’अक्षर प्रेम’ भित्र डुबेकी जीविका

- सुन्दर शिरीष

अक्षर प्रेम भित्र डुबेपछिको जिन्दगी निकै आनन्ददायी हुन्छ । त्यै आनन्दमा डुबेकी छिन् जीविका खतिवडा ‘अश्रु’ । मोरङमा जन्मिएर सिक्किमको माटोमा जीवन व्यतित गरिरहेकी उनी ’अक्षर प्रेम’ गजलसंग्रह मार्फत अक्षरमा साट्टिएकी छिन् ।
गजल प्रेम प्रणयको फिक्सन हो भनिन्छ । गजलमा श्रृङ्गारिकता हुनुपर्छ पनि भनिन्छ । तर, अहिले गजलको परिभाषा फेरिएको छ । गजलमा अन्य साहित्यको विधाजस्तै विविधता हुनुपर्छ । समग्रतामा समाज हुनुपर्छ गजलमा । जीवनका अभिन्न अंग हुनुपर्छ ।
‘अक्षर प्रेम’ संग्रहमा ४२ गजल समावेस छ । यी ४२ वटै गजल एक से एक वजनपूर्ण छन् । त्यै एक से एक गजलको वर्णन बालकृष्ण पोखरेल यसरी गर्छन्–
हुनसके गजलगो निकै छिट्टै
सफल हे भगिनी ! उपमा लिँदै ।
नवल पल्लविता हुनुको रस
खतिवडा भगिनी ! मजले चुस ।।
यसरी नै सनत रेग्मी अश्रुको गजलबारे लेख्छन्– ‘यी गजलहरुमा नारी चेतना, गरीबका समस्याहरुको चित्रण तथा वर्तमान नेताहरुबाट भईरहेको विक्रितिको मार्मिक अभिव्यक्ति कुशलताका साथ समेटिएका छन् ।’ यसै कृतिमा ‘सिक्किमेली स्रष्टामा नेपालको शुभेच्छा’ शिर्षकमा मधु पोखरेल लेख्छन्– ‘जन्मभूमिप्रतिको प्रेम, छिमेकीले देखाएको असहिष्णु व्यवहारप्रतिको घृणा, छुवाछुत र जातिय भेदभावको विरोध, बीर नेपालीको गौरव गाथा, आमाप्रतिको मोह, मान्छेमा देखिएको घमण्ड पन, विक्रिति विसङ्गति बिरुद्धका भावहरु, नारीवादी स्वर, राजनैतिक, सामाजिक विक्रिति बिरुद्धको उद्घोष, विदेशिएका नेपालीहरुको कर्तव्यबोध, प्रकृति वर्णन, आत्मालापजस्ता अनेकौं विषयहरुका गजलले स्थानग्रहण गरेका छन् ।’
त्यसो त अश्रुभित्र उम्रिएका रहरिला कल्पनाहरुले गजल सिर्जनालाई थप मलजल दिएको छ । आफ्ना कल्पना र भावनाहरुलाई सार्थक रुपले अभिव्याक्ति दिन खोज्ने अश्रुका प्रयास उच्च् छ । सगरमाथाजस्तै अग्लो ।
नेपालभूमिभन्दा बाहिर रहेर जीवन व्यतित गरिरहेकी भएपनि उनका गजलमा जन्मभूमि छ । नेपाल छ । यहिकौ गाउँघर र सहरका अनेकौं बिम्ब च्यापेर उनी गजल बुन्छिन् । त्यसैले उनका गजलहरु वर्तमान नेपालका जल्दाबल्दा तस्विरहरु हुन् । त्यसैको एउटा उदाहरण हो पृष्ठ ४ मा रहेको गजल । जसमा उनी यसरी प्रस्तुत हुन्छिन्–
आजभोली माया पनि विरासिलो द्वन्द्व भा’छ
माया मेरो मेची पारी सिक्किममा बन्द भा’छ ।

गोर्खालीलाई नचिनेरै दुःख दिने आँट ग¥यौं
तर, नेपालीको आँट अझैं धेरै बुलन्द भा’छ ।
गजलहरुको बान्की भित्र पस्दा लाग्छ अश्रुको अक्षर प्रेम अफिम हो । जसले उनलाई अझ अझ तानिरहेको छ अक्षरको सागरमा । एडिग भएकी छिन् अक्षरसँग । र त लेख्छिन्–
अक्षर प्रेम भए मात्रै रसिलो काव्य बन्दछ
काव्यमै डुबे मान्छे अवस्य सभ्य बन्दछ

संसारको सबै कुना पुगेकै हुन्छ यो अक्षर
बिना अक्षरको साथ न कोहि भव्य बन्दछ
(पृष्ठ १)
फाईनल्ली उनको अक्षरसँग जुन प्रेम छ । त्यो प्रेम आवरणमानै प्रष्ट देख्न पाईन्छ । रेड क्यानभाषमा ब्ल्याक लेडी पोयट साधना गर्दैछे ब्ल्याक ट्री मुनी । घाम डुब्नै लागेको बेला नदी र त्यसका छालहरु क्रमसः गोल्डेन गोल्डेन हुँदै रातोमा बढ्दैछ । तर ब्ल्याक लेडीलाई त्यसको छु मतलब । निरन्तर साधनामा छिन् । अश्रुको भावनालाई ठ्याक्कै उतारिदिएकाछन् सुनिल श्रेष्ठले ।
साहित्य भनेकै भावनाको कलात्मक अभिव्यक्ति हो । धेरैले दोहो¥याएका छन् यहि शब्द । हो त्यस्तै गजल पनि भावनाको कलात्मक अभिव्यक्तिनै हो । गजलकारको । जसका माध्यमबाट हृदयमा उठेका छालहरुलाई कोमल, हार्दिक र कलात्मताको कलरहरु पोख्दै सुन्दर पोट्रेट उतार्न सकिन्छ । गजल ट्युनिङ विधा हो पनि भनिन्छ । गेयात्मक हुनुपर्छ पनि भनिन्छ । गजल सुमधुर मिठासले भरिएको लयसहितको गीत हो पनि भनिन्छ । खैर यो जस्टिफाईलाई छौडौं । अश्रुका कयन गजलहरु ट्युनिङमा छन् । गेयात्मक छन् । हार्ट टच गर्ने संगीत छन् ती मा–
हर साँझ आउँछ याद् कसोरी कसोरी
अनि सम्झनामा संवाद कसोरी कसोरी

कहिले कतै दुख्छ हिमाल यो मुटुभित्र
चलेकै छ अझ विवाद कसोरी कसोरी
(पृष्ठ ३२)
गजलको यथार्थतामा शेर आधारस्तम्भ हो, यो शसक्त हुनुपर्दछ, गहिराइ छुनुपर्दछ र भावनाले पूर्ण हुनुपर्दछ । मतला भन्दा गजलको पहिलो शेर भन्ने बुझिन्छ । यो मर्मस्पर्शीको साथै प्रभाबोत्पादक हुनुपर्दछ । अश्रुका गजलका शेरहरुले यो गलज उचाईको उडान भर्दैछन्–
कति दियौ पीडाहरु मैले गन्न बाँकी थियो
तिमी भने हिँडिहाल्यौ मैले भन्न बाँकी थियो
(पृष्ठ ८)
सजायौ नि आशा र यो जिन्दगी भो
बनायौ तमासा र यो जिन्दगी भो
(पृष्ठ ३४)
अक्षर प्रेम भित्र समेटिएका जीविका खतिवडाको गजलहरुमा रफिदको हिसाबले हेर्दा रदिफ (मुरद्दफ) सहितका गजलहरुले बाहुल्यता छाएको छन् भने केही गजलहरु रदिफ रहितका (गैरमुरद्दफ) पाइन्छन् । उदाहरणको लागि
रदिफ (मुरद्दफ) सहितका गजल–
हिजो आमा तिमीलाई देखे सपनिमा
धेरै दिनको व्यथा आज लेखे सपनिमा
(पृष्ठ २२)
रदिफ रहितका (गैरमुरद्दफ) गजल–
अझै खुला मुटुभरी सकिएन हाँस्न
पिल्सिएर अन्यायमा सकिएन बाँच्न
(पृष्ठ ४०)
उनका गजलहरु प्रणयमा पनि त्यत्तिकै शिष्ट र शक्तिशाली छन् । जसले हृदयमा कम्पन पैदा गर्छ । रदिफ पनि मीठासले भरिएका सन्तुलित र अर्थपूर्ण छन्–
क तिम्रै थिएँ प्यार बुझ्न सकेनौ
र प्रेमिल झरीमा नि रुझ्नै सकेनौ
(पृष्ठ १७)
बैंस मीठो लाग्ने रैछ उमेर पूmल्ने बेला
माया मीठो लाग्ने रैछ निँद खुल्ने बेला
(पृष्ठ ७)
गजलकारसँग माया छ । त्यो सँगै उनको गजलमा देश छ । त्यो देश हाँस्छ, बोल्छ र मनहरु आन्दोलित बनाउँछ । देशको यथार्थ टिपेर गजलमा साजाउन सक्ने क्षमताले भरिएकी जीविकाको गजलले मन उद्देलित छुन्छ ।
उठ जाग युवाहरु देश बचाउन
आफ्नै भाषा, भूमि अनि भेष बचाउन

नेता सबै पिपलपाते भएका छन् ऐले
हामी लागौं यो देशको शेष बचाउन
(पृष्ठ २७)
कृतिमा रहेका गजलले आजको सामाजिक बदलिंदो यथार्थता, गिर्दो नैतिकता र समाजको विकृति विसङ्गति र राज्यको निरहपनाको चित्रण गर्न सफल देखिन्छ । गजलले मनहरु तान्छन् । जति पढ्यो त्यति पढौं पढौं लाग्छ । जसले स्तरीय गजलको संग्रह बन्न पुगेको छ ‘अक्षर प्रेम’ । समाजिक, राष्ट्रियतापूर्ण, समसामायीक, समाजिक बिकृति र विसङ्गतिमा लक्षित यी गजलले आजको सौलो नेपाल प्रस्तुति गर्न सफल देखिन्छ ।
कृतिमा सुधारका पक्ष नभएका हैनन् । यहाँ पनि सुधारलाई निरन्तरताको खाँचो छ । मानव प्रबृति हो पूर्णताको खाँचो जहाँतही हुन्छ । केही सुधारका पक्षहरु समाउन सके सुनमा सुगन्ध फैलिने देखिन्छ । कृतिकारले प्रयोग गरेका केही काफियाहरुमा कतै कतै विचलन देखिन्छ । यसलाई गल्तीनै त मान्न नसकिएला तर पनि यसलाई सुधार्न सकिएको खण्डमा गजल नक्षत्रमा गतिलै उडान हुन सक्छ । अन्त्यमा सुन्दर गजलहरुको समिश्रण बन्न पुगेको छ ‘अक्षर प्रेम’ । विविधता संग्रहको एउटा गहना हो । जसले पाठकको मनलाई क्याच गर्न सफल भएको छ । आउँदो लेखनमा केहि सुधार भएर पढ्न पाउने अपेक्षा छ । अन्त्यमा जीविका खतिवडा ‘अश्रु’ लाई साहित्यीक सफलताको कामना ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 26 माघ, 2073

लेखकका अन्य रचनाहरु