गजल

- महेन्द्र केसी

आफ्नै दरबार भएपछि उनलाई केको डर
हातमा तरबार भएपछि उनलाई केको डर ।।

आएदेखि निउ खोज्न टुक्राटुत्रा पार्छु भन्दैछन्
आफ्नै सरकार भएपछि उनलाई केको डर ।।

जनयुद्धमा रगतको खोला बगाएर पुगेन्छ कि ?
सरकारनै लाचार भएपछि उनलाई केको डर ।।

डाडु पनियो आफ्नै हातमा जे गरेपनि भयो
मुट्ठीमा अधिकार भएपछि उनलाई केको डर ।।

चfरैतिर आलोचक भएपनि फरक पर्नेवाला छैन
समर्थको साथमा सवार उनलाई केको डर ।।

दिनमा देशभक्ति, रातमा देश रित्ताउने पासा चल्छ
जनतानै गवार भएपछि, उनलाई केको डर ।।

चुनाव आउँछ खल्तीमा नोट राखिदिएपछि मख्ख जन्ता
नोटभोटको व्यापार भएपछि उनलाई केको डर ।।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 मङ्गसीर, 2073

लेखकका अन्य रचनाहरु