फाली

- बाबुराम पन्थी गुल्मेली

जीवन एउटा फाली रहेछ

हलोमा अड्किजस्तै

घडीको सुइमा अड्किएको फाली

घडीको सुई संगै

पटक पटक भोगाइमा

आर्नेको आरनमा फाली जस्तै

चुटीनु पर्ने , पोलीनु पर्ने ,जोडिनु पर्ने

फेरी आफ्नै आकारमा शान्त हुनु पर्ने

पटक पटक बाँझो खन्जरामा

हलीको चाहनामा जोतीनु पर्ने

हो जिवन साँच्चै फाली रहेछ

जीवन समस्याको नारामा बाँधिएर

अनो समातेर हलीले कुनै बाँझोमा

हलो मिल्क्याउदा ढुँड्गामा अड्किएर

फाली भाँचिए जस्तै

जिवन पनी पटक पटक भाँचिदो रहेछ

घडीको सुईको चक्र संगै

पुन: जोडीदो रहेछ

जिवन आफ्नो काँहा रहेछ र ?

हलीको इशारामा जोतिने फाली रहेछ

जोत्दा जोत्दा आफै खिइएर

एक दिन पुरानो ठुटे हलोको फाली बनेर

उ..पर.. कुनामा थन्किनु पर्दों रहेछ

जस लाई मालिकले नत हलीले खोज्छ

खिया लागेर अस्तित्व बिलाएको फाली जल्तै

आफै लाई थाहा नभै

समयको वेग संगै

जिवन अस्ताउँदो रहेछ ।

जिवन अस्ताउँदो रहेछ ।


तम्घास गुल्मी

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 माघ, 2073

लेखकका अन्य रचनाहरु