गजल

- शिव संकल्प

धेरै दिन पछि आज मीठो हाँस्यौ मन पर्यो
टुटेको त्यो सम्बन्धलाई फेरि गाँस्यौ मन पर्यो ।

गल्ती मेरै थियो मैले माफी पनि माग्दा
बचे खुचेको त्यो रिस सबै नास्यौ मन पर्यो ।

सम्झाइ सम्झाइ मेराे गल्ती पछि फकाइ फकाइ
मेराे भित्री अहंकारलाई छास्नु छास्यौ मन पर्यो ।

समय हो औषधि यो रिसराग भुलाउने
दिन बित्दै जाँदा घृणा जति मास्यौ मन पर्यो ।

लाग्थ्यो मायाँको त्यो घैँटो नराम्ररी चर्किसक्यो
एकै मुस्कानले टम्म पारी टाँस्यौ मन पर्यो ।

बुढानीलकण्ठ ७, काठमाण्डाैँ, हालः पाेखरा ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2073

लेखकका अन्य रचनाहरु