गजल

- डिल्लीप्रसाद अधिकारी

चढाउँछु शुभेच्छा नयाँ वर्षको शुभकामना
नववर्ष बनोस् हाम्रो उत्कर्षको शुभकामना

सबैजना सुखी बन्दै प्रेम वर्षा गरिरहुन
समाजमा सधैं छाअोस् हर्षको शुभकमना

प्रगति पथमा लागोस् विश्व मङ्गल खातिर
सबैमा चिन्तना गर्ने परामर्शको शुभकामना

शान्ति र भाइचाराको सिकेर पाठ सन्तति
सफलताको सीँढि चढ्ने वर्षको शुभकामना

सिक्किमबासीले दुक्ख भोग्नु पर्ने कतै नहोस्
यो गाउँ बन्नु नै पर्छ अादर्शक‍ो शुभकामना

नेतृत्व यो बन‍ोस् अब्बल शक्तिमा जनशक्ति छ
सकारात्मक गरौं काम विचार विमर्षको शुभकामना

नमूना बन्न सक्ने छौं गरौं सत्कर्म लौ मिली
डिल्लीप्रसाद यही दिन्छ नव वर्षको शुभकामना ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2073

लेखकका अन्य रचनाहरु