उत्तरआधुनिक प्रेम – दुई

- डा.लक्ष्मणप्रसाद गौतम

अलिकति सिरकबाट मुख झिकेर हेरेँ । उहाँ अभैm मस्त निद्रामा परिसक्नुभएको छैन । मलाई अति छटपटी हुन्छ । कतिखेर उहाँ मस्त निदाउनु होला र कम्प्युटर अन गरेर मेल च्याटमा बसुँलाभैmँ भइरहेछ । राति एक बजेतिर उहाँ मस्त निद्रामा पर्नुभयो । आज अलि धेरै पिएर सुत्नु भएको हुँदा उहाँ ब्युझनु हुन्न भन्ने कुरामा म निश्चिन्त छु ।
सुटुक्क सिरक पन्छाएर म कम्प्युटरको टेबलतिर गएँ । बत्ती नबालीकन कम्प्यटुर अन गरेँ र उही सुरु भयो च्याटमा बस्ने नियमित प्रक्रिया । सरोजसँग कम्प्युटर च्याटमा बसेपछि भोक निद्रा सबै हराउँछ । कहिले ऊ अनलाइनमा बस्ता तीन÷चार घण्टा बितेको थाहै हुँदैन । अनलाइनमा हामी दुवैलाई समय मिलाउन कठिन छ । ऊ त क्वाटरमा एक्लै बस्छ, केही थिएन । मलाई भने हैरान । कि श्रीमान् मस्तसँग सुतेको बेला पर्खनुपर्ने, कि उहाँ पार्टीहरूमा गएको बेला र कि चाहिँ लामो समयका लागि उहाँ विदेश गएको बेला । म यस्तैयस्तै समयको पर्खाइमा हुन्थेँ । कहिले अनुकूल हुन्थ्यो कहिले हुँदैनथ्यो । उहाँ रक्सीप्रिय हुनु मेरो अनुकूलताको अर्को कारण थियो । रक्सी खाएर सुतेपछि उहाँ ब्युँझनु हुन्न ।
आज मेरो अफिसको वार्षिकोत्सव थियो र उत्कृष्ट काम गरेवापत म पुरस्कृत भएकी थिएँ । त्यस खुसियालीमा उहाँलाई एउटा रेडलेवल ल्याइदिएँ । उहाँले खुसी भएर मेरो गालामा चुम्बन बर्साउनु भयो । मेरो योजना सफल हुने आशामा म भित्रभित्रै खुशी थिएँ । त्यो खुसीयालीमा मैले आधा पेग लिएँ र उहाँलाई अलि बढी नै खुवाएँ ।
आज कम्प्यटुरमा मेल चेक गर्न नभ्याएको ठ्याक्कै दुई दिन भएछ । सरोजका एघारवटा मेल आइसकेका रहेछन् । कुनै मेल त निकै लामा पनि थिए । ऊ मेलमा प्रायः कुरा दोहो¥याउँदैनथ्यो । मलाई नयाँ कुरा भन्न पाए ऊ निकै प्रफुल्ल हुन्थ्यो । ऊ प्रायः साहित्यिक भाषा प्रयोग गथ्र्यो । पहिले उसका सबै मेल खोल्दै थिएँ । एउटा मेलमा आँखा प¥यो । चौध पृष्ठ लामो रहेछ । त्यही पढ्न थालेँ । ऊ अत्यन्त भावुक थियो र भावुक र व्यावहारिक दुवै भएर लेखेको थियो । उसका मेलका केही हरफहरूमा म हराउँदै गएँ ।
“प्रिय कुमुदिनी ! लेख्न कहाँबाट थालूँ म अलमलिएको छु । मलाई कैयौं नारीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष आपूmतिर तान्न खोजे म कमजोर भइँन । तर तिम्रो मेलका चार लाइनले म कमजोर भएँ, विखण्डित भएँ । म आपैmसँग हारेँ ।”
यी उसको मेलका सुरुका पङ्क्तिहरू थिए । मलाई किन हो । अरू मेल पढ्नुभन्दा उसलाई यी पङ्क्तिहरूको प्रतिक्रिया दिन मन लाग्यो । म कम्प्युटरका की–बोर्डहरूमा औँला नचाउन थालेँ –
“प्रिय सरोज ! मलाई धेरैले धेरैचोटि परीक्षा लिए । सबैको अग्निपरीक्षामा म खरो उत्रिएँ, तर तिमीले मलाई कुन सम्मोहनको अस्त्र फ्याँक्यौ ? जसबाट म तानिएको तानियै भएँ । मैले तिमीबाट यो मीठो हार स्वीकार गर्नु प¥यो ।”
यस्ता वाक्यहरू हाम्रो अनलाइन, अफलाइन र मेलका सामान्य संवादहरू हुन्थे । कतिखेर म उसका वाक्यहरूमा हराउँथेँ, कतिखेर ऊ मेरा वाक्यहरूमा हराउँथ्यो । यसरी हाम्रो अनलाइन प्रेम, इमेल प्रेम अथवा भनौँ साइबर प्रेम र एस.एम.एस. प्रेमप्रसङ्गका लामालामा संवादहरू निकै चल्थे । उसले एक दिन मात्र पनि बासी राख्यो भने मलाई छटपटी हुन्थ्यो र मैले बासी राखेँ भने उसलाई छटपटी हुन्थ्यो ।
म इमेलमा बस्दाबस्दै राति दुईबजे ऊ अनलाइनमा भेटियो । अनि सुरु भयो हाम्रा अनलाइन संवादहरू । मैले की–बोर्डका अक्षरहरूमा औँला चलाएँ –
“आज राति तिम्रो फोटोसँग कुरा गरिरहेकी थिएँ । धेरै भावुक भएछु । रून मन लागेर आयो । तिम्रो फोटो छातीमा टाँसेर रोएँ । रोएपछि मन हल्का भयो । किन यस्तो भएको ?”
“सायद आत्मीयताको चरम रूप हो कि !”
“म होइन, हामी भएर बाँचौँ ।”
“हामी अब यस्तो बिन्दुमा पुगिसक्यौँ, अब फर्कन सकिँदैन ।”
“म तिम्रो फोटो हेरेर चित्त बुझाइरहेको छु ।”
“म बिम्ब र प्रतीक हेरेर मन बुझाइरहेकी छु । बिम्ब भनेको तस्वीर र प्रतीक भनेको सिरानी ।”
मैले पनि उसको सिको गरेर साहित्यिक भाषा प्रयोग गरिदिएँ । यति मौनसंवादले पनि मन हलुङ्गो भयो । भित्रभित्रै म प्रसन्न भएकी थिएँ ।
उहाँ मस्त घुरेर निदाइरहनु भएको थियो । मेलका संवादहरू डिलिट गर्न बिर्सेछु । अफ गरेको कम्प्युटर पनि फेरि अन गरेँ र सबै मेल डिलिट गरिदिएँ । उहाँले खोक्नुभयो र अलिकित चलमलाउनु भयो । मेरो सातो गयो । हातखुट्टा काम्न थाले । लौ वित्यास प¥यो ! के निहुँ पार्ने । दुई मिनेटभित्र मैले धेरै कुरा सोचेँ । तर म जोगिएँ । उहाँ ब्युँझनु भएन । म लुसुक्क उहाँसँगै टासिएर सुतेँ । कतिखेर झपक्क निदाएछु थाहै पाइनँ । निकै अनौठ सपना देखेँ–

मेरो जन्मदिन थियो । घरमा उल्लासमय वातावरण । मेरो श्रीमान् र छोराछोरीहरू मलाई शुभकामनाका शब्द र उपहारहरू दिइरहेका थिए तर मलाई सरोजले ‘हेप्पी वर्थडे टु यु’ समेत भनेन । मैले बिहानैदेखि उसको फोनको प्रतीक्षा गरिरहेकी थिएँ । फोन आएन । साँझसम्म प्रतीक्षा गरेँ । फोन, एस.एम.एस., मेल केही आएन । दिनभरी म तनावमा भएँ । मेरो खुसीका दिनमा पनि म खुसी हुन सकिनँ । मन अँध्यारो भयो । जबर्जस्ती खुसी देखाइदिनु प¥यो । त्यसपछि म अपरिचित अनकन्टार बाटो हुँदै उसको घर भनौँ क्वार्टरमा गएँ । सोध्दैखोज्दै पुगेको त्यस अपरिचित ठाउँमा ऊ मात्र मेरो परिचयको पात्र थियो । उसको क्वार्टरमा म पुग्दा ऊ थिएन र बाहिर कपडा सुकाइएको थियो र ढोकामा ताल्चा लगाइएको थियो । बाहिर कुनै नारीवस्त्रहरू सुकाइएका थिएनन् । त्यसपछि मन ढुक्क भयो । अनुमान गरेँ– धेरै टाढा नगएको हुनुपर्छ । पाँच घण्टा यताउता घुमेर उसलाई पर्खिरहेँ । मन अत्यासलाग्दो र बेचैन भएको थियो भने मुटु ढुकढुक गरिरहेको थियो । पाँच घण्टा मलाई पर्खाएपछि ऊ आइपुग्यो । उही हँसमुख र दिव्य अनुहार । मन प्रसन्न भयो । उसले मलाई कोठामा लगेर बसाल्यो । आँखा जुधाएर भावना साँट्यौँ । म उसैका नाममा तड्पीतड्पी उसलाई नै भेट्न गएकी थिएँ । उसले पत्याएन । पटक्कै पत्याएन । हाम्रो माया प्रेमलाई उसले हल्का रूपमा लिएछ । मैले मन थाम्न सकिनँ । अनायास आँखाबाट आँसु आए । म रोएँ । उसले मलाई सान्त्वना दिन होला– काखमा बसालेर मीठो चुम्बन वर्षायो । तर उसको आत्माले म उसैलाई भेट्न गएको चाहिँ पत्याएको छैन भन्ने कुरा उसको अनुहारको भावले देखाउँथ्यो । मेरा आँखाबाट आँसु भने रोकिएको थिएन ।

उहाँको खोकीको आवाजले मेरो निद्रा खुल्यो । म झल्याँस्स ब्युभेmँ । ब्युँझदा पनि आँखाभरी आँसु थियो । सपनामा रोएको विपनामा पनि आँसु आउँदोरहेछ । सपनामा भए पनि रोएपछि मन हल्का भयो । घडी हेरेँ– साढे पाँच बजेको रहेछ । उठ्ने बेला पनि भएछ । थोरै समय निदाउँदा पनि कति लामो सपना देखिएछ । म एकछिन सपनाकै तन्द्रामा हराउन थालेँ । बाहिर तरकारी बेच्ने ठेलावाल कराइरहेको थियो ।
हाम्रा इमेलहरू असुरक्षित हुने सम्भावना थियो । हाम्रो भौगोलिक दुरीको पर्खाल हटाउने यिनै इमेल, च्याटिङहरू थिए । मलाई जतिखेर पनि उसका मेल खोल्नु अनुकूल थिएन । दिनभरि प्रशासनिक व्यस्तता, साँझबिहानको घरायसी काम, श्रीमान् र छोराछोरीको टहल । कति भ्याउनु ! उही रातिको समय हो । अब हामीले इमेल कम गर्ने र उही पन्ध्रौँ शताब्दीतिरभैmँ हुलाकी पत्रमा भावनाहरू साट्ने विचार ग¥यौँ । यो हाम्रो एक किसिमको अघोषित सम्झौता थियो । उसलाई एउटा लामो अनौपचारिक पत्र पहिला मैले नै पठाएँ । त्यसको पन्ध्र दिनपछि उसको पनि त्यस्तै अनौपचारिक लामो पत्र आयो । यो क्रम चलिरह्यो । हाम्रा पत्रहरू सात÷आठ पृष्ठभन्दा कम हुँदैनथे ।
मलाई किन हो फेसबुक इमेलका च्याटिङ्गहरूभन्दा यस्तै उन्नाईसौँ शताब्दीतिरकै हुलाकी पत्रशैलीमा आत्मीयता जाग्न थालेको थियो । इमेल, एस.एम.एस.हरू, अफलाइन र अनलाइन मेसेजहरू सबै यान्त्रिक लाग्न थाले– कागजका पूmलजस्तै । उसका हस्तलिपिहरूमा म एक किसिमको सम्मोहन पाउँथे । त्यसो त उसका प्रत्येक शब्द र वाक्यहरूमा नै एक किसिमको सम्मोहन हुन्थ्यो । कतिखेर त लाग्दथ्यो– ऊ नारीलाई वशमा पार्न सिपालु छ । मेरो मनभित्र रहेका उसप्रतिका अज्ञात आशङ्काहरू पनि उसका पत्रहरूले बिर्साइदिन्थे ।
पत्र चलिरहे पनि हाम्रा मेलहरू पनि यथावत थिए । मात्रा भने कम हुँदै थियो अनुकूलता अनुसार ।
धेरै पत्रहरू पछिको एउटा लामो पत्रमा उसले तीन ठाउँमा जोड दिएरै लोख्यो–
“अब हामीले पत्राचार बन्द गर्नुपर्छ ।”
उसको पन्ध्र पृष्ठ लामो पत्र एकपटक पढेँ । दुईपटक पढेँ तीनपटक पढेँ । तेस्रोपटक पढ्दा म निकै भावुक भएँ । उसले जोड दिएर लेखेको कुरालाई अन्डरलाइन गरेँ । फेरि दोहो¥याएर पढेँ । किन हो मन थाम्नै सकिनँ । एक्लै थिएँ । आँखाभरी आँसु भरिएर आयो । भुईंमा खस्न नपाउँदै साडीको सप्कोलो पुछेँ । दिनभर बेचैनी भइरह्यो र राति निद्रा लागेन ।
म उसको प्रेममा तानिदैँ गएकी रहिछु र नजानिदो किसिमले मभित्र एउटा पुरुष हुर्किरहेको रहेछ भन्ने कुरा मैले बल्ल थाहा पाएँ ।
मलाई लाग्यो– सायद मसँग ऊ औपचारिक हुन खोज्दै छ ।
म कुनै पुरुषको भावुक प्रेममा फँसेर उसको बाहुपाशमा क्षणिक उत्तेजनामा रमाउन खोज्ने नारी थिइनँ तर किनकिन मलाई आपैm भत्किएजस्तो लाग्यो । उसका ‘अब पत्राचार बन्द गर्नुपर्छ’ भन्ने वाक्य मस्तिष्कभरि रिङिरह्यो । उसले जोड दिएर यस्तो लेख्ला भन्ने सोचेकी थिइनँ । त्यसपछि मैले छोटो दुई पेजजतिको औपचारिक–अनौपचारिक मिश्रित शैलीको पत्र पठाएँ । ऊ पनि तरङ्गित भएछ ।
नेपाल बन्दका कारण आज अफिसमा भीड थिएन । सोचेँ–उसको अफिसमा पनि भीड नहुनुपर्छ । टाढाबाट आउने कर्मचारी आएका थिएनन् । उसलाई फोन गरेर अनलाइनमा बस्न भनेँ ।
नेपाल बन्दका आयोजकलाई मनमनै धन्यवाद दिँदै आफ्नै टेबलको कम्प्युटरमा औँलाहरू नाच्न थाले–
“के अब साँच्चै पत्राचार बन्द गर्ने ?”
“होइन ।”
“तिमीले अनौपचारिकताका सबै ढोका बन्द गर्न थाल्यौ, त्यसैले ।”
“मेरो समर्पणभाव शब्दमा व्यक्त गर्न असमर्थ छु ।”
“हिजो तिम्रो पत्र आएपछि दिनभरि निकै गाह्रो भयो, मन बुझाउन सकिनँ । तिमीलाई सम्झिरहेँ ।”
“मन बुझाउनु पर्छ, नत्र ठूलो दुर्घटना हुनसक्छ ।”
यसैबेला सुब्बा केही काम लिएर आयो र भन्यो– “म्याडमसँग केही सानो कुरा गर्नु थियो ।”
“के कुरा ?” – मेरो स्वरमा अलिकति रूखोपना मिसिएको थियो । उसले आफ्नो स्थायी नियुक्तिका लागि अनुरोध गर्दै बिन्ती बिसायो । मैले उसलाई आश्वासनका दुई÷चार वाक्य पस्केर बिदा गरेँ ।
उसले कम्प्युटर अफ गरेछ ।

एक हप्तापछि उसको एउटा लामो पत्र आयो । त्यसमा उसको प्रेम, त्याग, समर्पण, विश्वास, शङ्का, यौन आदिदेखि पारिवारिक र व्यक्तिगत कुरा पनि थिए । अब चाहिँ उसले मलाई पूरा विश्वास गरेजस्तो लाग्यो । नभए किन खुल्थ्यो यसरी ? मेरो मन हलुका भयो ।
त्यसपछि हामी गाढा हुँदै गयौँ । तनले, मनले, भावनाले, विचारले र हाम्रा शब्दहरूले, हामीले अब ‘तपाईं’ बाट ‘तिमी’ मा संवादहरू साटेका थियौँ ।

उसको र मेरो भेट काठमाडौँको एउटा सेमिनारमा भएको थियो । हाम्रो मन्त्रालय अन्तर्गतका केही अधिकृतहरूको विशिष्ट सेमिनार थियो त्यो ।
ऊ पश्चिम नेपागञ्जको तातो गर्मी छल्दै सहभागी हुन आएको थियो भने म पनि जनकपुरको तातो गर्मी झेल्दै सहभागी हुन आएकी थिएँ । तराईका जिल्लाको शैक्षिक सुधार सम्बन्धी सेमिनार भएकाले तराईका शिक्षा कायालयहरूमा कार्यरत अधिकृतहरू मात्र त्यहाँ सहभागी थियौँ ।
सेमिनारको पहिलो दिन नै किन हो, मलाई ऊ अरूभन्दा बेग्लै लाग्न थाल्यो । छलफलमा उसले उठाएका प्रश्नहरू अत्यन्त गम्भीर, उच्च किसिमका र तार्किक हुन्थे । ऊ प्रायः छलफलमा बढी सहभागी हुन्थ्यो र अनेक तर्क गथ्र्यो । म प्रायः बोल्दिनथेँ ।
भोलिपल्टदेखिको समूहगत छलफलमा पनि सौभाग्यले ऊ र म एउटै समूहमा प¥यौँ । दशजनाको समूहमा महिला म मात्र थिएँ । साथीहरूले समूहको नेतृत्व मलाई गर्न भने तर मानिनँ र भनेँ– “यसको नेतृत्व सरोज सरले लिनुहुन्छ ।” यो कुरा मैले अलि जोड दिएरै भनेकी थिएँ । यसरी ऊ हाम्रो समूहको नेतृत्व गर्ने व्यक्ति भयो ।
विषयगत छलफल, समस्या, निष्कर्ष, प्रतिवेदन आदिमा किन हो मेरो ध्यान जानै सकेन । आँखा बचाएर म उसलाई हेर्थेँ र प्रायः म उसको सामुन्ने भएर बस्थेँ । कतिखेर मेरो मनले म सरकारी कार्यालयकी अधिकृत हुँ भन्ने पनि बिर्सन्थ्यो । साथीहरूको प्रतिक्रिया पनि आउन थाल्यो–
“बिन्दु म्याडम त कत्ति पनि बोल्नुहुन्न नि किन हो ?” हाम्रो समूहमा अर्को महिला साथी नभएर अप्ठ्यारो लाग्यो र ?
उनीहरूको कुराले म झसङ्ग भएँ र आपूmलाई कृत्रिम सहज बनाउन खोज्दै भनेँ–
“होइन, होइन, त्यस्तो अप्ठ्यारो लागेको छैन ।”
बिचबिचमा उसका आँखा मतिर केन्द्रित भएको आभास पनि पाएँ । अन्तिम समापनको दिन कताकता नमीठो किसिमले बिझाउन थाल्यो । हाम्रो प्लेनका टिकटहरू पनि आइसकेका थिए ।
मलाई किन हो उसलाई एकान्तमा भेट्न मन लाग्यो । धेरै अनुकूल मिलाएर उसँग थोरै समय मागेँ । मीठो मुस्कानको गुलाबपत्रे अस्त्र फ्याँकेर ऊ मनेर आइपुग्यो । ऊसँग धेरै कुरा गर्छु भनेर बोलाएकी थिएँ । केही बोल्न सकिनँ । उसले मेरो अनुहारको भाव पढ्यो होला ।
भैले भनेँ– “सरको तार्किक शैली मलाई निकै मिठो लाग्यो ।”
उसले मुसुकक हाँसेर ‘धन्यवाद’ मात्र भन्यो । मैले उसको फोन नम्बर मागेँ । उसले पर्सबाट टिलिक्क टल्कने भिजिटिङ्ग कार्ड दियो ।
भिजिटिङ्ग कार्डको प्रत्युत्तरमा मैले डायरीको पाना च्यातेर फोन नम्बर दिनु पर्दा म अलिकति भत्केँ । अब मैले उसको फोन नम्बर मात्र होइन, इमेल एडे«स पनि पाएकी थिएँ । सामान्य औपचारिक कुराकानीपछि ऊ विदा भएको थियो ।

यसरी भएको थियो हाम्रो परिचय, उससँगको प्रथम साक्षात्कार ।

त्यसपछि क्रमशः औपचारिक इमेल र पत्राचार हुँदै अनौपचारिक पत्र र इमेलका गहिराइहरूमा हामी डुबुल्की मारिरहेका थियौँ । छोटोछोटा एस.एम.एस. च्याटिङ्गहरू त छँदै थिए ।

उसको प्रेममा म यसरी पग्लेँ–
मैले म एउटी आदर्श पतिव्रता पत्नी हुँ भन्ने बिर्सेँ ।
म तीन सन्तानकी आमा हुँ भन्ने बिर्सेँ ।
म पारिवारिक दायित्व लिएकी नारी हुँ भन्ने बिर्सेँ ।
म एउटा सरकारी कार्यालयकी हाकिम हुँ भन्ने पनि बिर्सेँ
र अहिले म कुनै बीस वर्षीया चञ्चले युवतीभैmँ उससँगको अभौतिक मायाको आत्मसन्तुष्टिमा आपूmलाई हराइरहेकी थिएँ ।

राम्ररी नबोलेको र एकपटक मात्र देखेको मान्छेसँग पनि यति धेरै माया बस्दोरहेछ । म भावुक भएर सोच्न थालेँ– उसले फेरि कतै, हामी अनौपचारिकतातिर फर्कौ भन्ने त होइन ? भन्ने सोचाइले मन पीरो भयो । अमिलो भयो ।

आज फेरि के भयो ? मन थाम्न सकिनँ । आज उहाँ पार्टीमा खाएर आउनुभएकोले मस्तसँग घुरेर निदाइरहनु भएको थियो । यही मौका छोपेर म पनि सुटुक्का सिरक पन्छाएर कम्प्यटुरको टेबलतिर गएँ । यो साइबर दुनियाँ नभएको भए कसरी गहिरो हुनु हाम्रो प्रेम ?
अनि मेले खोलेँ । हेरेँ– उसले एउटा कथा लेखेर पठाएको रहेछ । कथा लामो थियो । साइबर प्रेमसम्बन्धी । कथाको शीर्षक थियो– ‘उत्तरआधुनिक प्रेम ।’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु