बिम्बका पहाड र बौद्धिक चेतनाका कविता

- दीपक सुवेदी

वि.सं. २०२२ सालमा ओखलढुङ्गामा जन्मिएका कवि नरेश सुनुवार २०५३ मा हङ्कङ प्रवेश गरेका हुन् । कवि नरेश सुनुवार स्कुले जीवनमा नै कविता लेखेर साहित्यमा प्रवेश गरेको बताउँछन् । बौद्घिक चेतना र नवीन सिर्जनशीलताका धनी कवि सुनुवारको जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले कविता संग्रह सृजनशील साहित्य समाज, हङ्कङद्वारा प्रकाशित छ ।
कवि सुनुवारको यस जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले भित्र एउटा नेपाली पात्रले वर्तमान विश्वको महानगरीमा भोगेको वा अनुभव गरेको जीवन छ महलबाहिर म मा । डायस्पोरिक संस्कृतिमा, यान्त्रिकताले उम्लिएको महानगरीमा एक टाढाको देशमा एक भिन्न संस्कृति र परिवेशमा जीवन जिइरहेका जीवनहरmको कविता छ समयले घिसारेर जिन्दगी झुत्रो छ– तर छ ।
डायास्पोरिक चेतना र अनुभव भयप्रद पनि हुन्छ । यसले जीवनलाई सधैँ असुरक्षा बोध गराइरहन्छ । भाषामा, संस्कृति– संस्कारमा, प्रतिस्थापन आदि हङ्कङको मौसम कवितामा । हङ्कङको मौसम कवितमा संवेदनाहीन हङ्कङको भीडबाट आत्तिएर आफ्नो गाउँको सम्झनामा काल्पनिक भावहरू व्यक्त गरिएका छन् । दोकानमा झुन्डिएको अस्तित्वको तक्मा र मेरो नामको आतङ्क कवितामा नेपालीको मानवता मूल्यहीन भएको विचार व्यक्त गरिएको छ । त्यस्तै उदाउँदा उदाउँदै खसेको चम्किलो तारा र...... मा कुलदीप सुनुवार माथि कविका विचारहरू लेखिएका अनि हिउँ खोला र जिन्दगी हो आदि गरी तेह्रवटा कविताहरू संकलित छन् ।
यन्त्रका भरमा कुध्ने मानिसको समय कसरी बितिरहेछ । सपना र सम्झना उनेर कुदिरहेको अवस्थाको चित्रण यसरी गरेका छन्
भीडहरूमा हराउँदा
लाग्छ महासागरमा जहाज हराएजस्तो
जो अस्तित्वहीन भएजस्तो
आफैँले आफैँसँग संवाद गर्दै
(समयले घिसारेर जिन्दगी झुत्रो छ –तर छ, ५९)
पहाड प्रतिरोध, जीवन सङ्घर्षको र अटल आस्थाको प्रतीक हो । पहाडको प्रतीक भएर जीवन रहेको छ । नास्तिक अस्तित्ववादीहरm आफूभन्दा पूर्ववर्ती आदर्शवादीहरm झैँ मानवजीवन र जगत्लाई सार देख्दैनन् । यिनीहरm जीवन र जगत्लाई सारहीन र विसङ्गत देख्दछन् अनि मान्छेलाई आफ्नो अस्मिता रक्षा गर्न विसङ्गतिका विरmद्घ निरन्तर सङ्घर्षरत रहने मूलमन्त्र पनि दिन्छन् । यसरी नै कविलाई ऋतुचक्रहरm भोग्दै अस्तित्व खोज्नु छ मस्तिष्कबाट जसरी ज्वालामुखीले पनि अस्तित्व खोज्छ । पहिचान खोज्दछ । यौटा मान्छेको स्वरmपभित्र ड्राकुलाको विचार कवितामा वर्तमान विश्वमा परिचयहीन स्थिति भोगिरहेको कविको दार्शनिक चेत छ ः
घाम फुटेर
उदाइरहन्छ वरिपरि
चेतना फिँजिन्छ शिविरहरmमा ।
राँकुदेलेको अनुष्ठान र जिन्दगी लिखुजस्तोमा गौरीशङ्कर, चोमोलोङ्मा र रोल्वालिङको हिउँको, सेक्सेले ले ले मा पहाडी परिवेश, दोकानमा झुन्डिएको अस्तित्वको तक्मा र मेरो नामको आतङ्कमा बम्बै र खाडीको परिवेश आएका छन् । विषयवस्तुको छनोटमा आँखा, मन र दिमाग तीनवटै अङ्ग सक्रिय भए पनि यहाँ भने नरेशको दिमाग बढी सक्रिय भएको पाइन्छ ।
कविता सिर्जना कर्मसँग सम्बन्धित अनेक विवेच्य विषयवस्तु छन् । कविता समय र समाजको साक्ष्य प्रसङ्ग र कविको वैयक्तिक अनुभूति पनि भएकाले कवितामा भयावह परिस्थितिको चित्र, अनिश्चित जीवन, द्वन्द्वको च्यापमा परेको निरीह देश, संकटग्रस्त सपनाजस्ता विषष वस्तुलाई प्रभावकारी रmपमा उभ्याएका छन् । कविले भोगेको समय, कविको सानिध्यमा रहेका मान्छे, कविका सपना आदि क्रियाप्रतिक्रियाहरm छन् । त्यसैले कवितामा कवि सुनुवार वर्तमानप्रति संवेदनशील छन्, जीवन र जगतप्रति सचेत छन् ।
कविता मार्फत कविले आदिवासी जनजातिको जीवनबाट प्रतीक र बिम्बहरू लिएर कविताका माध्यमबाट बहुलबाद, बहुल संस्कृतिवाद, सहअस्तित्व र समन्वय आवश्यक्ता छ भन्ने उद्देश्य राखेको देखिन्छ । कविहरmमा तात्कालिक समयलाई नाप्ने कल्पनाशीलता, भावना र उच्च मानवीय संवेदनारmपी यन्त्रहरm हुन्छन् । यिनै यन्त्र प्रयोग गरेर कवि नरेश आफ्नो देशको भौगोलिक सीमाभन्दा टाढा, फरक सम्बेदना जन्माउने भूभागमा कवि भएकोले आप्रवासीय विचार र भावनाहरूलाई पनि कविता मार्फत लिपी बद्ध गर्ने पनि उद्देश्य राखेका देखिन्छ ।
यी कविताहरmबाट जिन्दगीको पहाड चढ्दै जाँदा माथि फलैँचामा अस्तित्वको राँकुदेले खाएर हृदय र मस्तिष्कले यतिबेला यो युगमा हामीले बाँचिरहेको सामाजिक जटिलतालाई सेक्सेलेले आवाजले सहज बनाउँदै हङ्कङेली नेपाली साहित्यमा मात्र होइन सिङ्गो नेपाली काव्यको क्षेत्रमा मजबुत पाइलाहरm चालिरहेको दृष्टिबोध गर्न सकिन्छ । वैरागीले भने जस्तै चित्रहरm र अक्षरको संयोजनले लेखेर कवितालाई मूर्तता दिने, आदिवासी मिथक, बिम्ब र प्रतीकका साथमा मातृभाषाका शब्दहरm प्रचूर प्रयोग कवितामा पाइनु नरेशको विशेषता हो ।
साहित्यलाई एउटा विकासशील सत्ताको रmपमा परिभाषित गरिदै आइएको छ । र त हामीलाई लाग्छ– साहित्य कुनै स्थिर र जड वस्तु होइन । यसले आफ्नो युगको नै धुकधुकी छाम्ने गहन दायित्व बोकेको हुन्छ र यसले समयको कसौटीमा आफूलाई उतार्ने क्षमता ग्राहण पनि गरेको हुन्छ । कवि नरेश सुनुवारका कवितामा पनि यी पक्ष प्रकट भएका छन् ।
कवि सुनुवारका स्वभाव र संस्कारमा हुर्र्किएका कविताहरूमा विद्रोह, अराजकता, जातीयता र आप्रवासीय बैचारिक चेतनानै बढी आएका पाइन्छन् । जेआर लोबेल लेख्छन्– ‘कविले पुर्खा र भावी सन्ततिसँग मेल राख्नु पर्छ ।’ नरेशका कविताले जेआर लोबेलको लेखनलाई पुष्टि गर्छ या गर्दैन भविष्यले बताउला । जोन मिल्टनले भने जस्तो कविता कम सूक्ष्म र सुकुमार भए पनि बढी सरल हुन्छ ।
अक्सर कविता जतिजति सरलताबाट असरलता वा जटिलतातिर जान्छन्, त्यतित्यति त्यसले पाठकसङ्ख्या कम पाउँदै जान्छन् र जटिल वा दुरmह वा बुझ्न धेरै दिमाग ख्याउनुपर्ने हँुदैमा तिनीहरmले आफ्नो विशेष महत्व प्राप्त गर्दैनन् भन्ने होइन । तर आदिवासी मिथक, बिम्ब र प्रतीकका साथमा राँकुदेले, ङस, छेक्खुए, बार्चैपुकी, सेंसेन, सेंईसेन जस्ता सनुवार भाषाका शब्दहरू प्रचूर प्रयोग गरेर लेखिएकाले कविता सामान्य पाठकका लागि सरल छैनन्, जटिल नै छन् ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु