सुषमा

- गोपाल भण्डारी.

सुषमा हुन्छ उत्कृष्ट अनि शान्त समृद्धमा ।
महिमा सुषमाको छ सुषमा दिन्छ चन्द्रमा।।१।।

गरिमा सुषमा छ सुषमा हुन्छ रश्मिमा ।
सुषमा फूलमा हुन्छ शक्ति छ मन्त्र अश्मिमा ।।२।।

अणिमा लघिमामा छ सुषमा सूक्ष्म रुपमा ।
सुषमा पूर्णिमामा छ रजनीको प्रदीपमा ।।३।।

पवित्र सुषमा हुन्छ रजनीको मुहारमा ।
सुषमा रातमा दिन्छन् दिपमाला तिहारमा ।।४।।

अनन्त सुषमा मिल्छन् श्रीकृष्ण अवतारमा ।
सुषमा हुन्छ ओजश्वी शिशुको अनुहारमा ।।५।।

देवकी प्रतिमामा छन् सुषमा सब भागमा ।
मुनामा सुषमा हुन्छ श्रीवल्ली र परागमा ।।६।।

सुषमा व्यक्त अव्यक्त बस्छ दिल दिमागमा ।
सुषमा दिन्छ आनन्द सद्भाव अनुरागमा ।।७।।

उपमा सुषमाका छन् धेरै लेख र काव्यमा ।
सुषमा दिलले चिन्छ पर्छ यो अनुभाव्यमा ।।८।।

सुषमा पोखरीमा छ छहरा र हिमालमा ।
नभमा सुषमा हुन्छ सन्ध्या प्रभात कालमा ।।९।।

टेक्सस अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु