विदेश मोह

- जेबी खत्री

कुनै ब्यापार ब्यावशाय गर्न,राम्रो अवसरको खोजीमा लागेको पनि दुई चार वर्ष नै भयो । त्यसो त ऊ राम्रै पढेलेखेको बेरोजगार युवा हो । जागिरका लागि भौतारिएको पनि त्यति नै भयो । के गर्ने भन्ने विषयलाई लिएर उसको मनस्थििति ढलपलढलपल भई रहन्थ्यो । कहिले सानोतिनो भए पनि जागिर नै खाने मनस्थितिमा पुग्थ्यो त कहिले कुनै ब्यापार ब्यावशाय गर्ने निर्णयमा पुग्थ्यो । अहिलेसम्म न त कुनै जागिर छ न कुनै ब्यावशाय नै । फगत बेरोजगार छ ऊ । जागिरकै लागि कुनै पाटीको झोला बोकेर हिँडेन । चुनावमा भोट खसाल्न पनि गएन । कसैलाई भोट यता दिउँ भनेर पनि हिँडेन । राजनीतिमा देखिएको विकृति र विसङ्गतिले अवाक भएको थियो ऊ । राजनीतिका बारेमा अरूका कुरा बढी सुन्न रुचाउँने आफू कम बोल्ने गथ्र्यो ।
बुबा गाउँको पुरानो हाइस्कुलका प्रधानाध्यापक परिवार ठूलो । बुबाको जागिर पछाडीको समय मैनामारी केही पेन्सन आउँथ्यो । त्यो यता र उता चुँड्दा केही घर खर्च धान्न पनि मुस्किल हुँथ्यो । परिवारका अन्य सदस्यहरू पहाडमै बस्थे । तराइमा पनि सानो घर थियो । बुवाले जागिर खाँदा बँचेखुँचेको पैसा र आमाले खेती किशान गरेर जोडजाम गरेको पैसाले किनेको थियो । आमाको जागिर नभए पनि गाउँमै सानोतिनो खेतीपाती थियो । खेतीपाती भए पनि पहाडको बिकट ठाउँ पहाडदेखि खानेकुरा ल्याउँन सम्भब थिएन । मधेशमा बस्नेका लागि मधेशमै किन्नु प¥थ्यो । त्यसका लागि खटाएर पहाडबाटै खर्च आउँथ्यो । त्यसैले पु¥याउँनु प¥थ्यो ।
आजको महङ्गी कहिले त तरकारी किन्ने पैसा नपुगेर श्रीमतिको भनाई खप्नु प¥थ्यो । बुबा एक जनाको जागिर । दुईतिर परिवारको वसाइ । त्यो पनि आजको आकासिँदो महङ्गी । कहिले बुबा आमाको,कति पैसाले पनि पु¥र्याउँदैनौ किन ? भन्ने जस्ता खप्कि खानु पर्ने । अब त आफूले पनि केही गर्न सक्नु पर्ने आदि जस्ता भनाई सहनु प¥थ्यो । मैनामारी बिजुलीको बिल आउँछ । खाने पानीको बिल आउँछ । मोबाएलमा रिचार्ज कार्ड हाल्नै प¥यो । दुबैको हातमा मोबाएल छ । नेटको पैसा महिनामा पाँच सात सय तिर्नै प¥यो । घरमा डिसहोम जोड्न मन छ । सकेको हैन । ल्याण्ड लाइनको फोन जोड्न बाँकी नै छ । जब खाना बनाउँने बेला भयो त कहिलृे बनाएर खाने बेलामा बत्ति जान्छ । बत्ति आएपछि खाउँ भने तीन चार घण्टापछि आउँछ । एउटा सोलार नभए इन्भायटर राखौं न त भन्दा तीस पैंतीस हजार लगानी लाग्छ । नराखौं त अरू बेला त ल जसोतसो गरौंला । पाहुनापात आएको बेला पाहुनाले पनि एउटा इन्भायटर त राख्नै पर्ने रहेछ,भनेर जान्छन् । यी सब कुरा पुरा गर्न त गाह्रै छ । निकै हुने खानेको घरमा त कुनै न कुनै कुराको अभाव खड्कि रहेको हुन्छ । उपयोग नगरौं त समयको माग आजको अति आवश्यकता नै भइसक्यो । नहुनेले पनि जसरीतसरी जोडजाम गरेर भए पनि घरमा बत्ति,पानी,फोन जोेडेकै छन् । टि.भी. हेरेकै छन् । एउटा कम्प्यूटर नभए ल्याप्टप चलाएकै छन् । सवारी साधन घरमा एउटा हुनै प¥यो,प्रायःहरेक सदस्यले जनङे हातमा एउटाएउटा मोबाएल बोकेकै छन् । मिठै खाएका छनु । राम्रै लाएका छन् । पुगेकै छ । समयले ल्याएको आवश्यकता समयले नै पूरा गर्दो रहेछ कि क्याहो कुन्नि । पहिले यी कुनै कुरा नहुँदा पनि जिविका चलेकै थियो । अब अहिले त टि.भी. पनि एलसिडि,एलइडि,हुँदाहुँदै एलजी अरे के के हो के के राखेकै छन् । आफ््रनो औकातले नभ्याए पनि जसरीतसरी चलेकै छन् । आफ्नो औकातले नभ्याए पनि चाहना भएपछि भए नभए जसरीतसरी राखेकै छन् । धेरै जसोको त घरको एक,दुई जना नै विदेश कमाउँन गएका छन् । उताबाट दाम आउँछ । विदेश पनि नजाने र काम पनि नपाएका,घरको आर्थिक अवश्था पनि कमजोर हुनेहरूकालागि त कति अत्यास लाग्दो छ जिन्दगी । पश्चिमबाट कमाएर ल्याएको पैसा पश्चिमतिरै जाँदो रहेछ कि क्याहो बगेर पानी जस्तो । विदेशीे पनि नेपालीहरू कमाउँन विदेश जान थालेपछि नै विधुतीय उपकरण दिन थालेका हुन् । यो उनीहरूको व्यापारिक उद्धेश्यनै पो हो कि वा मानवीय उपकरणहरूको उपयोग होस वा सहजता । बामे सर्न थालेको बच्चा पनि मोवाएल हातमा लिएर मुस्कुराउँछ । टुकुटुकु हिँड्न थालेपछि फोन, कम्प्प्यूटर चाहिँन्छ । अझ धेरै बच्चाहरू भएको घरमा त कलहको बीउ नै हुन्छ । जनङे चाहिन्छ । त्यति मात्र कहाँ हो र बच्चा जन्मने बेला भो राम्रो हस्पिटल लानु प¥यो । त्यो पनि सरकारी होइन । निजी हस्पिटल त्यहाँ मात्र राम्रोसँग उपचार र रेखदेख हुन्छ । बच्चालाई स्कुल लाउने बेला भयो । सरकारी स्कुलमा राम्ररी पढाई हुन्न । निजी विद्यालयहरूमा । त्यो पनि नाम चलेको स्कुलमा पढाउनु प¥यो । त्यहाँ मात्र पढाई राम्रो हुन्छ रे । छोराछोरी बढ्दै गए । हिड्ने साधन चाहियो । छोरालाई बाइक,छोरीलाई स्कुटी कलेज जाँदाआउँदा अरूका जसरी आउनेजाने सुबिधा हुनु प¥यो । निम्न स्तरको जीवन शैली त कसैलाई पनि मनै पर्दैन । उता श्रीमतीलाई सपिङमा जानु प¥यो,सुपर मार्केट । सोही अनुसारको फेशन । भन्न नसकेको मात्र हो । एउटा गाडी भए सररर आफ्नै गाडीमा चढेर जान पाए कति आनन्द । धन्य आजको समय । पुइसरी आउँदा त ठिकै हो तर पुइसरी नआउँदा त जिउँन धेरै कठिन पो हुने भो त विदेशबाट कमाएर ल्याएको पैसाले कतिञ्जेल चल्नु । आएको केही महिना वा वर्ष त ल मोज गर्न पुग्ला । विदेशबाट ल्याएको थैली रित्तिए पछि त चुच्चे ढुङ्गो उही टुङ्गो त हो ।
बिदेशमा बाबु छ । आफ्ना छोराछोरी र परिवारको दुःख सम्झेर पसिना बगाएर दुई पैसा जोडजाम गरेर घर पठाउँछ । यहाँ श्रीमती ब्वाइफ्रेण्डसँग होटल र रेष्टुरेण्टमा । विदेशमा श्रीमती दुःख गरेर दुई पैसा जोडजाम गरेर घर पठाउँछे । यहाँ श्रीमान् गर्लफ्रेण्डसँग होटल र रेष्टुरेण्टमा । विदेशमा बाबुआमा दुःख गरेर आफ्ना सन्तानको भविश्यका लागि पसिना र रगत बगाएर दुई पैसा जोडजाम गर्छन् । यहाँ छोराछोरी लागु औषधको अम्मलीमा चुर्लुम्म डुब्छन् । हेर विदेशी मोहले ल्याएको पैसा भन्दा ठूलो विकृति ।
हत्तेरी म त उसको कथा लेख्न पो बसेको थिएँ । अब यस्तो आजको समयले ल्याएको सङ्गति भन्दा विसङ्गति र विकृति ठूलो छ । आजको युवा पुस्ता स्वदेशमै केही गरौं भन्दा पनि विदेश जान नै खुट्टा तानिरहेको पाइन्छ । विदेशमा पनि पैसाको बोट त हँुदैन । त्यहाँ गएर पनि दुःख नै गर्ने त हो । पसिना र रगत बराबरी बगाउँनु पर्छ । काम नगरी पैसा पाउँने ठाउँ कहाँ छ ? त्यति मात्र कहाँ हो र कतिले त ज्यानै पनि गुमाउँनु पर्छ । कहीँ काम गरेको तलव नदिने । कहीँ कम दिने । ठग्ने,लुटपाट आदि थुप्रै घटनाहरू सुन्न देख्नमा आएको पाइन्छ । नेपालमा पनि अहिले त पहिलेको भन्दा धेरै अवसरहरू छन् । बीडम्बना आजका युवा स्वदेशमा भन्दा विदेशमै आफ्नो भविश्य देख्छन् । त्यहाँको कमाई,रहनसहन,स्वदेशको राजनीतिक अस्थिरता यहीँ केही गर्छु भन्दा थोरैतिनो लगानि पनि निकाल्न नसक्नु । राज्यले दिनानुदिन विदेशीई रहेको युवा शक्तिलाई स्वदेशमै लगाउँने आकर्षक कार्यक्रम ल्याउँन नसक्नु । यसमा प्रोत्साहन गर्न नसक्नु । हरेक नेपालीको जीवनस्तर माथि उठ्न नसक्नु । छरछिमेक तल्लाघर माथ्लाघर,आफू भन्दा अगाडि पछाडिका साथीसङ्गीले विदेश गएर फर्केपछि गरेको उन्नति, प्रगति र चमत्कारप्रति आँखा गढ्छन् सबैका । विदेशले ल्याएको विकृति र विसङ्गतिप्रति चाहिँ कसैको ध्यान जाँदैन । राम्रो सोच,राम्रो बिचार र राम्रा पक्षहरूलाई मात्र लिने हो र नराम्रा पक्षहरूलाई नलिने हो भने कति राम्रो हुने थियो ।
ऊ सधैं धुम्धुम्ती घरमा बसि रहेको हुन्थ्यो । कहिले छत् माथि उभिएर टाढा कतै हेरिरहेको हुन्थ्यो । कहिले नव दुलहीसँग जोरै वसेर कुराकानी गरेझैं गरिरहेको हुन्थ्यो । म अनुमान गर्थें । सायद आजको महङ्गी र मानवीय आवश्यकतासँग कसरी जुँध्ने र त्यसलाई कसरी परास्त गरेर जिउँने आदि कुरा सोच्दा हुन् । त्यही कुराले पिरोल्दो हो र खट्पटि सहन नसकेर योजना बनाउँदा हुन् । मन भुलाउँन यताउता बाहिर, भित्र टाँढभुइँ गरेका हुँदा हुन् । मलाई यो कुरा अनुमान गर्न गाह्रो थिएन । किनभने मलाई पनि पहिले यस्ता कुराले कम सताएको हैन । यदाकदा कहिलेकाहीँ झ्वास्स अगाडि भेट हुँदा प्रसङ्ग मिलाएर सोधि पनि हाल्थेँ–भाइ पनि विदेश जाने हो ?ऊ मुसुक्क हाँसेर जवाफ दिन्थ्यो–होइन नजाने दाइ भनेर । तर म पत्याउँदैनथें । त्यसपछि हामी आफ्नोआफ्नो धुनमा लाग्थ्यौं । म उसलाई जिउँनोका कुरा उप्काएर झन् बढी चिन्ता थपिदिन चाहँन्नथें । जीवन सङ्घर्षमय छ भन्ने कुरा उसले पनि बुझकै हुनु पर्छ । केही त गर्लान् । बाँच्नु त प¥यो । भोली बालबच्चा हुन्छन् । जिम्मेवारी अझ बढ्छ । खान,लाउँन,पढाउँन बढाउँन आदि प¥यो । केही सोच त अवश्य बनाएका होलान् भन्ठान्थें । दुवै जना पढेलेख्या छन् । सानोतिनो भए पनि दुवैले काम खोजे,भट्टाएर गरे भने जिनेतिने जीवन गुजारा चलाउँछन् ।
एक्कासी ऊ घरमा देखिन छाड्यो । कुनै न कुनै बेला भित्र बाहिर करेसाबारी कहिले छतमा देखिने ऊ देखिन छाड्यो सधैं झैं । मैले ठानें कतै काम पायो होला । अब काममा लागेछ क्यार राम्रै भयो । बिचरा बेरोजगार भएर भौतारिई रहेको थियो भन्ठानें । श्रीमति चाहिँको चुरफुरी देख्दा नेपालको जागिर जस्तो लाग्ने थिएन । यसो छरछिमेकबाट बुझ्दा त अस्ति विदेश पो गइसकेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु