कालो हावा

- मोहन राणा

(कविता)
अब मैले घडी हेर्न बन्द गरेँ
धेरै बेर भयो फोनमा कुनै म्यासेज आएको छैन
कोलाहलमा पग्लिन लाग्यो दिसम्बरको दोपहर,
आफ्नो कानमा धरतीको आवाजलाई थामेर
भविष्य वक्ताले पनि बताउन सक्दैन कहिले यो सडक पक्की हुन्छ
के सौर मण्डलमा परिक्रमा गरिरहेको छ दशौं ग्रह
इतिहास भइसक्यो दिल्लीको सीमामा बसको प्रतिक्षा गर्दा गर्दै
म खोज्दछु केही अनि अर्थहिनमा कुनै गहिरो अर्थ

खाल्टाहरुको आवगमनको लागि नै माथि उठाएर बनेको सडक जस्तै
जसमा किनारा हैन मात्र तेर्सो परेको ढलान छ
जसमा खसेको छ
कैयौं लापत्ता पाइतला, चक्का र ठेगानाहरु
धुलोले खोक्छ खकारयुक्त चित्कार घोच्छ रामकाँडा जस्तो काँडाले हाँगाहरुमा
मृत सपनाको रगत सुकिसकेको छ त्यसमा
दिनको अँध्यारो जस्तै अदुष्य
बागपत रोडको कालो हावामा

कानमा हाथ राखेर म सोच्दछु
जुन लेखिएन त्यो कतै त्यसै रह्यो ।

बेलायत

(अनुवादः कृष्ण बजगाईं)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 पौष, 2073

लेखकका अन्य रचनाहरु