दा फरक मान्छे,
जीवनभरी दुःखीयाको सेवा गरेर रमाउने मान्छे ।”
उनको स्वर वेजोडको छ, सर्बोत्तम छ, अनुुपम छ मैले यसो भनेँ भने गायक मसँग सहमत हुदैनन् तर एउटा कुरामा उनले मसँग नमानि धर छैन – उनी हृदयले गाउने गायक हुन् । उनको स्वरमा अरूण सुसाउछ, खाँदबारी रमाउँछ, हाँस्छ र रुन्छ । त्यसैले उनले छोटो आयूका गीतहरू गाएका छैनन र सम्भवतः गाउँदैनन् ।
संयोग त अझ यो परेछ कि त्यस्तै अर्का फरक मान्छे जो बेलायती सेनामा एकदशक सेवा गरेपछि आफ्नो बन्दकी प्रतिभा उकास्न जागिर राजीनाम गरेर देश फर्केका यूवा निर्देशक मिलन चाम्स्ले म्यूजिक भिडियो निर्देशन् गरेका रहेछन । दशक सङर्घपछि मूलधारका नेपाली चलचित्र र म्यूजिक भिडियोको फाँटका फ्रेट ट्रेन हुन उनी । उनले यसैगरी पूर्ण लिम्बु जस्तै “फरक मान्छेहरू”लाई गौडा गौडाबाट टिप्दै लगेमा अन्तिम गन्तब्यसम्म पुग्छन अवश्य ।
अहिले यो गीत मैले यूट्यूबमा हेरिरहदा म पूर्ण लिम्बूलाई सम्झिरहेको छु । उनको त्यो बुढो रातमा रेडियोमा बजेको तिहारको गीत मेरो मानसपटलबाट लगभग मेटिने वेलामा यो “फरक मान्छेले” पुनः बौराइदिउको छ । उनी फरक मान्छ भएरै बाँचिरहे ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु