पराजित

- बाबुराम पन्थी गुल्मेली

बाबा आमाले
सन्तानको आगमन पछी
उसको भविष्य माथी देखेको सपना
पुरा गर्न नसकेर पराजित !

दाजु भाई दिदी बैनीहरूका
रगतको नाताले हुने
ऊ माथीका भरोषाहरू
पुरा गर्न नसकेर पराजित !

आफ्ना आफन्तहरूको
प्रशंसाको पात्र हुनुको बदला
उनिहरूको प्रतिशोध
खेप्न नसकेर पराजित !

जिवन साथीको माँयामा रमाउने
आफ्ना चाहानाहरू कुण्ठित बनाएर
उनका विविध इच्छ्याहरू
संबोधन गर्न नसकेर पराजित !

आफैले यो संसारमा जन्म दिएका
आफ्नै सन्तानहरू बाट
उनिहरूको आधुनिकता
स्वीकार गर्न नसकेर पराजित !

देशको नागरिकको हैसियतले
समाज र राष्ट्रले खोज्ने
आफ्नो भूमिका र योगदान
दिन नसकेर पराजित !

ती पराजयहरू माथी विजय प्राप्तिको लागी
हड्डी र छाला घोट्दा पनी
आफू आफैले चाहे जस्तो हुन नसकेर
अन्त्यमा
मान्छे मृत्यु संग पराजित !

गुल्मी तम्घास

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 फागुन, 2073

लेखकका अन्य रचनाहरु