विद्याको बौद्धिक प्रबन्ध छैटौं इन्द्रियमाथि एक दृष्टि

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

साहित्य सिर्जनामा पेसाले समेत प्रभाव पार्छ भन्ने गरेको पाइए तापनि यो सर्वत्र लागु हुने शास्वत पक्ष भने होइन । यसको ज्वलन्त उदाहरणका रूपमा प्रहरी सेवामा कार्यरत विद्याप्रसाद घिमिरेका साथै अन्य केही प्रहरी साहित्यकारहरूलाई लिन सकिन्छ । सामान्यतया नेपाली जनमानसमा प्रहरीहरू बढी कठोर हुन्छन्, बौद्धिक हु“दैनन् भन्ने गरिन्छ तर कठोरता, कोमलता एवं बौद्धिकता भन्ने कुरा पेसाले निर्धारण गर्ने होइन । मानिसमा नैसर्गिक रूपले नै कठोरता, कोमलता, बौद्धिकता, हार्दिकताजस्ता गुणहरू विद्यमान हुन्छन् र ती परिस्थितिअनुरूप आआफ्नै ढङ्गले प्रकटित हुन्छन् । यिनको मात्रा भने फरक हुनसक्छ र त्यस्तो फरक तुल्याउनामा पारिवारिक, सामाजिक, शैक्षिक आदि परिवेशले पनि महŒवपूर्ण भूमिका खेल्छ । अर्काे कुरा व्यक्तिले अध्ययन गरेको विषयगत औपचारिक शिक्षाले पनि साहित्य सिर्जनामा प्रभाव पार्छ भन्ने गरिन्छ तर यो कुरा पनि सर्वत्र लागु हुन्न । व्यवस्थापन अध्ययन गरेका विद्याप्रसाद घिमिरे साहित्यमा पनि क्रियाशील हुनुले यस कुराको पुष्टि गर्छ ।
विद्याप्रसाद घिमिरे (२०२२, लमजुङ) पेसाले प्रहरी सेवामा भए पनि व्यवहारले निकै कोमल वृत्तिका बौद्धिक र तार्किक व्यक्ति हुन् । उनको यसखाले व्यक्तित्व निर्माणमा शिक्षित एवं धार्मिक आस्थावान् पारिवारिक वातावरणले पनि महŒवपूर्ण भूमिका खेलेको देखिन्छ । जागिरे पिताका साथमा नेपालका विभिन्न भागमा डुल्दै आफ्नो बाल्यकाल बिताएका र अध्ययनलाई पनि त्यही रूपमा अगि बढाएका घिमिरे विद्या र विनय दुवै गुणयुक्त व्यक्ति हुन् । प्रहरी निरीक्षक पदमा कार्यरत घिमिरे लामो समयदेखि प्रहरी पत्रिकाको सम्पादन कार्यमा संलग्न रहेका छन् । यस साहित्यिक पत्रिकास“गको प्रत्यक्ष संलग्नताले पनि यिनको साहित्यिक व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
कविताका माध्यमबाट आफ्नो साहित्ययात्रा प्रारम्भ २०५० को दशकदेखि औपचारिक रूपमा नेपाली साहित्यमा देखापरेका विद्याप्रसाद घिमिरेको सेलाएको घाम (२०६७) शीर्षक कविता सङ्ग्रह प्रकाशित छ भने यिनका थुप्रै गीतहरू स्वरसङ्गीतबद्ध भई प्रसारित भएका छन् । यसका अतिरिक्त यिनका समसामयिक युगीन राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक आदि विविध विषयवस्तुमा आधारित प्रशस्तै निबन्धात्मक–प्रबन्धात्मक लेखरचनाहरू पनि प्रकाशित छन् । बिपी घिमिरेका नामबाट विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरूमध्ये केही प्रबन्धात्मक रचनाहरू सङ्कलन गरी छैटौ“ इन्द्रिय शीर्षक पुस्तकाकार कृति प्रकाशित छ ।
धेरै व्यक्तिहरूले अज्ञानतावश निबन्ध र प्रबन्धलाई एउटै अर्थमा लिने गरेको पनि पाइन्छ । व्युत्पत्तिगत अर्थका दृष्टिले दुवै शब्द बन्धनकै तात्पर्यमा प्रयोग गरिन्छन् । निबन्धले खुकुलो बन्धन र प्रबन्धले कसिलो बन्धनलाई बुझाउ“छ । बङ्गाली साहित्यमा निबन्ध र प्रबन्धलाई पर्यायवाची शब्दका रूपमा लिइएको छ भने नेपालीमा पनि लक्ष्मीप्रसाद देवकोटालगायतका कतिपय निबन्धकारहरूले निबन्धकै पर्यायवाचीका रूपमा प्रबन्ध शब्दको प्रयोग गरेका छन् । खासमा निबन्ध र प्रबन्ध पर्यायवाची नभएर गद्यसाहित्यका पृथक्पृथक् ढा“चा हुन् । विषयवस्तु, बाह्य स्वरूप र सङ्गठनका दृष्टिले निबन्ध र प्रबन्धमा समानता पाइए पनि आयाम, शैली र प्रस्तुतिका दृष्टिले यी दुवैमा निकै भिन्नता रहन्छ । निबन्धको आयाम छोटो हुन्छ भने प्रबन्धको आयाम लामो हुन्छ । निबन्ध बढी भावनात्मक हुन्छ भने प्रबन्ध बढी बौद्धिक हुन्छ । निबन्धमा रागात्मकता, हार्दिकता र काल्पनिकताको प्रधानता रहन्छ भने प्रबन्धमा वस्तुता, बौद्धिकता र तथ्यपरकताको प्रधानता रहन्छ । निबन्धमा स्वतन्त्र र आत्मनिष्ठ अभिव्यक्ति हुन्छ भने प्रबन्धमा नियन्त्रित र विषयनिष्ठ अभिव्यक्ति हुन्छ । प्रबन्धमा तार्किकता, प्रामाणिकता, व्याख्यात्मकता एवं विश्लेषणात्मकता अपेक्षित हुन्छ भने निबन्धमा हु“दैन । निबन्धको शैली अनौपचारिक र रागात्मक हुन्छ भने प्रबन्धको शैली औपचारिक र वस्तुगत हुन्छ । निबन्धअन्तर्गत अनेक विषयवस्तुमा आधारित रही निजात्मक र परात्मक अभिव्यक्ति भएका लघु आयामका रचनाहरू, नियात्रा, संस्मरण आदि पर्छन् भने प्रबन्धअन्तर्गत शोधपत्र, अनुसन्धान प्रतिवेदन, लेखरचना, समीक्षा, जीवनी, सम्पादकीय, भूमिका आदि अपेक्षाकृत विस्तृत आयामका रचना पर्छन् ।
निबन्ध र प्रबन्धका बारेमा उल्लिखित अभिलक्षणका सन्दर्भबाट हेर्दा विद्याप्रसाद घिमिरेको प्रस्तुत कृतिलाई निबन्ध सङ्ग्रह नभई प्रबन्ध सङ्ग्रहका रूपमा लिनुपर्छ । माथि प्रबन्धका बारेमा लेखिएका विशेषता यस कृतिमा समाविष्ट लेखरचनाहरूमा पाइने हु“दा यो प्रबन्ध सङ्ग्रह बन्नपुगेको हो । यसमा समाविष्ट सबै लेखरचनाहरूको विषयवस्तु निकै विस्तारित भएको र यिनमा तार्किकता, प्रामाणिकता, व्याख्यात्मकता एवं विश्लेषणात्मकताजस्ता विशेषता पाइने हु“दा यी रचना प्रबन्ध बन्नपुगेका हुन् । गृहीत विषयवस्तुलाई खोजमूलक ढङ्गले तार्किक, बौद्धिक र प्रामाणिक रूपमा प्रस्तुत गरिएका यस सङ्ग्रहमा समाविष्ट विद्याप्रसाद घिमिरेका एउटै रचनामा अति धेरै सूचनाहरू तथ्यपूर्ण र तर्कपूर्ण ढङ्गमा प्रस्तुत गरिएको छ । यसमा सङ्कलित प्रत्येक रचनामा प्रस्तुत गरिएका विषयवस्तुको पुष्टिका लागि अनेक सन्दर्भहरू समावेश गरिएका हु“दा ती सबैको व्याख्या–विश्लेषण गर्दै जाने हो भने अर्काे छुट्टै प्रबन्ध सङ्ग्रह बन्नसक्ने स्थिति आउने हु“दा सङ्क्षेपमा नै यसको विश्लेषण गरिन्छ ।
मानव सभ्यताको प्रारम्भदेखि नै युद्धको निरन्तरता रहेको तथ्यपूर्ण प्रस्तुति युद्ध र मानवसभ्यता शीर्षक रचनामा पाइन्छ । बेइमानी र बेइमानहरूमा विविध सन्दर्भबाट युगीन यथार्थको अभिव्यक्ति गरिएको छ भने मादक पदार्थ सेवनबारे अतीतदेखि वर्तमानसम्मका विविध युगीन सन्दर्भहरूको व्याख्या बा“सविना बा“सुरी शीर्षक प्रबन्धमा गरिएको छ । विभिन्न कोणबाट मानवीय अहंको वर्णनात्मक प्रस्तुति यस्तै चलिरहेछ शीर्षक रचनामा गरिएको पाइन्छ भने पुलिसबाट हुने गरेका ज्यादतीपूर्ण क्रियाकलापको यथार्थपरक वर्णन तर्क र विचार शीर्षक रचनामा गरिएको पाइन्छ । गुम्दो राष्ट्रियताको मार्मिक अभिव्यक्ति कठै मेरो देशमा तथा विभिन्न शब्दको व्युत्पत्तिमूलक अर्थ केलाउ“दै सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञान बढी प्रभावकारी हुने यथार्थवादी दृष्टिकोण परशुराम प्रशासकमा गरिएको छ । विभिन्न कोणबाट नेपाली सांस्कृतिक सन्दर्भको वर्णन तीज आयो बरी लै शीर्षक रचनामा तथा अनेक सन्दर्भबाट नारीप्रतिको सम्मान एवं महिमागान र मनोवैज्ञानिक सन्दर्भबाट व्याख्या यत्र नार्यस्तु पुज्यते शीर्षक रचनामा गरिएको पाइन्छ ।
मानवजाति संस्कार र संस्कृतिबाट निर्देशित हुन्छ र उसले परम्परित संस्कार र संस्कृतिलाई विना तर्क स्वीकार गरी निरन्तरता दिइरहन्छ । वर्तमान पुस्ता धार्मिक ग्रन्थ वा अन्य पुस्तकहरूमा लेखिएका सबै कुरालाई अन्धसमर्थन र विश्वास नगरी हरेक कुरामा प्रमाण र आधार खोज्छ । यसरी वर्तमान पुस्ताले परम्पराप्रति तर्क गर्ने हु“दा पुरानो पुस्ताले उसलाई प्रमाणसहित पुष्टि गरिदिनु पर्ने हुन्छ । यसर्थ धर्म, संस्कृति, परम्परास“ग सम्बन्धित हरेक पक्षमा नया“ व्याख्याको खा“चो रहेको वस्तुवादी दृष्टिकोण प्रबन्धकार घिमिरेले मन्दिर रहस्यजस्ता रचनामा प्रस्तुत गरेका छन् ।
पूर्वीय र पाश्चात्य दुवैतिरका विविध सन्दर्भहरूको तुलनात्मक प्रस्तुति गर्दै लेखक घिमिरेले तार्किक ढङ्गमा पूर्वीय परम्पराप्रति सद्भाव अभिव्यक्त गरेका छन् । यस कृतिमा सङ्कलित रचनाहरूमा ज्ञान र विज्ञानका विविध सन्दर्भहरू समेटिएका छन् । यिनका कतिपय रचनामा संस्कृत भाषासाहित्यको महŒवमाथि पनि प्रकाश पारिएको छ । यिनले आफ्ना रचनामा योगको महŒवमाथि प्रकाश पार्दै त्यसबारे गहन अध्ययन अनुसन्धान गर्नुपर्ने आग्रह गरेका छन् । यस कृतिभित्र धर्मबारे तार्किक ढङ्गले प्रस्तुत गरिएका दृष्टिकोणहरू पनि यथार्थमूलक देखिन्छन् । यिनको निम्नलिखित अभिव्यक्तिले वैचारिक स्पष्टता र तार्किक व्याख्यालाई देखाउ“छ ः
विज्ञान सिकाउने विषय हो भने कला सिकाउने विषय होइन । व्यक्ति अध्ययन र अभ्यासबाट चिकित्सक बन्न सक्छ तर कवि वा साहित्यकार बन्न सक्दैन । चिकित्सक बन्नु विज्ञानको पाटो हो भने साहित्यकार बन्नु कला हो जुन मानिसको अन्तर्गर्भबाट स्वतः जागृत हुन्छ । मन्दिर पनि एउटा कला हो । मानिसले मन्दिरको कला स्वतः सिक्छ । मानिस हुर्केको सामाजिक प्रभावबाट उसले स्वतः मन्दिरलाई पुज्न थाल्छ । कुनबेला मन्दिर जाने, मन्दिरमा कुन विधिबाट प्रार्थना गर्ने, धुप र बत्ती कुन स्थानमा कसरी बाल्ने आदि ज्ञान विद्यालयमा गएर सिक्नु आवश्यक छैन । जब मानिसलाई मन्दिरको आवश्यकता हुन्छ ऊ मन्दिरमा पुगेर हात जोडी प्रार्थनामा बसेको आपैm“ले थाहा पाउ“दैन । (मन्दिर रहस्य) । यसप्रकारका उदाहरणहरू प्रत्येक रचनामा अत्यधिक पाइन्छन् ।
यस कृतिभित्र सङ्गृहीत सबैजसो रचनामा विषय प्रतिपादन, त्यसको तार्किक एवं प्रामाणिक व्याख्या–विश्लेषण र उपयुक्त निष्कर्षणको प्रस्तुति यस सङ्ग्रहको खास वैशिष्ट्य हो । हरेक विषयवस्तुलाई यथार्थमूलक ढङ्गले प्रस्तुत गर्नु यसको उल्लेख्य पक्ष हो । निर्भीक अभिव्यक्ति यस सङ्ग्रहमा सङ्कलित रचनाको छुट्टै र महŒवपूर्ण विशेषता बन्नपुगेको छ । आपूm प्रहरी सेवामा भएर पनि त्यहा“भित्र विद्यमान अनेक कमीकमजोरीको यथार्थपरक प्रस्तुतिका साथै सामाजिक, राजनैतिक, धार्मिक आदि विविध क्षेत्रमा व्याप्त विसङ्गति र विकृतिलाई नलुकाई र नघुमाई तथ्यपरक ढङ्गले सोभैm प्रस्तुत गर्नु निर्भीक अभिव्यक्तिको प्रमाण हो ।
यस प्रबन्ध सङ्ग्रहको नामकरण कृतिभित्रै समाविष्ट गरिएको एउटा रचना छैटौ“ इन्द्रियबाट गरिएको छ । यसका साथै अन्य सबैजसो शीर्षकहरू गृहीत विषयवस्तुलाई समेट्न सक्ने भएकाले ती सामञ्जस्यमूलक र सार्थक बन्नपुगेका छन् ।
यस कृतिमा मध्यम आदरार्थी मानक भाषिक विन्यास पाइन्छ । यसमा प्रयुक्त भाषा निकै परिष्कृत, परिमार्जित र स्तरीय एवं मानक रहेको छ भने शैली वर्णनात्मक, विवरणात्मक र विश्लेषणात्मक रहेको छ । यसमा सङ्कलित रचनामा तत्सम र अङ्ग्रेजी शब्दको प्रशस्तै प्रयोग पाइन्छ । कतिपय ठाउ“मा संस्कृतका श्लोकसमेत दिइएको छ । यस्ता संस्कृतका सूक्तिमूलक श्लोकहरूको नेपाली अर्थसमेत दिइएकाले यसबाट संस्कृत भाषाको कम ज्ञान भएकाहरूका लागि पनि पठनगत सहजता पैदा भएको छ ।
स्पष्ट वैचारिकता र यथार्थमूलक दृष्टिकोण यसमा सङ्कलित रचनाहरूको महŒवपूर्ण विशेषता हो । यसमा समाविष्ट सबैजसो रचनाहरू सहज पठनीय, ज्ञानबर्धक, सूचनामूलक र खोजमूलक छन् । आयामका दृष्टिले यी निकै लामा भएकाले पठनमा भने धैर्यको आवश्यकता पर्छ । रचनाहरू लामा भएर पनि पढ्न झर्काे लाग्ने खालका नहुनु यसको उल्लेख्य पक्ष हो । यसमा सङ्कलित कतिपय रचनामा निबन्धात्मक अभिलक्षण पाइए पनि धेरजसो रचनामा प्रबन्धात्मक अभिलक्षण पाइने हु“दा यसलाई एउटा प्रबन्ध सङ्ग्रहका रुपमा नै लिनुपर्ने हुन्छ । यसमा समाविष्ट रचनाहरू कतै कथाजस्ता, कतै निबन्धजस्ता र कतै प्रबन्धजस्ता नै लागे पनि समग्रमा ती बौद्धिक चिन्तनमूलक प्रबन्ध नै हुन् । एउटै तथ्यलाई पुष्टि गर्नाका लागि अनेक सन्दर्भहरूको प्रस्तुति गरी आयाम विस्तार गरिनु यस कृतिका रचनाको शक्ति र सीमा दुवै हो ।
समग्रमा यस कृतिलाई गृहीत विषयवस्तुको बौद्धिक, तार्किक, प्रामाणिक र तथ्यपूर्ण अभिव्यक्ति प्रस्तुति गरिएको खोजमूलक र ज्ञानबर्धक प्रबन्ध सङ्ग्रहका रूपमा लिनसकिन्छ । गृहीत विषयको प्रस्तुति र पुष्टिका लागि अनेक पूर्वीय एवं पाश्चात्य सन्दर्भहरूको खोजमूलक प्रस्तुतिबाट प्रबन्धकारको गहन बौद्धिकता र फराकिलो खोजमूलकताको पुष्टि गर्छ । आध्यात्मिक चिन्तनलाई विज्ञानसम्मत उदाहरण दिई तार्किक ढङ्गमा पुष्टि गर्ने प्रबन्धकारको प्रयास प्रशंसनीय एवं सराहनीय छ । नेपाली प्रबन्धका फा“टमा यसप्रकारका तार्किक र बौद्धिक रचनाहरू कमै भएका सन्दर्भमा प्रबन्धकार विद्याप्रसाद घिमिरेको यस कृतिले नेपाली प्रबन्धका क्षेत्रमा विशिष्ट स्थान ओगट्ने पक्का छ ।
त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 8 पौष, 2073

लेखकका अन्य रचनाहरु