गजल

- डिल्लीप्रसाद अधिकारी

कसो गरें के गरें धताएको बेला
मलाई जिन्दगीले मताएको बेला

कहाँ मर्म भो हा कहाँ धर्म धानें
व्यथाका कुराले सताएको बेला

सबैको कसिङ्गर भएँ कि कसो हो
सही प्रस्तुति त्यो जताएको बेला

बुझेनन् कसैले भनें जे जति जो
भए सत्य तीता बताएको बेला

डढायो नगर यो खरानी बनायो
पाखण्ड अागो भत्भताएको बेला

लुकेरै कमाए लुकाएर राखे
मूर्छा परे नोट हटाएको बेला

तँ एक्लै हुनेछस् जहाँ लड्नुपर्छ
जसै कालले गलहताएक‍ो बेला

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु