चूडामणि रेग्मीको वाङ्‍मयसेवा

- डा. गोपाल भण्डारी

उहाँलाई सम्पादकका रुपमा मैले चिनेको हुँ। एकपटक कुनै गोष्ठीमा उहाँसँग भेट भएको थियो। झलक्‍क हेर्दा खाइलाग्दा उज्याला, फरासिला तर मै हुँ जस्ता लाग्ने आकर्षक व्यक्‌तित्व भएका ती व्यक्‌तिसँग मेरो प्रथम भेटकै आत्मीयतामा त्यति परिवर्तन भएन। उहाँ हिंडेपछि मैले साथीलाई सोधें —उहाँ को हुनुहुन्थ्योरु‘ साथीले भने( —झापाका चूडामणि रेग्मी।‘ मलाई एकप्रकारको पछुतो लाग्यो ूकिन अघि नै सोधिनछु, किन अघि नै चिनाजानी गरिनछु।ू त्यसको केही दिन पछि मैले उहाँलाई पुनस् भेटें कविगोष्ठीमै । यसपटक म नजिकिने प्रयत्‍नमा थिएँ। उहाँले पनि सहज रूपमा मलाई आत्मीयता दिनुभयो। उहाँसँग साहित्यका कुरा भए। विश्‍वविद्यालय सम्बन्धी कुरा भए। उहाँ मैले अनुमान गरे जस्तो मै हुँ भन्‍ने स्वभावका हुनुहुँदो रहेनछ बरु पुष माघको पहारिलो घाम जस्तो आनन्दि सोभावको हुनुहुँदो रहेछ। आफ्ना कुरा मजाले राख्‍नुहुने उहाँ मिलनसार व्यक्‌ति हुनुहुँदो रहेछ। उहाँका कुरा दरा, खरा, लोलोपोतो नमिसिएका, मान्छे नअल्मल्याउने एक प्रकारका झर्रा किसिमका रहेछन्। उहाँसँग कुरा गर्दा एक प्रकारको आनन्द अनुभव गरें मैले पनि। उहाँसँग विशेष गरी नेपाली भाषा र नेपाली साहित्यका विषयमा केन्द्रित रहेर कुरा गर्दा आनन्द आउँथ्यो।
रेग्मीज्यू त्यसवेला —युगज्ञान‘ साप्‍ताहिक पत्रिका र —जुही‘ साहित्यिक पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो। उहाँले ती पत्रिकाको लागि रचना दिन आग्रह गर्नुहुँदा म ज्यादै खुशी भएको थिएँ। मैले जानी नजानी कनिकुथी लेखेका ती रचना उहाँका सम्पादनमा प्रकाशित उक्‍‌त पत्रिकामा छापिएका थिए। त्यसपछि उहाँसँग मेरो सम्पर्क र सम्बन्ध अझ नजिकिँदै गयो । रेग्मीज्यू झापामा बस्नु( हुन्थ्यो म धरानमा। तर —जुही‘ र —युगज्ञान‘ले हामीलाई जोड्दथे।
रेग्मीज्यूमा एकप्रकारको भाषिक प्रेम थियो। उहाँ नेपाली भाषाको विकासका लागि झर्रोवादी आन्दोलनलाई एउटा प्रमुख तत्त्व ठान्‍नुहुन्थ्यो। विद्यार्थीकालमा उहाँले बनारसमा रहँदा झर्रोवादी आन्दोलनलाई समर्थन गर्नुभएको थियो। झर्रोवादी आन्दोलनप्रति उहाँको झुकाव बढ्दै गएको हुनाले त्यसलाई उहाँले आत्मसात् गर्नुभयो।
रेग्मीज्यूमा भाषाका अतिरिक्‍‌त नेपाली राष्ट्रियताप्रति पनि विशेष अनुराग थियो।त्यसैले उहाँले चन्द्रगढी झापाजस्तो तराई प्रदेशमा कविशिरोमणि लेखनाथ पौडेलको प्रतिमा स्थापना गर्ने कार्यमा विशेष सहयोग पुर्‍याई नौलो काम गर्नुभयो। अर्कातिर उहाँले आफ्ना घरलाई —झर्रो नेपाली घर‘ नामकरण गरी त्यहाँ अनौठो देखिने विशेषता प्रदर्शित गर्नुभयो। रेग्मीज्यूका घरमा पुग्दा उहाँको निजी पुस्तकालयसमेत दर्शनीय मानिन्छ। उहाँले नेपाली भाषाका अनेकौ पुस्तक, पुस्तिका, पत्र(पत्रिका आदिको संग्रह गर्नुभएको छ। तराई प्रदेशका चन्द्रगढीजस्तो ठाउँमा रहेर निरन्तर नेपाली भाषाका —जुही‘ र —युगज्ञान‘ जस्ता पत्रिका प्रकाशित गरिरहनु रेग्मीज्यूका राष्ट्रियता, साहित्य र भाषिक प्रेमकै उदाहरण हुन्।
रेग्मीज्यू मेची बहुमुखी क्याम्पसमा नेपाली विषयका सहप्राध्यापक पदमा पुगीसेवा निवृत्त हुनुभए पनि उहाँमा नेपाली भाषाको सेवा गर्ने उत्कट अभिलाषा झन्‌झन् प्रबल हुँदै गएको छ। उहाँले मेची बहुमुखी क्याम्पसमा नेपाली विषयको स्नातकोत्तर तह ९एम।ए।० खुलाउन गर्नुभएको अथक परिश्रम सदैव प्रेरणादायी रहनेछ। उहाँ सेवानिवृत्तिपछि अझ खारिदै आउनुभएको छ। लेखन सम्पादन तथा प्रकाशनका क्षेत्रमा उहाँले पूर्णकालीन साहित्यसेवीको भूमिको निर्वाह गरिरहनुभएको छ।
रेग्मीज्यूको जन्म वि।सं। १९९३ चैत्रमा कोशी अञ्‍चल संखुवासभा जिल्ला अन्तर्गत —वाना‘ भन्‍ने गाउँमा भएको हो। उहाँले —साहित्याचार्य‘को उच्च शैक्षिक उपाधि हासिल गर्नुभएको छ। साहित्यसेवामा लागेर उहाँले जे जति काम गर्नुभएको छ ती सबै एकजना व्यक्‌तिका प्रयासबाट सम्पन्‍न भएका हुन् भन्दा खुशी मान्‍नुपर्दछ। अथक प्रयास र निरन्तरको लगनशीलता मात्र यति धेरै काम सम्पन्‍न हुन सक्छन्। उहाँका —पहिलो यात्रा‘ ९२०१२०, भुमरी ९२०३६० नामक कथासंग्रह, —साधना‘ ९२०३०० —धुनमा घून ९२०३५० नामक निवन्ध संग्रह, —भावना‘ ९२०५००, —गजवाष्टक‘ ९२०५१० कविता संग्रह —पारिजातस् परिचय र मूल्याङ्कन ९२०५०० —नेपाली भाषा र व्याकरणका केही विषयस् केही छलफल‘ ९२०५२० जस्ता गहकिला पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन्। उहाँले झापाका अनेकौ साहित्यकारलाई प्रेरणा, प्रोत्साहन तथा मार्गदर्शन गराउनुभएको छ। उहाँका यिनै विशिष्ट योगदानलाई आधार मानेर नै वि।सं। २०४८ मा —महानन्द पुरस्कार‘ प्रदान गरिएको थियो।
रेग्मीज्यूभित्र एउटा उत्साही मान्छे छ, जो एकैछिन चुप लागेर बस्न सक्तैन। घरव्यवहारका कुरामा मात्र अल्झिन चाहँदैन। नेपाली भाषाका विषयमा केही न केही नसोची रहन सक्तैन। उहाँभित्र एउटा छुक्छुके बालक छ, जो भाषिक संसारमा आफ्नो कोमल हातहरुले साना(साना मट्याङ्ग्रा हानिरहन्छ अनि दङ्ग हुँदै खेलिरहन्छ। अथवा रेग्मीज्यूका मनमा भाषिक भक्‌तिको ठूलो पोखरी छ जो सदैव विस्तार भइरहेको छ। उहाँ त्यसै पोखरीमा डुबुल्की मार्दै आनन्दित भइरहनुभएको छ।
रेग्मीज्यूका भाषिक चिन्तनमा अलिकति विचलनले पनि ठाउँ पाएको छ। केही वर्ष अगाडिसम्म उहाँ झर्रोवादी मानिनुहुन्थ्यो। उहाँ नेपाली भाषालाई स्तरीय बनाउने कार्यमा दत्तचित्त भएर लाग्नुभएको थियो। उहाँले परिष्कृत नेपाली भाषाको निर्माणमा एकजना प्राध्यापकका हैसियतले, एकजना लेखकका हैसियतले, एकजना सम्पादकका हैसियते र एकजना भाषिक चिन्तकका हैसियतले प्रशस्त सेवा गर्नुभएको थियो। नेपाली भाषाको उत्थानका लागि उहाँ मरिमेटेर लाग्नुभएको थियो। नेपाली भाषाको एकरूपताका लागि उहाँले खेल्नुभएको भूमिका सबैका निमित्त प्रेरणादायी रहेकै थियो, तर केही वर्ष अगाडिदेखि उहाँ नेपाली भाषामा वर्णविन्यासमा परिवर्तन गरी नेपाली भाषालाई अर्कै रूपमा व्यवहृत गर्ने पक्षमा देखिनुभएको छ। यस कुराले भाषाका क्षेत्रमा लाग्ने व्यक्‌तिलाई एकपटक झसङ्ग पारिदिएको छ। अनेकौँ विवाद, समस्या र खोजी कार्यबाट क्रमशस् व्यवस्थित हुँदै आएको नेपाली भाषाका वार्णिक लेखनपद्धतिमा रेग्मीज्यूद्वारा हाल व्यवहृत हुन थालेको लेखनपद्धतिलाई अङ्गीकार गर्दा भाषाका स्वरुपमा पुनस् अव्यवस्था आउने पो हो किरु भन्‍ने कुराले धेरैलाई झस्काएको पाइन्छ। सय सम्बन्धमा वि।सं। २०४९ मा एउटा प्रतिक्रियात्मक टिप्पणीसमेत प्रकाशित गर्न म विवश भएका थिएँ। उहाँजस्ता आदरणीय व्यक्‌तित्व कार्यप्रति आफ्नो असहमति जनउनुपर्दा मलाई हुनसम्मको ग्लानि भएको थियो। —साप्ताहिक विमर्श‘मा छापिएका सो लई लेखबाट रेग्मीज्यूमा कुनै मानसिक चोट पुग्ने हो कि भनी म ज्यादै चिन्तित थिएँ। नेपाली भाषालाई वैज्ञानिक बनाउने, परिष्कृत बनाउने, समयसापक्ष रूपमा सुधार गर्ने, आधुनिकतालाई वरण गर्ने जस्ता कुरामा पूर्णतस् सहमत र प्रतिबद्ध रहँदा(रहँदै पनि स्थापित नियमलाई एकैपटक गर्ल्याम्(गुर्लुम् विगार्न वा पन्छाउन अप्ठ्यारै पर्ने रहेछ। त्यसैले उहाँले प्रारम्भ गर्नुभएका हिज्जेसम्बन्धी प्रयोगलाई स्वीकार्न नसक्ता केही भाषिक विमतिसमेत देखापरेको छ। सो विमति वा मतभिन्‍नता अद्यापि कायमै छ भन्‍नु परिरहेछ। कुनै पनि भाषामा परिवर्तन आवश्‍यक हुन्छ तर वर्णविन्यासमा होइन। भाषालाई परिवर्तन गराउने तत्त्वहरु साव्धिक विचलन हुन । शब्दस्तरमा परिवर्तन आएपछि क्रमशस् भाषामा परिवर्त आउँछ, भाषा गतिशील हुन्छ वा भाषाको विकास हुन्छ। भाषाकै विकासबाट क्रमशस् वैज्ञानिकता आउँछ, भाषालाई वैज्ञानिक बनाउँछु भनेर बनिने होइन। भाषिक समुदायले स्वीकार गर्दै गएका विशेषताहरु नै क्रमशस् वैज्ञानिक हुन्छन्। दुई चारजना व्यक्‌तिले भाषामा आमूल परिवर्तन ल्याउन सकिँदैन। भाषाका चिन्तकहरुले भाषाकै अध्ययन गरी केही विशेषता खुट्याउन भने सकिन्छ। ती विशेषताहरु पनि कालान्तरमा अपर्याप्त हुन्छन्। भाषा लगभग एउटा नदीजस्तो हो जसको वर्णन किनारामा बसेर गर्न सकिन्छ। तर नदीलाई पुनस् मुहानतिरै फर्काउन अप्ठ्यारो पर्दछ। एकदुई जना व्यक्‌तिले कुनै लहडमा भनेका एक दुई कुराले भाषालाई त्यत्रो विघ्न प्रभाव पार्दैन । त्यहा कुरा जब धेरैले वा अधिकांशको भन्‍न थालेपछि चाहिँ भाषाले एउटा रुप लिन सक्‍‌तछ। भाषाका चिन्तनबाट प्राप्त तथ्य वा यथार्थले समग्र भाषालाई स्पर्श गर्न पचासौँ वर्ष लाग्न सक्‍‌तछ। भषाको जीवन वा इतिहासमा पचास वर्ष भनेको साधारण समय हो, छोटै समय हो। अझै झर्रोवादी आन्दोलनले पचास वर्ष पार गरेको छैन। त्यसका असर अहिले विस्तारै देखिदै आएका छन्। समग्र नेपाली भाषामा त्यो अझै अपरिचितै होलारु तसर्थ भाषिक विशिष्टता प्राप्‍त गर्न कुनै भाषालाई पनि समय लाग्दछ। भाषाले भाषिक विशिष्टता प्राप्त गर्नु भनेकै ज्ञान(विज्ञानका क्षेत्रमा दक्षता प्राप्त गर्नु हो। ज्ञानविज्ञानले नै भाषालाई सम्पन्‍न, समृद्ध बनाउँछन्। तसर्थ भाषाका चिन्तक, हितैषी व्यक्‌तिले भाषालाई ज्ञानविज्ञानतर्फ अग्रसर गराउनुपर्छ। रेग्मीज्यूले —जुही‘ र —युगज्ञान‘का माध्यामबाट नेपाली भाषालाई समृद्ध बनाउनुभएको छ भन्दा अत्युक्‌ति नहोलारु तर वर्णविन्यासका पद्धतिलाई तलमाथि पार्दाचाहिँ केही गडबडी भएको छ।
रेग्मीज्यूले यथार्थ कुरा र जुहीका माध्यमबाट अनेकौँ सिकारु लेखकहरुलाई प्रोत्साहन दिइरहनुभएको छ। झापादेखि सुन्सरी, मोरङ्ग, काठमाडौँ, पोखरा, दार्जिलिङ्ग, आसाम आदि क्षेत्रका लेखकहरुका रचना जुहीमा प्रकाशित भएका छन्। त्यस्तै विभिन्‍न लेखकका विशेषाङ्कसमेत जुहीले निकालेको छ। अर्कातिर यथार्थ कुराले साहित्यिक घटनालाई आफ्नै ठङ्गले चित्रण गरिरहेको छ। समग्रमा रेग्मीज्यूका विशेषताका बुँदा यस्ता देखिन्छन्(
ज्ञ नेपाली झर्रोवादी भाषासेवी, द्द साहित्यिक पत्रकार, घ समालोचक, द्ध कवि ,छ कथाकार , ट निबन्धकार , ठ प्रेरणादायी उत्प्रेरक , ड साहित्यिक संगठनकर्ता, ढ शिक्षाविद् प्राध्यापक
रेग्मीज्यू उपर्युक्‍‌त क्षेत्रमा उल्लेखनीय व्यक्‌तित्व हुनुहुन्छ। उहाँको योगदालाई समसमायिक रूपमा मूल्याङ्कन गर्दै जानुपर्दछ। कतिपय कुरालाई ऐतिहासिक रूपमा समेत मूल्याङ्कन गरिनु आवश्‍यक देखिन्छ। वर्तमान लेखनमा रेग्मीज्यूले प्रयोग गर्ने हिज्जेचाहिँ अमिल्दो भएको छ। यस सम्बन्धमा नेपालीबाहेक अन्य विषयका विद्वान्‍हरु समेत अलमल्ल परेका छन्। खास गरी रेग्मीज्यूजस्ता विद्वानले लेखेका भाषिक प्रयोगलाई आधार मानी कुनै परीक्षार्थीले उत्तर लेख्यो भने त्यसले धोका पाउन सक्छ किनभने त्रि।वि।, म।सं।वि, पू।वि।, का।वि।प्र।वि जस्ता उच्च शैक्षिक प्रतिष्ठानले रेग्मीज्यूद्वारा व्यवहृत भाषालाई मान्यता दिएका छैनन्। त्यसै गरी साझा प्रकाशन, ने।रा।प्र।प्र। श्री ५ को सरकार एवम् लोकसेवा आयोगजस्ता निकायले समेत सो पद्धतिलाई अङ्गीकार नगरेका अवस्थामा कुनै परीक्षार्थीले भुलचुकले प्रयोक्ता हुन पुग्यो भने अप्ठ्यारो पर्न सक्छ। यसैले पत्रपत्रिकामा रेग्मीज्यूका हिज्जे ९वर्णविन्यास०को प्रकाशन गर्दा धूम्रपानको विज्ञापनजस्तो सानो सूचना प्रकाशित गर्नुपर्ने देखिन्छ। —धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ‘ भने झैँ —यो वर्णविन्यास परीक्षाका लागि वर्जनीय छ‘ भन्‍न पर्ला किरु हाल उहाँको भाषिक प्रयोग यस्तो छस्
ूनेपाल भूमिबाट मात्र होइन, नेपाल वाहिरबाट पनि नेपाली कथाको नानाविध रूप दिई यसको समृदिध् गर्ने काम भएका छन्। दार्‌जिलिङबाट नानाविध कथाकुसुम अपूर्व महत्त्वपूर्ण कथा पुस्तक हो भने —झ्‌यालबाट महत्त्वपूर्‌ण कथासंग्रह हो।ू —जुही‘ १८।१, २०५५ पुसमा छापिएका उपर्युक्‍‌त वाक्‌यमा प्रचलित स्तरीय नेपालीभन्दा निम्न कुरामा भिन्‍नता देखिन्छ।
१। —ब‘ को भुँडीमा चिर्नुपर्नेमा नचिरिएको,
२। —र‘ को भुँडी उकार चिन्ह नदिई खुट्टामा दिइएको,
३। —ए‘ ध्वनिलाई —अ‍े‘ लेखिएको, ९आई। अ‍े, वि। अ‍े०
४। बीचमा आउने अर्ध —र‘ लाई रेफ नदिई पूरा —र‘ लेखी खुट्टा तानिएको, ९पूर्‌णाङ्‌क०
५। —व‘ ध्वनिलाई —उ‘ मा लेखिएको पाइन्छ। जस्तैस् देउकुमारी थापा, —जुही‘ ऐ पृ।द्द
६। संयुक्‍‌त वर्णलाई छुट्याउने काम भएको छ। जस्तैस् अङ्‌क, सङ्‌ग्रह, —अभिवृदिध्, ऐ पृ।द्द‘
भाषासेवी चूडामणि रेग्मी र भाषासेवी मुकुन्दशरण उपाध्यायले नेपाली भाषाका प्रयोगका क्षेत्रमा आ(आफ्ना तर्क र विचारका आधारमा परिवर्तन गर्ने महत्व छ। अहिले यति मात्र भनौँ हतारिएर तिनको प्रयोग गर्नुभन्दा विभिन्‍न कोणबाट विचार विमर्श गरी उपयुक्‍‌त र आवश्‍यक कुरा निर्धारण गरौं अनि भाषिक सुधारका लागि सामूहिक प्रयास गरौं।
धरान

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 पौष, 2073

लेखकका अन्य रचनाहरु