यस्तो विपत् त शत्रुलाई पनि आइनलागोस्

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

कुनैकुनै बेलाका घटना विपनामा त के कुरा सपनामा पनि सम्झन मन लाग्दोरहेनछ । तिनलाई जति बिर्सू“ भने पनि बिर्सनै नसकिने रहेछ । त्यस्तै घटना हो २०७२ साल वैशाख १२ गते शनिवार ११.५६ बजे आएको महाभूकम्प । नेपालको इतिहासमा एउटा भयानक कालो क्षण, नेपाली धर्ती सारै रिसाएको बेला । त्यस दिन बिहान मेरो घरमा बेलायतबाट आएका साहित्यकार सुमलकुमार गुरुङस“ग बिहानभर विश्वसाहित्य एवं नेपाली डायस्पोरा साहित्यबारे छलफल गरियो र ११ बजेतिर खाना खाइयो । उनलाई बिदा गरी ओछ्यानमा ढल्किएर टिभी खोलेको मात्र के थिए“, प्रकृतिले उत्पात मच्चाइहाल्यो । घटटट... आवाजका साथ एक्कासि घर हल्लिन थाल्यो, घर के भनु“ पृथ्वी नै हल्लिन थाल्यो । हत्तपत्त उठेर मुस्किलले ढोकासम्म पुगियो । ढोकाको चौकोससमेत समाउन सकिएन, एकातिर समाउन खोज्दा अर्कातिर र पुनः समाउन खोज्दा अर्कातिर... डोरीले कोक्रो हल्लाएजस्तो... । बल्लतल्ल चौकोस समातियो र आपूm पनि चौकोसस“गै यता र उता... । क्षणभरमा यस्तो घटना घट्यो कि त्यतिखेर के भयो कसो भयो भनी शब्दमा व्यक्त गर्नै कठिन छ । वास्तवमा अप्रत्यासित रूपमा सारै ठूलो आपत एक्कासि आइलाग्यो भने मानिस मस्तिष्क शून्यप्रायः हु“दोरहेछ । त्यस्तो बेलामा मन, मस्तिष्कले कामै गर्दाेरहेनछ, कुनै सोचाइ नै आउ“दो रहेनछ ।
एक मिनेटजति (५६ सेकेन्ड) पछि कम्पन केही मत्थर भयो र हत्तपत्त बाहिर निस्किइयो । बाहिर खेतमा निस्किएर बल्ल घरका अरू सदस्य कता छन् भनी खोजियो । बुढी र ठूली छोरी विभु घरभित्रै रहेछन् । उनीहरू पनि असिनपसिन गर्दै बाहिर आए । सानी छोरी ऋभु घरमा थिइन । केही बेरमा दौड“दै आइपुगी । सामान्य बेलामा चन्द्रमा खसाइदिन्छु भन्नेले पनि आपत्का बेला सम्झिने आपूmलाई मात्र हो । सा“च्चै भनौ“ भने आपत्का बेला सबैले गर्ने माया भनेको आपैm“लाई मात्र हो अरू त पछि मात्र सम्झिइन्छन्... ।
परिवार एकत्रित भइसकेपछि अलि ढुक्क भइयो र चारैतिर आ“खा डुलाइयो । जताततै धुलाले कुइरीमण्डल... । नैकापपारिपट्टिको पुलडोल डा“डो धुलाले ढपक्कै ढाकिएको देखियो । धुलाको मुस्लो उडेको देख्दा भूकम्पको केन्द्रबिन्दु नै त्यही“ परेछ र त्यो डा“डो पूरै भत्किएछ जस्तो लाग्यो तर केन्द्रबिन्दु गोर्खाको बारपाक भन्ने ठाउ“मा भएको कुरा पछि थाहा भयो । चारैतिर त्यत्तिकै धुलो उड्याउड्यै छ । चराचुरुङ्गी अतालिएर आकाशमा रङ्मङ्गिरहेका छन् । कुकुर रोइरहेका छन् । सर्प आत्तिएर बाहिर निस्केका छन् । वातावरण पूरै कहालिलाग्दो छ । सर्वत्र सन्नाटा छाएको छ । वरपरका सबै मानिस घरबाहिर खेतमा उभिएका छन् । कसैको बोली फुटेको छैन । किंकर्तव्यमूढ छन् । भूकम्पको धक्का रोकिएको छैन आएको आयै छ । केही क्षणपछिदेखि मानिसहरू आफन्तस“ग सम्पर्क गर्न प्रयास गर्न थाले तर कसैका मोबाइल कतै लागेन । घरका ल्यान्डलाइनमा घन्टी बजिरहेका छन् । घरभित्र पस्ने कुरै भएन । जीवनमा अनेक सङ्कट बेहोरियो तर यस्तो अद्भुत अनुभूति कहिल्यै गरिएको थिएन ।
धरहरा ढल्यो रे, काष्ठमण्डप लड्यो रे, दशरथ रङ्गशाला भत्कियो रे, काठमाडौ“ सहर ध्वस्त भयो रे जस्ता रेरेका हल्ला हावासरि पैmलिए । कतै फोन सम्पर्क नहु“दा पनि यस्ता हल्ला कसरी आए भन्ने कुरा अनौठै थियो । एक कान दुई कान मैदान भनेको यस्तै होला ।
यत्तिकैमा कीर्तिपुर नया“बजारको गेट भत्किएर गाडीलाई किच्यो रे, गाडीका मान्छे पनि मरे रे भन्ने हल्ला आयो । त्यतिखेर मलाई त्यतैतिर दौडिने विचार आएछ । म कसैलाई केही नभनी दौड“दै नया“बजारतिर लागे“ । अरू केही मान्छे पनि पछिपछि लागे । कसैको कसैस“ग बोलचाल गर्ने मनस्थिति छैन । नया“बजार नजिकै ग्यारेजका छेउको बाटो पूरै चिरिएको रहेछ । त्यहा“बाट फर्केर अर्काे बाटो जा“दा धेरैबेर लाग्ने ठानी त्यही“बाट दौडिएर पार गरियो । बाटैमा त्रिविका उपकुलपति डा. हीराबहादुर महर्जनस“ग भेट भयो । उनले त्रिवि केन्द्रीय कार्यालय भत्कियो भन्ने हल्ला आएको कुरा सुनाए । केन्द्रीय कार्यालय एक तला पूरै भासिएछ । कस्तो विचित्र... ∕
म त्यहा“बाट पनि दौड“दै नया“बजार पुगे“ । त्यहा“को गेट यथावत् उभिएको देख्दा केही ढुक्क भइयो । त्रिवि परिसरतिर अगि बढ्दै जा“दा तीनकुनेको गेट ढलेको देखियो । त्यसले एउटा पिकअप भ्यान कच्याककुचुक पारेछ । गाडीमा तीनजना रहेछन् । अगिल्लो सिटमा बसेका दुईजना घाइते भएछन् । पछिल्तिरको सिटमा बसेको मान्छे ठाउ“को ठाउ“ खुत्रुक्कै... । त्यो दृश्यले मुटु चसक्क ग¥यो । पुलिस स्काभेटरले बाटो पन्छाउ“दै थिए । घाइतेलाई अस्पताल पठाइसकिएको थियो । लास सडक छेउमै लडाएको थियो । ज्यान पनि सारै मोटो रहेछ । धनकुटातिरबाट घुम्न आएका रे भन्ने कुरा सुनियो । कस्तो दुर्भाग्य भनौ“ वा संयोग नै भनौ“ । एक सेकेन्ड मात्र यताउता भएको भए त्यहा“ कसैलाई केही हुने थिएन । लेखान्त हो कि संयोग ?
त्यो स्ववियुले बनाएको गेट रे । वास्तवमा त्यो गेट बनाउने ठाउ“ नै थिएन । यही दुर्घटना निम्त्याउन बनाएजस्तै भयो । त्यसमा जग फिटिक्कै रहेनछ । सदाचारको खडेरी लागेपछि कसको के लाग्छ र ? विद्यार्थीसमेत भ्रष्टाचारमा संलग्न भएपछि ∕ राजनीतिकर्मी र कर्मचारीतन्त्र भ्रष्टाचारको दलदलमा फसेको त सर्वविदितै छ तर विद्यार्थी भ्रष्टाचारमा फसेको चाहि“ त्यही गेटले देखाइरहेको थियो ।
यी सब घटना आधा घन्टा बीचका हुन् ।
त्रिवि परिसरभरि मान्छेको घुइ“चो छ । म त्यो घुइ“चो छिचोल्दै दौडिएर घर आइपुगे“ । वरिपरि टोलछिमेकका केटाकेटी, बुढाबुढी सबजना मेरै घरअगाडि खेतमा जम्मा भएका रहेछन् । सुत्केरी महिला रोइरहेका छन् । बच्चाको त के कुरा भयो र ? सबलाई सम्झाउ“दै हैरान । अरू कसैको पनि बोली फुटेको छैन । भूकम्पको धक्का निरन्तर छ ।
एक्कासि सारै ठूलो आपत आइलाग्यो भने दिसापिसाब पनि आएको आयैजस्तो हुनेरहेछ । जाने ठाउ“ कतै छैन । घरभित्र पस्ने कुरै भएन... । धत्तेरी... कस्तो आपत्... । बुढाबुढी र केटाकेटीलाई त खेतको एउटा कुनामा पिसाब गराइयो, आनो भने कन्तबिजोग ।
अब मोबाइल अलिअलि चल्न थाल्यो र आफन्तस“ग सम्पर्क हुन थालेपछि केही चहलपहल बढ्यो । आफन्तजन सकुशल रहेको थाहा पाएपछि अलि होश खुलेकोजस्तो भयो ।
भूकम्प कति रेक्टर स्केलको हो भन्ने पनि टुङ्गो भएन । ८.२, ८.१, ७.९, ७.८, ७.६ आदि अनेक हल्ला आए । पछि ७.८ भन्ने टुङ्गो लाग्यो । गणितमा यसको मापन जति भए पनि उत्पात मच्चाइहाल्यो, जनधनको नोक्सान कति पु¥यायो कति । घरको छेउछाउ छोडेर सारै टाढा जानसकिने अवस्था नभए पनि एकै ठाउ“मा बस्न पनि सकिएन । चक्रपथसम्म पुगेर फर्कने विचार गरी हामी दुईतीनजना ओरालो लाग्यौ“ । कुशेश्वर महादेवथानका छेउमा बनाएको घर लगभग ध्वस्त भएको देखियो । अलिक तल बल्लभमणि दाहालका घरको छेउछाउका घर जगैदेखि अत्यधिक चर्किएका रहेछन् । केही त ढलेका पनि । यी सब हृदयविदारक दृश्य हेर्दै चक्रपथ पुगेर चल्तीको बाटो घरतिर फर्किइयो । त्यहा“ नजिकै एउटा चाइनिज इ“टाको घर सिसाभैm“ चर्किएको र त्यसका अगिल्तिरको सरदारजीको चारतले घर पूरै भत्केको देख्दा आ“खाबाट अनायास आ“सु आएछ । स्टोरका रूपमा प्रयोग गरिएको त्यस घरमा भ्याकुम क्लिनरलगायतका अनेक सामग्री यत्रतत्र छरिएको देख्दा निकै विरक्त लाग्यो । धन्न त्यतिखेरसम्म कसैले लगेका चाहि“ रहेनछन् । पछिको त कुरै नगरौ“ । यी सब कारुणिक दृश्य हेर्दै हामी घरका छेउमा आइपुग्यौ“ ।
क्रमशः रात पर्दै गयो । अब खेतमा जम्मा भएका मान्छेलाई के खुवाउने भन्ने समस्या आइलाग्यो । म एकजना छिमेकीलाई लिएर खानेकुरा खोज्न हि“डे“ । वरपरका पसल सबै बन्द रहेछन् । केही खुलेका पसलमा पनि चाउचाउ, चिउरा, बिस्कुट केही छैन । टाढा जाने आ“ट छैन । एकजनालाई फकाएर पसल खोल्न लाइयो र भएभरका चाउचाउ, चिउरा, बिस्कुट बोकेर आइयो । पानी तीन जार मात्र रहेछ त्यही ल्याइयो । आतङ्कित भएका सबैलाई जुस खुवाउ“छु भनेर फकाएको थिए“ तर नजिकै जुस पाइएन । अलि टाढै गएर जुस ल्याई खुवाए“ । सबका अनुहार केही क्षण उज्यालिए । सबले चिउरा दालमोठ यति मिठो मानेर खाए र खाइयो । वास्तवमा छाकै टार्ने गरी जीवनमा पहिलो पटक यसरी चिउरा दालमोठ खाइएको थियो ।
अब रात कसरी काट्ने भन्ने पिरोलो हुन थाल्यो । पाल खोज्न यताउता गइयो तर कतै पाइएन । मैले पहिले घर बनाउ“दा किनेका दुईवटा पाल थिए तर ती पनि कहा“ हो कहा“ ? पाल खोज्न आ“ट गरेर माथिल्लो तलाको स्टोरमा गइयो । पाल फेला पारियो र निकालियो । डोरी नभेट्टाएर टेलिफोनको तारले पाल टा“गियो तर हावाहुरी र पानीले उत्पात मच्चाइहाल्यो । कसैको केही लागेन । एकातिर भूकम्प, अर्कातिर हावाहुरी र पानी ∕ बाफ रे बाफ प्रकृतिको आक्रोश पनि ∕ प्रकृतिस“ग कस्तै मै हु“ भन्नेको पनि केही नलाग्ने । अब खेतमा बस्न नसकिने भइयो । केहीलाई छिमेकीको सटरमा र केहीलाई बरन्डामा बस्न कन्भिन्स गरियो । सुरुमा त मानेनन् तर विकल्प नभएपछि के गर्ने, सबैले त्यसै गरे । हामी आनै घरको भुइ“तलामा बस्यौ“ । सबैलाई घरको ढोका र बाहिरी गेट नलगाई बस्ने, भूकम्प आएमा नदौडिने बिस्तारै बाहिर निस्कने भनियो र त्यसै गरियो । छिनछिनमा भूकम्प आएको आयै... । रातभर भित्रबाहिर गर्दै लामखुट्टेलाई टोकाउ“दै बिताइयो । बत्ती नभएकाले सबतिर अन्धकार छ । आ“खा झिमिक्क नगरी उज्यालो भयो ।
अर्काे दिन बिहान घरभित्रबाट सामान ल्याएर बाहिरै पकाउने भन्ने पनि सोचियो तर त्यसो गर्ने हिम्मतै आएन र चिउरा दालमोठमै गुजारा चलाइयो । दिउ“सो १ बजेतिर म एकजना छिमेकीलाई लिएर गफ गर्दै त्रिवि परिसरतिर लागे“ । हामी केही पर पुग्नेबित्तिकै कुखुरो बास्यो । घडी चरो भनिने कुखुरो बास्ने निश्चित समय हुन्छ जुनसुकै बेला कुखुरो बास्दैन । बेला न कुबेला कुखुरो बास्नु शुभसङ्केत होइन भन्ने ठानिन्छ । हामी यस्तैयस्ता कुरा गर्दै गोलघरनिर पुगेका मात्र के थियौ“ एक्कासि ठूलो आवाजका साथ पृथ्वी हल्लियो, धा“जा फाटेर पृथ्वी नै उलटपलट होलाजस्तो गरी । हामी दुईजना एकअर्कालाई समातेर उभियौ“ । छेउमा एउटा ट्रक थियो । त्यो पल्टि“दै उठ्दै गरेजस्तो लाग्थ्यो । कम्पन केही रोकिएपछि हामी घरतिरै फर्कियौ“, सब आतङ्कित । भूकम्पको मापनमा पनि अनेक कुरा आए । ६.४ रेक्टर स्केलमा टुङ्गो लाग्यो । यसपछि त कुखुरा, काग, कुकुर आदि जे कराए पनि सब आत्तिन थाले । भूकम्प आउने सङ्केत मानिसले भन्दा पहिले जनावरले थाहा पाउ“छ भन्ने कुरो सत्यजस्तो लाग्यो ।
विश्वविद्यालय एक हप्ताका लागि बन्द गरियो । त्रिवि परिसरभरि पालैपाल टा“गिएका थिए । त्रिवि परिसर मात्र के नेपाल नै पालमा परिणत भयो । घडी भवनलगायतका अन्य भवनका बाहिर बरन्डामा खुट्टो राख्ने ठाउ“ थिएन । सब मान्छे भरिभराउ । भूकम्प आएका बेला त्यहा“बाट भाग्दा कतिले खुट्टा भा“चेछन् कतिले मर्काएछन् । तिनको औषधोपचार गरियो ।
त्रिवि केन्द्रीय कार्यालय भत्किएको प्रकृति हेर्दा त्यसले भ्रष्टाचारको उत्तम नमुना प्रस्तुत गरेको देखिन्छ । त्रिविका अरु थुप्रै भवनहरू पनि भत्किएका छन् र सबैजसो कार्यालयहरू अनेकतिर सारिएको छ । यहा“को सर्वाधिक महŒवपूर्ण ठाउ“ केन्द्रीय पुस्तकालयमा ठूलै क्षति पुगेको भए पनि सबजना मिलेर पुस्तक नष्ट हुनबाट जोगाइयो ।
बत्ती छैन । सबतिर अन्धकार छ । मकहा“ इन्भर्टर भएकाले सबका मोबाइल चार्ज गर्ने ठाउ“ बन्यो । खुर्र आयो चार्जमा राखिदियो दौड्यो अनि केही समयपछि खुर्र आयो मोबाइल बोक्यो कुद्यो । धन्न तीन दिनसम्म सबका मोबाइल चार्ज गर्न पुग्यो । तीन दिनपछि बल्ल बत्ती आयो ।
हामी भाते नेपाली । राम्ररी भात नखाएको पनि तीन दिन भइसकेको थियो । डराइडराई मौका छोपेर घरभित्र पसी भात पकाइयो र बाहिर लगेर खाइयो खुवाइयो । यसअगि एकदिन छिमेकीले गुन्द्रुक भात खुवाउ“दा अमृतजस्तै भएको थियो ।
धरहरा ढल्दा थुप्रै मानिसको ज्यान गयो । धरहरा ढलेको देख्दा मेरो आस्थाको धरोहर ढलेजस्तो लाग्यो । यो हाम्रो ऐतिहासिक सम्पदा र राष्ट्रिय पहिचान थियो । प्रतिगामी पञ्चायतले गरेको भन्दा भिन्न काम गर्नुलाई अग्रगामी भन्ने लि“डेवृत्तिले यसमा मान्छे चढाउन ठेक्का दिइयो । मैले त निकै पहिले नै सार्वजनिक रूपमै यसमा मान्छे चढ्न दिनुहुन्न भनेको थिए“ तर कसैले सुने पो ¤ कतिपय नेताहरूले धरहरा चढेको दृश्य टिभीबाट पनि देखाइयो तर ढलेका दिन सर्वसाधारण मात्र... । तथाकथित सत्तासीनहरूले गरेभन्दा भिन्न ढङ्गले राष्ट्रिय हितका कुरा गरे पनि ती सबै प्रतिगामीमा दरिन्छन् । खासमा धरहरा मान्छे चढाउने चिज नभएर ऐतिहासिक स्तम्भका रूपमा पूजा गरेर राख्नुपर्ने चिज थियो । यसमा मानिस चढ्न खुला नगरिएको भए थुप्रैको ज्यान बच्थ्यो तर... ।
विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर आदि प्रायः ध्वस्त भए । एउटा पशुपतिनाथको मन्दिर बच्यो । त्यो शक्तिले हो कि मजबुत निर्माणले हो कसैलाई पत्तो भएन । राज्यको मूल प्रशासनिक केन्द्र सिंहदरबारका साथै सर्वाेच्च अदालत पनि बस्न नहुने भएर सब कार्यालय पालबाटै सञ्चालित हुनथाले ।
कतिपय मानिसहरू भग्नावशेषबाट पुराना सामान चोर्ने त के कुरा खुलेआम बोकेर हि“ड्न थाले । धरहराका श्री ३ जुद्ध लेखिएका इ“टा कतिपय हाकिमहरूले नै आना ड्राइभरलाई लगाएर बोराका बोरा उठाएको पनि देखियो । अरू कतिले केके लगे पत्तो छैन ।
नेपाल भूकम्प जोखिम क्षेत्र हो, यहा“ जतिखेर पनि भूकम्प आउनसक्छ भनेर पहिलेदेखि नै विदेशी दुनिया“ले सचेत गराएकै हो । नेपालमै पनि बेलाबखत फलाकेकै हुन् तर पूर्वतयारी शून्य ... । हामी जिब्रो मात्र चलाउन सिपालु जाति ।
भूकम्प आएमा खाटमुनि लुक्ने भनी सिकाइएको कुरा पनि निरर्थक साबित भयो । यसमा पहिलो कुरा त सबैजसोकहा“ बक्स खाट छन् त्यसमा कता मुनि जानु ? खुट्टे खाट पनि दुई लाइनको प्लाइउडबाट बनेका, उस्तै परे अलि मोटो मान्छे बस्दा नै क¥याककुरुक हुने... । भूकम्प आउ“दा खाटमुनि बस्नुपर्छ भन्ने शिक्षा दिइएका कारण घरबाहिर खेल्दै गरेका केटाकेटी पनि कुदेर घरभित्र पसी खाटमुनि लुक्दा घरले किचेर कतिले ज्यान गुमाए ।
वैशाख २१ गते एक दिन खोलेर २२ गतेदेखि १ महिनासम्म त्रिविलगायत सम्पूर्ण शैक्षिक संस्था बन्द गरिए । सरकारी कार्यालय घोषित रूपमा बन्द नगरिए पनि अघोषित रूपमा बन्दजस्तै भए । २१ गतेका दिन विभागमा सबैजसो उपस्थित भइयो । सबैले आआना अनुभव र क्षतिको विवरण सुनाए । एकजनाले भूकम्प आउ“दा आपूm घरैमा भएको र ढल्दै गरेको दराजलाई समातेर त्यसलाई लड्न नदिई उभिएको भन्ने अपत्यारिलो कुरा सुनाए । त्यो कुरा सुनेर सब हा“से । त्यहा“ हा“स्नुको विकल्प थिएन ।
एक महिना बिदामा विभिन्न आफन्त र साथीभाइकहा“ गएर सान्त्वना दिइयो । संसारभरबाट चिनजानका बाहेक सोच्दैनसोचेका सारै धेरै व्यक्तिले समेत फोन गरेर हालखबर सोधे र ढाढस दिए । यसबाट साथीभाइ कमाइएकै रहेछजस्तो लाग्यो ।
भूकम्पका बेला सञ्चार माध्यमको भूमिका सकारात्मक–नकारात्मक दुवै खाले देखियो । रेडियो नेपालले सुरुकै दिनदेखि निरन्तर रूपमा समाचार अद्यावधिक गरी आम जनमानसलाई सुसूचित गराउने काम गरिर≈यो भने अरू सञ्चार माध्यम केही दिनपछि मात्र देखिए । नेपाल टेलिकमको उदारमना एकजना व्यक्तिको एकल निर्णयले केही दिनका लागि मोबाइल सेवा निःशुल्क गरेर जनतालाई ठूलो राहत प्रदान ग¥यो । भारतीय सञ्चार माध्यमले त नकारात्मक प्रचारप्रसार नै बढी गरे ।
धेरैले विद्युतीय सञ्चार माध्यमको पर्याप्तै दुरूपयोग गरेको पनि देखियो । सञ्चार माध्यमले भत्किएका संरचनालाई मात्र बढी फोकस गरेर पटकपटक देखाएका कारण विदेशमा बस्ने नेपालीहरूलाई बढी आतङ्कित तुल्याउने काम ग¥यो । भूकम्पकै कारण थुप्रै व्यक्तिहरू केही दिनका लागि घर आए र फेसबुकमा फोटो हालेर फर्किए । अमेरिकाले त इलिगल बसेकालाई समेत नेपाल आउन छुट दिएकाले त्यसको उपयोग पनि धेरैले गरे ।
गृहमन्त्रीलगायत अन्य मन्त्रीहरूका गैरजिम्मेवारपूर्ण अन्तर्वार्ता र अभिव्यक्तिहरू पनि प्रशस्तै आए । जनताले केही नपाएका बेला मन्त्री र सांसद्हरूलाई पाल बा“डिएकोमा सरकार निकै आलोचित भयो । यस्ता कुरालाई सञ्चारले निकै महŒवका साथ प्रचारप्रसार पनि ग¥यो ।
यसपटकको भूकम्पका बेला फेसबुके समाचारले त गर्नु ग¥यो । एकदुई प्याकेट चाउचाउ, बिस्कुट र दुईचार बोतल पानी बा“डेका फोटा फेसबुकमा हाल्ने होडबाजी नै चल्यो । मैले विभिन्नतिर सकेसम्म सहयोग गरे“ तर फेसबुकमा फोटो भने एउटा पनि राखिन । मलाई मानवीय सहयोग गर्नु थियो अनावश्यक प्रचारप्रसार गर्नु थिएन ।
भूकम्पका बारेमा कविता, गीत, गजल आदि अनेक साहित्यिक रचनाले फेसबुक भरियो । बेलाबखत आइरहने भूकम्पको पराकम्पनलाई मिस्डकलको नाम दिइयो ।
व्यापारीहरूले सामान लुकाएर खुलेआम कालोबजारी गर्न थाले । त्यतिखेर निरङ्कुश भनिएका राणाशासक जुद्धशमशेरले १९९० सालको भूकम्पका बेला ‘कालोबजारी गर्नेलाई मकहा“ ल्याउनु पर्दैन, पा“चजना भलाद्मी जम्मा भएर काटिदिनु’ भनेको कुरा महावाणीका रूपमा छ्याप्छ्याप्ती पैmलाइयो । समयक्रममा निरङ्कुश भनिएकालाई पनि सम्झिएर गुणगान गाउने दिन आउ“दोरहेछ । १९९० सालको भूकम्पबारे ब्र≈मशमशेरद्वारा लिखित पुस्तक भूकम्प विश्लेषणको आधार बन्यो ।
मित्र राष्ट्र भारत, चीनलगायत विभिन्न देशले सहयोगका हात पैmलाए । उद्धार कार्यमा सैनिक, डाक्टर आदिको टोली धमाधम आउन थाले र तिनले कतिको ज्यान र धन बचाए पनि । भुटानबाट राहत सामग्री लिएर प्रधानमन्त्री नै आए । सबैको आ“खा नेपालमा पर्न थाल्यो र सबले मानवीय सहयोग पनि गरे । विभिन्न मुलुकबाट हवाइजहाज र हेलिकोप्टरको ओइरो नै लाग्न थाल्यो । अन्यत्र जे भए पनि धन्न हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल केही भएन नत्र... । बेलायती हेलिकोप्टरलाई प्रवेश दिइएन । यसको राजनैतिक अर्थ लगाइयो । एउटा अमेरिकी सैनिक हेलिकोप्टर दुर्घटित भई केही नेपाली र केही अमेरिकी सेनाको ज्यान गयो । कतिपय तथाकथित महान् राष्ट्रवादीहरूले मानवीय सहयोगलाई खोक्रो राष्ट्रवादस“ग जोडेर व्याख्या गरे तर आपतका बेला गरेको सहयोगमा यसो गरिनुको कुनै औचित्य थिएन । राहत घोषणाका अनेक समाचार आउन थाले । विभिन्न अभिनेता, फुटबल खेलाडीलगायत अनेकले नेपालका भूकम्प पीडितलाई यति र उति सहयोग गर्ने भन्ने समाचारले फेसबुक भरिन थाले । पछि तिनका खण्डन पनि आए ।
राष्ट्रपतिदेखि सामान्य जनतासम्म पालमा बस्न बाध्य भए । अझ भनौ“ करोडपति पनि रोडपति हुनपुगे । अगिल्लो दिन करोडौ“मा घर पास गर्ने व्यक्ति १२ गते दिउ“सो घरले किचेर मरेको पनि सुनियो । चर्चभित्र थुनिएर पनि कैयौ“ले ज्यान गुमाएको अनि चर्चमा प्रार्थना गरिरहेकाहरू नारायण नारायण, हरे राम, हरे कृष्ण भन्दै बाहिर भागेका कुराले पनि प्रशस्तै चर्चा पायो ।
सरकारले गोर्खा, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, मकवानपुर, काठमाडौ“, ललितपुर, भक्तपुर र काभ्रे गरी १४ वटा भूकम्प प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा त ग¥यो तर त्यसअनुरूप काम भएन । यसलाई पछि उपत्यकामा मात्र सीमित गरियो । यीमध्ये कतिपय ठाउ“मा त एउटा पनि सग्लो घर बा“की रहेनन् । अलिअलि पनि नचर्किएका घर भेट्टाउन शिला खोजेभैm“ गर्नुपर्ने स्थिति देखियो । काठमाडौ“ उपत्यकामा पनि नया“पुराना थुप्रै संरचना भत्किए । कतिपय भत्किएको संरचना सफा गर्न बनाउनभन्दा पनि असहज भएको पनि देखियो ।
वैशाख २९ गते १ बजेतिर अर्काे ठूलो भूकम्प आयो । रेक्टर स्केलमा भने पहिलेजस्तै विविधता । अमेरिकाले एक थोक, चीनले अर्काे थोक, नेपालले अझ अर्कै थोक भने । वास्तवमा यो मुद्राको सटहीदर परिवर्तन भएजस्तो त होइन नि । अन्त्यमा ६.८ मा टुङ्गो लाग्यो ।
१२ गतेको ७.८, १३ गतेको ६.४ र २९ गतेको ६.८ रेक्टर स्केलको भन्ने कुराको निर्णय संसद्ले ग¥यो रे । रेक्टर स्केललाई हेक्टर स्फेल भन्ने ल्याप्चेलालहरूले भूकम्पको रेक्टर स्केल मापनको निर्णय गर्ने भएपछि अरू के नै पो बा“की र≈यो र नापिनलाई ।
यस पटकको महाभूकम्पको मापनसम्बन्धी गतिविधि सुन्दा १९९० सालको भूकम्प पनि ८.४ स्केलको नभएको जस्तो लाग्यो । त्यतिखेर नेपालमा भूकम्प मापन केन्द्र नै थिएन भने कलकत्ताबाट नापिएको भनिएको मापनमा पनि के भरोसा र ? अहिलेको यत्रो प्रविधियुक्त बेलामा त यस्तो विविधता भएपछि ।
हाम्रो भूकम्प मापन केन्द्रले चार रेक्टर स्केलभन्दा माथिकाको मात्र विवरण दिने गथ्र्यो र ती लगभग सय दिनका बीचमा ३०० भन्दा बढी पराकम्प आएको र त्यसभन्दा कमका ३२००० भन्दा बढी पराकम्प आएको जानकारी गरायो ।
यति गते यति बजे ठूलो भूकम्प आउ“छ घरमा नबस्नू भन्दै हि“ड्ने र घरधनी घर छोडेर अन्यत्रै गइसकेपछि चोरी गर्ने गरेको घटना पनि सुनियो । अनेक ज्योतिषिहरू र भूगर्भविद् भनाउ“दाहरू पनि भूकम्पको भविष्यवाणी गर्न थाले । बर्खामा च्याउ उम्रेजस्तै जताततै भूकम्पविद् उम्रे र जे पायो त्यही भन्न थाले । यसले जनमानसमा झन् आतङ्क पैmलायो । यिनीहरूले जानेकै भए १२ गतेअगि नै भविष्यवाणी गरिहाल्थे नि भन्नेतिर धेरैले सोचेनन् । वास्तवमा भूकम्पका बारेमा जान्ने मान्छे यहा“ त के संसारमै कोही पनि रहेनछन् ।
यसपटकको विनाशकारी महाभूकम्पले गरेका धनजनको क्षतिको यकिन आ“कलन गर्न पनि कठिन छ । फेला परेका लास र बेपत्ता भएका गरी दस हजारजति जन अनि खरबौ“ धनको क्षति भयो । वस्तुभाउको त कुरै नगरौँ। धन्न भूकम्प बिदाको दिन दिउ“सो आएकाले मानवीय क्षति केही कम भयो । राती वा बिदा नभएको दिन परेको भए लाखौ“ जनको क्षति हुनसक्थ्यो । यसलाई पनि सकारात्मक रूपमै लिनुपर्छ ।
भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि काठमाडौ“मा दाता सम्मेलन पनि गरियो । सरकारले सोचेभन्दा निकै बढी दिने घोषणा गरे दाताहरूले । कतिपय राष्ट्रले त भ्रष्टाचार गरे सहयोग रोक्का गर्नेसमेत भन्न बा“की राखेनन् । भिखारीले कुनै दिन सोच्दैनसोचेको भिक्षा पायो भने रातभर निदाउ“दैन रे वा विस्मित भएर मर्छ रे ∕ धेरै ठूलो राशि आउने लक्षण देखेपछि पूर्वप्रधानमन्त्रीहरूसमेत पुनर्निर्माण प्राधिकरणको नेतृत्व लिन जम्जमाउन थाले । राष्ट्रनिर्माणका लागि पदीय मर्यादाको वास्ता नगर्नु राम्रो हो तर त्यो राष्ट्रनिर्माणका लागि हो कि आपूm र आना निर्माणका लागि हो भन्न कठिन भए पनि यिनीहरूका पूर्वगतिविधिलाई हेर्दा जोसुकैको पनि मन पहिलोतिर नभई सोभैm दोस्रोमै पुगिहाल्छ ।
यस वर्ष मनसुन कम हुने हल्ला छ । खेत रोप्ने काम पनि धेरै भएको छैन । खासमा यतिखेर मनसुनभन्दा भनसुन कम हुनुपर्ने बेला छ । नत्र सक्कली भूपी (भूकम्प पीडित) ले राहत पाउने सम्भावना न्यून छ । पार्टीका कार्यकर्ता र पहु“चवालाले पटकपटक लिएर वर्ष दिनलाई जोहो गर्ने अनि निर्धानिमुखा ठण्डाराम हुने स्थिति छ । दुर्गमको त के कुरा राजधानी उपत्यकामै पनि सक्कली भूपीले राहत नपाएको गुनासो र आक्रोश यत्रतत्र सर्वत्र छ र यसमा सत्यता पनि देखिन्छ । मेरा केही छिमेकीहरूले तपाईंको पुलिसका उच्च पदाधिकारीस“ग राम्रो सम्पर्क छ हाम्रा लागि राहत मागिदिए हुने भनेका थिए तर मैले राहत भनेको सा“च्चैका भूपीले पाउनुपर्छ हामीले लिन मिल्दैन भन्दा केही त ठुस्किए पनि ।
यसपटकको भूकम्पलाई सत्तासीनहरूले अवसरका रूपमा पनि व्याख्या गरे र गरिरहेका पनि छन् । त्यो बनाउने अवसर हो कि भोजनभट्ट गर्ने अवसर हो बुझिनसक्नु छ ।
यो भूकम्पले केही राजनैतिक दलहरूलाई भने केही क्षण मिलाएजस्तो देखियो । त्यो भूकम्पले हो कि दिल्लीले हो पुष्टि हुन बा“की छ । हामीकहा“ जनताभन्दा सत्ताप्रिय छ । त्यसभित्रको रसै अर्कै, नवरसभन्दा निकै फरक, ती सबैको मिश्रण ¤ भूकम्पले क्षतविक्षत गरेको समयमा समग्र सम्पूर्ण मानिसको ध्यान त्यसबाट मोडेर छ वर्षसम्म गर्न नसकेको संविधान निर्माणतर्पm मोडियो । भूकम्पभन्दा केही समयअगि जाजरकोटमा पैmलिएको महामारीबारेको समाचार पूरै ओझेलमा परेभैm“ संविधान निर्माणको प्रसङ्ग ल्याएर भूपीसम्बन्धी चर्चा पूरै सेलायो । नेताहरूका दिल्ली धाउने क्रम बढ्दो छ ।
भूकम्पले जनमानसमा केही दिन एकआपसमा मानवीयता, आत्मीयता र आपसी सद्भावको वृद्धि भएको देखियो तर यसले लामो समय लिन सकेन । भूकम्पले अनेक भौतिक संरचना त भत्कायो नै तर मानिसको अलिकति बचेखुचेको नैतिक मूल्य पनि समाप्त पारेको देखियो । राहतका सामग्री मन्त्रीकै निर्देशनमा बेचबिखन हुनेगरेको खबर पनि आए र आइरहेका छन् ।
सरकारले निर्माण कार्यलाई केही समय रोकेजस्तो गरे पनि निर्माण कार्यले प्रायः निरन्तरता पाएकै छ । भूकम्पले होइन, मानवनिर्मित संरचनाले ज्यान लिन्छ भन्ने कुरा केही दिनका लागि सबैले बुझे तर धमाधम घर बनाउने काम भइरहेकै छ । यत्रो विध्वंश हु“दा पनि हामीले चेतेनौ“ । हामी गणेशमानले भनेभैm“ सा“च्चै भेडा नै हौ“ कि क्या हो ?
यसपटकको भूकम्पमा सेना, प्रहरी र सशस्त्र प्रहरीको सक्रियता निकै प्रशंसनीय र≈यो । पहिले प्रहरीलाई खुब गाली गर्नेले पनि अब आपूm कहिल्यै गाली नगर्ने भन्ने कसम खाएका कुरा पनि फेसबुकमा आए । यस सङ्कटको घडीमा राजनीतिक दलका कार्यकर्ताजति दुला पसे । नेताको त के कुरा गर्नु ? दुईतीन हप्ता बितेपछि बल्ल छिचिमिराभै“m देखापर्न थाले र हामीले यतिवटा घर र उतिवटा विद्यालय भवन बनाइदियौ“ भन्दै प्रचारप्रसार गर्न थाले ।
यसपटकको भूकम्पका कारण कैयौ“ गाउ“ नै विस्थापित गर्ने स्थिति सिर्जना भयो । गुजरातदेखि हाइटीसम्मका अनेक उदाहरणहरू दिने क्रम निरन्तर छ । लक्षण हेर्दा हाइटीकै अवस्था पुनरावृत्ति नहोला भन्न नसकिने अवस्था छ ।
१२ गतेपछिका सबै भूकम्पलाई पराकम्प भनियो तर ती के हुन् कसैलाई थाहा भएन । पहिलेपहिले त भूकम्प आएको केही क्षणपछि पुनः एकपटक फर्किन्छ र रोकिन्छ भन्थे तर यसपटक यो भनाइ निरर्थक साबित भयो । अझसम्म भूकम्प रोकिने छा“ट नै छैन । वास्तवमा विज्ञान र प्रविधिले यति धेरै उन्नति गरी जमिनमाथिका अनेक सन्दर्भ र विभिन्न ग्रहहरूका बारेमा प्रशस्तै अध्ययन–अनुसन्धान गरेको पाइए पनि जमिनमुनि वा भूकम्पका बारेमा खासै अध्ययन–अनुसन्धान नसकेकै देखियो । अतीतका भूकम्पको प्रक्रियालाई हेरेर मोटामोटी अनुमान गर्नेभन्दा बढी कसैले केही गर्न सकेनन् । सा“च्चै भन्ने हो भने भूकम्प पूर्वानुमान गर्नै नसकिने र यसबारे कसैले पनि केही भन्नै नसक्ने चिज रहेछ । खालि पहिलेका भूकम्पहरूको तथ्याङ्क विश्लेषण गरी अनुमान मात्र गर्नेरहेछन् ।
यसै बीचमा भयानक पहिरो आई कालीगण्डकी थुनिएर ठूलो ताल बन्यो, कैयौ“ जिल्ला बगाउने स्थिति आयो । धन्न आपैm“ ताल फुटेर पानी बाहिरियो, नत्र के हुन्थ्यो... । ताप्लेजुङमा ठूलो पहिरो गयो । थुप्रै धनजनको क्षति भयो । यस्तै कास्कीमा पनि पहिरोले उत्पात मच्चायो । पहिरोले किचेर राहत बा“ड्न गएका केही व्यक्तिको समेत ज्यान गयो । पहिरोले कर्मचारीहरूको आकर्षणको केन्द्र तातोपानी नाका पनि बन्द भयो । भरखर मित्रराष्ट्र चीनको सहयोगमा पहिरो पन्छाउने काम हु“दैछ ।
पहिलो दिन आनै आ“खाले देखेको चिरिएको भूमि अर्काे दिन पूरै टालिएको देख्दा अचम्मै लाग्यो । उहिले हाम्री सीताजी पनि पृथ्वी चिरिएर त्यसभित्र पसेकी र चिरिएको भाग बन्द भएको कुरा पढिएको थियो । सायद त्यसबेला पनि ठूलो भूकम्प आएको थियो कि ? यसपालि कतिपय ठाउ“का पानीका मूल सुकेको र कतिपय ठाउ“मा नया“ मूल फुटेको चर्चा पनि निकै भयो ।
उहिले महाप्रलय भयो, यसो भयो उसो भयो भन्ने किंवदन्ती सुनिन्थ्यो । यी सब भूकम्पकै कुरा रहेछन् । यसपटक प्रलय त आइहाल्यो अलिकति बढेको भए महाप्रलय नै हुन्थ्यो । भूकम्प मापनयन्त्र पनि ९.५ रेक्टर स्केलभन्दा बढीको बनाइएको छैन रे । बनाउनु नै किन प¥यो र त्यतिमै नाप्ने नापिने सब खतम हुने भएपछि ।
हाम्रो पुस्ताले पनि अनेक थोक भोग्नु प¥यो । २०३६, २०४६, २०६२–२०६३ का राजनीतिक भूकम्प त प्रत्यक्ष देखियो र भोगियो पनि । २०४५, २०६८ र २०७२ का प्राकृतिक भूकम्प पनि प्रत्यक्ष अनुभव गरियो । राजनीतिक भूकम्पले सामान्य सत्ता परिवर्तन मात्र गरे पनि प्राकृतिक भूकम्पले त उस्तै प¥यो भने समग्र अस्तित्व नै समाप्त पारिदि“दो रहेछ । हाम्रा डा“डाका“डा, हिमाल सब कुनै कुनै बेलाका भूकम्पबाटै निर्मित रहेछन् ।
भूकम्प आएको पनि सय दिन कटिसक्यो तर अभैm बेलाबखत मिस्डकल दि“दैछ । यो घटना सम्झन खोज्दा अहिले पनि जिउ सिरिङ्ग हुन्छ र सम्झनै मन लाग्दैन । आकाशमा हवाइजहाज उड्दा र बाटामा गाडी गुड्दा पनि भूकम्प आएजस्तो लाग्छ । खाटमा बस्दा होस् वा हि“ड्दा जतिखेर पनि हल्लिएजस्तो मात्र लाग्छ । यसपटकका तीनवटा ठूला भूकम्पले र सानातिना पराकम्पले नेपालीहरूको मनमस्तिष्क नै हल्लायो । भुइ“चालाको निरन्तरताले गर्दा केटाकेटीलाई डर देखाउन परेमा भुइ“चालो बोलाइदिउ“ भनेको पनि सुनियो । त्यो बोलाउ“दा आउने चिज होइन भन्ने जान्दाजान्दै पनि त्यसको निरन्तरताले गर्दा यसो भन्ने स्थितिमा पु¥यायो ।
भूकम्पबारे अलि विस्तृत रूपमा केही लेखौ“ न त भन्दा पनि ती दिन सम्झनै मन लाग्दैन । अरू खाले संस्मरण र अनुभूति त एकैपटकमा तयार गरिन्थ्यो तर यस कहालिलाग्दो क्षणबारे सम्झनै मन लाग्दैन र मन लगाएर लेख्न पनि सकिएन । यसबारे केही लेख्न खोज्दा भावना नै शून्य हुन्छ ।
आपतविपत बाजा बजाएर आउ“दैन भन्थे । यसपटकका सबैजसो भूकम्प त घटटट ठूलो आवाजका साथ आयो अझ भनौ“ बाजा बजाएरै आयो । यस्तो विपत् त शत्रुलाई पनि आइनलागोस् । अब यस्तो प्राकृतिक सकस कहिल्यै कसैले भोग्नु नपरोस् । यस्तो कालो क्षण कहिल्यै नआओस् । यस्तो अकल्पनीय कहालिलाग्दो क्षण र पीडा देख्नुभोग्नु त के कुरा सुन्नु पनि नपरोस्... ।
जे हुनु भइगयो । अब रोएर बसेर केही हु“दैन । आत्तिने, पात्तिने र मात्तिने नगरी अब सब नेपाली एकजुट भएर राष्ट्रको पुनर्निर्माण गरी एउटा सम्पन्न राष्ट्र बनाउने प्रण गरौ“ र त्यतैतिर लागौ“ । यसैमा हामी सबैको कल्याण छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2073

लेखकका अन्य रचनाहरु