हामी फेरि उठिरहेका छौ

- ॠतु आसीक

प्रिय नन्दिता !
नालापानीको सहादत हुदै
म फर्केर आएको छु |
हो ! तिम्रो लागि फर्केर आएको छु |
तिमीलाई थाहा होला
सहादतको पूर्वसन्ध्यामा भनेको थिए नी ?
तिम्रो विकल्प भनेको तिमी नै हौ |
त्यसबेला लाडिएर भनेकी थियौ नी ?
मेरो बिकल्प पनि खोजि सकेको ?
ती तिम्रा सब्दहरु अझै बिर्सिएको छैन
हो ! बुझेउ अझै बिर्सेको छैन|
त्यसबेला म सहादतको बर्को ओढिरहेको थिए |
तिमी अचेत भएर लडिरहेकी थियौ |
तिमीले मलाइ उछिनेर
सहादत भएको पत्तै भएन |
प्रिय| मलाइ मफा गर
फेरि पनि मलाइ माफ़ गर |

देशले बलिदान मागी रहनछ |
आफुलाई देश भित्र अटाआएर
नालापानी हाम्रो गौरब
हाम्रै आफ्नो बैभवको साम्राज्य हो |
जो अतित बोलिरहेको हुन्छा |

प्रिय नन्दिता !
तिम्रो चाहनाको थलोमा उभिएर
मलाइ गर्ब छ तिम्रो आगमनमा
मलाइ गर्ब छ तिम्रो समर्पणमा
मलाइ बिस्वास छ
ब्रम्हाणडको क्रम उपक्रममा
हामी फ़ैलिञ्छौ
हामी फेरि फर्कन्छौ|
हामी फेरि उठछौ |
हाम्रो स्वाभिमान उठाउदै ,
हो ! हामी फेरि उठछौ |

पाम्बे, फ्लोरिडा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु