गजल

- निलम फुयाल स्पन्दन

जून बनी आउनेलाई बादलले छाएपछि
छर्छु उज्यालो भन्नेलाई अँधेरीले खाएपछि

हुँदोरैछ तुषारापात, स्बर्णिम कल्पनाको
दिन्छु जिवन भन्नेलाई अचानोले भेट्टाएपछि ।

खग्रास ग्रहण भो नियतिको खेल पनि
दृष्टि त्यो नयनको खहरेले बगाएपछि ।

के नै रह्यो र अब, खेलिरहनुको मज्जा
जिताउन्ेले बाजी, आँखा अन्तै सन्काएपछि ।

टिप्छु भन्दाभन्दै बूँद, त्यो सप्तरंगी
पाईला शीतमाथि अर्कैले चलाएपछि ।

लह लह नाचेका इन्द्रेणीका तरेलीमा
चट्याङ् बनी घात, तितो बर्षाएपछि ।

वाटिका ती ओईलाउँछन् विवश भई
कूहू कूहू सुसेलीमा वनले भाका लाएपछि ।

हुरी चल्दैछ रे आजकाल मनमा ती रविको
छर्छु उज्यालो भन्नेलाई अँधेरीले खाएपछि । ।


धरान २३, पानबारी

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2073

लेखकका अन्य रचनाहरु