स्वाद

- इन्दिरा दिक्षित

आजभोली म दालमा रमाउन थालेको छु ! थरिथरिका दाल ! रातो, कालो, पहेंलो, कहिलेकॉंहि त सेतो पनि हुन्छ । कतै बाक्लो कचौराभरी टम्म हुन्छ, कतै थोरै कचौराको पीँध ढाक्ने अनि कतै पातलो अनुहारपनि देखिने दाल ! स्वादपनि थरिथरि हुन्छ, कतै जिम्बुले झानेर कालै देखिने, जिम्बुको हर्हरि बासना चलेको । कतै जीराले झानेको कालागेडा जीरा देखिने, हर्रर जीरा बासना आउने । कतैकतै त लसुनले पनि झान्ने गर्छन् । आफ्नो इच्छा र चाह अनुसारको स्वाद भएको दाल बनाएर खाने न हो । कसैलाइ चर्को नुन मनपर्छ थपेर खान्छन् भने कोहि अलि बिलिनु नै मनपराउँछन् । आजभोली त धेरैजसो ब्लडप्रेसर का रोगीछन् नुन धेरै खान नहुने अनि बिलिनुनै खान्नछन् । तर जेहोस् नुन त सबैलाइ चाहिन्छ । मॉंसको दाल कालो बनाएर जिम्बुले झानेको खुबै स्वादिलो हुन्छ, प्राय केटाकेटी र बुढाबुढीलाइ खुबै मन्पर्छ । अलि चिप्लो हुनेभएकोले होला । कतै सेतो बोडीको दाल पनि खान्छन्, पाकेको र नुन पुर्याएपछि मीठै हुन्छ । कतै रातो मुसुरीको दाल हुन्छ भने कतै पहेंलो रहरको बाक्लो दाल । आफ्नो गक्ष अनुसार सबैले दाल खाएकै हुन्छन् । गरीव होस् या धनी सबैको चुलोमा दाल त पाकेकै हुन्छ । तर नुन पुर्याएर पकाउँनर्छ मीठो हुन्छ । बाक्लो दाल खानेलाइ धनी बर्गमा गनिन्छभने पातलो दाल गरीविको चिन्न मानिन्छ । सँयुक्त परिवारबाट छुट्टभिन्न भएकालाइ गाउँघरमा " बाक्लो दाल खाएका" भन्ने गरिन्छ । बाक्लो दाल भनेको सुख र सम्मपन्नताको पर्यायवाची पनि होला ।
तर कतैकतै भने दाल भनेपछि अलि हेयको दृष्टिले पनि हेर्छन् । मासुपकाएर बढि झोल भयोभने कस्तो धेरै झोल ! नमिठो दाल जस्तो भन्छ्न, नमीठो तर्कारि भए कस्तो टुर्रो दालजस्तो भन्छन् । सधैँखाने आलुलाइ हेलाँ गरेजस्तो न हो दालपनि । सधै पाइने बस्तुको के मूल्या हुन्छ र ! हेर्दा पहेंलो राम्रो र घीउले झानेको दाल बास्ना हर्हरि आएको नै किन नहोस् नुन हालेको छैन भने कसरी मिठो होस् र ? मुखवाट भित्रपस्ला भन्दा बाहिरै निस्कन खोज्छ । त्यसैले जुनसुकै र जस्तो रंगको दाल होस् नुन त हाल्नै पर्छ । झानझुनले त अरुधेरै स्वाद थपथाप गर्ने मात्रै न हो । एकदिन मेरी एउटी सहेली घरमा आइन, सहेलीको उमेर त्यस्तै ४०/४५ जतिको हुदोहो । हामी बच्चैदेखिका साथी थियौ, अन्तरंग सबै मिल्ने । कुरै कुरामा भनिन आजकल उन्का पतीले उस्तो उन्को वास्ता गर्दैनन् । बिजनेसको बाहानामा धेरैजसो बाहिरै समय बिताउछन् । अबेर घरभित्र बस्छन् अनि "भुसुक्क थाकें डार्लिंग" भनेक बिछ्यौनामा घुप्लुक्क सुत्छन्," कुरै केहि गर्न पाइदैन ! के भन्नु र खै"
उन्को सुस्केराभित्र धेरै कुरा लुकेको थियो । ती सहेलीको घरमा कुनै कुराको दुख छैन, पतीको राम्रो बिजनेस छ, जताजाउ गाडी छ । पैलापैला जतागएपनि दुबै संगै हिड्थे एकछिनपनि छुट्टिएको देखिदैन थ्यो तर ऐलेत एक्लै जतागएपनि ड्राइबरले पुर्याउछ । मैले यसो सहेलीलाइ तलदेखि माथिसम्म हेरें, पैलेको जस्तो सुन्दरतामा केहि कमी आएकोछ, त्यो आकर्षक अनुहार अब केहि फिक्का भएछ, २०/२२ को उमेरमा भएको बिवाहको रौनक अब ४०/४५ सम्म कसरि रहोस् त । जीउपनि थोरै फुकेछ । मैले भन्दिहालें, तिमी नुन नभएकी दाल भइछ्यौ अब ! केहि नबुझेर पक्क परेर मुखमा हेर्नथाली । म पनि अरुकेहि नभनेर हाँसिमात्र रहें । सोध्नत खोज्दैथिन् छुट्टिने समय भइहाल्यो । हामी छुट्टियौ । ७/८ दिन पछि एउटा समारोहमा फेरि उन्को र मेरो भेटभयो । तान्दै कुनामा लगिन र भनिन् " त्यो अस्तिको कुरा के हो ? मैले बुझ्नै सकिन, सोच्दासोच्दै पागल भैसकें छिटो भन्न मोरी ! नुन नहालेको दाल भनेको के हो"? म दंग परें यस्लेत कुरै बुझिन छ अब कसरी बुझाउँ ! " तैले कैलेकाहिँ नुनहाल्न बिर्सेको दाल खाएकि छैनस्"? मैले सोधें, "खा छु सारै नमीठो हुन्छ बान्ता आउन खोज्छ, घाटीबाटै तल जादैन" उस्ले एकै स्वासमा भनि । " हो ! तँ आजकाल तेरो पतीको नजरमा त्यस्तै होस् के !, तेरो चित्त नदुखोस्, जति तँ पैला राम्री भर्खर बिहेहुँदाको सरीर, त्योअाकर्षण अब छैन । तन्नेरी छोराछोरीकी आमा तँ त अब सेतो बोडिको तिमाथि नुन नहालेको दाल बनिस् अनि तेरो पती बाक्लो रहरको दालको खोजीमा यताउता भौतारिन्छहोला" । मेरी सहेलीलाइ मेरो कुरा कत्ति चित्तबुझ्यो कुनि थाभएन । एकनासको दालले अरुची र अमन बनाउँछ । भान्छामा फेरीफेरी दाल पकाएर खान मनलाग्छ । आजभोली फेसननै चलेको देखिन्छ । किसोर किसोरीले गर्लफ्रेण्ड, ब्वाइफ्रेड फेरिरहन्छन् । हामिलाइ हेर्दा असामान्य लागेपनि उन्कालागि सामान्य जस्तै हो । दालको नयॉं नयॉं स्वाद फेरेझै मान्छेको स्वभावपनि फरक हुन्छ, एउटासंगमात्रै किन चित्तवुझाउन पर्योर ? बजारमा थरिथरि दाल किनेझै केटाकालागि केटी र केटीकालागि केटा जत्तिपनि मिलिहाल्छ । जमाना निकै माथि पुगिसकेको छ । अल्लिअगाडिसम्म घरको लोग्नेमान्छेमात्रै बाहिर काममा जान्थे , आजभोली त लोग्नेमान्छे सरह स्वास्नीमान्छेपनि काँममा जान्छन् । को भन्दा को कम् ! बाहिरी दुनिया रमझम र चकाचौंध सबैको मन मोड्छ । एकनास धरको दाल मा नयॉं स्वाद फेर्न मनलागेझै दुबैथरिले नयॉंपन खोज्न थालेका हुन्छन् । आफ्नोघर बिगारिहाल्नु धेरैको उद्देस्य हुदैनहोला तर कामको बाहानामा यताउति अर्को साथीसँग रुम्मलिनेचै धेरै हुन्छन् । अब यस्तोकुरामा राम्रो र नराम्रोको बहसमा जानुभन्दा समयले ल्याएको परिवर्तन् या समयले ल्याएको माग होकि जस्तो लाग्छ ।
 पश्चिमा मुलुकमा यस्तोकुरामा खुलेआम र सामान्य लाग्छभने हामिकाहा सुन्दा अलि असामान्य जस्तो लाग्छ । आबस्यक्ता र चाहानात सबैको उस्तै हो, त्यसैले यताका मान्छेले समाजको अझ परिवारको आँखा छलेर नयॉंपनको खोजीमा हिडेका हुन्छन् । एकनासको दाल खाइरहदा नमीठो भएको मुख एकदिन फरक दाल खाँदा अल्लिबढि मीठो भएझै लाग्छ । फरक दाल भएकोदिनमा थपेर खाएको भातले दिनभर सरिरलाइ फुर्तिलो बनाउँछ । त्यस्तै सघै एकनासको पति पत्नीको सम्बन्ध अलि पछि त्यत्ति सुमधुर नहुनसक्छ । नयॉंपना त केहिहुँदैन, भएकोपनि हराउँदै जान्छ, उच्चाहट र चिड्चिडापनले सीतयुध्द निम्त्याउँछ । अनि पतिपत्नीबिच छत्तिसको सम्बन्ध हुन्छ । हुनपनि हो, सधै एकनासको के मीठो हुन्छ र ! यसमामलामा आइमाइ भन्दा लोग्नेमान्छे अलिबढि अगाडि सरेको देखिन्छ । घर, अफिस, पाटी, पिकनिक जतासुकैहोस् कतै नयॉं र राम्री केटी देख्योकि गफगर्न पुगिहाल्छन् । लोग्नेमान्छे त भमरा हुन् सुन्दर र फक्रेको फूल कताहुन्छ, आँखा पुगिहाल्छ । ओइलाएको फूलमा बास्ना रस सबै कमहुन्छ नुन नहालेको दाल जस्तै ।
आइमाइहरु झट्ट अगाडी पर्दैन्न अलि मनबाघ्न सक्नेखाले हुन्छन् । तरपनि मनको कुनाले नयॉं चिजको चाहना त गरेकै हुन्छ । लोग्नेमान्छे सबैकुरा देखिएपनि हॉंसेरै पचाउँछन् भने स्वास्निमान्छे सकेसम्म लुकाएरै अन्जानझै बस्नसक्छन् । फरका त यत्तीनै हो । तरपनि नयॉंचिजको कौतुहलता सबैमा हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु